ढोरपाटन क्षेत्रको वन वातावरण, जैविकता र दिगो विकासमा पहल  ।

जेठ ७ गते ढोरपाटन
बिवाइसी बागलुङ अन्र्तगत दिगो पर्यटन प्रर्वद्धन कार्यक्रम आयोजनाले बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई दिगो पर्यटन, वन, वातावरण, जैविक  विविधता सम्बन्धी तीनदिने कार्यक्रम बुर्तिबाङमा सम्पन्न गरेको छ ।
यहाँस्थित विभिन्न विद्यालयका शिक्षक, होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाको बिचमा यस क्षेत्रमा दिगो विकास अवधारणा अनुसार बढ्न सकिने अवस्था, यहाँको चुनाती र विकासमा सम्भावना, वातावरणीय पर्यावरणको जर्गेना र जैविक विविधताको रक्षाको सन्दर्भमा तालिम माफर्त सचेतना कार्यक्रम अगाडी बढाइएको हो ।

यहाँको रहनसहन, संस्कार र संस्कृर्तिको संरक्षण गर्दे आन्तरिक र बाह्य पर्यटनलाई कसरी प्रर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

२०२३ देखि २०२६ सम्म सञ्चालन हुने परियोजनाबाट यहाँका पर्यटकीय क्षेत्रको पहिचान गरी होटल, पर्यटन, कृषि, रैथाने उत्पादनको बजारीकरण सँगै युवालाई स्वरोजगार बनाउने उद्देश्य संगै यहाँका भेषभुषा, कला संस्कृति र पर्यटकीय गन्तव्यलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर अगाडि बढिन् सक्ने गरी अभियान अगाडि बढाइएको दिगो विकास परियोजनाका कार्यक्रम निर्देशक उत्तम अर्यालले बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधिलाई समेत समावेश गराइएको कार्यक्रममा भावी लक्ष्य बनाएर अगाडि बढ्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम वन विज्ञान अध्ययन संस्थान त्रिविका उपप्रध्यापक विकास अधिकारी र सिटिइभिटीका जीवन भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img