जेठ ९ गते शुक्रबार ढोरपाटन नगरपालिकाको आयोजनामा शनिबार भोलि सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ ।
चालु आर्थिक बर्ष २०८१÷०८२ को दोश्रो चौमासिक सम्म नगरपालिका कार्यालय, वडा कार्यालय र पालिका अन्र्तगत रहेका विषयगत शाखाबाट प्रवाह भएका सेवा, सुविधा, विकास निर्माण र सुशासनको सन्दर्भमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।

भोलि बिहान ११ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सबै राजनैतिक दल, गैरसरकारी संस्था, सेवा प्राप्त गर्ने नगरवासी , लक्षित वर्ग लगायतलाई कार्यक्रममा सहभागिताका निम्ती आव्हान गरिएको नगरपालिकाले जनाएको छ । दरबार होटलको सभाहलमा हुने कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो ढोरपाटनले गर्ने भएको हो ।
सार्वजनिक सुनुवाईको माध्यमबाट जनताको बिचमा प्रत्यक्ष सुझाब, सल्लाह, गुनासो लिने र नगरपालिका, वडा र विषयगत शाखाबाट भएका कामको सन्दर्भमा जानकारी गराई आगामी दिनमा नगरपालिकालाई थप समृद्ध बनाउन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको घिमिरेले बताउनु भयो । पहिलो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ६ मा सम्पन्न गरिएको थियो ।










