ढोरपाटन बैशाख १ गते
बागलुङको ढोरपाटन सिकार आरक्षको अवस्था र ढोरपाटन क्षेत्रको विकास र समृद्धिको सन्दर्भमा वृहत छलफल र अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

संघिय वन तथा वातावरण मन्त्री माननीय रुपा वि.क. तथा गण्डकी प्रदेशका वन मन्त्री भेष बहादुर पौडेल, गण्डकी प्रदेश सरकारका प्रमुख सचेतक नन्द प्रसाद न्यौपाने, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर , माननीय दिलमाया पौवी लगायत गण्डकी प्रदेशका एक दर्जन सांसद र स्थानीय तहका जनप्रतिनिधिको उपश्थितीमा स्थानीय नागरिकको विचमा ढोरपाटन सिकार आरक्षको अवस्था, नागरिकको धारणा,बागलुङ जिल्लाका विभिन्न कार्यालयबाट चालु आर्थिक बर्षमा क्षेत्र नम्बर २ (ख) मा भएका विकास निर्माण र योजना लगायतको विषयमा अन्तरक्रिया छलफल गरिएको हो ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघिय वन तथा वातावरण मन्त्री माननीय रुपा वि.क.ले बोल्दै ढोरपाटन प्राकृतिक सुन्दर भुमि रहेको बताउँदै यसको विकास र यहाँको पर्यटकीय सुन्दरताबाट आर्थिक उर्पाजन गर्ने विषयमा सरकारले समन्वय गर्ने बताउनु भयो । आफु ढोरपाटनमा नौलो नभएको बताउँदै यहाँका नागरिकले राख्दै आएका समस्यामा गम्भिर रहेको बताउँदै जनताको अपेक्षा विपरीत बफर जोन बनाउने विषयमा अगाडि नबदिने बताउनु भयो ।

“मन्त्री वि.क.ले भन्नुभयो यहाँ सिकार आरक्ष र नागरिक विचको दुरी टाढा भएको पाइयो यसमा दुरी टाढा बनाउन आवश्यक नरहेको बताउँदै सरकारले जनताको मनोभावना बुझेर अगाडि बढ्ने बताउँदै हल्लाको भरमा बफर जोन हुन नसक्ने बताउनु भयो । ” यहाँको विकासमा रोकिएका आयामलाई मुर्तरुप दिन आवश्यक छलफल समन्वय र प्राविधिक मूल्याङ्कन विधिबाट अगाडि बढ्न सकिने विषयमा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
राज्यले सिकार आरक्षलाई बफरजोन बनाउने विषय विगत केही वर्षदेखि चल्दै आइरहेको भएपनी हालसम्म आवश्यक समोन्य हुन सकेको पाइएको छैन । यस्तो अवस्थामा स्थानीय नागरिक भने सिकार आरक्ष हुँदै गर्दा यहाँको श्रोत साधन, वन जंगलको प्रयोग गर्न र सिकार आरक्षले दमन गर्ने गरेको भन्दै रुष्ट बन्दै आएका छन । उनीहरूले सिकार आरक्षबाट वफर जोन बनाउन आवश्यक नरहेको बताउने गरेका हुन ।
कार्यक्रममा गण्डकी प्रदेशका वन मन्त्री वन मन्त्री भेष बहादुर पौडेलले समेत ढोरपाटन विकास र समृद्धिबाट अझै पछि रहेका कारण यहाँको विकासका निम्ती गण्डकी प्रदेशबाट आवश्यक पहल गरिने बताउँदै यहाँको विकास र रोकिएका कामलाई टुंगोमा पुर्याउन पहल गरिने बताउनु भयो । प्रदेश सरकारका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले बोल्दै बागलुङको यो भेग अति विकास र चेतनाको हिसावले पछि रहेको पाइएका कारण यहाँको विकासलाइ गण्डकी प्रदेशबाट महत्वपूर्ण प्राथमिकता दिइने बताउँदै जनताले झेल्नुपरेका समस्यामा सरकार नजिक रहेर अगाडी बढ्ने बताउनु भयो ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य मानीयन दोर्ण कुमार कुवँरले जनचाहाना विपरित राज्यबाट कुनै दमनकारी निती अपनाएर काम गर्न आफुले सहयोग नगर्ने बताउँदै ढोरपाटन सिकार आरक्षलाई बफर जोन बनाउने विषयमा आफनो कुनै मत नरहेको बताउनु भयो । यहाँका नागरिकको समस्या र गुनासो बुझ्न र भावि रणनिती बनाएर अगाडी बढ्नका निम्ती तिनवटै तहका सरकार र नागरिकको विचमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताउँदै यहाँको विकासमा तिनवटै तहका सरकार विच समन्वय गरेर अगाडी बढिने बताउनु भयो ।
योजना बनाउनु अगाडी प्राविधिक मूल्यांकन, वातावरणीय मूल्यांकन समेत आवस्यक रहेको जनाउँदै रोकिएका सडक बनाउन, ढोरपाटन पुग्ने सडक पुरा गर्न र जनताको समस्यामा हातेमालो गरेर अगाडी बढ्न आफु संधै अग्रणी रुपमा लागिरहेको बताउँदै आफुले जनताको विचमा गरेका बाचा पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले बोल्दै आफुहरुले यहाँको विकासमा मिलेर हातेमालो गर्दे अगाडी बढिएको बताउनु भयो । ढोरपाटन सिकार आरक्षका कारण यहाँका नागरिकले भोगिरहेको समस्यामा आफुले नजिकबाट हेरिरहेको जनाउँदै जनताले सास्ति खेप्नेगरी राज्यबाट दमन हुन नहुने बताउनु भयो ।
निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले समेत ढोरपाटन सिकार आरक्षलाई बफर जोन बनाउन नहुने विषयमा धारणा राख्दै सिकार आरक्ष क्षेत्रमा अवरुद्ध रहेका सडक आयोजनालाई मुर्तरुप दिनका निम्ती पहल गरिदिन प्रदेश र संघ सरकार संग अनुरोध गर्नुभयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जनहित विपरीत राज्यले काम गर्न नहुने बताउँदै ढोरपाटनका जनताको आशा अपेक्षा बफरजाने नभएका कारण त्यसलाइ अगाडी बढाउन आवस्यक नरहेकोमा जोड दिँदै यहाँको विकासमा तिनवटै तहका सरकारको ध्यान जान आवस्यक रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय दुइ दर्जन बढि नागरिकले ढोरपाटन उपत्यकालाई सिकार आरक्षमा नराखी सामुदायिक वनाउनु पर्ने, अवरुद्ध रहेका सडक पुरा गर्न सहयाग गर्नुपर्ने, घाँस, दाउरा, काठको प्रयोगमा अवरोध गर्न नहुने बताएका हुन ।
त्यस्तै ढोरपाटन प्रवेश गर्दा लिइने शुल्क मिनाहा हुनुपर्ने, आरक्षले संकलन गरेको राजश्व स्थानीय सरकारलाई समेत उपलब्ध हुनुपर्ने, ढोरपाटन उपत्यकामा विकास निर्माणमा अवरोध गर्न नहुने ,सिकार आरक्षले नागरिकलाई दुख दिने जस्ता गतिविधी भएका कारण त्यसलाई रोक्नुपर्ने लगाएतका विषयमा धारणा राखेका हुन ।

त्यस्तै सिकार आरक्षबाट आएका जंगली जनावरले खेतिपाती स्याहार्न नदिएको बताउँदै आवश्यक राहातका कार्यक्रम ल्याउनुपर्ने बताएका हुन । नागरिकबाट उठेका प्रश्न जिज्ञासा र गुनासोका सन्दर्भका मन्त्री, सांसद सिकार आरक्ष कार्यालयका प्रमुख लगाएतले प्रस्ट पार्नुभएको हो ।
ढोरपाटन नगरपालिकाको आयोजनामा आयाजीत कार्यक्रममा ढोरपाटन सिकार आरक्ष कार्यालय आसपासमा रहेका बागलुङ, म्याग्दी र रुकुम जिल्लाको समन्वय रहेको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।










