निसिखोलामा युवा, महिला र युवा उद्यमी सञ्जाल गठनसहित अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न ।

जेष्ठ १, २०८२ ।
TDH/BMZ जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको विकास साझेदारीमा निसिखोला गाउपालिका र ढोरपाटन नगरपालिकामा संचालित दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तर्गत निसिखोला गाउँपालिकामा उक्त परियोजना मार्फत बनेका विभिन्न समुह, सहकारी तथा उद्योगसँग सम्बन्धी प्रतिनिधि र स्थानीय सरकारवालाबिच १ दिने Exchange Sharing Meeting बुधबार निसिखोला गाउँपालिकाको हलमा सम्पन्न भएको छ ।
उक्त १ दिने कार्यक्रममा परियोजना तथा संस्थाको संक्षिप्त जानकारी परियोजनाका मिल अधिकृत विष्णु पौडेल गराउनु भएको थियो भने परियोजना मार्फत हालसम्म सम्पन्न भएका तथा आगामी दिनमा गरिने योजना तथा गतिबिधिको बारेमा प्रस्तुतीकरण परियोजनाका उद्यम विकास अधिकृत टेकवहादुर वि.के. ले गर्नुभएको थियो । विशेष गरी कार्यक्रममा परियोजना मार्फत हालसम्मको उपलब्धी, सिकाई, समस्या तथा चुनौति, समस्या समाधानका उपायहरु लगायतका विषयमा व्यापक रुपमा छलफल गरिएको थियो । परियोजनालाई अझै राम्रो र व्यवस्थित गर्नको लागि परियोजना मार्फत बनेका विभिन्न समुहहरुको प्रतिनिधित्व हुने गरी निसिखोला गाउँपालिका स्तरीय ३ वटा संजाल (महिला, युवा र लघु उद्यमी) निर्माण गरिएको छ । उक्त संजालमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी ३ जना मुख्य पदमा र बाँकी सदस्य रहने गरी बनाइएको छ ।
सञ्जालले वडा तथा पालिका स्तरमा लक्षित समुदाय तथा वर्गहरुको क्षेत्रमा गरिने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी लिने र विशेष गरी आफु मातहतका विभिन्न समुहको हक अधिकार सुनिश्चित तथा पैरबी गर्ने उद्देश्य अनुरुप नै रहने छन् । त्यस्तै गरी हरेक महिना बैठक व्यवस्थापन, दिगो पर्यटन प्रवद्र्धन, वातावरणीय संरक्षण तथा सम्बद्र्धन, उद्यमशीलता विकास तथा प्रवद्र्धन, समुहको क्षमता अभिवृद्धि, वृहत एकिकृत सामाजिक सचेतिकरणका क्रियाकलापहरु विकास तथा विस्तार गर्नका लागि विद्यालयहरुँंगको समन्वय तथा सहकार्य, दिगो पर्यटन प्रवद्र्धनसँग सम्बन्धीत लेख रचना सङ्कलन तथा व्यवस्थापन, सवालहरुको खोजी यसको आवश्यकता, महत्व र फाईदा, यसको असर तथा प्रभाव, समुहरु मार्फत वातावरण तथा प्रकृति मैत्री कसरी बनाउन सकिन्छ भन्ने जस्ता विषयमा बढि फोकस गरिएको थियो ।
विशेष गरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन पुनमगर, प्रशासकीय अधिकृत दिलीप कुमार चन्द, विवाईसी वागलुङका मिल अधिकृत विष्णु पौडेल, उद्यम विकास अधिकृत टेकवहादुर वि.के., परियोजनाले समेटिएका सामुदायिक विद्यालयका प्रधानध्यापक शिक्षक तथा शिक्षिकाहरु, परियोजना मार्फत निर्माण भएका महिला समुह, युवा समुह, सहकारी तथा उद्योगका प्रतिनिधिहरु लगायत गरी ४१ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष सुर्यवहादुर घर्तिको अध्यक्षतामा संचालित कार्यक्रम विवाईसी वागलुङका सामाजिक परिचालन अधिकृत ओमप्रकाश सिर्पालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img