Home Blog Page 53

बागलुङको निसीखोलामा टिप्पर दुर्घटना चालकको ज्यान गयो ।

0

 

फाईल फोटो

बुर्तिबाङ फागुन ३ गते

बागलुङको निसीखोला गाउँपालिका ६ मा शनिबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

रुकुम पूर्वदेखि बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको ग १ क ६१८९ नम्बरको टिप्पर निसीखोला गाउँपालिका ६ लामिडाँडा भन्ने स्थानमा दिउँसो २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक गुल्मी इस्मा गाउँपालिका ३ का अन्दाजी ४८ बर्षिय कृष्ण कुमालको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।

टिप्पर सडक देखि करिब २०० मिटर तल भीरमा खसेको पाइएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी बुर्तिबाङका प्रमुख आनन्द बस्नेतको कमान्डमा प्रहरी टोलीले उद्धार गरेको छ । 

प्रभा माविको ६४ औँ वार्षिकोत्सव: जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छु सांसद कुवँर ।

0

बुर्तिबाङ फागुन २ गते बागलुङको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

शुक्रबार आयोजित उद्‌घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेश सभाका सांसद दोर्ण कुमार कुवँरले आफू प्रदेश सभामा रहँदै गर्दा जनताले विकासको आभास गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो । विकासका दृष्टिकोणले धेरै काम गर्न बाँकी रहेको र कतिपय कामहरू अगाडि बढिरहेका कारण सडक, पुल, खानेपानी, शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा आफूले दिगो परिणाम देखिने गरी काम गर्ने बताउनु भयो ।

जनतालाई विकासको माध्यमसँग जोड्ने र विभिन्न विकासकै अभावका कारण समस्या भोग्दै आएका नागरिकका गुनासोलाई आफूले आत्मसाथ गरिरहेका कारण परिणाम देखिने गरी काम गर्ने बताउनु भयो । आफू चटक देखाउनकै निम्ती जनप्रतिनिधि नभएको बताउँदै जनमुखी काम गर्ने र नागरिकको समस्यामा हातेमालो गर्दे अगाडि बढ्ने बताउनु भयो ।

उत्तरगंगा जलाशय युक्त आयोजनाको विषयमा बोल्दै सांसद कुवँरले भन्नुभयो आयोजना तत्कालै बन्ने विषयमा कुनै प्रकृया अगाडि बढेको आफूले थाहा नपाएको बताउँदै जनताको बिचमा गलत भ्रम कसैले छर्न नहुने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको विशिष्ट आतिथ्यता रहेको थियो । घर्तीले कार्यक्रमलाई सम्बोधन गर्दे शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले महत्वपूर्ण लगानी गरिरहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक, व्यवस्थापन समिती, अभिभावक सँगै स्थानीय सरकारको हातेमालो आवश्यक रहने बताउनु भयो । कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाही लगायतको शुभकामना मन्तव्य रहेको हो

आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीको सांस्कृतिक प्रस्तुती, विभिन्न विधामा उत्कृष्ट शिक्षक सम्मान, विद्यालयमा लामो समय सम्म अध्यापन रही अन्यत्र सरुवा भएका शिक्षक बिदाई लगायतका कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक नवराज आर्चाय द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कक्षा प्ले ग्रुपदेखि १२ सम्म पठन पाठन हुँदै आएको विद्यालयमा प्रविधी मैत्री पठन पाठन हुँदै आएको पाइएको छ ।

कार्यक्रम सहायक प्रधानाध्यापक मोहन विक्रम सापकोटाको स्वागत, शिक्षक भुमिराज आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दे तमानखोला गाउँपालिका ।

0

 फागुन १ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान उपलब्ध गराउने भएको छ ।

विगतका वर्षमा पनि यस्ता कार्यक्रम अगाडि बढाउँदै आएको पालिकाले हलगोरु पालेर खेतबारी जोत्नमा प्रयोग गर्दे आएका किसानलाई थप उर्जा सँगै प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई नगद अनुदान दिने गरी बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँचलाख बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढाएको हो । गाउँमा कृषि र पशुपालन गर्नेको सङ्ख्यामा कमी आउन नदिन र गोरु पाल्दै गर्दा खेतबारी जोत्न मल उत्पादन गर्न र खेतीबालीको वृद्धि गर्ने उद्देश्य सहित यस्तो कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढाको भनाई छ । मिनिटेलर भित्रिएसँगै गाउँमा गोरु पाल्ने कृषकको सङ्ख्यामा समेत कमी आउन थालेपछी त्यसलाई रोक्न अनुदानको कार्यक्रम अगाडि बढाइएको र हलगोरु पाल्ने किसानले खेतबारी जोताई गर्दा आय आर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँचलाख बजेट विनियोजन गरेर कार्यक्रम अगाडि बढाएको हो । गाउँमा कृषि र पशुपालन गर्नेको सङ्ख्यामा कमी आउन नदिन र गोरु पाल्दै गर्दा खेतबारी जोत्न मल उत्पादन गर्न र खेतीबालीको वृद्धि गर्ने उद्देश्य सहित यस्तो कार्यक्रम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताउनु भयो ।

। पालिकाले १५ दिने सूचना प्रकाशन गरेर हलगोरु पाल्ने कृषकलाई अनुदानको कार्यक्रममा सरिक सूचना अनुरोध गरेको हो । प्राप्त निवेदनका आधारमा आवश्यक अनुगमन गरेर दामासाही रुपमा कृषकलाई नगद अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत परियारले बताउनु भयो । 

ढोरपाटन नगरपालिकाको आयोजनामा वडा नम्बर ६ मा सार्वजनिक सुनुवाइ ।

0

माघ २८ गते बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिकाको आयोजनामा सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर ६ को कार्यालयमा सम्पन्न भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को प्रथम चौमासिक सम्म भएगरेको विकास निर्माण, नगरपालिका वडा कार्यालय तथा विषoगत शाखाबाट भइरहेको सेवा प्रवाह , विकास निर्माण लगायतका विषयमा सेवाग्राही नागरिकको बिचमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि नागरिकले खानेपानी, सडक,शिक्षा, कृषि, रोजगारी लगाएतका विषयमा भइरहेको विकास निर्माण र नागरिकले भोगीरहेका समस्याका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन । ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवाग्राही नागरिकको तर्फदेखि स्थानीय तेजीन्द्र थापा, मन बहादुर भण्डारी,गुञ्जमान घर्ति मगर, पूर्ण बहादुर विक., वोम बहादुर बुढा, सुरज वि.क., भिम कुमारी भण्डारी, दम बहादुर वि.क., दिपक बुढा मगर लगाएतले आफनो तर्फदेखि बोल्दै ग्रामीण क्षेत्रमा अझैपनि खानेपानीको पहुँच नपुगेको, विद्यालयको भौतिक संरचना राम्रो बन्दै गएपनी शैक्षिक सुधार हुन नसकेको, वन ऐन र ढोरपाटन सिकार आरक्षका कारण सडक जोडिन नसक्दा नागरिकलाई समस्या रहेको, कृर्षि क्षेत्रमा परिणाम नदेखिएको, लगायतका विषयमा नागरिकले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका हुन ।

सहभागिले सालझण्डी ढोरपाटन सडक आयोजना समयमा निर्माण पुरा हुन नसकेका कारण समस्या रहेको, बुर्तिबाङ बसपार्क समयमा निर्माण हुनुपर्ने, सार्वजनिक शौचालय भवन, वडा कार्यालय भवन निर्माण लगायतका विकास पूर्वाधारमा ध्यान दिन आग्रह गरेका हुन ।

त्यस्तै स्वास्थ्य संस्थामा प्रर्याप्त औषधि अभाव रहेको गुनासो व्यक्त गरेका हुन । सहभागि नागरिकले उठाएका प्रश्नको कार्यवाहक मेयर धन बहादुर कायत, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा नम्बर ६ का अध्यक्ष उमेश कुमार बुढा, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा, प्राविधिक ध्वज सावद लगायतले नागरिकबाट आएका प्रश्न र जिज्ञासाको विषयमा चित्त बुझ्दो जवाफ दिनुभएको हो ।

कार्यवाहक मेयर धन बहादुर कायतले थप बोल्दै नागरिकको तर्फदेखि विकास निर्माण, सुशासन, पारदर्शिताको सन्दर्भमा प्रश्न, जिज्ञासा आउनु स्वभाविक भएको बताउँदै नागरिक स्तरबाट हुने खबरदारीले स्थानीय सरकारलाई समृद्ध, परिणाम मुखी बनाउन सहयोग पुर्याउने बताउनु भयो । नागरिकले राखेका प्रश्नको जवाफमा खानेपानी, कृषि, सडक, शिक्षा लगायतका क्षेत्रमा नगरपालिकाले सामर्थ्यले भ्याएसम्म काम गरिरहेको र ठूला योजनाका निम्ती प्रदेश र संघ सरकारमा पहल गरिरहेको बताउनु भयो ।

आफु कार्यवाहक मेयर हुँदै गर्दा मेयर र उपमेयर दुबै पदमा काम गर्नुपर्दा नागरिकको बिचमा कम उपश्तिथी भएपनी जनअपेक्षा वमोजीम काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले चालु आर्थिक बर्षको प्रतिवेदन प्रस्तुत गर्नूभएको हो । जसमा ६८ करोड ५३लाख ५० हजार ५०० मध्ये ३९ं४१ प्रतिशत वित्तिय प्रगती भएको विवरण प्रस्तुत गर्नुभएको हो । चालु खर्च ४०.०६ र पुँजिगत तर्फ ३८.३१ प्रतिशत खर्च भएको पाइएको छ । १८६ भौतियो योजना मध्ये १०५ वटाको सम्झौता भई २७ योजनाको भुक्तानी तथा फरफारक भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका प्रमुख, प्रहरी, स्थानीय नागरिक , पत्रकार लगाएत १०० बढिको सहभागिता रहेको थियो कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष उमेश कुमार बुढाको स्वागत सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।

 

ढोरपाटनमा एकहजार सात सय पच्चिस किसोरीलाई एच.पि.भी खोप लगाइँदै ।

0

माघ २४ गते
आगामी माघ २७ गतेदेखि ३० गतेसम्म ढोरपाटन नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समुहका एक हजार सातसय पच्चिस जना किशोरीलाई एच।पि।भी खोप लगाउने गरी आवस्यक तयारी अगाडी बढाइएको हो ।
नगरपालिका भरमा एक हजार ६ सय ९२ जना विद्यालय जाने र ३३ जना विद्यालय बाहीर रहेका गरी कुल एक हजार सातसय २५ जना किसोरीलाई खोप दिन थालिएको हो ।
बिहिबार ढोरपाटन नगरपालिकाको आयोजनामा सरोकारवाला निकायसंगको विचमा पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति एच.पि.भी.सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सर प्रमुख कारक हो । यस्तो जोखिम रोगलाई नियन्त्रण गर्नका लागि यो एच.पी.भी. खोप लगाउने अभियान सञ्चालन गरिने भएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।

नगरपालिका भित्र रहेका ६ देखि १० कक्षा सम्मका बिधालय जाने वा नजाने छात्रालाई खोप लगाउने अभियान कार्यक्रम सफल गर्न नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले आग्रह गर्नुभयो । ढोरपाटन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न सुचकलाई पार गर्दे उत्कृष्ट बनेको बताउँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लागनी गरिरहेको बताउनु भयो ।
कार्यक्रममा प्रादेशिक अस्पत्ताल बुर्तिबाका प्रमुख बालरोग विशेषज्ञ डा। नविन्द्र ढकालले एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका उद्देश्य, खोप अभियानको लक्ष्य, उपलब्धि, र यस अभियानले किशोरीहरूको स्वास्थ्यमा पुर्‍याउने सकारात्मक प्रभावबारे जानकारी गराउनु भएको थियो ।

एचपीभी खोप सम्बन्धि जनचेृतामुलक सन्देश,खोपको फाइदा,खोप लगाउनुको उदेश्य लगायतका कुराहरुमा प्रस्ट पारिएको थियो ।
कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतमा सञ्चालन भएको एच।पि।भी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर रावल स्वास्थ्य संयोजक भुमिश्वर शर्मा
वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, २ का अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर ३ का अध्यक्ष खिम बहादुर विक।, वडा नम्बर ६ का अध्यक्ष उमेश बुढाको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापन समिती अध्यक्ष, प्रध्यानाध्यापक , स्वाथ्यकर्मी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।
क्यान्सर बिरुद्धको एपपिभी खोप अभियान देशैभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुँदै छ । कार्यक्रम केशव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

राजनैतिक स्थाईत्व र सरकारलाई स्थितरता दिन बर्तमान सरकार बन्योः उप–प्रधान तथा शहरी विकासमन्त्री सिंह ।

0

 माघ २१ गते बुर्तिबाङ नेपाल सरकारका उप –प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन सरकार निर्वाचन सम्म एकढिक्का भएर अगाडी बढ्ने बताउनु भएको छ ।

सोमबार बागलुङ ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्‌घाटन गर्न पुग्नुभएका मन्त्री सिंहले देशलाई राजनैतिक स्थायित्व दिन र राजनैतिक स्थिरता कायम संगै देशको विकास र सुशासन ल्याउनका निम्ती यो सरकार बनेको बताउनु भयो ।

सरकार जनताको चाहना बमोजिम देशलाई मूर्तरूप दिन गठन भएको र निर्वाचन सम्म यो सरकार अगाडि बढ्ने बताउनु भयो । ढोरपाटन सिकार आरक्ष लगायत बागलुङको विभिन्न क्षेत्रको अवलोकन गर्नुभएका उहाँले ढोरपाटनमा बन्ने भनिएको उत्तरगङ्गा जलाशय युक्त आयोजना चाँडै सुरु हुने बताउँदै देशकै दश नमुना शहर मध्येको बुर्तिबाङ शहरको विकास र यहाँको समृद्धिमा आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

हालसम्म नेपालमा ५४ वटा स्थानमा नमुना शहर बनाउने गरी नामकरण भइसकेको बताउँदै अब अति आवश्यकताको आधारमा नमुना शहरको छनौट गरेर नमुनाको रुपमा काम गरिने बताउनु भयो । नेपालको अर्थतन्त्रको अवस्थालाई हेरेर काम गरिने बताउँदै इच्छा गरेर मात्रै नभई प्राथमिकताका आधारमा काम हुने बताउनु भयो । बुर्तिबाङ नयाँ शहर आयोजनालाई विशेष रुपमा हेरेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री सिंहले थप बोल्दै आफू धेरै प्रशासनिक भवन उद्घाटनमा जाँदै गर्दा संघिय सरकार, शहरी विकास मन्त्रालय लगायतबाट भवन निर्माण भएको देखे पनी ढोरपाटनमा स्थानीय सरकारले आफ्नै खर्चबाट भवन निर्माण भएको देख्दा आफुले फरक अनुभुती गरेको बताउनु भयो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा राज्य व्यवस्था तथा शुसासन समितिका संयोजक रामहरी खतिवडा, संघिय सांसद देवेन्द्र पौडेल, सङ्घीय सांसद देवी प्रकाश भट्टचन, गण्डकी प्रदेश सभा सांसद जीत बहादुर शेरचन, गण्डकी प्रदेश सभा सांसद दिलमाया पौवी ले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस क्षेत्रको विकास र समृद्धिमा सबै तहका जनप्रतिनिधि बिच एकता रहेको र यहाँको समस्या र विकासमा सबैले हातेमालो गर्दे अगाडी बढिरहेको बताउनु भयो । उत्तरगंगा जलाशय यूक्त आयोजना निर्माण, सालझण्डी ढोरपाटन सडक निर्माण, अर्नाकोट एयरपोर्ट , सडक, बिद्युत् लगायतका विकासमा संघिय सरकार शहरी विकास मन्त्रालयबाट सहयोगको अपेक्षा रहेको बताएका हुन । २०७८÷०७९ मा निर्माण सुरु भएको प्रशासनिक भवन चालु आर्थिक बर्षमा कुल ४ करोड ५९ लाख ३४ हजारु रुपैयाँमा निर्माण सम्पन्न भएसंगै उद्धघाटन गरिएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको स्वागत रहेको कार्यक्रममा स्थानीयत तहका जनप्रतिनिधी, राजनेतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, स्थानीय नागरिक , कर्मचारी सुरक्षा कर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवि घिमिरेले सञ्चालन गर्नुभएको हो ।

बुर्तिबाङ र गल्कोटका इमेज पीडित बचतकर्ताले एक लाख सम्मको बचत फिर्ता पाउन थाले ।

0

 माघ २० गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाख सम्म बचत गरेका गल्कोट र ढोरपाटनका बचत कर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन ।

आइतबार बुर्तिबाङमा ९२ जना बचतकर्ताले आफ्नो रकम प्राप्त गर्ने गरी चेक बुझेका हुन । गल्कोट र ढोरपाटनका ५ सय ४७ मध्ये एक लाख सम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने गरी प्रकृया अगाडि बढाइएको सहकारी पीडित सङ्घर्ष समिति गल्कोट –ढोरपाटनका अध्यक्ष मञ्जु शर्मा चालिसेले बताउनु भयो ।

ढोरपाटनमा मात्रै ११२ जनाले तत्काल रकम प्राप्त गर्ने भएका हुन । आजमात्रै ३७ लाख रुपैयाँ बराबरको चेक उपलब्ध गराइएको हो । अदालतमा उजुरी दिएका पीडित बचतकर्ता मध्ये सानो रकमको बचत फिर्ता दिने गरी मिलापत्र गरेसँगै तत्काल सानो रकम फिर्ता गर्ने र धेरै रकम हुनेको हकमा देवकुमार नेपालीको सम्पत्ति बिक्री गरेर भएपनि रकम फिर्ता गर्ने गरी आवश्यक प्रकृया अगाडि बढिरहेको सङ्घर्ष समिति ढोरपाटनका अध्यक्ष यम बहादुर कुवँरको भनाई छ ।

देवकुमार नेपाली र उनको श्रीमतीको नाममा रहेको सम्पत्ति मिना ग्रुप कम्पनी प्रालि काठमाण्डौले जिम्मा लिने र बचत कर्ताको नगद सम्भव हुने अवस्थामा नगद र ठूला बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने गरी तयारी भइरहेको जनाइएको हो ।

आजपनि मिना ग्रुप कम्पनीका प्रतिनिधि सहभागि भएर चेक उपलब्ध गराएको सङ्घर्ष मञ्जु शर्माको भनाई छ । इमेज सहकारी ठगीका अभियुक्त देवकुमार नेपाली सँग गत पौष २६ गते गल्कोट र ढोरपाटनका ५४७ बचतकर्ताले मिलापत्र गरेका थिए ।

ठगिएको २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घरसारमा मिलेर प्राप्त गर्ने गरी मिलापत्र गरेका थिए । उता बागलुङ र पोखराका बचतकर्ता संग पनि मिलापत्रको लागी छलफल भइरहेको ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ । ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई जिल्ला अदालत बागलुङले गत असोज १५ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी अहिले पनि थुनामै छन् ।

नेपालीसहित इमेज सहकारीका सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध १ हजार ५ सय ७३ जनाले सहकारी ठगीको जाहेरी दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा छ । नेपाली २०८० जेठ ४ देखि फरार थिए ।

तरलता अभाव भएकाले इमेज सहकारीको कार्यालय बन्द भएको सूचना ०८० वैशाख ६ मा टाँस गरिएपछि बचतकर्ताले जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकाय गुहारेका थिए । सङ्घर्ष समिति गठन गरेर अगाडि बढेका पीडित बचतकर्ताले एक लाख सम्मको बचत फिर्ता हुन थालेपछी सबै बचतकर्ताको रकम फिर्ता हुनेमा आशावादी देखिएका छन ।

 

सिटिजन लाइफ इन्स्योरेन्स द्धारा बीमा शिक्षा कार्यक्रम सँगै ट्राफिक सचेतना बोर्ड हस्तान्तरण ।

0

 माघ १९ गते बुर्तिबाङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाको आयोजनामा जिल्लाको बडिगाड गाउँपालिका २ खर्बाङमा बीमा सचेतना सँगै ट्राफिक सचेतना सहितको बोर्ड हस्तान्तरण कार्यक्रम शनिबार गरिएको छ ।

खर्वाङ प्रहरी चौकीमा आयोजित कार्यक्रमका अवसरमा वडा नम्बर २ का अध्यक्ष ढाल प्रसाद शेरचन, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, जिल्ला समन्वय समिती बागलुङका पुर्व उपप्रमुख विष्णु भुसाल खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाट लगायत सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रबन्धक कमला शर्मा, कम्पनीका एजेन्सी म्यानेजर एजेन्सी लगायतको सहभागिता रहेको कार्यक्रममा बीमा सचेतना संगै खर्बाङ प्रहरी चौकीलाई ट्राफिक सचेतना लेखिएका बोर्ड उपलब्ध गराइएको हो ।

कार्यक्रममा वडा अध्यक्ष शेरचनले बोल्दै इन्स्योरेन्स कम्पनीले यसरी बीमा सचेतना संगै ट्राफिक सचेतना बोर्ड उपलब्ध गराएको आभार व्यक्त गर्दे बीमा संगै सामाजिक कार्यमा समेत हातेमालो गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाटले बोल्दै यस्तो महत्वपूर्ण सहयोगले सवारी दुर्घटनामा कमी ल्याउने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यमा अग्रसर बन्दै जान सुझाव व्यक्त गर्नुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्सालले बोल्दै सिटिजन लाईफले नागरिकलाई बचत र सुरक्षा संग जोड्दै अगाडी बढिरहेको र यस्ता महत्वपूर्ण सामाजिक कार्यमा स्थानीय नागरिक संग हातेमालो गर्दे अगाडी बढिरहेको बताउनु भयो । लम्सालले बीमाको विषयमा थप प्रस्ट पार्दे स्थानीय सरकार, सचेत नागरिकले जीवन बीमालाई सबै नागरिक सम्म पुर्याउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम शाखा प्रमुख कमला शर्माले सहजीकरण गर्नुभएको थियो ।

बुर्तिबाङ–बोङगादोभान सडक निर्माण धमाधम : चालु आवमा पाँच किमी कालोपत्रे गरिँदै ।

0

माघ १९ गते बुर्तिबाङ छविलाल पाण्डे
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार देखि तमानखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किलोमिटर सडक खण्ड निर्माणको काम धमाधम अगाडी बढाइएको छ । २०८३ साउन सम्म निर्माण सक्ने गरी ए.सी.कन्ट्रक्सन कम्पनीले निर्माणको काम अगाडी बढाइरहेको हो ।

चालु आर्थिक बर्षमा पाँच किलोमिटर कालोपत्रे गर्ने गरी बुर्तिबाङ दुले देखि हुन्द्राफेँदी बजार देखि केही माथीको भुभाग सम्म धमाधम काम भइरहेको हो । हालसम्म ग्याविन लगाउने, मेशिनरी वाल लगाउने, पहीरो सफा गर्ने, बेस वनाउने, नाली सफा गर्ने, सडक फराकिलो बनाउने, स्टक्चर निर्माण लगाएतको काम भइरहेको जनाउँदै माघ मशान्तदेखि कालोपत्रेको लागी बेस वनाउने र असार मशान्त सम्म ५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्माण व्यवसायी दिपक कुमार अदैले बताउनु भयो ।

सरकारले बजेट व्यवस्था गरेमा अर्काे बर्ष काम सक्ने गरी आफु अगाडी बढिरहेको बताउँदै बजेट व्यवस्था भएमा काम नरोकिने बताउनु भयो ।
गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सडकको स्थलगत अवलोकन गर्नुभएको छ । समयकै काम सक्ने गरी अगाी बड्न निर्माण कम्पनीलाई जानकारी गराउँदै बजेटका निम्ती आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई छिटो सहज सडक यात्रा गर्न सक्ने गरी काम गर्न आग्रह गर्दे सडक निर्माणले तमानखोला गाउँपालिकाका सबै नागरिकलाई सहज हुने बताउनु भयो ।

निर्माण कम्पनीले तिव्र गतिमा काम गरिरहेका कारण समयमै सडक कालोपत्रे हुनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन । कुल १२ करोड ७४ लाखमा निर्माण सम्पन्न हुने उक्त सडक आयोजनालाई यसबर्ष दुई करोड ७५ लाख विनीयोजन भएको छ । बजेट थप भएमा यसबर्ष धेरै उपलब्धि हुने निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो ।

ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न

0

माघ १९ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ ।
ढोरपाटन विश्वकर्मा समाजका अध्यक्ष पृथीमान विश्वकर्माको अध्यक्षयता ,गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौ.वि को प्रमूख आथित्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पौवीले बोल्दै दलितहरुका समस्याको लागि आफूले गर्न सक्ने सवै मुद्दाको उठान गरिरहेको र आफूले खेल्नुपर्ने भूमिका भरपुर रुपमा खेलिरहको बताउँदै दलित समुदायको हक अधिकारलाई स्थापित गर्न र समाजमा हुने जातीय विभेदको अन्त्यका निम्ती समाजका बुद्धिजीवि सामाजि अभियान्ताहरुले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका अध्यक्ष कुविर विश्वकर्माको विशिष्ठ आतिथ्यता रहेको थियो त्यस्तै सामाजिक अभियान्ता ,बुद्धिजीवी, समाजका अगुवा व्याक्ति, विभिन्न संघ सस्थाका प्रतिनिधि दलित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा अझै पनि दलित समुदायलाई तल्लो वर्गका रुपमा हेर्ने, अझैपनी अछुत जातका रुपमा हेर्ने प्रबृर्ति संगै समाजमा विकृति विसंगतिहरु भित्राएर आफूहरु ठूलो मान्छे बन्न खोज्ने प्रवृति भएका कारण सवै दलित अगुवा ,दलित अभियान्ताहरु चुस्त दस्तु रुपमा अगाडि बढेर दलितको हक अधिकार माथि भएको हननलाई छिट्टै उन्मूलन गर्न सक्रिय हुुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रम समाजका उपाध्यक्ष भुमिका गोतामेको स्वागत ,छमराज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।