ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको आयोजनामा शनिबार भित्तेपात्रो विमोचन तथा नव बर्ष २०८२ सालको पापन अवसरमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघले निर्माण गरेको भित्रेपात्रो को गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले विमोचन गर्नुभएको हो । उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद पौवीले बोल्दै उद्योग वाणिज्य संघ व्यवसायीहरूको छाता संस्था भएका कारण यस क्षेत्रको उद्योग व्यवसाय वृद्धि हुने र पर्यटन, यहाँको स्थानीय उत्पादनको बजारीकरण जस्ता कार्यमा गम्भिर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
व्यवसायीको हक हितका निम्ती सक्रिय रहेको संस्थालाई अझै चलायमान बनाउन र सरकारले व्यवसायबाट मात्रै आर्थिक समृद्ध गर्न सक्ने भएका कारण सरकार र व्यवसायी बिचको सम्बन्ध सुमधुर बन्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशले विभिन्न निती र कानुन बनाएर स्थानीय खनिज, जल र कृषि, पर्यटन जस्ता आम्दानीका श्रोतलाई बढवा दिनका निम्ती अग्रसर रहेको बताउँदै उद्योगी व्यवसायी विचल्लित नभइकन व्यवसाय वृद्धिमा अगाडी बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा पत्रकार तथा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, रोटरी क्लबका अध्यक्ष घनश्याम शर्मा, बैकर्स एसोसियसन बुर्तिबाङका अध्यक्ष प्रेमनाथ पौडेलको शुभकामना मन्तव्य रहेको थियो । उद्योग वाणिज्य सङ्घका पदाधिकारी, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधी, व्यवसायी, प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा भित्तेपात्रो निर्माणमा सहयोग गर्ने विज्ञापन दातालाई सम्मान समेत गरिएको हो ।
कार्यक्रम संस्थाका महासचिव ज्ञान प्रसाद कँडेलको स्वागत, कोषाध्यक्ष दीपक कुमार अदै को सञ्चालनमा सम्पन्न भएको थियो । भित्रेपात्रो विमोचन