बागलुङको तमानखोला ४ मा दुई घरमा आगलागी:आगो कसैले लगाइदिएको हुन सक्ने आशंका ।

बागलुङ बैशाख २८ गते 

बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलामा गतराति घरमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा मानिस नभएको समयमा शुक्रबार बिहान करिब ३ बजेको समयमा दुई घरमा एकैपटक आगो दन्किरहेको अवस्थामा स्थानीयले देखेपछि नियन्त्रणको प्रयास गरेका थिए तर आगोले घर पूर्ण रुपमा जलेको पाइएको छ ।

वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीका अनुसार तमानखोला ४ स्थित भाटी गाउँका जेनु सिर्पाली र दिले सिर्पालीको सँगै जोडिएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

दुई परिवारका सबै सदस्य खेतिपातीको निम्ती गाउँ नजिकैको हल्ले खर्क बारीमा रहेको अवस्थामा रातको समयमा आगलागी हुँदा घर सहित घरभित्र राखिएको सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । लाम्मेलाका अधिकांस घर परिवार खेतिपातीको निम्ती घुम्ती बसाइ गर्ने गर्दछन्

घटनाको प्रकृति हेर्दा आगलागी कसैले लगाइदिएको हुन सक्ने आशंका गरिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो । घटनाको विषयमा जानकारी प्राप्त भएसँगै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बूढा सहित अनुसन्धानका निम्ति बोङ्गादोभान प्रहरी चौकीको टोली घटना स्थलमा जाँदै गरेको बताइएको छ । 

मानिस नभएको समयमा रातमा एकै पटक दुई घर जल्दै गर्दा कसैले घरमा आगो लगाइदिएको हुन सक्ने आशंका गरिएको स्थानीयले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित