जेठ ४ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ४ मा रहेको जन जिवराज सुशीला माध्यमिक विद्यालयका ७१ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिएको छ ।

“हामी सबैको इच्छा , बालमैत्री तथा कम्युप्टर शिक्षा” भन्ने मूल नाराका साथ विद्यालयको वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईएको हो । बागलुङ जिल्लाको इतिहासमै सबै भन्दा पुरानो विद्यालय मध्ये पन एक विद्यालय हो जन जिवराज सुशीला माध्यामिक विद्यालय ।
जिल्लाको पश्चिम भेगको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पा अवस्थित जन जिवराज सुशीला माध्यामिक विद्यालयको स्थापना वि.स २०१२ बैशाख ४ गते भएको थियो । उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले आफू प्रदेश सभामा रहँदै गर्दा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जनताले विकासको आभास गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

विकासका दृष्टिकोणले धेरै काम गर्न बाँकी रहेको र कतिपय कामहरू अगाडि बढिरहेका कारण सडक, पुल, खानेपानी, शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा आफूले दिगो परिणाम देखिने गरी काम गर्ने बताउनु भयो । सांसद कुवँरले भन्नुभयो “ शिक्षा मानिसलाई सकारात्मक र सत्कर्मको बाटो देखाउने एउटा मार्ग हो । कतिपय समुदायका व्यक्तिहरू अझै पनि शिक्षाबाट बञ्चित रहेका छन् ” ।
दूरदराजमा रहेका व्यक्तिलाई शिक्षामा आवद्ध गराउन र विद्यालयको शैक्षिक सुधार गर्न हामी सबैको उत्तिकै दायित्त्व रहेका कारण आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. शान्तराज शर्मा न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको विशिष्ट आतिथ्यता रहेको थियो । अध्यक्ष घर्तीले कार्यक्रमलाई सम्बोधन गर्दे शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले महत्वपूर्ण लगानी गरिरहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक, व्यवस्थापन समिति, अभिभावक सँगै स्थानीय सरकारको हातेमालो आवश्यक रहने बताउनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नम्बर ४ का अध्यक्ष टिका निधि पौडेल , लगायतको शुभकामना मन्तव्य रहेको थियो । यस विद्यालयलाई आगामी २ वर्षमा सर्वपक्षीय सहयोग र संलग्नता, प्रभावकारी व्यवस्थापन,भौतिक रुपले सम्पन्न, अंग्रेजी माध्यमबाट शिक्षण गरी गुणस्तरीय शिक्षा,विज्ञान र प्रबिधिको प्रचुर विकास , लाइब्रेरीको स्थापना,छात्रबासको व्यवस्था लगायतका कामहरु गरी असल शैक्षिक जनशक्तिको स्रोतका रुपमा रुपान्तरण गरी नमूना विद्यालय बनाउने लक्ष्य रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. शान्तराज शर्मा न्याउपानेले बताउनु भएको हो हाल कक्षा १ मा अङ्गे्रजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ र आगामी बर्षहरुमा क्रमःश कक्षा ५ सम्म नै अङ्गे्रजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने लक्ष्य रहेको छ ।
आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीको सांस्कृतिक प्रस्तुती, विभिन्न विधामा उत्कृष्ट शिक्षक सम्मान, चन्ददाता सम्मान , छात्रावृत्तिदाता सम्मान लगायतका कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक हिमाकान्त शर्मा द्धारा विद्यालयको स्थापना २०१२ बैशाख ४ गते देखि अहिले सम्मका विभिन्न कालखण्डमा भए गरेका चुनौति , अवरोध , विद्यालयको ,शैक्षिक, भौतिक ,आर्थिक,नैतिक र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कक्षा शिसु देखि १० सम्म पठन पाठन हुँदै आएको विद्यालयमा बाल मैत्री शिक्षाको पठन पाठन हुँदै आएको पाइएको हो। कार्यक्रम सुमित घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।










