बागलुङको ढोरपाटन र निसीमा ३० होमस्टे व्यवस्थित रुपमा सञ्चालन गरिँदै ।

बैसाख ८ गते बुर्तिबाङ 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटन प्रर्वद्धन र विकास सँग जोड्नका निम्ति ३० वटा होम स्टेलाई लगानी सहित व्यवस्थित रुपमा सञ्चालन गरिने भएको छ ।

 दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत  टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्य सहित होम स्टे व्यवस्थापन तथा सञ्चालन कार्यक्रम सुरुवात गरिएको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो । 

शनिबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको उपश्थिती मा ढोरपाटन उपत्यकामा सञ्चालित पाँच वटा होम स्टे सञ्चालकलाई प्रति होम स्टे दुई लाख असी हजार रुपैयाँ बराबरको भौतिक सामाग्री हस्तान्तरण गरिएको थियो । सुरुवाती चरणमा पाँच जनाबाट अभियान अगाडि बढाइएको बताउँदै चाँडै ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० गरी ३० वटा होम स्टे व्यवस्थित  रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाई छ ।

घरबास होमस्टेलाई अहिले सञ्चालन भइरहेको अवस्थाबाट माथि उठाउन र प्रत्यक्ष रोजगारीको सृजना गराई महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी उनीहरू लाई होमस्टेमा आवश्यक पर्ने लत्ता कपडा देखि लो बेड, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । विभिन्न तालिम मार्फत होम स्टे सञ्चालनको विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उत्तम अर्यालको भनाई छ । 

प्रोजेक्ट मार्फत यहाँका युवालाई यहीँ रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागी फरक फरक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी  बनाउने लगायतका क्षेत्रमा उनीहरू लाई तालिमको माध्यमबाट सीप आर्जन गराई उद्यमशील, व्यवसायिक र रोजगार मुखी बनाउने लक्ष्य लिइएको छ ।

परियोजनाले पर्यटन, वन वातावरण, सरसफाइ, अनुशासन, लगायतका क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यार्थीलाई तथा स्थानीय महिलाहरूलाई सामाजिक क्षेत्रसँग जोड्नका निम्ति विद्यालयमा वाल क्लब गठन गर्दे विभिन्न क्याम्पियन सञ्चालन गर्दे आएको , १६ वटै वडामा वडा स्तरीय युवा समुह, महिला समुह गठन गरिएको जनाइएको छ ।

स्थानीय महिला तथा युवालाई कृषि र पर्यटन मार्फत आत्मनिर्भर बनाउन दुई वटा सहकारी सञ्चालन गरी आत्मनिर्भर बनाउने गरी कार्यक्रमको तयारी अगाडि बढाइएको जनाइएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सृजना र होम स्टे सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रर्वद्धनका क्षेत्रमा गरिएका र गर्न खोजिएका कार्यक्रम अत्यन्तै रचनात्मक रहेको बताउँदै ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । 

त्यस्तै संस्थाले ढोरपाटन नगरपालिका १ अन्र्तगत विभिन्न १२ टोल विकास संस्थाका निम्ति १२ पिस फोहोर राख्ने डस्टबिन हस्तान्तरण गरेको छ । वडा सदस्य रमिता शेरबुजालाई उक्त सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित