वर्तमान सरकार प्रति जनताको वितृष्णा बढ्यो प्रचण्ड । 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसक्दा जनताको बितृष्णा बढेको बताउनु भयो ।
मध्यपहाडी लोकमार्ग अभियान कार्यक्रमको सन्दर्भमा बागलुङ ढोरपाटन १ बुर्तिबाङमा आयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले देशमा भ्रष्टाचार, अनियमितता बढिरहेको र गरिव, दलित, किसान बर्गको समस्या वर्तमान सरकारले सुन्नै नचाहेका बताउनु भयो ।
सरकारले गरिरहेको घमन्डलाई नेकपा माओवादीले सचेत गराइरहेको तर सरकारले सुन्नै नचाहेका कारण यस्तै अवस्था रहे ठुलो विद्रोह हुन सक्ने बताउँदै सरकारले अझैपनि सच्चिएर देश र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगायत देशका महत्वपूर्ण राजमार्ग आफ्नो पहलमा भएको बताउनु भयो ।


मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्ड सहितका नेताहरू बिहिबार साँझ माओवादी उद्गम स्थल बागलुङको ताराखोलामा सहिद परिवार संग भेटघाट गर्ने र शुक्रबार बाग्लुङ हुँदै पोखरामा पुगेर जेठ ११ गते कार्यक्रमको समापन गर्ने जनाइएको छ । 

आयोजित कार्यक्रमका अवसरमा स्थानीय राजनैतिक दलले बुझाएको ज्ञापनपत्रमाथि प्रकाश पार्दे उत्तरगङ्गा जलाशय युक्त आयोजना रुकुम क्षेत्रमा बन्ने की बागलुङमा बन्ने विषय नागरिक स्तरमा अन्यौल रहेको बताउँदै उक्त आयोजना बागलुङ क्षेत्रमै निर्माण हुने गरी आफूले पहल गर्ने बताउनु भयो ।
ढोरपाटन सिकार आरक्षको वफर जोन बनाउने विषय ,सालझण्डी ढोरपाटन सडक, मध्यपहाडी लोकमार्ग, लगायतका विषयमा राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन । माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेलको मन्तव्य रहेको कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रेम घर्तिको अध्यक्षता, चन्द्र बूढा सागरको स्वागत राजिव घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।  कार्यक्रममा नेकपा एमाले गण्डक प्रदेश सदस्य केशर छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढि नेता कार्यक्रता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img