तमानखोला गाउँपालिकाले दियो आगलागीबाट ज्यान गुमाउनेको परिवार र घाइतेलाई आर्थिक सहायता ।

बैशाख १९ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले गत बैशाख १४ गते आगलागीबाट ज्यान गुमाएका ४८ बर्षिया देवसिंह कामीको परिवारलाई घरमै पुगेर एक लाख रुपैयाँ मृतकको परिवारलाई पालिकाको तर्फदेखि आर्थिक सहायता रकम हस्तान्तरण गरिएको छ ।

तमानखोला गाउँपालिका २ स्थित सिल्गुम गाउँ नजिकैको बनमा फैलिएको आगो बस्ती नजिकै पस्न थालेपछि आगो निभाउन पुगेका देवसिंह कामीको आगोले जलेर घटना स्थलमै मृत्यु भएको थियो । मृतकको परिवारलाई गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा न. २ का अध्यक्ष नारायण सुनार जनप्रतिनिधि कर्मचारीको उपस्थिति मा एक लाख रुपैयाँ नगद रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

त्यस्तै सोही आगो नियन्त्रणका क्रममा सख्त घाइते भएका तमानखोलासिल्गुमकै ३१ बर्षिया ज्ञान बहादुर बूढा र सोही ठाउँकै ३३ बर्षिया प्रेम बहादुर घर्ती मगर घाईते हुनुभएको छ । घाइते दुबै जनाको काठमाण्डौमा उपचार भइरहेको छ । घाइतेहरूलाई उपचारका निम्ति गाउँपालिकाले प्रति व्यक्ति पचहत्तर रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो

। गाउँपालिका अध्यक्ष जोकलाल बूढा मगरले अस्पतालमै पुगेर बुधबार नगद रकम हस्तान्तरण गर्नुभएको थियो । पालिकाले आगलागीबाट घरबास गुमाएका परिवारलाई खाध्यान्ह, लत्ता कपडा उपलब्ध गराएको छ ।

गत बैशाख १४ गतेको भीषण आगलागीबाट तमानखोला गाउँपालिका २ सिल्गुम गाउँमा मानवीय सँगै भौतिक क्षेती भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित