Home Blog Page 88

प्रमुख प्रशासकिय अधिकृतलाई पालिकामै काम गर्न देउ नेपाली कांग्रेस

0

बैसाख २१गते
बागलुङको  निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत सरुवाको विषयमा नेपाली कांग्रेसले विज्ञप्ती मार्फत भ्रत्सना रहेको जनाएको छ ।
गाउँपालिकामा गत बैसाख १२ गते हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत जीवन पुनको एक हप्तामै भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएपछि निसीखोला गाउँपालिकामा यसको चर्चा संगै गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत भएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसले शुक्रबार विज्ञप्ती मार्फत एक हप्तामा प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको प्रति आपत्ती रहेको जनाएको हो । नेपाली कांग्रेस निसीखोला गाउँपालिका सचिव राजमान बुढा द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
“लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको गाउँपालिकामा गत बैसाख १२ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुन आएका जीवन पुनलाई जिम्मेवारी बमोजिम काम गर्न नदिई गैर जिम्मेवार व्यक्तिले पदको दुरुपयोग गरी षड्यन्त्र पूर्ण ढँगले सरुवा गरेको र सेवा गर्न आएको एक राष्ट सेवक कर्मचारीको मान मर्दन तथा सिंगो पालिकाको बदनाम गर्न खोजिएको भन्दै पार्टीको यस विषयमा ध्यानाकर्षण भएको जनाइएको हो । ”

यस विषयमा घटनाको निन्दा गर्दे प्रमुख प्रशासकिय अधिकृत जीवन पुनलाई गरीएको सरुवाको षडयन्त्र पूर्ण ट«टी सच्चाई निजलाई यथावत पालिकामै काम काजमा खटाउन सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै नेकपा एमालेले पालिकाको सम्पूर्ण सेवा थप्प हुने गरी तालाबन्दी गरेको प्रति समेत ध्यानाकर्षण भएको विज्ञप्तीमा वजनाइएको छ ।
बार्ता र सम्बादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा ताला लगाउनु गैर जिम्मेवारी भएको बताउँदै विना सर्त ताला खोल्न विज्ञप्तीमा भनिएको हो ।
निसीखोला गाउँपालिकामा २ बर्षदेखि निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा चल्दै आइरहेको छ ।
यो भन्दा पहिले दुई पटक सम्म प्रमुख प्रशासकिय अधिकृत फिर्ता पठाईको र यस पटक पनी हाजिर भएका प्रमुख प्रशासकिय अधिकृतको एक हप्तामै सरुवा भएपछि निसीखोलामा नेपाली कांग्रेस र नेकपा एमालेले त्यसको विरुद्धमा ध्यानाकर्षण गराएका हुन ।

पालिकामा बिहिबार देखि सम्पूर्ण सेवा ठप्प रहेको हो । नेकपा एमालेले तालाबन्दी गरेसंगै पालिकाको सेवा प्रवाह अवरुद्ध भएको छ ।

नेकपा एमाले द्वारा निसीखोला गाउँपालिका कार्यालयमा तालाबन्दी ।

0


बैशाख २० गते बुर्तिबाङ
नेकपा एमाले निसीखोला गाउँकमिटीको आयोजनामा बिहीबार निसीखोला गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाबाट फर्काइएको र एक हप्ता अगाडि कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको पालिकामा हाजिर भएको एक हप्ता नपुग्दै पुनः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको पत्र आएपछि निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय पटक पटक चर्चामा आइरहेको हो ।
यसै सन्दर्भमा नेकपा एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दे यस्ता गलत कृयाकलाप रोक्न पालिका कार्यालयमा तालाबन्दी गर्दे गाउँपालिकाको गलत कदमका विरुद्ध सशक्त आन्दोलन घोषणा गर्दे प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने कदम सच्चाउन र स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न  दबाब स्वरुप धर्ना कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भूमिराज घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


गत बैशाख १२ गते पालिकामा हाजिर हुन आएका पुनलाई ७ दिनमै सरुवाको पत्र आएपछि आश्चर्य चकित हुँदै आफूलाई यहाँका कर्मचारीबाटै यहाँ बस्न नदिने चलखेल सुरु भएको आशंका रहेको अधिकृत पुनको भनाई छ ।
उता निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले प्रमुख प्रशासकीय अधिकृत आएको ६ दिनमै मन्त्रालयबाट सरुवाको पत्र आउनु गलत रहेको बताउँदै आफूले पुनको सरुवाको रमना पत्र गाउँपालिकाबाट यतिछिटो नदिने बताउनु भयो ।
संघले पठाइसकेपछि पालिकामा गत १२ गतेदेखि हाजिर गराइयो हाजिर भएको ६ दिनमै फेरी सरुवाको पत्र आएको सुनेको बताउँदै कसरी सरुवा भयो भन्ने विषयमा आफूलाई जानकार नभएको बताउनु भयो ।

जंगली जनावरले आलुबाली सखाप पार्न थालेपछि तमानका किसान चिन्तित ।

0

 

फाईल फोटो तमान लाम्बेला गाउँको

 बैसाख २० गते बुर्तिबाङ

बागलुङ तमानखोला गाउँपालिकाको उच्च क्षेत्रमा किसानले लगाय को आलु जंगली जनावरले नष्ट गरेपछि किसान चिन्तित भएका छन ।

बढ्दो खडेरी, बन जंगलमा पानीका मुहान सुक्दै जानु र अधिकांश बनमा दढेलो लागेपछि जंगली जनावर गाउँ झर्ने र किसानले लगाएको आलु मकै लगाएतका बिरुवा खाएर नष्ट गर्ने गरेको तमानखोला ३ का किसान टेक बहादुर गोतामेले बताउनु भयो ।

ठुलो गैरा, गजेल्ना, डाँडा खोरिया, थुमखर्क लगायतका सयौँ रोपनी क्षेत्रमा सय बढि किसानले गत फागुन महिनामा लगायको आलु मृग, बँदेल लगाएतका जंगली जनावरले जरै देखि उखेलेर खान थालेपछि कृषकलाई समस्या परेको वडा नं. ३ का वडा सदस्य याम बहादुर श्रीपालीले बताउनु भयो ।

भर्खर फल लाग्न थालेको आलुको जरैदेखि बोट खान थालेपछि आलु उत्पादन नहुने देखिएको किसानको दुखेसो छ ।

६ मुरी आलुको बिउ लगाएका टेक बहादुरको अधिकांश आलु मृगले सखाप पारिसकेको छ टेक बहादुर जस्तै अन्य किसानले लगायतको आलु र मकै जंगली जनावरले खान थालेको र समयमा वर्षात नहुँदा यसवर्ष आलु उत्पादनमा कमी आउने वडा सदस्य याम बहादुर श्रीपालीले बताउनु भयो ।

तमानखोला गाउँपालिकाले दियो आगलागीबाट ज्यान गुमाउनेको परिवार र घाइतेलाई आर्थिक सहायता ।

0

बैशाख १९ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले गत बैशाख १४ गते आगलागीबाट ज्यान गुमाएका ४८ बर्षिया देवसिंह कामीको परिवारलाई घरमै पुगेर एक लाख रुपैयाँ मृतकको परिवारलाई पालिकाको तर्फदेखि आर्थिक सहायता रकम हस्तान्तरण गरिएको छ ।

तमानखोला गाउँपालिका २ स्थित सिल्गुम गाउँ नजिकैको बनमा फैलिएको आगो बस्ती नजिकै पस्न थालेपछि आगो निभाउन पुगेका देवसिंह कामीको आगोले जलेर घटना स्थलमै मृत्यु भएको थियो । मृतकको परिवारलाई गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा न. २ का अध्यक्ष नारायण सुनार जनप्रतिनिधि कर्मचारीको उपस्थिति मा एक लाख रुपैयाँ नगद रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

त्यस्तै सोही आगो नियन्त्रणका क्रममा सख्त घाइते भएका तमानखोलासिल्गुमकै ३१ बर्षिया ज्ञान बहादुर बूढा र सोही ठाउँकै ३३ बर्षिया प्रेम बहादुर घर्ती मगर घाईते हुनुभएको छ । घाइते दुबै जनाको काठमाण्डौमा उपचार भइरहेको छ । घाइतेहरूलाई उपचारका निम्ति गाउँपालिकाले प्रति व्यक्ति पचहत्तर रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो

। गाउँपालिका अध्यक्ष जोकलाल बूढा मगरले अस्पतालमै पुगेर बुधबार नगद रकम हस्तान्तरण गर्नुभएको थियो । पालिकाले आगलागीबाट घरबास गुमाएका परिवारलाई खाध्यान्ह, लत्ता कपडा उपलब्ध गराएको छ ।

गत बैशाख १४ गतेको भीषण आगलागीबाट तमानखोला गाउँपालिका २ सिल्गुम गाउँमा मानवीय सँगै भौतिक क्षेती भएको थियो ।

अखिल नेपाल शिक्षक संघ निसीखोलाको भेला तथा पालिका स्तरीय समितिको गठन ।

0

बैशाख १९ गते बुर्तिबाङ अखिल नेपाल शिक्षक संघ निसीखोला गाउँपालिकाको भेला तथा पालिका स्तरीय समितिको गठन बुधबार निसीखोलामा सम्पन्न भएको छ ।

नवराज आचार्य को अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मित्रदत्त ढकाल को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा भूमिराज आचार्य  अध्यक्ष रहेको ९ सदस्य अखिल नेपाल शिक्षक संघ निसीखोला गठन गरिएको छ ।

समितिको उपाध्यक्ष लोकेन्द्र बहादुर चन्द, सचिव मोहन सापकोटा, कोषाध्यक्ष बिन्दु रेग्मी हमाल, सदस्यहरूमा विमल भट्टराई, , ओम बहादुर बूढा, अशोक छन्त्याल, चोपलाल रेग्मी, प्रकाश सुवेदी चयन हुनुभएको हो । त्यस्तै ६ सदस्य सल्लाहकार समितिको गठन गरिएको हो । समितिको सदस्यमा नवराज आचार्य , छविलाल बूढा, विक्रम शाही, शिव बहादुर शाही, प्रेम थापा र टेक बहादुर छन्त्याल रहनु भएको हो ।

 आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य सोभराज छन्त्यालको विशेष उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम भूमिराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

नेकपा एमाले जिल्ला कमिटी बागलुङको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले बुधबार सपथ ग्रहण ।

0
{"data":{},"editType":"image_edit","source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"capability_name":"retouch_edit_tool","client_key":"aw889s25wozf8s7e","source_type":"vicut","picture_template_id":""}","pictureId":"47DFC0F2-1D70-4E2E-B251-427EC6C2560D","exportType":"image_export"}

बैसाख १९ बागलुङ
नेकपा एमाले जिल्ला कमिटी बागलुङको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी र सदस्यहरुलाई जिल्ला अध्यक्ष हिरा बहादुर केसीले सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहण तथा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिव गोकर्ण विष्टले इलाम र बझाङको उपनिर्वाचनले एमाले एक मात्र सही पार्टी रहेको सन्देश दिएको बताउनुभयो ।

उहाँले इलाम र बझाङमा भएको उपनिर्वाचनले भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश दिएको समेत बताउनुभयो । ‘इलाम र बझाङको उपनिर्वाचनले एमालेको मिसन ८४ लाई सफल बनाउने पुष्टि गरेको छ,’ सचिव विष्टले भन्नुभयो,‘भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश पनि दिएको छ ।

’सचिव विष्टले उपनिर्वाचनको परिणाम इलाम र बझाङ मात्र नभई सवैलाई भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र जातिय पार्टी प्रति लक्षित गर्दै विचारविहिन राजनीतिक दललाई जनताले बहिष्कार गरेको बताउनुभयो । ‘समय समयमा जसरी भुलकाहरु आउँछन् त्यसरी समाप्त हुन्छन्,’ विष्टले भने,‘विचार विनाका पार्टी लामे समय टिक्दैनन् भन्ने उपचुनावले पुष्टि गरेको छ । २०८४ को निर्वाचनले अझै पुष्टि गर्नेछ ।’

जनमत एमालेसँग रहेको र त्यसलार्य जोगाउनुपर्ने सचिव विष्टको भनाई छ । उहाँले पार्टी भित्र आन्तरिक विरोध र समस्या उत्पन्न हुने गरेपनि त्यसलाई विधि र संवाद मार्फत समाधान गर्नुपर्ने बताए ।

एमालेलाई देशको पहिलो राजनीतिक शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै विष्टले पार्टीलाई थप शक्तिशाली बनाउन नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । सचिव विष्टले आउँदो निर्वाचनमा बागलुङका सवै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमालेले जित्ने गरेर नयाँ कमिटीले काम गर्न सुझाव दिनुभएको छ ।

निसीखोला गाउँपालिकाका हाकिमको छ दिनमै सरुवा ।

0

बैसाख १९
बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको एक साता नहुँदै सरुवा भएको छ । गत यही वैशाख १२ गते निसीखोला गाउँपालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार पुनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन हुन पत्र पठाएको छ । छ दिनकै दिन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि टिकाटिप्पणी सुरु भएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले कार्यालयमा हाजिर भएको छ दिनमै हाकिम सरुवा गर्नु गलत भएको बताउनुभयो । सरुवाको पत्र आए पनि यति छिट्टै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवाका लागि रमाना नदिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुनले हाजिर हुँदाको दिनै आफूलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको भन्दै पालिकाले हाजिर गराएपछि काम गर्न सुरु गरेको बताउनुभयो । निसीखोलामा केही गर्छु भनेर आएको सुनाउँदै मन्त्रालयको यो निर्णयले दुःखी बनाएको बताउनुभयो । असल राष्ट्र सेवक कर्मचारी भएर जनतासँग नजिक भएर काम गर्नका लागि आफूले स्थानीय तह रोजेको उहाँको भनाइ छ । े आफूलाई एक साता नबित्दै सरुवा गर्नेमा कर्मचारीकै भूमिका रहेको आशंका रहेका उहाँले बताउनुभयो । मन्त्रालयले सरुवा गरे पनि गाउँपालिकाले रमाना नदिएसम्म सरुवा नहुने पुनको भनाइ छ ।

‘जनतासँग नजिक भएर काम गर्छु भनेर आएको थिए, मलाई चाहि निकै नराम्रो लागेको छ, यहाँ षड्यन्त्र भएको छ, हामीलाई उच्च पदाधिकारीबाट दुई वर्ष सरुवा गर्न पाइँदैन भन्ने तालिम दिएको थियो, म निकै दुःखी भएको छु, आज एक्कासी आएको पत्रले निकै दुःखी बनायो, असल राष्ट्रसकेव भएको हुँदा आज जुन निर्णय भएको छ, यसमा मेरो आपत्ति’ पुनले भन्नुभयो ‘मन्त्रालयबाट हाजिर हुँदाको दिनै मलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको थियो, यसमा धेरै चलखेल छ, कर्मचारी वृत्तबाटै मलाई सरुवा गर्न दबाद दिएको मलाई शंका लागेको छ ।’

आगलागी पीडितलाई समाजसेवी धन बहादुर कुवँरको सक्रियतामा आर्थिक सहयोग ।

0

बैशाख १९ गते बुर्तिबाङ गत चैत्र महिनामा घरमा आगलागी हुँदा पीडित बनेका ढोरपाटन ३ विसमोरका दुई परिवारलाई समाजसेवी धन बहादुर कुवँरको सक्रियतामा आर्थिक संकलन गरी बुधबार हस्तान्तरण गरिएको छ ।

गत चैत्र ६ गते दिउँसो विधुत सर्ट भई ढोरपाटन नगरपालिका ३ विस्मोर स्थित हेमलाल कुवँर र आत्मराम कुवँरको दुई घर जल्दा घरमा राखिएको अन्नपात, खाध्यान्ह, गरगहना लत्ता कपडा सहित घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएको थियो ।

पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्य सहित समाजसेवी ढोरपाटन नगरपालिका ३ विस्मोर हाल बुर्तिबाङ बजारमा बस्दै आउनु भएका समाजसेवी धन बहादुर कुवँरको सक्रियतामा संकलन गरिएको ६९ हजार ८५ रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराइएको हो ।

आर्थिक संकलन अभियानमा दिलमाया कुवँर र चुडामणि खनालको समेत भूमिका रहेको थियो ।

बुर्तिबाङ बजार तथा आसपासका क्षेत्रबाट संकलन गरिएको रकम पीडितलाई घरमै पुगेर हस्तान्तरण गरिएको आर्थिक संकलन अभियन्ता धन बहादुर कुवँरले बताउनु भयो ।

सिटिजन लाईफले दियो स्वर्गीय धनसराको परिवारलाई बीमा दावी भुक्तानी ।

0

सिटिजन लाईफले दियो स्वर्गीय धनसराको परिवारलाई बीमा दावी भुक्तानी ।

बुर्तिबाङ बैशाख १६ गते

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा द्धारा स्वर्गीय धनसरा बिकको परिवारलाई बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरिएको छ ।

बिमित एलिनाको आमा धनसरा बिक गत षौष महिनामा बडिगाड खोलामा मृत अवस्थामा भेटिनु भएको थियो । प्रस्तावक बिकको निधनमा कम्पनीले बीमाङ्क र काजकिरिया खर्च वापत एकमुष्ट दुई लाख पचास हजार रुपैयाँ धनसराका श्रीमान शिब बहादुर बिकको बैँक खातामा रकम जम्मा गरिदिएको हो ।

तमानखोला गाउँपालिका ५ हाल बुर्तिबाङ बस्दै आएका बिकले आफ्नो छोरी बिमित रहने गरी दुई लाख बिमाङ्कको बाल भविष्य योजनाको बीमा गर्नुभएको थियो । एलिना श्रीपालीको बीमा गर्दे गर्दा प्रस्तावक रहेकी धनसराको मृत्यु भएसँगै कम्पनीले बीमाङ्क रकम दुई लाख र पचास हजार रुपैयाँ काजकिरिया खर्च बापतको रकम परिवारलाई उपलब्ध गराएको हो । शिब बिक हाल रोजगारीको क्रममा बिदेशमा रहेका कारण बैँक मार्फत दावी भुक्तानी रकम हस्तान्त्रण गरीएको हो । 

आगामी दिनमा बिमित बच्चाको खातामा मासिक आय सुविधा बापत पढाई खर्च बीमा समाप्ति सम्म मासिक रुपमा भुक्तानी गर्ने र कम्पनीमा बीमा समाप्ति सम्म तिर्न बाँकी १५ किस्ता प्रिमियम मिनाहा सँगै बिमित बच्चाले बीमा अवधि समाप्ति पश्चात बीमाङ्क र बोनस रकम प्राप्त गर्ने शाखा प्रबन्धक छविलाल पाण्डेले बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स लमजुङ शाखाले दियो कुल प्रसाद गुरुङलाई उपचार खर्च । 

0

छविलाल पाण्डे बुर्तिबाङ

बैसाख १४ गते 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले घातक रोग सुविधा बापत लम्जुङ राइनासका बिमित कुल प्रसाद गुरुङलाई उपचार खर्च बापत करिब दश लाख रुपैयाँ रकम उपलब्ध गराएको छ ।

स्थाई घर क्व्होलासोथार गाउँपालिका वडा नं. ८ घर भई रोजगारीको शिलसिलामा  स्थानीय शान्ति देवी प्राथमिक विद्यालयका शिक्षक समेत रहेका गुरुङलाई विद्यालयमै पुगेर कम्पनीले दाबी भुक्तानी बापत ९ लाख ५५ हजार ६ सय १२ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले बताउनु भयो । विगत दुई बर्ष पहिले दश लाख बीमालेखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गर्नुभएका गुरुङ केही समयदेखि ब्रेन हेम्रेज रोग देखिएपछि उपचाररत हुनुहुन्छ । 

विमितले लिएको सुरक्षा योजना अन्तरगत उक्त रकम कम्पनीले उपलब्ध गराएको हो । वडा अध्यक्ष लुबेन्द्र गुरुङ, विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, लगायतको उपस्थितिमा उपचार खर्च बापत चेक हस्तान्तरण गरीएको शाखा प्रबन्धक हिरा घलेले बताउनु भयो ।

 आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले चेक हस्तान्तरण गर्दे बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम रहेको बताउँदै समयमै थोरै थोरै रकम जम्मा गरेर बीमा गरेका कारण बिमित कुल प्रसाद गुरुङले सुविधा प्राप्त गर्नुभएको बताउनु भयो । बीमा आफू स्वास्थ्य हुँदा र आम्दानी गर्दे गर्दा समयमै गर्नुपर्ने र भविष्यमा आइपर्ने समस्यालाई सहज बनाउने महत्वपूर्ण माध्यम रहेको बताउनु भयो ।

 बिमितले थोरै रकम जम्मा गर्दे गर्दा पनि बिमांक रकम बराबर घातक रोग सुविधा वापत रकम प्राप्त गर्नुभएको बताउँदै अझैपनि बीमा चालु रहेका कारण बिमा समाप्ति पश्चात बीमाङ्क र बोनस रकम प्राप्त गर्ने बताउनु भयो । सिटिजन लाईफले बिमितलाई सहज र सरत तरिकाले सुविधा उपलब्ध गराउँदै आएको बताउँदै कम्पनीले डिजिटल माध्यमको प्रयोग गर्दे अनलाइनबाटै पोलिसी जारी गर्ने, भिडियो केवाईसी  मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत सहज रुपमा बीमा गर्न पाउने लगायतका सेवा सुविधालाई प्रभावकारी बनाएको बताउनु भयो । 

आयोजित कार्यक्रममा बिमित कुल प्रसाद गुरुङले बोल्दै आफूले समयमै बीमा गरेका कारण अहिले उपचारमा राहत पुगेको बताउनु भयो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सहज रुपमा आफूलाई सुविधा उपलब्ध गराएका कारण आम मानिसले जीवन बीमा समयमै गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रम शाखा प्रबन्धक हिरा घलेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष लुवेन्द्र गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर पूर्ण चन्द्र घिमिरे, जस बहादुर गुरुङ लगायतको उपस्थिति एवम् मन्तव्य रहेको थियो ।