Home Blog Page 89

आगलागिबाट तमानखोलामा १ जनाको ज्यान गयो दुई जना घाइते ५ परिवारको घरगोठ जल्दा भयो उठिबास

1

 बुर्तिबाङ बैशाख १४ गते

 बागलुङको तमानखोला गाउँपालिका वडा नं.सिलगुम स्थित वनक्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्ने क्रममा एक जनाको घटना स्थलमै ज्यान जानुका साथै अन्य दुई जना घाइते भएका छन ।

शुक्रबार बिहान देखि फैलिएको आगो वन क्षेत्रबाट बस्तीतर्फ फैलिँदै गर्दा आगो नियन्त्रणमा लिन गएका तमानखोला गाउँपालिका २ सिलगुमका ४८ बर्षिय देवसिंह कामीको आगो नियन्त्रण गर्ने क्रममा घर नजिकैको वनमा आगोबाट जलेर ज्यान गएको हो । त्यस्तै आगलागी नियन्त्रण गर्ने क्रममा सिलगुमकै ३१ बर्षिय ज्ञान बहादुर बूढा र सोही ठाउँकै ३३ बर्षिया प्रेम बहादुर घर्ती मगर घाईते हुनुभएको छ ।

घाईते दुबै जनाको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अनुहार, खुट्टा, र शरीरको विभिन्न भागमा आगोले पोलेको पाइएको छ ।

सोही आगलागीबाट तमानखोला गाउँपालिका २ र ढोरपाटन नगरपालिका ३ का विभिन्न बस्तीमा आगलागी फैलिएको छ ।आगोले सिलगुमका राम बहादुर कार्कीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरगोठ जल्दा अन्नपात, लत्ता कपडा सँगै घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै दुई वटा बाख्रा जलेर नष्ट भएका छन । त्यस्तै सोही ठाउँका सूर्य बहादुर सिर्पालीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ जलेर नष्ट भएको छ ।

घर जल्दा खाध्यान्ह, लत्ता कपडा लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । त्यसैगरी सोही आगलागीबाट ढोरपाटन नगरपालिका ३ गुजा गाउँमा खगेन्द्र बिकको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै सोही ठाउँका ढाल बहादुर पुनको दुई तले ढुँगा माटोले बनेको घर जलेको छ ।

सोही ठाउँकै बल बहादुर घर्तिको १ तले कच्ची घर जलेर नष्ट भएको हो । घर गोठ जल्दा पीडित सबैको खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा लगायत घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । प्रहरी निरीक्षक राजकुमार बिक सहितको प्रहरी टोली घटना स्थलमा पुगेर उद्धारको काम गरेको हो ।

स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको हो ।

वार्षिक उत्सवका अवसरमा त्रिवेणी साकोस द्धारा विभिन्न सम्मान तथा सहकारी शिक्षा कार्यक्रम ।

0

बैशाख १२ गते बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिकामा केन्द्रिय कार्यालय रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले १८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सहकारीले विभिन्न १८ वटा विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन सँगै ज्येष्ठ सदस्यलाई मायाको चिनो सहित सम्मान तथा २०७९ को एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष उत्तम बहादुर महतले बताउनु भयो ।

छरिएर रहेको पुँजीलाई एकीकृत गरी धनी वर्ग र गरीब वर्ग बिचको दूरीलाई नजिक ल्याउने  गरी स्थापित सहकारीले सेयर सदस्यलाई विभिन्न उद्यम मार्फत आत्मनिर्भर बनाउने, वचत र ऋणको कारोबार मार्फत अगाडी बढाउने उदेश्य सहित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ति सहकारी शिक्षा कार्यक्रम सुरुवात गरेको हो ।

बुधबार जिल्लाको निसीखोला गाउँपालिका स्थित प्रभा माध्यमिक विद्यालय र ढोरपाटन नगरपालिका ५ मा रहेको भुजि माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको र अन्य विद्यालयमा क्रमिक रुपमा कार्यक्रम सञ्चालन गरिने संस्थाका प्रबन्धक अर्जुन पोखरेलले बताउनु भयो ।

सहकारीले वार्षिक उत्सवको अवसरमा ८० बर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यलाई सम्मानित सँगै एसईईमा उत्कृष्ट अङ्क ल्याउने बचत कर्ता उज्जल महत र सिजन कँडेललाई सम्मानित गरिएको पोखरेलको भनाई छ ।

 सुरक्षा दिने प्रहरीनै असुरक्षित ।

0

बैशाख १२ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ५ निसीमा रहेको निसी प्रहरी चौकी जीर्ण अवस्थामा सञ्चालनमा रहेको छ । राज्यको नजर पुग्न नसकेको चौकी स्थानीय समुदायले बनाएको सामुदायिक जीर्ण भवनमा सञ्चालनमा रहँदै आएको हो ।

चौकी नजिकै बग्छ निसीखोला अनि छेउमै छ समसान घाट पानी पर्यो की रातभर जताततै चुहिएर जाग्राम बस्नुपर्ने बाध्यता छ । त्यति मात्रै कहाँ हो र पटक पटक भुकम्प जाँदा जिर्ण रहेको घर नै भत्कन्छ की भन्ने अर्को खतरा उत्तिकै छ । बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको  प्रहरी चौकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए ।

यो समस्या अहिलेको मात्रै होइन त्यहाँ प्रहरी बस्न थालेको थुप्रै बर्ष बितिसक्यो तर उनीहरूको माग र समस्या समस्या कसैले सुनिदिएन ।

नागरिकको सुरक्षाका निम्ति दिनरात खटिने प्रहरी आफू बस्ने खाने स्थान असुरक्षित हुँदा पीडा खपेरै भएपनि सेवा दिइराखेका छन । दुई तला रहेको उक्त घर माथिल्लो तला पुग्दै गर्दा जताततै पानी चुहिएको देखिन्छ । 

‘खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीको छेउमा भल आउँछ । केही वर्ष अघि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन”, उनले भने ।

हिउँदको समयमा समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रहरी सहायक निरीक्षक गुरुङले बताए । उनले ठूलो पानी परेमा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नुपर्ने अवस्था रहेको निसीखोला गाउँपालिकाबाट त्रिपाल मागेर काम चलाइएको बताए ।

प्रहरी कार्यालयको भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन गर्न खोजिएको पनि बर्षाेँ भइसक्यो तर जग्गा व्यवस्थापन प्रकृया विवादित बनिदिँदा हालसम्म पनि नत जग्गाको टुंगो छ नत भवनको नै ११ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा ८ जना प्रहरी कार्यरत रहेका छन । 

उक्त चौकीबाट प्रहरीले निसीखोला गाउँपालिकाको वडा नंं ५ र ६ लगाएतका नागरिकलाई शान्ति सुरक्षा दिइरहेका छन । 

मुटु र कलेजोको समस्या रहेकी चन्द्रकला लाई उपचारमा आर्थिक सहयोगको खाँचो ।

0

बैशाख १२ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ का हर्क बहादुर दमाईलाई श्रीमतीको उपचारमा आर्थिक समस्या परेको छ । 

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा माइती घरमै बस्दै आएकी ५७ बर्षिया चन्द्रकला दमाईलाई मुटु, कलेजो र पित्त थैलीमा पत्थरीको एकै पटक समस्या देखिएपछि चन्द्रकलाका श्रीमान हर्कले आफ्नो श्रीमती बचाइदिन हार गुहार गर्दे आउनु भएको छ । 

६० बर्षिया हर्कले दैनिक ज्याला मजदुरी गर्दे आउनु भएको छ । छोरो पनि भारतमा रोजगारी गर्न गएको बेला २०७२ सालमा २२ वर्षको कलिलो उमेरमै बित्यो अहिले बूढा बूढी मात्रै छौँ बुढेसकालमा खाना पकाएर दिने श्रीमती पनि बिमारले थलिएकी छ । ज्याला मजदुरी गरेर चुलो बल्ने परिवारमा एकैपटक रोगले श्रीमतीलाई च्यापे पछि अहिले उपचार गर्न पनि नसकेर बसिरहेको हर्क बहादुर दमाईको भनाई छ । 

हालसम्म दुईलाख बढि खर्च भइसक्यो गाउँमा भएको  सम्पती पनि साहुले लगिदिए अहिले ससुराली घरमा बस्दै आएका छौँ उपचारको नाममा एक पैसा पनि छैन आफ्नो श्रीमतीलाई बचाइदिन सबैसँग हार गुहार गर्दे आएका दमाईले श्रीमती बचाउनका निम्ति आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गर्नुभएको छ । गत कात्तिक देखि थलिएकी श्रीमतीलाई पाल्पा मिसन अस्पताल, बुटवल लुम्बिनी मेडिकल कलेज र अन्य अस्पतालमा लगेको तर आर्थिक अभावकै कारण उपचारबाट बञ्चित भएको उहाँको भनाई छ । 

सहयोग गर्न चाहने महानुभावले हर्क बहादुर दमाईको मोबाइल नम्बर ९७६६२५०८४० बिरामी चन्द्र कला दमाईको बैँक खाता प्रभु बैँक बुर्तिबाङ शाखा चन्द्रकला दमाइ ०५९०१८८६७१३०००१५ मा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।

हिमानीको जीवनरक्षाका लागि सहयोगको अपिल

0

बैसाख ११ गते
बागलुङको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । आफ्नो ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए । हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भैरहेको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नु परेको उनले बताए ।

‘काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास ग¥यौं, अहिले कान्ति बाल अस्पतालमा राखेको छु,’उनले भने,‘अब छोरीलाई बचाउने हो भने कलेजो प्रत्यारोपण गरे मात्रै सम्भव छ भनेर डाक्टरले भनेका छन् । त्यो पनि यहाँ हुँदैन भारत लैजानुपर्छ रे ।’ अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए ।

‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसरी तसरी गर्थें होला, बुर्तिबाङ देखाउँदा यहाँ कान्तिमा पठाईदियो, अहिले यहाँबाट भारत लैजा भनेको छ,’उनले भने,‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । म गाउँमा खेती किसानी गरेर बस्ने मान्छेले कसरी जुटाउनु त्यत्रो पैसा ?’ बाउ आमा गाउँमै खेती किसान गरेर जिविकोपार्जन गर्दै आएकाले हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने,‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभयो भने नानुलाई बचाउन सकिएला भनेर सहयोगको अपिल गरेका छौै ।’ सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैं गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

कसैले सहयोगका लागि सम्पर्क गर्नुपरेमा ९८६७६४३२२५, ९८४९४६१३३९ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ । गत चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार गरिएको छ । अस्पतालका डाक्टरले कि कलेजा प्रत्यारोपणका लागि भारत लैजान कि घरमा लैजान भनेको बताईएको छ ।

बागलुङको ढोरपाटन र निसीमा ३० होमस्टे व्यवस्थित रुपमा सञ्चालन गरिँदै ।

0

बैसाख ८ गते बुर्तिबाङ 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटन प्रर्वद्धन र विकास सँग जोड्नका निम्ति ३० वटा होम स्टेलाई लगानी सहित व्यवस्थित रुपमा सञ्चालन गरिने भएको छ ।

 दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत  टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्य सहित होम स्टे व्यवस्थापन तथा सञ्चालन कार्यक्रम सुरुवात गरिएको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो । 

शनिबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको उपश्थिती मा ढोरपाटन उपत्यकामा सञ्चालित पाँच वटा होम स्टे सञ्चालकलाई प्रति होम स्टे दुई लाख असी हजार रुपैयाँ बराबरको भौतिक सामाग्री हस्तान्तरण गरिएको थियो । सुरुवाती चरणमा पाँच जनाबाट अभियान अगाडि बढाइएको बताउँदै चाँडै ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० गरी ३० वटा होम स्टे व्यवस्थित  रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाई छ ।

घरबास होमस्टेलाई अहिले सञ्चालन भइरहेको अवस्थाबाट माथि उठाउन र प्रत्यक्ष रोजगारीको सृजना गराई महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी उनीहरू लाई होमस्टेमा आवश्यक पर्ने लत्ता कपडा देखि लो बेड, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । विभिन्न तालिम मार्फत होम स्टे सञ्चालनको विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उत्तम अर्यालको भनाई छ । 

प्रोजेक्ट मार्फत यहाँका युवालाई यहीँ रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागी फरक फरक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी  बनाउने लगायतका क्षेत्रमा उनीहरू लाई तालिमको माध्यमबाट सीप आर्जन गराई उद्यमशील, व्यवसायिक र रोजगार मुखी बनाउने लक्ष्य लिइएको छ ।

परियोजनाले पर्यटन, वन वातावरण, सरसफाइ, अनुशासन, लगायतका क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यार्थीलाई तथा स्थानीय महिलाहरूलाई सामाजिक क्षेत्रसँग जोड्नका निम्ति विद्यालयमा वाल क्लब गठन गर्दे विभिन्न क्याम्पियन सञ्चालन गर्दे आएको , १६ वटै वडामा वडा स्तरीय युवा समुह, महिला समुह गठन गरिएको जनाइएको छ ।

स्थानीय महिला तथा युवालाई कृषि र पर्यटन मार्फत आत्मनिर्भर बनाउन दुई वटा सहकारी सञ्चालन गरी आत्मनिर्भर बनाउने गरी कार्यक्रमको तयारी अगाडि बढाइएको जनाइएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सृजना र होम स्टे सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रर्वद्धनका क्षेत्रमा गरिएका र गर्न खोजिएका कार्यक्रम अत्यन्तै रचनात्मक रहेको बताउँदै ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । 

त्यस्तै संस्थाले ढोरपाटन नगरपालिका १ अन्र्तगत विभिन्न १२ टोल विकास संस्थाका निम्ति १२ पिस फोहोर राख्ने डस्टबिन हस्तान्तरण गरेको छ । वडा सदस्य रमिता शेरबुजालाई उक्त सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

खडेरी सँगै आगलागीका घटना बढ्दै नियन्त्रणमा सबै चनाखो बनौँ ।

0

 बैशाख १० गते बुर्तिबाङ

आगलागीका घटना देशभर बढ्दै जाँदा मानवीय सँगै भौतिक संरचना तथा हजारौँ हेक्टर वनक्षेत्र सखाप परिरहेको छ । आगलागी जन्य घटना नियन्त्रणमा पूर्व सर्तकता नहुनु, चेतनाको अभाव लगायतका कारणले पनि बढ्दो खडेरी सँगै आगलागीका घटना दिनप्रतिदिन बढिरहेको छ ।

 छिमेकी जिल्ला गुल्मीमा यो वर्ष धेरै क्षति भएको पाइएको छ । त्यस्तै बागलुङ जिल्लाको आधिकांश वन क्षेत्रमा आगलागी फैलिरहेको हो ।

 स्थानीय सरकार, वन कार्यालय,प्रहरी, वन उपभोक्ता समिति र स्थानीयको सक्रियता हुने हो भने केही हदसम्म आगलागी जन्य गतिविधि नियन्त्रण हुनुका साथै आगलागी जन्य गतिविधिमा संलग्नलाई सूक्ष्म अनुसन्धानबाट कानुनी कठघरामा ल्याउन आवश्यक देखिन्छ । लामो समय देखि पानी पर्न नसक्दा बन क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा चुनौती देखिने गरेको छ । शनिबार साँझ निसीखोला गाउँपालिका ४ देखि फैलिएको आगो अझै नियन्त्रण बाहिर छ । उक्त आगलागीबाट निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको सयौँ हेक्टर बन सखाप पार्ने देखिन्छ । 

आइतबार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरिक, विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, प्रहरी लगायतको सक्रियतामा केही क्षेत्रमा आगो नियन्त्रणमा आएपनि अझैपनि आगो बन क्षेत्रमा फैलिरहेका कारण ढोरपाटन नगरपालिका ८ का नागरिकलाई जानकारी गराएर नियन्त्रणको प्रयास सुरु गरिएको ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्रीले बताए । आइतबार साँझ ढोरपाटन २ को सालघारी सामुदायिक वन क्षेत्रमा भीषण आगलागी भयो त्यहाँपनि समयमै ढोरपाटन नगरपालिकाको विपद व्यवस्थापन समुह, जनप्रतिनिधि, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रण लिन सफल भएका सलामकोट लगायत आसपासको बस्ती र आसपासको वन क्षेत्रमा हुन सक्ने ठुलो क्षेत्री जोगिएको छ । ढोरपाटन नगरपालिका विपद व्यवस्थापन समितीको आगलागी नियन्त्रणमा सक्रियता देखिएको पाईन्छ । 

 यसरी आगलागी सम्बन्धी जनचेतना सँगै सबैको सक्रियता हुने हो भने आगलागी जन्य घटना नियन्त्रण र रोकथाम गर्न सकिने देखिन्छ ।

बागलुङको ढोरपाटन र निसीमा ३० होमस्टे व्यवस्थित रुपमा सञ्चालन गरिँदै ।

0

बैसाख ८ गते बुर्तिबाङ 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटन प्रर्वद्धन र विकास सँग जोड्नका निम्ति ३० वटा होम स्टेलाई लगानी सहित व्यवस्थित रुपमा सञ्चालन गरिने भएको छ ।

 दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत  टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्य सहित होम स्टे व्यवस्थापन तथा सञ्चालन कार्यक्रम सुरुवात गरिएको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो । 

शनिबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको उपश्थिती मा ढोरपाटन उपत्यकामा सञ्चालित पाँच वटा होम स्टे सञ्चालकलाई प्रति होम स्टे दुई लाख असी हजार रुपैयाँ बराबरको भौतिक सामाग्री हस्तान्तरण गरिएको थियो । सुरुवाती चरणमा पाँच जनाबाट अभियान अगाडि बढाइएको बताउँदै चाँडै ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० गरी ३० वटा होम स्टे व्यवस्थित  रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाई छ ।

घरबास होमस्टेलाई अहिले सञ्चालन भइरहेको अवस्थाबाट माथि उठाउन र प्रत्यक्ष रोजगारीको सृजना गराई महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी उनीहरू लाई होमस्टेमा आवश्यक पर्ने लत्ता कपडा देखि लो बेड, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । विभिन्न तालिम मार्फत होम स्टे सञ्चालनको विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उत्तम अर्यालको भनाई छ । 

प्रोजेक्ट मार्फत यहाँका युवालाई यहीँ रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागी फरक फरक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी  बनाउने लगायतका क्षेत्रमा उनीहरू लाई तालिमको माध्यमबाट सीप आर्जन गराई उद्यमशील, व्यवसायिक र रोजगार मुखी बनाउने लक्ष्य लिइएको छ ।

परियोजनाले पर्यटन, वन वातावरण, सरसफाइ, अनुशासन, लगायतका क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यार्थीलाई तथा स्थानीय महिलाहरूलाई सामाजिक क्षेत्रसँग जोड्नका निम्ति विद्यालयमा वाल क्लब गठन गर्दे विभिन्न क्याम्पियन सञ्चालन गर्दे आएको , १६ वटै वडामा वडा स्तरीय युवा समुह, महिला समुह गठन गरिएको जनाइएको छ ।

स्थानीय महिला तथा युवालाई कृषि र पर्यटन मार्फत आत्मनिर्भर बनाउन दुई वटा सहकारी सञ्चालन गरी आत्मनिर्भर बनाउने गरी कार्यक्रमको तयारी अगाडि बढाइएको जनाइएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सृजना र होम स्टे सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रर्वद्धनका क्षेत्रमा गरिएका र गर्न खोजिएका कार्यक्रम अत्यन्तै रचनात्मक रहेको बताउँदै ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । 

त्यस्तै संस्थाले ढोरपाटन नगरपालिका १ अन्र्तगत विभिन्न १२ टोल विकास संस्थाका निम्ति १२ पिस फोहोर राख्ने डस्टबिन हस्तान्तरण गरेको छ । वडा सदस्य रमिता शेरबुजालाई उक्त सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

ढोरपाटन र निसीमा ३० होमस्टे व्यवस्थित रुपमा सञ्चालन गरिँदै ।

0

बैसाख ८ गते बुर्तिबाङ 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटन प्रर्वद्धन र विकास सँग जोड्नका निम्ति ३० वटा होम स्टेलाई लगानी सहित व्यवस्थित रुपमा सञ्चालन गरिने भएको छ ।

 दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत  टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्य सहित होम स्टे व्यवस्थापन तथा सञ्चालन कार्यक्रम सुरुवात गरिएको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो । 

शनिबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको उपश्थिती मा ढोरपाटन उपत्यकामा सञ्चालित पाँच वटा होम स्टे सञ्चालकलाई प्रति होम स्टे दुई लाख असी हजार रुपैयाँ बराबरको भौतिक सामाग्री हस्तान्तरण गरिएको थियो । सुरुवाती चरणमा पाँच जनाबाट अभियान अगाडि बढाइएको बताउँदै चाँडै ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० गरी ३० वटा होम स्टे व्यवस्थित  रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाई छ ।

घरबास होमस्टेलाई अहिले सञ्चालन भइरहेको अवस्थाबाट माथि उठाउन र प्रत्यक्ष रोजगारीको सृजना गराई महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी उनीहरू लाई होमस्टेमा आवश्यक पर्ने लत्ता कपडा देखि लो बेड, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । विभिन्न तालिम मार्फत होम स्टे सञ्चालनको विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उत्तम अर्यालको भनाई छ । 

प्रोजेक्ट मार्फत यहाँका युवालाई यहीँ रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागी फरक फरक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी  बनाउने लगायतका क्षेत्रमा उनीहरू लाई तालिमको माध्यमबाट सीप आर्जन गराई उद्यमशील, व्यवसायिक र रोजगार मुखी बनाउने लक्ष्य लिइएको छ ।

परियोजनाले पर्यटन, वन वातावरण, सरसफाइ, अनुशासन, लगायतका क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यार्थीलाई तथा स्थानीय महिलाहरूलाई सामाजिक क्षेत्रसँग जोड्नका निम्ति विद्यालयमा वाल क्लब गठन गर्दे विभिन्न क्याम्पियन सञ्चालन गर्दे आएको , १७ वटै वडामा वडा स्तरीय युवा समुह, महिला समुह गठन गरिएको जनाइएको छ ।

स्थानीय महिला तथा युवालाई कृषि र पर्यटन मार्फत आत्मनिर्भर बनाउन दुई वटा सहकारी सञ्चालन गरी आत्मनिर्भर बनाउने गरी कार्यक्रमको तयारी अगाडि बढाइएको जनाइएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सृजना र होम स्टे सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रर्वद्धनका क्षेत्रमा गरिएका र गर्न खोजिएका कार्यक्रम अत्यन्तै रचनात्मक रहेको बताउँदै ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । 

त्यस्तै संस्थाले ढोरपाटन नगरपालिका १ अन्र्तगत विभिन्न १२ टोल विकास संस्थाका निम्ति १२ पिस फोहोर राख्ने डस्टबिन हस्तान्तरण गरेको छ । वडा सदस्य रमिता शेरबुजालाई उक्त सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

नेपाली काँग्रेस ढोरपाटन नगरको शुभकामना आधान प्रदान कार्यक्रम ।

0

बैशाख ८ गते 

बुर्तिबाङ नेपाली कांग्रेस ढोरपाटन नगर समितिको आयोजनामा शनिबार बुर्तिबाङमा नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 ढोरपाटन नगर सभापति धन बहादुर कायत ( कल्याण ) को अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचनको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई शुभकामना मन्तव्य सहित सम्बोधन गर्दे नेता शेरचनले जिम्मेवार नेता कार्यकर्ता आ आफ्नो क्षेत्रमा सक्रिय पूर्वक अगाडि बढ्न आग्रह गर्नुभयो । शेरचनले थप बोल्दै लोकतान्त्रीक पार्टी भएका कारण सबै नागरिकको सुख दुख मा सहयात्रा गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताउँदै जनताको समस्या र आवश्यकता परिपूर्ति गर्नका निम्ति नेपाली कांग्रेसको सरकार आवश्यक रहेको बताउनु भयो ।

बागलुङ जिल्लाको ७ स्थानीय तहमा नेपाली  कांग्रेस प्रमुख रहेर स्थानीय तह हाकी रहेको अवस्थामा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी विकास निर्माण र समृद्धि हासिल गर्ने गरी काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधि र पार्टीका जिम्मेवार नेता कार्यकर्ता जनतामुखि केन्द्रित रहेर काम गर्न सुझाब दिनुभयो । कार्यक्रममा सभापति धन बहादुर कायतले बोल्दै आफूले सङ्गठनलाई चुस्त र चलायमान बनाउन समय समयमा कार्यक्रम गरिरहेको बताउँदै जिम्मेवार पद लिएर बसेका नेता कार्यकर्ता सक्रिय पूर्वक पार्टी र जनताको हित हुने गरी सक्रिय हुनुपर्ने बताउनु भयो ।

आफ्नो कार्यकालमा जनताले विकासको अनुभुति देख्न पाउने गरी इमानदारी पूर्वक काम गर्ने बताउनु भयो । वडा नं. १ का सभापति वान बहादुर छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्षेत्र नं. २ प्रदेश सभा २ सभापति मेषलाल शर्मा लगायत ढोरपाटन नगर समिति पदाधिकारी, प्रदेश समिती पदाधिकारी, कार्यकर्ता लगायतको उपस्थिति एवम् शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमकै अवसरमा निष्कृय रहेको पद पुर्ति गरिएको छ ।

जसबाट नगर उपसभापतिमा विनोद भण्डारी, सचिव भूमिराज महत, कोषाध्यक्ष गंगा बहादुर केसी लगायत सदस्य पद पूर्ति गरिएको हो । कार्यक्रममा नेकपा एमाले र अन्य पार्टी प्रवेश गरि आधा दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । कार्यक्रम वडा नं. २ का सभापति जित बहादुर कुवँरले सञ्चालन गर्नुभएको हो ।