निसीखोला गाउँपालिकामा बिहीबार देखि लगाइएको ताला खोलियो ।

बैशाख २३ गते बुर्तिबाङ

निसीखोला गाउँपालिकामा गत बिहीबार देखि लगाइएको ताला आइतबार सर्वदलीय सर्वपक्षीय छलफल पछि खुला गर्दे सेवा प्रवाह सुचारु गरिएको छ ।

गत बैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकामा हाजिर भएका जीवन पुनको एक हप्ता नपुग्दै सरुवा भएपछि पटक पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइरहने र निमित्तको भरमा पालिका सञ्चालन भइरहेको भन्दै नेकपा एमालेले पालिका कार्यालयमा बिहीबार बिहान तालाबन्दी गरेको थियो ।

३ दिन सम्म सेवा प्रवाह थप्प भएको अवस्थामा आइतबार त्यहाँ स्थित क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी लगायतको बिचमा छलफल गर्दे हाल पालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको सरुवाको पालिकाको तर्फदेखि अध्यक्षले रमना नदिने र निजलाई नै राख्ने निर्णय गरेपछि सहमतिमा ताला खोलिएको जनाइएको छ ।

पालीकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई विना जानकारी एक हप्तामै सरुवाको पत्र आइरहँदा आफूसँग मन्त्रालयको कुनै सम्मोन्य नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पालिकामै राख्ने गरी आवश्यक पहल गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।

त्यस्तै पालिकामा कर्मचारी हाजिर रजिस्टर लुकाइएको र कर्मचारीको कार्यसम्पादनको विषयमा समेत व्यापक जनगुनासो आएको भन्दै त्यस विषयमा समेत अनुसन्धान गर्न गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीकै संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिको सदस्यमा नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, नेकपा एमाले निसीखोला अध्यक्ष भूमिराज घर्ती, नेकपा माओवादीको तर्फदेखि भीम बहादुर घर्ती, राजमोको तर्फदेखि थमन घर्ती, नेपाल मगर संघ निसीखोला अध्यक्ष अनुप बूढा, राप्रपा प्रतिनिधि मेघध्वज मल्ल रहेको समिति गठन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत एक हप्तामै सरुवाको पत्र आएपछि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल मगर संघ निसीखोलाले विरोध जनाएका थिए । प्रमुख प्रशासकिय अधिकृतको भुमि व्यवस्था सहकारी गरिवी निवारण मन्त्रालयमा सरुवाको निम्ती गत बैसाख १८ गते पत्र आएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित