सामुदायिक रेडियो ढोरपाटन १५ औँ वर्षमा प्रवेश ।


बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज १४ वर्ष पुरा भई बैशाख ११ गतेदेखि १५ औँ वर्षमा प्रवेश गरेको छ ।


“गरिबी निवारणको लागि वातावरणीय स्वास्थ्य शिक्षा” द्धारा सञ्चालित रेडियो २०६७ साल बैशाख ११ गते लोकतन्त्र दिवसको दिनदेखि आफ्नो प्रसारण सुरु गरेको हो । बागलुङ पश्चिमका समाजसेवी एवम् युवा नेता तथा हाल गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर सहित यस क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यापारी, शिक्षा प्रेमी, राष्ट्रसेवक लगायतको सक्रियतामा स्थापना भएको रेडियोले विभिन्न अवसर र चुनौती सँगै १४ बर्स पार गरेको हो ।


बागलुङ जिल्लाको पश्चिम क्षेत्र सहित आसपासका जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत, म्याग्दी, मुस्ताङ, प्युठान, रुकुम, रोल्पा, रूपन्देही, स्याङजा, नवलपरासी, कपिलवस्तु लगाएत १४ जिल्लाका श्रोताले प्रत्यक्ष र सामाजिक सञ्जाल अनलाइन, फेसबुक, नेपाली पात्रो, हाम्रो पात्रो एप मार्फत विश्वभर सुन्दै आउनु भएको छ ।


विभिन्न चुनौती कोभिड १९ तथा विभिन्न प्राकृतिक विपत्तिको सामना गर्दे सीमित श्रोत र साधनका बावजुत यस क्षेत्रको विकास समृद्धिमा स्थानीय सरकार तथा अन्य विभिन्न निकायले गरिरहेका राम्रा कामको प्रचार प्रसार खराब प्रवृत्तिको निरन्तर खबरदारी गर्ने यहाँका कला संस्कृति, पर्यटन प्रवर्द्धनलाई जर्गेना गर्ने, राज्यको नजर पुग्न नसकेको क्षेत्रमा राज्यलाई उत्तरदायी बनाउने नागरिकलाई सुसूचित बनाउने जस्ता कार्यमा रेडियोले निरन्तर भूमिका निर्वाह गर्दे आइरहेको छ ।


बिहान ५ बजेदेखि रातको ११ बजेसम्म नियमित दैनिक १८ घण्टा प्रसारण सेवा दिँदै आएको रेडियोले समाचार, बहस, मनोरञ्जन र चेतनामूलक कार्यक्रम प्रसारण गर्दे आइरहेको रेडियोका स्टेसन म्यानेजर छविलाल पाण्डेले बताउनु भयो ।
रेडियोमा हाल ८ जना कर्मचारी कार्यरत रहेका छन । बुर्तिबाङ बजारमा कार्यालय र ढोरपाटन नगरपालिका २ अर्नाकोटमा टावर रहेको रेडियो पश्चिम बागलुङकै पहिलो एफएम रेडियो हो । 

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img