मुटु र कलेजोको समस्या रहेकी चन्द्रकला लाई उपचारमा आर्थिक सहयोगको खाँचो ।

बैशाख १२ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ का हर्क बहादुर दमाईलाई श्रीमतीको उपचारमा आर्थिक समस्या परेको छ । 

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा माइती घरमै बस्दै आएकी ५७ बर्षिया चन्द्रकला दमाईलाई मुटु, कलेजो र पित्त थैलीमा पत्थरीको एकै पटक समस्या देखिएपछि चन्द्रकलाका श्रीमान हर्कले आफ्नो श्रीमती बचाइदिन हार गुहार गर्दे आउनु भएको छ । 

६० बर्षिया हर्कले दैनिक ज्याला मजदुरी गर्दे आउनु भएको छ । छोरो पनि भारतमा रोजगारी गर्न गएको बेला २०७२ सालमा २२ वर्षको कलिलो उमेरमै बित्यो अहिले बूढा बूढी मात्रै छौँ बुढेसकालमा खाना पकाएर दिने श्रीमती पनि बिमारले थलिएकी छ । ज्याला मजदुरी गरेर चुलो बल्ने परिवारमा एकैपटक रोगले श्रीमतीलाई च्यापे पछि अहिले उपचार गर्न पनि नसकेर बसिरहेको हर्क बहादुर दमाईको भनाई छ । 

हालसम्म दुईलाख बढि खर्च भइसक्यो गाउँमा भएको  सम्पती पनि साहुले लगिदिए अहिले ससुराली घरमा बस्दै आएका छौँ उपचारको नाममा एक पैसा पनि छैन आफ्नो श्रीमतीलाई बचाइदिन सबैसँग हार गुहार गर्दे आएका दमाईले श्रीमती बचाउनका निम्ति आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गर्नुभएको छ । गत कात्तिक देखि थलिएकी श्रीमतीलाई पाल्पा मिसन अस्पताल, बुटवल लुम्बिनी मेडिकल कलेज र अन्य अस्पतालमा लगेको तर आर्थिक अभावकै कारण उपचारबाट बञ्चित भएको उहाँको भनाई छ । 

सहयोग गर्न चाहने महानुभावले हर्क बहादुर दमाईको मोबाइल नम्बर ९७६६२५०८४० बिरामी चन्द्र कला दमाईको बैँक खाता प्रभु बैँक बुर्तिबाङ शाखा चन्द्रकला दमाइ ०५९०१८८६७१३०००१५ मा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img