Home Blog Page 87

बागलुङको तमानखोला ४ मा दुई घरमा आगलागी:आगो कसैले लगाइदिएको हुन सक्ने आशंका ।

0

बागलुङ बैशाख २८ गते 

बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलामा गतराति घरमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा मानिस नभएको समयमा शुक्रबार बिहान करिब ३ बजेको समयमा दुई घरमा एकैपटक आगो दन्किरहेको अवस्थामा स्थानीयले देखेपछि नियन्त्रणको प्रयास गरेका थिए तर आगोले घर पूर्ण रुपमा जलेको पाइएको छ ।

वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीका अनुसार तमानखोला ४ स्थित भाटी गाउँका जेनु सिर्पाली र दिले सिर्पालीको सँगै जोडिएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

दुई परिवारका सबै सदस्य खेतिपातीको निम्ती गाउँ नजिकैको हल्ले खर्क बारीमा रहेको अवस्थामा रातको समयमा आगलागी हुँदा घर सहित घरभित्र राखिएको सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । लाम्मेलाका अधिकांस घर परिवार खेतिपातीको निम्ती घुम्ती बसाइ गर्ने गर्दछन्

घटनाको प्रकृति हेर्दा आगलागी कसैले लगाइदिएको हुन सक्ने आशंका गरिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो । घटनाको विषयमा जानकारी प्राप्त भएसँगै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बूढा सहित अनुसन्धानका निम्ति बोङ्गादोभान प्रहरी चौकीको टोली घटना स्थलमा जाँदै गरेको बताइएको छ । 

मानिस नभएको समयमा रातमा एकै पटक दुई घर जल्दै गर्दा कसैले घरमा आगो लगाइदिएको हुन सक्ने आशंका गरिएको स्थानीयले जनाएका छन ।

ईन्फिनिटी लघुवित्त संस्थाद्धारा  वित्तिय साक्षरता तथा व्यवसायिक बाख्रा पालन तालीम ।

0


बैशाख २५
ईन्फिनिटी लघुवित्त वित्तिय संस्थाको आयोजनामा बुर्तिबाङमा सोमबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता र एक दिने व्यवसायिक बाख्रा पालन तालीम सम्पन्न भएको छ ।
ईन्फिनिटी लघुवित्त वित्तिय संस्था बुर्तिबाङ शाखाको आयोजनामा आयोजित कार्यक्रममा केन्द्र नम्बर २१ का सदस्य केसरी घर्ती मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाउन र सृजनशील भई स्वरोजगार बन्ने अभिप्राय स्वरुप व्यवसायीक बाख्रा पालन तालिम दिइएको थियो ।

विभिन्न समुहका महिला सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका केन्द्रिय कार्यालयका कर्मचारी कृष्ण प्रसाद पौडेलले सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा संस्थाको तर्फदेखि अनुगमन तथा निरीक्षण कार्यालय अमुवा रूपन्देहीका कार्यालय प्रमुख बिशेश्वर विष्टको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका बुर्तिबाङ शाखा प्रमुख हेमशंकर न्यौपानेले सञ्चालन गर्नुभएको थियो । 

तमानखोलाको बुद्ध आबिमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्ने !

0

प्रकाश अधिकारी ।

बागलुङको दुर्गम क्षेत्र तमानखोला-१, स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यालयमा पाहार ट्रस नेपालले स्थलगत अध्ययन गरेको छ । शिक्षा, स्वास्थ्य,खानेपानी तथा सरसफाइको माध्यमबाट ग्रामिण समुदायको जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेलको पाहार ट्रस नेपालमा विद्यालयले ८ कोठे अत्याधुनिक विद्यालय भवन निमार्णाथ प्रस्ताव पेस गरेको थियो ।

विद्यालयले भूकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक ८ कोठे भवन बनाउने प्रस्ताव पेस गरेपछि ट्रसको इन्जिनियरसहितको एक टोलिले सोमबार विद्यालयको निरीक्षण तथा स्थलगत अध्ययन गरेको हो । निरीक्षणपछि पहार ट्रसका प्रोजेक्ट म्यानेजर एवम् ईन्जिनियर टेकराज राना मगरले भौगोलिक विकटता भएपनि स्याउला गाउँ निकै सुन्दर रहेकोे बताउनु भयो । ईन्जिनियर मगरले विद्यालयमा ८ कोठे भवन आवस्यकता रहेको पुष्ठि गर्नुभयो । ईन्जिनियर मगरले भन्नु भयो,” तपाईंहरुलाई विद्यालय भवनको अति आवश्यक रहेछ । विद्यालयप्रति समुदायको सक्रियता र चासो देखेर खुसी लागेको छ । प्रोजेक्ट सफल बनाउन प्रारम्भिक कार्यहरु सुरु गरौं, बाकी भवन निमार्णको प्रक्रिया, सर्त र जिम्मेबारीबारे अर्को छलफल गरौंला । ” ईन्जिनियर मगरको उक्त भनाइले उपस्थित अभिभावकहरु खुसीले ताली बजाए ।

सोमबार विद्यालयमा आयोजित एक वृहत् कार्यक्रमलाई सम्बोधन गर्दै पहार ट्रस नेपालका अध्यक्ष विजुली बहादुर गुरुङले विद्यार्थीहरूलाई सुरक्षित र बालमैत्री बातावरणमा गुणस्तरिय शिक्षा प्राप्त गर्न अत्याधुनिक भवन चाहिने कुरा कसैले नकार्न नसक्ने बताउनु भयो । अध्यक्ष गुरुङले बुद्ध आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर राम्रो भएपनि भौतिक संरचना सेवा सुविधाको अभावको कुरा निकै सुनेकाले के कस्तो रहेछ भनेर आफुहरु स्थलगत अध्ययनमा आएको बताउनुभयो ।

गुरुङले आवस्यकताका आधारमा प्रोजेक्ट गर्न सकिने बताउनुभयो । पाहार ट्रस नेपाल, स्थानीय सरकार र विद्यालयको समन्वयमा प्रोजेक्टको मोडेल तयार हुनेछ । इन्जिनियर मगरले दातृनिकाले स्वीकृत गरिसकेपछी स्थानीय पालिका र विद्यालय प्रशासनविच आर्थिक प्रतिज्ञापत्र तयार भएपछि त्रिपक्षीय सम्झौता भएमात्रै औपचारिक रुपमा प्रोजेक्ट सुरु हुने बताउनु भयो । विद्यालयमा अत्याधुनिक भवन बन्ने कुरामा आफु पूर्णरुपमा आशाबादी भएको जिसस सदस्य टेक बहादुर अर्गेजा मगरले बताउनु भयो । उहाँले आफ्नोतर्फबाट हदैसम्मको सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नद प्रसाद घर्ती मगरले पाहार ट्रसप्रति कृतज्ञता प्रकट गदै विद्यालय गतिविधि र आगामी योजना बारे प्रस्ट पार्नुभएको थियो ।

करिब दुई सय विद्यार्थी अध्ययनरत विद्यालयमा ११ जना शिक्षक कर्मचारी रहेका छन्। विद्यालयमा स्टिम ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी तथा क्यान्टिन र शौचालयको समेत अभाव रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य टेक बहादुर अर्गेजा मगर, जनप्रतिनिधि टेकलाल बिक ,विव्यस अध्यक्ष डिल बहादुर बिक, स्थानीय बुद्धिजीवी दल प्रसाद पुन लगायतका अभिभावकहरुले विद्यालयका शैक्षिक तथा भौतिक समस्याहरु सम्बोधन गरिदिन पाहार ट्रसलाई आग्रह गरेका थिए । कार्यक्रमको संचालन शिक्षक प्रकाश अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय आमा समुहहरुले सांस्कृतिक प्रस्तुतिद्वारा स्वागत तथा अविर फूलमाला लगाएर बिदाई गरेका थिए । ट्रसले सातै प्रदेशका विभिन्न जिल्लामा करिब ३ सय बढी विद्यालय भवन निमार्ण गरिसकेको छ । विद्यालय निर्माण परियोजनाका अतिरिक्त ट्रसले सामुदायिक स्वास्थ्य चौकी, पुस्तकालय, प्रारम्भिक शिक्षा केन्द्र, खानेपानी तथा सरसफाइ आयोजना, खेलकुद सुविधाको व्यवस्था, विद्यालय छात्रावास, विद्यालय विस्तार कार्य र मर्मतसम्भारलगायत अन्य विभिन्न परियोजनाहरू पनि सञ्चालन गदै आएको छ ।

बागलुङको  बडिगाडमा ग्रीन हाइड्रोजन ग्यास उत्पादन गरिँदै ।

0

बैसाख २५ गते बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिकामा हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।  । मंगलबार गाउँपालिकाको वडा नं २ स्थित गिरिङ्दी खोला लघु जलविद्युत सहकारी संस्था माफर्त सञ्चालित लघुजलविद्युत आयोजनाबाट हाइड्रोजन ग्यासको परिक्षण गर्दे ग्यासबाट खाना समेत पकाइएको हो । 


उक्त विधुत आयोजनाबाट शत प्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रीन हाइड्रोजन उत्पादन गरिने लक्ष्य लिइएको हो । नेपालमै पहिलो पटक थालिएको यो अभ्यासबाट सहज, सरल र विदेशबाट खरिद गर्नुपर्ने एलपी ग्यास आयातलाई रोक्न सकिने गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । 

गाउँपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउण्डेसन, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, ईन्भोटेक युके, ईन्भेस्टिनग्रिन लिमिटेड  लगायतका संस्थाहरूले सहजीकरण गरेका छन् । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उक्त जलविद्युत परियोजना मार्फत सञ्चालित विद्युत उत्पादन पछि खेर गइरहेको पानीलाई सदुपयोग गरि हाइड्रोजन उत्पादन गरिने बताउनुभयो ।

पालिकामा  धेरै जलविद्युत छन विधुत उत्पादन पछि खेर गइरहेको पानीलाई सदुपयोग गरी ग्यास निकाल्न सकिने र उक्त ग्यास सिलिन्डर मार्फत नागरिकको घरघरमा पुग्ने गरी काम गर्ने लक्ष्य लिइएको बताउनु भयो ।
बढ्दो जलवायु परिवर्तनका बीच शतप्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रीन हाइड्रोजनको महत्व र प्रयोग बढाउन र वैकल्पिक उर्जाको रुपमा यसको उत्पादन गर्ने योजना रहेको र त्यसका निम्ति गाउँपालिकाले आवश्यक लगानी गर्ने अध्यक्ष थापाको भनाई छ ।
जलविद्युत आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ । गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ । योजना अनुसार काम सम्पन्न भएमा चाँडै  हाइड्रोजन उत्पादनको काम सुरु हुनेछ । सुरुवातमा गिरिङ्दी खोलाका उपभोक्ताहरूलाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइने अध्यक्ष थापाले बताउनु भयो ।
अन्य उर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तो हुने उहाँको भनाई छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डर मार्फत उपभोक्ताहरूलाई वितरण गरिनेछ । मंगलबार हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ खर्बाङमा हाइड्रोजन द्धारा खाना पकाउने प्रविधि बारे प्रदर्शन गरिएको थियो  ।

हाईड्रोजनको महत्व र यसको व्यवसायिक उपयोगिता बारे जानकारी दिने उद्देश्यले परीक्षणको रुपमा काठमाण्डौबाट ल्याइएको हाइड्रोजनबाट खाना पकाएर नमुना प्रदर्शन गरिएको हो । उक्त कार्यक्रममा सहभागि भएका नागरिकले सहज र सस्तो मूल्यमा ग्यास पाइने भएपछि आर्थिक रुपमा निकै राहत हुने बताएका थिए । 

सालझण्डी सडक बुर्तिबाङ–ढोरपाटन खण्डकको ध्यानाकर्षण गराउन डेलिकेसन जाने निर्णय ।

0


सालझण्डी देखि ढोरपाटन जोड्ने सडक खण्ड अन्तरगत बागलुङको बुर्तिबाङ देखि ढोरपाटन सम्मको सडक निर्माणको काम समयमै नभएको भन्दै आयोजनाको कार्यालयमा डेलिगेसन जाने निर्णय भएको छ ।
ढोरपाटन नगरपालिकाको  टिम सहित यहाँ स्थित क्रियाशील राजनैतिक दलको टोली आगामी जेठ ४ गते सडक आयोजनाको कार्यालयमा धर्ना दिने तयारी सहित डेलिगेसन जाने विषयमा निर्णय भएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ( कल्याण)ले बताउनु भयो ।
२०७८ कात्तिक ५ गते ठेक्का सम्झौता भई बुर्तिबाङ–ढोरपाटन जोड्ने सडक अन्तरगत ३० महिनामा स्टान्डर्ड ग्राभेलिङ सहितको काम सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण कम्पनीले सम्झौता अवधि सकिँदा सम्म पनि ३० प्रतिशत काम नसकेपछि स्थानीय बासिन्दा आक्रोशित बन्दै गएका हुन ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ढोरपाटन क्षेत्र बुर्तिबाङ बजार देखि उपत्यका सम्म जम्मा ३२ किलोमिटर सडक छ ।
निर्माण कम्पनीले २२ किलोमिटर सडक फराकिलो र ग्राभेलिङ गर्ने जिम्मा पाएपनि निर्धारित समयमा काम नहुँदा त्यहाँका स्थानीय नागरिक सँगै ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सडक सास्ती भोग्दै आएका हुन ।

उक्त सडक आयोजना निर्माणको जिम्मा संकर माली निर्माण कम्पनी मार्फत ओम बुद्ध जेभी बसुन्धाराले पाएको थियो । उक्त सम्पनीले समेत अर्का तेश्रो पक्षलाई कामको जिम्मा दिएको पाइएको छ ।


आफूहरूले आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक पटक आग्रह र सम्मोन्य गर्दा समेत सडक निर्माणको काम निकै सुस्त भएपछि जेठ ४ गते आयोजनाको कार्यालय र काठमाण्डौ स्थित सडक विभाग, अर्थ मन्त्रालय लगायतका निकायमा पुगेर ध्यानाकर्षण गराउने तयारी गरिएको कार्यवाहक मेयर कायतले बताउनु भयो । 


डेलिगेसन टोलीले जेठ ४ गते शुक्रबार आयोजनाको कार्यालय सन्धिखर्क गएर ध्यानाकर्षण गराउने र काठमाण्डौमा पुगेर समेत ध्यानाकर्षण गराउने गरि छलफल भएको बताउँदै उक्त अभियानमा ढोरपाटन नगरपालिका जनप्रतिनिधि, प्रदेश र संघका रहेका यस क्षेत्रबाट निर्वाचित माननीय  र यहाँ क्रियाशील राजनैतिक दललाई सँगै लिएर जाने कार्यक्रम तय गरिएको बताउनु भयो ।
बुर्तिबाङ आयोजित अन्तरकृया कार्यक्रममा बोल्ने सहभागीहरूले निर्माण कम्पनीको लापरबाहीले गर्दा समयमा काम नभएको र अझै म्याद थप गर्दा सोही कम्पनीले काम गर्न नसक्ने बताउँदै त्यसको विषयमा गम्भिर ध्यानाकर्षण र खबरदारी आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा नेकपा एमालेका टंक प्रसाद पौडेल, स्थानीय अशोक बिक, राम बहादुर घर्ती, गुञ्ज बहादुर भण्डारी, ज्ञान प्रसाद कँडेल, कुशल बिक , कार्यपालिका सदस्य दिलिप बिक वडा अध्यक्ष धन बहादुर अदै, दिपेन्द्र पुन लगायतले बोल्दै सम्बन्धित निकायमा खबरदारी नगर्दा सम्म सडक निर्माणको कामले गति लिन नसक्ने बताएका थिए ।

आयोजित कार्यक्रममा  जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय बासि लगायतको उपस्थिति रहेको थियो । 

माहुरी पालनमा आर्कषित बन्दै निसीखोला हुल्दीका कृषक ।

0

बैसाख २० गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका १ हुल्दीका किसान माहुरी पालन तर्फ आर्कषित भएका छन ।

पारिलो र माहुरीको मह उत्पादनका निम्ती उचित स्थान रहेको हुल्दी गाउँमा १८ जना कृषकलाई समेटेर व्यवसायिक रुपमा मौरी पालन कार्यक्रम सुरु गरिएको हो

स्थानस्यलाई आय आर्जनको राम्रो माध्यम बनाउने र बजार मागलाई धान्न सक्ने गरी व्यवसायिक महुरी  पालन व्यवसायमा त्यस गाउँका कृषक सक्रिय बन्दै गएका हुन

१८ जना कृषकको समुह गठन गरी माहुरी पालन व्यवसायको सुरुवात गरिएको उक्त समुहकमा पहिलो चरणमा ९ जनालाई सहुलियतमा मौरीको घार र माहुरी उपलब्ध गराइएको र क्रमश १८ जना कृषकलाई समेटेर व्यवसायिक अभियान सुरुवात गर्ने लक्ष्य सहित मौरी पालन कार्यक्रम सुरु गरीएको समुहका अध्यक्ष नर बहादुर कुवँरले बताउनु भयो ।

गाउँमै बसेर व्यवसायिक बन्ने र बजार मागलाई पुर्ति गर्ने गरी अहिले १४० घार मौरी पाल्दै आएका कुवँरले यसलाई अब क्रमिक रुपमा विस्तार गर्दे लैजाने बताउनु भयो । “ विगत लामो समय देखि व्यवसायिक बाख्रा पाल्दै आएका कुवँरले गाई, भैँसी बाख्राको तुलनामा माहुरी पालन सजिलो र आम्दानीको राम्रो श्रोत हुने देखिएपछि आफुहरु मौरी पालनतर्फ आर्कषित भएको नर बहादुरले बताउनु भयो । ”

कुवँरको मकै कोदो फल्ने बारीभरी यतिबेला माहुरी र बाख्राका लागी आवस्यक फुल र घांस रोप्नुभएको छ । लामो समयदेखि कृषि गर्दे कुवँरले सम्भावनाको खोजी गर्दे जाँदा माहुरी पालन व्यवसाय उत्तम रहेको देखेपछि यस व्यवसायमा होमीएको बताउनु भयो ।

पछिल्लो समय कुवँरको माहुरी व्यवसाय हेर्न ज्ञान लिन र माहुरीका घार किन्न विभिन्न थाउँबाट अवलोकन कर्ता र कृषक त्यहां पुग्ने गरेका हुन ।

विभिन्न चरणमा तालिम मार्फत मौरी पालनको सिप हासिल गरेका स्थानीयले व्यवसायीक रुपमा अगाडी बद्ने लक्ष्य सहित समुह मार्फत अगाडी बढिएको व्यवसायी एव्म निसीखोला १ का वडा सदस्य पवन कुमार सिंजालीले बताउनु भयो ।

महुरी पालनका निम्ती यस क्षेत्रमा राम्रो सम्भावना भएका कारण आफुहरुले यस व्यवसायलाइ प्राथमिकता दिइएको बताउनु भयो ।… माहुरी उत्पादन र व्यवसाय चुनौती पूर्ण रहेपनी आफुहरुले एक दुई घारबाटै यसको सुरुवात गरिएको र सिक्दै व्यवसायीक बन्दै गइरहेको सिंजालीको भनाई छ  ।

हुल्दीकै राजुलाल रोकापनी गजबका बहुउदेह्यी कृषक समुह गठन गरेर पहिलो चरणमा माहुरी पालन गर्दे आउनु भएको छ । महुरी पालन सुरु गरीएको र आफुले पुरानो पुर्खोली घार र आधुनिक गरी एक बर्षभित्रै ९ घार माहुरी उत्पादन गर्दे आएको बताउँदै यसलाई बृद्धि गर्दे जाने र आर्थिक उर्पाजनको माध्यम बनाउने बताउनु भयो ।

पुर्खोली भन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको किसानले बताएका छन ।

 

चट्याङ लागेर बागलुङको ढोरपाटनमा एक जनाको ज्यान गयो ।

0

 बैशाख २५ गते बुर्तिबाङ

सोमबार साँझ परेको चट्याङ लागेर बागलुङको ढोरपाटनमा एक जनाको ज्यान गएको छ ।

सोमबार भारी वर्षात सँगै चट्याङ पर्दा ढोरपाटन नगरपालिका ३ पुर्कोटका ५६ बर्षिया कुम बहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

साँझ ७ः३० बजेको समयमा घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ परेपछि घाइते भएका पुनलाई बुर्तिबाङ स्वास्थ्य केन्द्र ल्याइएको थियो । स्वास्थ्य केन्द्रमा ल्याइसक्दा उहाँको ज्यान गइसकेको पाइएको छ ।

निसीखोला गाउँपालिका १ हुल्दीका किसान माहुरी पालन तर्फ आर्कषित बन्दै ।

0

बैसाख २० गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका १ हुल्दीका किसान माहुरी पालन तर्फ आर्कषित भएका छन ।

पारिलो र माहुरीको मह उत्पादनका निम्ती उचित स्थान रहेको हुल्दी गाउँमा १८ जना कृषकलाई समेटेर व्यवसायिक रुपमा मौरी पालन कार्यक्रम सुरु गरिएको हो

स्थानस्यलाई आय आर्जनको राम्रो माध्यम बनाउने र बजार मागलाई धान्न सक्ने गरी व्यवसायिक महुरी  पालन व्यवसायमा त्यस गाउँका कृषक सक्रिय बन्दै गएका हुन

१८ जना कृषकको समुह गठन गरी माहुरी पालन व्यवसायको सुरुवात गरिएको उक्त समुहकमा पहिलो चरणमा ९ जनालाई सहुलियतमा मौरीको घार र माहुरी उपलब्ध गराइएको र क्रमश १८ जना कृषकलाई समेटेर व्यवसायिक अभियान सुरुवात गर्ने लक्ष्य सहित मौरी पालन कार्यक्रम सुरु गरीएको समुहका अध्यक्ष नर बहादुर कुवँरले बताउनु भयो ।

गाउँमै बसेर व्यवसायिक बन्ने र बजार मागलाई पुर्ति गर्ने गरी अहिले १४० घार मौरी पाल्दै आएका कुवँरले यसलाई अब क्रमिक रुपमा विस्तार गर्दे लैजाने बताउनु भयो । “ विगत लामो समय देखि व्यवसायिक बाख्रा पाल्दै आएका कुवँरले गाई, भैँसी बाख्राको तुलनामा माहुरी पालन सजिलो र आम्दानीको राम्रो श्रोत हुने देखिएपछि आफुहरु मौरी पालनतर्फ आर्कषित भएको नर बहादुरले बताउनु भयो । ”

कुवँरको मकै कोदो फल्ने बारीभरी यतिबेला माहुरी र बाख्राका लागी आवस्यक फुल र घांस रोप्नुभएको छ । लामो समयदेखि कृषि गर्दे कुवँरले सम्भावनाको खोजी गर्दे जाँदा माहुरी पालन व्यवसाय उत्तम रहेको देखेपछि यस व्यवसायमा होमीएको बताउनु भयो ।

पछिल्लो समय कुवँरको माहुरी व्यवसाय हेर्न ज्ञान लिन र माहुरीका घार किन्न विभिन्न थाउँबाट अवलोकन कर्ता र कृषक त्यहां पुग्ने गरेका हुन ।

विभिन्न चरणमा तालिम मार्फत मौरी पालनको सिप हासिल गरेका स्थानीयले व्यवसायीक रुपमा अगाडी बद्ने लक्ष्य सहित समुह मार्फत अगाडी बढिएको व्यवसायी एव्म निसीखोला १ का वडा सदस्य पवन कुमार सिंजालीले बताउनु भयो ।

महुरी पालनका निम्ती यस क्षेत्रमा राम्रो सम्भावना भएका कारण आफुहरुले यस व्यवसायलाइ प्राथमिकता दिइएको बताउनु भयो ।… माहुरी उत्पादन र व्यवसाय चुनौती पूर्ण रहेपनी आफुहरुले एक दुई घारबाटै यसको सुरुवात गरिएको र सिक्दै व्यवसायीक बन्दै गइरहेको सिंजालीको भनाई छ  ।

हुल्दीकै राजुलाल रोकापनी गजबका बहुउदेह्यी कृषक समुह गठन गरेर पहिलो चरणमा माहुरी पालन गर्दे आउनु भएको छ । महुरी पालन सुरु गरीएको र आफुले पुरानो पुर्खोली घार र आधुनिक गरी एक बर्षभित्रै ९ घार माहुरी उत्पादन गर्दे आएको बताउँदै यसलाई बृद्धि गर्दे जाने र आर्थिक उर्पाजनको माध्यम बनाउने बताउनु भयो ।

पुर्खोली भन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको किसानले बताएका छन ।

 

निसीखोला गाउँपालिकामा बिहीबार देखि लगाइएको ताला खोलियो ।

0

बैशाख २३ गते बुर्तिबाङ

निसीखोला गाउँपालिकामा गत बिहीबार देखि लगाइएको ताला आइतबार सर्वदलीय सर्वपक्षीय छलफल पछि खुला गर्दे सेवा प्रवाह सुचारु गरिएको छ ।

गत बैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकामा हाजिर भएका जीवन पुनको एक हप्ता नपुग्दै सरुवा भएपछि पटक पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइरहने र निमित्तको भरमा पालिका सञ्चालन भइरहेको भन्दै नेकपा एमालेले पालिका कार्यालयमा बिहीबार बिहान तालाबन्दी गरेको थियो ।

३ दिन सम्म सेवा प्रवाह थप्प भएको अवस्थामा आइतबार त्यहाँ स्थित क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी लगायतको बिचमा छलफल गर्दे हाल पालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको सरुवाको पालिकाको तर्फदेखि अध्यक्षले रमना नदिने र निजलाई नै राख्ने निर्णय गरेपछि सहमतिमा ताला खोलिएको जनाइएको छ ।

पालीकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई विना जानकारी एक हप्तामै सरुवाको पत्र आइरहँदा आफूसँग मन्त्रालयको कुनै सम्मोन्य नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पालिकामै राख्ने गरी आवश्यक पहल गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।

त्यस्तै पालिकामा कर्मचारी हाजिर रजिस्टर लुकाइएको र कर्मचारीको कार्यसम्पादनको विषयमा समेत व्यापक जनगुनासो आएको भन्दै त्यस विषयमा समेत अनुसन्धान गर्न गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीकै संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिको सदस्यमा नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, नेकपा एमाले निसीखोला अध्यक्ष भूमिराज घर्ती, नेकपा माओवादीको तर्फदेखि भीम बहादुर घर्ती, राजमोको तर्फदेखि थमन घर्ती, नेपाल मगर संघ निसीखोला अध्यक्ष अनुप बूढा, राप्रपा प्रतिनिधि मेघध्वज मल्ल रहेको समिति गठन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत एक हप्तामै सरुवाको पत्र आएपछि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल मगर संघ निसीखोलाले विरोध जनाएका थिए । प्रमुख प्रशासकिय अधिकृतको भुमि व्यवस्था सहकारी गरिवी निवारण मन्त्रालयमा सरुवाको निम्ती गत बैसाख १८ गते पत्र आएको थियो । 

तमानखोला गाउँपालिका द्धारा खुँखानीमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ ।

0

बैशाख २२ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकामा दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार वडा नं. ५ को खुँखानीमा सम्पन्न भएको छ ।

पालिकाले आर्थिक बर्ष २०८०÷०८१को दोश्रो चौमासिकमा पालिका वडा कार्यालय तथा विषयगत शाखा बाट भए गरेका काम, सेवा प्रवाह, विकास निर्माणका विषयमा सेवा ग्राही नागरिकको बिचमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

आयोजित कार्यक्रममा बोल्ने सहभागिले तमानखोला गाउँपालिकाको समृद्धि र विकासलाई थप उचाइमा पुर्याउनका निम्ती जनताको जनजिविकालाई र वास्तविक समस्यालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन । सहभागिले गाउँपालिकामा सामुदायिक विद्यालयमा भौतिक प्रगति भएपनि शैक्षिक गुणस्तरमा वृद्धि हुन नसकेको, वडा नं. ६ मा विद्युतको समस्या हुँदा नागरिक समस्यामा परेको , पालिकाको तर्फदेखि विद्यालयको अनुगमन नभएको र साँघुरा सडक विस्तार गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका हुन ।

सहभागिले जंगली जनावरले बारीमा लगाएको अन्नबाली सखाप पार्ने गरेका कारण त्यसको रोकथामको विकल्प दिन आग्रह गरेका हुन । पालिकामा भइहेको सवारी भाडादर निर्धारण हुनुपर्ने, स्थानीय पाठ्यक्रम समयमा विद्यालयमा उपलब्ध गराउनु पर्ने, पर्यटन क्षेत्रको प्रर्वद्धन हुँदै जाँदा आम्दानीको श्रोतको खोजी गर्न र दिगो योजना निर्धारण गर्नुपर्ने लगायतका विषयमा सुझाब, धारणा राखेका हुन ।

वन डढेलो नियन्त्रणमा खेल्नुपर्ने भूमिका, मोटरे वल पुल निर्माण, थास्पुरी सन्तर सडक निर्माणको काम रोकिएको लगायतका विषयमा जिज्ञासा राखिएको थियो । १४ जना नागरिकले आफ्नो जिज्ञासा सुझाव र प्रतिकृया राखेका हुन । कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सहभागिताबाट उठेका प्रश्न र विज्ञासाको जवाफ दिँदै गाउँपालिकाको तर्फबाट श्रोतसाधन र क्षमताले भ्याय सम्म दिगो विकास र नागरिकले पत्यक्ष लाभान्वित हुने गरी काम गरिएको बताउनु भयो ।

भौगोलिक रुपमा दुर्गम र विकासको दृष्टिकोणले पछि रहेको तमानखोलामा जनताको माग र आवश्यकतालाई टेकेर काम गरिएको बताउँदै सहभागिले राखेका प्रश्न र जिज्ञासा अनुसार शिक्षा क्षेत्रको गुणस्तर उकास्न सबै तह तप्का आ आफनो ठाउँबाट जिम्मेवार पुर्वक लाग्नुपर्ने बताउनु भयो ।

पालिकाको विकासका निम्ती साँघुरा सडक र घुम्तीलाई व्यवस्थित बनाउन काम गरिने , शिक्षा स्वास्थ्य र कृषि क्षेत्रको विकासमा महत्वपूर्ण स्थान दिएर काम भइरहेको र अझैपनी नागरिकका माग र आवस्यकतालाई आत्मसाथ गर्दे सेवा प्रवाह, विकास निर्माण र लक्ष्य निर्धारण गरिने बताउनु भयो ।

पालिका मात्र नभई सबै नागरिक आ आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न सकेमामात्रै लिइएका लक्ष्य र उद्देश्य पुरा हुने बताउनु भयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बोल्दै अबका दिनमा सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरोकारवाला निकायसँग छलफल बहस गर्ने र विद्यालयको अवस्थाको विषयमा अनुगमन गरिने पनि बताउनु भयो ।

महिलालाई नेतृत्व तहमा ल्याउनका निम्ति अगाडि बढिएको, पोषण मैत्री पालिका निर्माणमा समेत पालीकाले महत्वपूर्ण उद्देश्य सहित काम गर्दे आएको बताउनुभयो ।

कार्यक्रममा सहभागिताबाट उठेका प्रश्न र जिज्ञासाको विषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वर लाल शाक्य , वडा नं. ५ का अध्यक्ष हिरा बहादुर सिर्पाली, वडा नं. ६ अध्यक्ष चित्र बहादुर छन्त्याल, स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल, प्राविधिक अर्जुन कुमार यादव, कृषि शाखा प्रमुख सन्देश पराजुली, शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरे, पशु शाखा प्रमुख यम कुमारी घती, रोजगार शाखा प्रमुख चेतलाल चालिसे लगायतले सहभागिबाट उठेका प्रश्न जिज्ञासा को विषयका प्रकाश पार्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले तयार पार्नुभएको प्रतिवेदन अनुसार हालसम्म पालिकाको ९० योजना मध्ये ८२ योजना सम्झौता भई ५० योजनाको काम सम्पन्न गरी भुक्तानी भइसकेको बताउनु भयो । ३२ योजना निर्माणको अन्तिम चरणमा रहेका कारण भुक्तानीको तयारीमा रहेको बताउँदै विभिन्न ८ योजना सम्झौता हुन बाँकी रहेको बताउनु भयो ।

नागरिक प्रतिबेदन, बर्हिगमन प्रतिवेदन प्रस्तुत र नागरिकले दिएका सुझाब सल्लाह र अघिल्लो चौमासिकमा गरिएका प्रतिबद्धताका विषयमा समेत छलफल र प्रतिवेदन प्रस्तुत गरिएको हो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यको प्रगति प्रतिवेदन प्रस्तुत र सामुदायिक रेडियो ढोरपाटनका स्टेसन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो