जंगली जनावरले आलुबाली सखाप पार्न थालेपछि तमानका किसान चिन्तित ।

 

फाईल फोटो तमान लाम्बेला गाउँको

 बैसाख २० गते बुर्तिबाङ

बागलुङ तमानखोला गाउँपालिकाको उच्च क्षेत्रमा किसानले लगाय को आलु जंगली जनावरले नष्ट गरेपछि किसान चिन्तित भएका छन ।

बढ्दो खडेरी, बन जंगलमा पानीका मुहान सुक्दै जानु र अधिकांश बनमा दढेलो लागेपछि जंगली जनावर गाउँ झर्ने र किसानले लगाएको आलु मकै लगाएतका बिरुवा खाएर नष्ट गर्ने गरेको तमानखोला ३ का किसान टेक बहादुर गोतामेले बताउनु भयो ।

ठुलो गैरा, गजेल्ना, डाँडा खोरिया, थुमखर्क लगायतका सयौँ रोपनी क्षेत्रमा सय बढि किसानले गत फागुन महिनामा लगायको आलु मृग, बँदेल लगाएतका जंगली जनावरले जरै देखि उखेलेर खान थालेपछि कृषकलाई समस्या परेको वडा नं. ३ का वडा सदस्य याम बहादुर श्रीपालीले बताउनु भयो ।

भर्खर फल लाग्न थालेको आलुको जरैदेखि बोट खान थालेपछि आलु उत्पादन नहुने देखिएको किसानको दुखेसो छ ।

६ मुरी आलुको बिउ लगाएका टेक बहादुरको अधिकांश आलु मृगले सखाप पारिसकेको छ टेक बहादुर जस्तै अन्य किसानले लगायतको आलु र मकै जंगली जनावरले खान थालेको र समयमा वर्षात नहुँदा यसवर्ष आलु उत्पादनमा कमी आउने वडा सदस्य याम बहादुर श्रीपालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित