सुरक्षा दिने प्रहरीनै असुरक्षित ।


बैशाख १२ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ५ निसीमा रहेको निसी प्रहरी चौकी जीर्ण अवस्थामा सञ्चालनमा रहेको छ । राज्यको नजर पुग्न नसकेको चौकी स्थानीय समुदायले बनाएको सामुदायिक जीर्ण भवनमा सञ्चालनमा रहँदै आएको हो ।

चौकी नजिकै बग्छ निसीखोला अनि छेउमै छ समसान घाट पानी पर्यो की रातभर जताततै चुहिएर जाग्राम बस्नुपर्ने बाध्यता छ । त्यति मात्रै कहाँ हो र पटक पटक भुकम्प जाँदा जिर्ण रहेको घर नै भत्कन्छ की भन्ने अर्को खतरा उत्तिकै छ । बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको  प्रहरी चौकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए ।

यो समस्या अहिलेको मात्रै होइन त्यहाँ प्रहरी बस्न थालेको थुप्रै बर्ष बितिसक्यो तर उनीहरूको माग र समस्या समस्या कसैले सुनिदिएन ।


नागरिकको सुरक्षाका निम्ति दिनरात खटिने प्रहरी आफू बस्ने खाने स्थान असुरक्षित हुँदा पीडा खपेरै भएपनि सेवा दिइराखेका छन । दुई तला रहेको उक्त घर माथिल्लो तला पुग्दै गर्दा जताततै पानी चुहिएको देखिन्छ । 

‘खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीको छेउमा भल आउँछ । केही वर्ष अघि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन”, उनले भने ।

हिउँदको समयमा समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रहरी सहायक निरीक्षक गुरुङले बताए । उनले ठूलो पानी परेमा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नुपर्ने अवस्था रहेको निसीखोला गाउँपालिकाबाट त्रिपाल मागेर काम चलाइएको बताए ।

प्रहरी कार्यालयको भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन गर्न खोजिएको पनि बर्षाेँ भइसक्यो तर जग्गा व्यवस्थापन प्रकृया विवादित बनिदिँदा हालसम्म पनि नत जग्गाको टुंगो छ नत भवनको नै ११ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा ८ जना प्रहरी कार्यरत रहेका छन । 

उक्त चौकीबाट प्रहरीले निसीखोला गाउँपालिकाको वडा नंं ५ र ६ लगाएतका नागरिकलाई शान्ति सुरक्षा दिइरहेका छन । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित