बैशाख २५ गते बुर्तिबाङ
सोमबार साँझ परेको चट्याङ लागेर बागलुङको ढोरपाटनमा एक जनाको ज्यान गएको छ ।

सोमबार भारी वर्षात सँगै चट्याङ पर्दा ढोरपाटन नगरपालिका ३ पुर्कोटका ५६ बर्षिया कुम बहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।
साँझ ७ः३० बजेको समयमा घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ परेपछि घाइते भएका पुनलाई बुर्तिबाङ स्वास्थ्य केन्द्र ल्याइएको थियो । स्वास्थ्य केन्द्रमा ल्याइसक्दा उहाँको ज्यान गइसकेको पाइएको छ ।










