बैशाख १ गते बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिका दुई कटेरीमा सोमबार पिकअप जिप दुर्घटना भएको छ ।
तमानखोलाको बोङ्गादोभान देखी बराहताल जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा २ जना गम्भीर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका छन् ।
गम्भीर घाइते हुनेमा तमानखोला गाउँपालिका प्रशासन शाखा प्रमुख गल्कोट नगरपालिकाका वर्ष ३० का मुना विश्वकर्मा र तमानखोला गाउँपालिकाका कर्मचारी चौरजहारी नगरपालिका रुकुमका वर्ष २३ का नविन मल्ललाई थप उपचारको लागि पोखराको रिफर गरिएको र अन्य सामान्य घाईतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नविन्द्र ढकालले बताउनु भयो । रेफर गरिएका दुई जनाको टाउको, ढाड सहित शरिरका विभिन्न भागको चोग लागेको छ ।
दुर्घटनामा रुकुम पश्चिम बाफिकोट गाउँपालिकाका वर्ष ३२ का सुदरशन कुसारी , तमानखोला गाउँपालिकाका वर्ष २९ का सचिन विश्वकर्मा ,तमानखोला दुईका वर्ष २५ का बसन्ती मगर , चौरजहारी नगरपालिका रुकुमका वर्ष २३ का नवीन मल्ल , तमानखोला गाँउपालिकाका वर्ष १२ का मने मगर घाइते हुनुभएको हो ।
त्यस्तै तमानखोला गाँउपालिकाका वर्ष ६३ का इन्द्रकुमारी गीरी , तमानखोला गाँउपालिका वडा नम्बर एक का वर्ष ५२ का मानसरी सेरचन , वर्ष २७ का सुशिल रसाईली , वर्ष २० का झरना गिरी ,तमानखोला गाँउपालिका १ का ३० वर्षिया तारादेवी भण्डारी रोका सामान्य घाइते हुनुभएको हो ।
नयाँ वर्ष मनाउनका लागि सवारी लिएर पिकअप बोङ्गादोभान देखि बराहताल जाने क्रममा दुर्घटना भएको बताईएको छ ।