सिटिजन लाइफ इन्स्योरेन्स लमजुङ शाखाले दियो कुल प्रसाद गुरुङलाई उपचार खर्च । 

छविलाल पाण्डे बुर्तिबाङ

बैसाख १४ गते 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले घातक रोग सुविधा बापत लम्जुङ राइनासका बिमित कुल प्रसाद गुरुङलाई उपचार खर्च बापत करिब दश लाख रुपैयाँ रकम उपलब्ध गराएको छ ।

स्थाई घर क्व्होलासोथार गाउँपालिका वडा नं. ८ घर भई रोजगारीको शिलसिलामा  स्थानीय शान्ति देवी प्राथमिक विद्यालयका शिक्षक समेत रहेका गुरुङलाई विद्यालयमै पुगेर कम्पनीले दाबी भुक्तानी बापत ९ लाख ५५ हजार ६ सय १२ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले बताउनु भयो । विगत दुई बर्ष पहिले दश लाख बीमालेखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गर्नुभएका गुरुङ केही समयदेखि ब्रेन हेम्रेज रोग देखिएपछि उपचाररत हुनुहुन्छ । 

विमितले लिएको सुरक्षा योजना अन्तरगत उक्त रकम कम्पनीले उपलब्ध गराएको हो । वडा अध्यक्ष लुबेन्द्र गुरुङ, विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, लगायतको उपस्थितिमा उपचार खर्च बापत चेक हस्तान्तरण गरीएको शाखा प्रबन्धक हिरा घलेले बताउनु भयो ।

 आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले चेक हस्तान्तरण गर्दे बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम रहेको बताउँदै समयमै थोरै थोरै रकम जम्मा गरेर बीमा गरेका कारण बिमित कुल प्रसाद गुरुङले सुविधा प्राप्त गर्नुभएको बताउनु भयो । बीमा आफू स्वास्थ्य हुँदा र आम्दानी गर्दे गर्दा समयमै गर्नुपर्ने र भविष्यमा आइपर्ने समस्यालाई सहज बनाउने महत्वपूर्ण माध्यम रहेको बताउनु भयो ।

 बिमितले थोरै रकम जम्मा गर्दे गर्दा पनि बिमांक रकम बराबर घातक रोग सुविधा वापत रकम प्राप्त गर्नुभएको बताउँदै अझैपनि बीमा चालु रहेका कारण बिमा समाप्ति पश्चात बीमाङ्क र बोनस रकम प्राप्त गर्ने बताउनु भयो । सिटिजन लाईफले बिमितलाई सहज र सरत तरिकाले सुविधा उपलब्ध गराउँदै आएको बताउँदै कम्पनीले डिजिटल माध्यमको प्रयोग गर्दे अनलाइनबाटै पोलिसी जारी गर्ने, भिडियो केवाईसी  मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत सहज रुपमा बीमा गर्न पाउने लगायतका सेवा सुविधालाई प्रभावकारी बनाएको बताउनु भयो । 

आयोजित कार्यक्रममा बिमित कुल प्रसाद गुरुङले बोल्दै आफूले समयमै बीमा गरेका कारण अहिले उपचारमा राहत पुगेको बताउनु भयो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सहज रुपमा आफूलाई सुविधा उपलब्ध गराएका कारण आम मानिसले जीवन बीमा समयमै गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रम शाखा प्रबन्धक हिरा घलेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष लुवेन्द्र गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर पूर्ण चन्द्र घिमिरे, जस बहादुर गुरुङ लगायतको उपस्थिति एवम् मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित