बैशाख ८ गते
बुर्तिबाङ नेपाली कांग्रेस ढोरपाटन नगर समितिको आयोजनामा शनिबार बुर्तिबाङमा नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटन नगर सभापति धन बहादुर कायत ( कल्याण ) को अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई शुभकामना मन्तव्य सहित सम्बोधन गर्दे नेता शेरचनले जिम्मेवार नेता कार्यकर्ता आ आफ्नो क्षेत्रमा सक्रिय पूर्वक अगाडि बढ्न आग्रह गर्नुभयो । शेरचनले थप बोल्दै लोकतान्त्रीक पार्टी भएका कारण सबै नागरिकको सुख दुख मा सहयात्रा गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताउँदै जनताको समस्या र आवश्यकता परिपूर्ति गर्नका निम्ति नेपाली कांग्रेसको सरकार आवश्यक रहेको बताउनु भयो ।
बागलुङ जिल्लाको ७ स्थानीय तहमा नेपाली कांग्रेस प्रमुख रहेर स्थानीय तह हाकी रहेको अवस्थामा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी विकास निर्माण र समृद्धि हासिल गर्ने गरी काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधि र पार्टीका जिम्मेवार नेता कार्यकर्ता जनतामुखि केन्द्रित रहेर काम गर्न सुझाब दिनुभयो । कार्यक्रममा सभापति धन बहादुर कायतले बोल्दै आफूले सङ्गठनलाई चुस्त र चलायमान बनाउन समय समयमा कार्यक्रम गरिरहेको बताउँदै जिम्मेवार पद लिएर बसेका नेता कार्यकर्ता सक्रिय पूर्वक पार्टी र जनताको हित हुने गरी सक्रिय हुनुपर्ने बताउनु भयो ।
आफ्नो कार्यकालमा जनताले विकासको अनुभुति देख्न पाउने गरी इमानदारी पूर्वक काम गर्ने बताउनु भयो । वडा नं. १ का सभापति वान बहादुर छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्षेत्र नं. २ प्रदेश सभा २ सभापति मेषलाल शर्मा लगायत ढोरपाटन नगर समिति पदाधिकारी, प्रदेश समिती पदाधिकारी, कार्यकर्ता लगायतको उपस्थिति एवम् शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमकै अवसरमा निष्कृय रहेको पद पुर्ति गरिएको छ ।
जसबाट नगर उपसभापतिमा विनोद भण्डारी, सचिव भूमिराज महत, कोषाध्यक्ष गंगा बहादुर केसी लगायत सदस्य पद पूर्ति गरिएको हो । कार्यक्रममा नेकपा एमाले र अन्य पार्टी प्रवेश गरि आधा दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । कार्यक्रम वडा नं. २ का सभापति जित बहादुर कुवँरले सञ्चालन गर्नुभएको हो ।