नेकपा एमाले द्वारा निसीखोला गाउँपालिका कार्यालयमा तालाबन्दी ।


बैशाख २० गते बुर्तिबाङ
नेकपा एमाले निसीखोला गाउँकमिटीको आयोजनामा बिहीबार निसीखोला गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाबाट फर्काइएको र एक हप्ता अगाडि कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको पालिकामा हाजिर भएको एक हप्ता नपुग्दै पुनः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको पत्र आएपछि निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय पटक पटक चर्चामा आइरहेको हो ।
यसै सन्दर्भमा नेकपा एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दे यस्ता गलत कृयाकलाप रोक्न पालिका कार्यालयमा तालाबन्दी गर्दे गाउँपालिकाको गलत कदमका विरुद्ध सशक्त आन्दोलन घोषणा गर्दे प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने कदम सच्चाउन र स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न  दबाब स्वरुप धर्ना कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भूमिराज घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


गत बैशाख १२ गते पालिकामा हाजिर हुन आएका पुनलाई ७ दिनमै सरुवाको पत्र आएपछि आश्चर्य चकित हुँदै आफूलाई यहाँका कर्मचारीबाटै यहाँ बस्न नदिने चलखेल सुरु भएको आशंका रहेको अधिकृत पुनको भनाई छ ।
उता निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले प्रमुख प्रशासकीय अधिकृत आएको ६ दिनमै मन्त्रालयबाट सरुवाको पत्र आउनु गलत रहेको बताउँदै आफूले पुनको सरुवाको रमना पत्र गाउँपालिकाबाट यतिछिटो नदिने बताउनु भयो ।
संघले पठाइसकेपछि पालिकामा गत १२ गतेदेखि हाजिर गराइयो हाजिर भएको ६ दिनमै फेरी सरुवाको पत्र आएको सुनेको बताउँदै कसरी सरुवा भयो भन्ने विषयमा आफूलाई जानकार नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित