निसीखोला गाउँपालिका १ हुल्दीका किसान माहुरी पालन तर्फ आर्कषित बन्दै ।

बैसाख २० गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका १ हुल्दीका किसान माहुरी पालन तर्फ आर्कषित भएका छन ।

पारिलो र माहुरीको मह उत्पादनका निम्ती उचित स्थान रहेको हुल्दी गाउँमा १८ जना कृषकलाई समेटेर व्यवसायिक रुपमा मौरी पालन कार्यक्रम सुरु गरिएको हो

स्थानस्यलाई आय आर्जनको राम्रो माध्यम बनाउने र बजार मागलाई धान्न सक्ने गरी व्यवसायिक महुरी  पालन व्यवसायमा त्यस गाउँका कृषक सक्रिय बन्दै गएका हुन

१८ जना कृषकको समुह गठन गरी माहुरी पालन व्यवसायको सुरुवात गरिएको उक्त समुहकमा पहिलो चरणमा ९ जनालाई सहुलियतमा मौरीको घार र माहुरी उपलब्ध गराइएको र क्रमश १८ जना कृषकलाई समेटेर व्यवसायिक अभियान सुरुवात गर्ने लक्ष्य सहित मौरी पालन कार्यक्रम सुरु गरीएको समुहका अध्यक्ष नर बहादुर कुवँरले बताउनु भयो ।

गाउँमै बसेर व्यवसायिक बन्ने र बजार मागलाई पुर्ति गर्ने गरी अहिले १४० घार मौरी पाल्दै आएका कुवँरले यसलाई अब क्रमिक रुपमा विस्तार गर्दे लैजाने बताउनु भयो । “ विगत लामो समय देखि व्यवसायिक बाख्रा पाल्दै आएका कुवँरले गाई, भैँसी बाख्राको तुलनामा माहुरी पालन सजिलो र आम्दानीको राम्रो श्रोत हुने देखिएपछि आफुहरु मौरी पालनतर्फ आर्कषित भएको नर बहादुरले बताउनु भयो । ”

कुवँरको मकै कोदो फल्ने बारीभरी यतिबेला माहुरी र बाख्राका लागी आवस्यक फुल र घांस रोप्नुभएको छ । लामो समयदेखि कृषि गर्दे कुवँरले सम्भावनाको खोजी गर्दे जाँदा माहुरी पालन व्यवसाय उत्तम रहेको देखेपछि यस व्यवसायमा होमीएको बताउनु भयो ।

पछिल्लो समय कुवँरको माहुरी व्यवसाय हेर्न ज्ञान लिन र माहुरीका घार किन्न विभिन्न थाउँबाट अवलोकन कर्ता र कृषक त्यहां पुग्ने गरेका हुन ।

विभिन्न चरणमा तालिम मार्फत मौरी पालनको सिप हासिल गरेका स्थानीयले व्यवसायीक रुपमा अगाडी बद्ने लक्ष्य सहित समुह मार्फत अगाडी बढिएको व्यवसायी एव्म निसीखोला १ का वडा सदस्य पवन कुमार सिंजालीले बताउनु भयो ।

महुरी पालनका निम्ती यस क्षेत्रमा राम्रो सम्भावना भएका कारण आफुहरुले यस व्यवसायलाइ प्राथमिकता दिइएको बताउनु भयो ।… माहुरी उत्पादन र व्यवसाय चुनौती पूर्ण रहेपनी आफुहरुले एक दुई घारबाटै यसको सुरुवात गरिएको र सिक्दै व्यवसायीक बन्दै गइरहेको सिंजालीको भनाई छ  ।

हुल्दीकै राजुलाल रोकापनी गजबका बहुउदेह्यी कृषक समुह गठन गरेर पहिलो चरणमा माहुरी पालन गर्दे आउनु भएको छ । महुरी पालन सुरु गरीएको र आफुले पुरानो पुर्खोली घार र आधुनिक गरी एक बर्षभित्रै ९ घार माहुरी उत्पादन गर्दे आएको बताउँदै यसलाई बृद्धि गर्दे जाने र आर्थिक उर्पाजनको माध्यम बनाउने बताउनु भयो ।

पुर्खोली भन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको किसानले बताएका छन ।

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img