अखिल नेपाल शिक्षक संघ निसीखोलाको भेला तथा पालिका स्तरीय समितिको गठन ।

बैशाख १९ गते बुर्तिबाङ अखिल नेपाल शिक्षक संघ निसीखोला गाउँपालिकाको भेला तथा पालिका स्तरीय समितिको गठन बुधबार निसीखोलामा सम्पन्न भएको छ ।

नवराज आचार्य को अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मित्रदत्त ढकाल को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा भूमिराज आचार्य  अध्यक्ष रहेको ९ सदस्य अखिल नेपाल शिक्षक संघ निसीखोला गठन गरिएको छ ।

समितिको उपाध्यक्ष लोकेन्द्र बहादुर चन्द, सचिव मोहन सापकोटा, कोषाध्यक्ष बिन्दु रेग्मी हमाल, सदस्यहरूमा विमल भट्टराई, , ओम बहादुर बूढा, अशोक छन्त्याल, चोपलाल रेग्मी, प्रकाश सुवेदी चयन हुनुभएको हो । त्यस्तै ६ सदस्य सल्लाहकार समितिको गठन गरिएको हो । समितिको सदस्यमा नवराज आचार्य , छविलाल बूढा, विक्रम शाही, शिव बहादुर शाही, प्रेम थापा र टेक बहादुर छन्त्याल रहनु भएको हो ।

 आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य सोभराज छन्त्यालको विशेष उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम भूमिराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित