बागलुङको तमानखोला गाउँपालिका दुई कटेरीमा सोमबार पिकअप जिप दुर्घटना भएको छ ।
तमानखोलाको बोङ्गादोभान देखी बराहताल जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घना हुदा ५ जना गम्भीरर अन्य सामान्य घाईते भएका छन् ।
पिकअप दुर्घटना हुँदा गल्कोट नगरपालिकाका वर्ष ३० का मुना विश्वकर्मा , सुन्दरी गाउँपालिकाका जुम्लाका वर्ष २६ का प्रेम रावल , रुकुम पश्चिम बाफिकोट गाउँपालिकाका वर्ष ३२ का सुदरशन कुसारी , तमानखोला गाउँपालिकाका वर्ष २९ का सचिन विश्वकर्मा ,तमानखोला दुईका वर्ष २५ का बसन्ती मगर , गौरझरी नगरपालिका रुकुमका वर्ष २३ का नवीन मल्ल , तमानखोला गाँउपालिकाका वर्ष १२ का मने मगर ,तमानखोला गाँउपालिकाका वर्ष ६३ का इन्द्रकुमारी गीरी , तमानखोला गाँउपालिका वडा नम्बर एकका वर्ष ५२ का मानसरी सेरचन , वर्ष २७ का सुशिल रसाईली , वर्ष २० का झरना गिरी घाइते भएका छन् ।
जसमध्ये गल्कोट नगरपालिकाका वर्ष ३० का मुना विश्वकर्मा र गौरझरी नगरपालिका रुकुमका वर्ष २३ का नविन मल्ललाई थप उपचारको लागि पोखराको धौलागिरी अस्पतालमा रिफर गरिएको र अन्य सामान्य घाईतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नविन्द्र ढकालले बताउनु भयो ।
नयाँ वर्ष मनाउनका लागि सवारी लिएर पिकअप बोङ्गादोभान देखि बराहताल जाने क्रममा दुर्घटना भएको बताईएको छ ।
तमानखोला गाउपालिका दुई कटेरीमा पिकअप दुर्घटना ।।

