निसीखोला गाउँपालिकाका हाकिमको छ दिनमै सरुवा ।

बैसाख १९
बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको एक साता नहुँदै सरुवा भएको छ । गत यही वैशाख १२ गते निसीखोला गाउँपालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार पुनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन हुन पत्र पठाएको छ । छ दिनकै दिन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि टिकाटिप्पणी सुरु भएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले कार्यालयमा हाजिर भएको छ दिनमै हाकिम सरुवा गर्नु गलत भएको बताउनुभयो । सरुवाको पत्र आए पनि यति छिट्टै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवाका लागि रमाना नदिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुनले हाजिर हुँदाको दिनै आफूलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको भन्दै पालिकाले हाजिर गराएपछि काम गर्न सुरु गरेको बताउनुभयो । निसीखोलामा केही गर्छु भनेर आएको सुनाउँदै मन्त्रालयको यो निर्णयले दुःखी बनाएको बताउनुभयो । असल राष्ट्र सेवक कर्मचारी भएर जनतासँग नजिक भएर काम गर्नका लागि आफूले स्थानीय तह रोजेको उहाँको भनाइ छ । े आफूलाई एक साता नबित्दै सरुवा गर्नेमा कर्मचारीकै भूमिका रहेको आशंका रहेका उहाँले बताउनुभयो । मन्त्रालयले सरुवा गरे पनि गाउँपालिकाले रमाना नदिएसम्म सरुवा नहुने पुनको भनाइ छ ।

‘जनतासँग नजिक भएर काम गर्छु भनेर आएको थिए, मलाई चाहि निकै नराम्रो लागेको छ, यहाँ षड्यन्त्र भएको छ, हामीलाई उच्च पदाधिकारीबाट दुई वर्ष सरुवा गर्न पाइँदैन भन्ने तालिम दिएको थियो, म निकै दुःखी भएको छु, आज एक्कासी आएको पत्रले निकै दुःखी बनायो, असल राष्ट्रसकेव भएको हुँदा आज जुन निर्णय भएको छ, यसमा मेरो आपत्ति’ पुनले भन्नुभयो ‘मन्त्रालयबाट हाजिर हुँदाको दिनै मलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको थियो, यसमा धेरै चलखेल छ, कर्मचारी वृत्तबाटै मलाई सरुवा गर्न दबाद दिएको मलाई शंका लागेको छ ।’

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित