लायन्स क्लब अफ ढोरपाटन द्धारा निःशुल्क स्वास्थ्य परिक्षण सँगै  विद्यार्थीलाई स्टेसनरी र पोशाक हस्तान्तरण

 

लायन्स क्लब अफ ढोरपाटन द्धारा निःशुल्क स्वास्थ्य चेकजाँच सँगै अर्नाकोट माध्यमिक विद्यालय खल्बाङमा विद्यार्थीलाई स्टेसनरी र पोशाक हस्तान्तरण गरिएको छ ।

विद्यालयको ५० औँ वार्षिकोत्सवका अवसरमा क्लबले कपी, कलम, सिसाकलम र अति जेहेन्दार विद्यार्थीका निम्ती विद्यालय पोशाक उपलब्ध गराइएको हो । त्यस्तै विद्यालयमा उपश्थित भएका अभिभावकलाई लक्षित गर्दे प्रेसर सुगर, पिसाब चेक मार्फत सर्ने नसर्ने रोगहरूको समेत परिक्षण गरिएको हो

स्वास्थ्यकर्मीहरूको टोलि द्धारा स्थानीय नागरिकको स्वास्थ्य परिक्षण गर्दे समस्या भएका बिरामीलाई आगामी जेठ १० गते हुने निःशुल्क शिविरमा सेवा लिन आग्रह गरिएको हो । क्लबका अध्यक्ष छविलाल पाण्डेको सक्रियतामा विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अभियानलाई सफल पार्न सहयोग गर्ने व्यक्ति तथा दातालाई अध्यक्ष पाण्डेले धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कार्यक्रममा लायन्स क्लब अफ ३२५ के का डिस्ट्रीक चियर पर्सन रामप्रसाद आर्चाय, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल, लायन्स क्लब अफ ढोरपाटनका लायन बर्ष २०२५÷०२६ का अध्यक्ष तेजेन्द्र केसि, सचिब हेमेन्द्र घर्ति, कोषाध्यक्ष युवराज कँडेल, लायन सदस्य जित बहादुर कुवँर, किसान शाही, चुडामणि कँडेल र लायन्स कल्ब अफ बुर्तिबाङका सचिव भीम कुमारी क्षेत्रीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img