बागलुङको  बडिगाडमा ग्रीन हाइड्रोजन ग्यास उत्पादन गरिँदै ।

बैसाख २५ गते बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिकामा हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।  । मंगलबार गाउँपालिकाको वडा नं २ स्थित गिरिङ्दी खोला लघु जलविद्युत सहकारी संस्था माफर्त सञ्चालित लघुजलविद्युत आयोजनाबाट हाइड्रोजन ग्यासको परिक्षण गर्दे ग्यासबाट खाना समेत पकाइएको हो । 


उक्त विधुत आयोजनाबाट शत प्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रीन हाइड्रोजन उत्पादन गरिने लक्ष्य लिइएको हो । नेपालमै पहिलो पटक थालिएको यो अभ्यासबाट सहज, सरल र विदेशबाट खरिद गर्नुपर्ने एलपी ग्यास आयातलाई रोक्न सकिने गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । 

गाउँपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउण्डेसन, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, ईन्भोटेक युके, ईन्भेस्टिनग्रिन लिमिटेड  लगायतका संस्थाहरूले सहजीकरण गरेका छन् । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उक्त जलविद्युत परियोजना मार्फत सञ्चालित विद्युत उत्पादन पछि खेर गइरहेको पानीलाई सदुपयोग गरि हाइड्रोजन उत्पादन गरिने बताउनुभयो ।

पालिकामा  धेरै जलविद्युत छन विधुत उत्पादन पछि खेर गइरहेको पानीलाई सदुपयोग गरी ग्यास निकाल्न सकिने र उक्त ग्यास सिलिन्डर मार्फत नागरिकको घरघरमा पुग्ने गरी काम गर्ने लक्ष्य लिइएको बताउनु भयो ।
बढ्दो जलवायु परिवर्तनका बीच शतप्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रीन हाइड्रोजनको महत्व र प्रयोग बढाउन र वैकल्पिक उर्जाको रुपमा यसको उत्पादन गर्ने योजना रहेको र त्यसका निम्ति गाउँपालिकाले आवश्यक लगानी गर्ने अध्यक्ष थापाको भनाई छ ।
जलविद्युत आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिनेछ । गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ । योजना अनुसार काम सम्पन्न भएमा चाँडै  हाइड्रोजन उत्पादनको काम सुरु हुनेछ । सुरुवातमा गिरिङ्दी खोलाका उपभोक्ताहरूलाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइने अध्यक्ष थापाले बताउनु भयो ।
अन्य उर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तो हुने उहाँको भनाई छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डर मार्फत उपभोक्ताहरूलाई वितरण गरिनेछ । मंगलबार हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ खर्बाङमा हाइड्रोजन द्धारा खाना पकाउने प्रविधि बारे प्रदर्शन गरिएको थियो  ।

हाईड्रोजनको महत्व र यसको व्यवसायिक उपयोगिता बारे जानकारी दिने उद्देश्यले परीक्षणको रुपमा काठमाण्डौबाट ल्याइएको हाइड्रोजनबाट खाना पकाएर नमुना प्रदर्शन गरिएको हो । उक्त कार्यक्रममा सहभागि भएका नागरिकले सहज र सस्तो मूल्यमा ग्यास पाइने भएपछि आर्थिक रुपमा निकै राहत हुने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित