नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश द्धारा बागलुङको तमानखोलामा बीमा सचेतना ।

बैशाख ४ गते ढोरपाटन 

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशको आयोजनामा बिहीबार तमानखोला गाउँपालिकामा बीमाको सन्दर्भमा अन्तरक्रिया तथा सरोकारवाला निकायसँग छलफल गरिएको छ ।

सबै तहमा बीमाको पहुँच पुर्याउने उद्देश्य सहित स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, स्थानीय नागरिकलाई बीमा सचेतना जगाउँदै आएको प्राधिकरणले बागलुङको तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अवसरमा नेपालमा बीमाको अवस्था, बीमाको महत्व, बीमाको प्रकार र आवश्यकताको सन्दर्भमा अन्तरक्रिया र छलफल गरिएको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका सहायक निर्देशक रिया कुसुम लम्सालद्वारा कार्यक्रमको विषयमाथि प्रकाश पार्नुभएको हो । कार्यक्रममा जीवन वीमा , निर्जीवन विमा, लघु बिमाको विषयमा प्रस्ट पर्दे त्यसको आवश्यकता र महत्वको विषयमा प्रकाश पारिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हिरा कुमारी छन्त्यालले बोल्दै बीमा सुरक्षाको भरपर्दो माध्यम भएका कारण मानिसदेखि पशु, कृषि सबैको आवश्यकता रहेको बताउनु भयो । समाजमा अझैपनि चेतनाको अभावका कारण बीमाको पहुँच नबढेको बताउँदै बीमाको दायरामा ल्याउन स्थानीय सरकारले आवश्यक पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बोल्दै सबै नागरिक संग बीमाको महत्व बुझाउन नसक्दा अझैपनि बीमाको दायरा वृद्धि नभएको बताउँदै कृर्षि, पशुधन बीमाका निम्ती आफूहरूले कार्यक्रम बनाएर अगाडी बढिने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवम् नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख मिश्रले बोल्दै बीमाको दायरा बढाउन र बीमा बुझाउनका निम्ती आफूहरूले स्थानीय जनप्रतिनिधि, कर्मचारी र नागरिक संग सम्बाद अन्तरक्रिया गर्ने गरिएको बताउनु भयो ।

सहभागिले राखेका जिज्ञासाको विषयमा उहाँले प्रस्ट पार्नुभएको थियो । स्थानीय नागरिकले समेत अझै पनी बीमाको विषयमा प्रस्ट ज्ञान नभएका कारण कृषि, पशुको बीमा नभएको र मानिसको समेत सबै सम्म पहुँच नपुगेको बताउँदै यसको दायरा बढाउन आवश्यक सहयोग गरिदिन अपिल गरेका हुन ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका बलराम लामिछानेले सञ्चालन गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img