ईन्फिनिटी लघुवित्त संस्थाद्धारा  वित्तिय साक्षरता तथा व्यवसायिक बाख्रा पालन तालीम ।


बैशाख २५
ईन्फिनिटी लघुवित्त वित्तिय संस्थाको आयोजनामा बुर्तिबाङमा सोमबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता र एक दिने व्यवसायिक बाख्रा पालन तालीम सम्पन्न भएको छ ।
ईन्फिनिटी लघुवित्त वित्तिय संस्था बुर्तिबाङ शाखाको आयोजनामा आयोजित कार्यक्रममा केन्द्र नम्बर २१ का सदस्य केसरी घर्ती मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाउन र सृजनशील भई स्वरोजगार बन्ने अभिप्राय स्वरुप व्यवसायीक बाख्रा पालन तालिम दिइएको थियो ।

विभिन्न समुहका महिला सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका केन्द्रिय कार्यालयका कर्मचारी कृष्ण प्रसाद पौडेलले सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा संस्थाको तर्फदेखि अनुगमन तथा निरीक्षण कार्यालय अमुवा रूपन्देहीका कार्यालय प्रमुख बिशेश्वर विष्टको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका बुर्तिबाङ शाखा प्रमुख हेमशंकर न्यौपानेले सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित