दुर्गम क्षेत्रको विद्यालयमा प्राविधिक धार तर्फको पढाई हुन थालेसंगै विद्यार्थी दंग

छविलाल पाण्डे
बागलुङ माघ २७ गते
बागलुङ जिल्लाकै दुर्गम मानिने निसीखोला गाउँपालिकामा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयले शैक्षिण गुणस्तरमा फड्को मार्दे जान थालेको छ । शिक्षा क्षेत्रको गुणस्तरलाई बृद्धि गर्न पहिलो प्राथमिकता दिएको विद्यालयमा पछिल्लो समय प्राविधिक धारतर्फ पशु विज्ञानको पढाई हुन थालेसंगै विद्यार्थीको संख्यामा समेत बृद्धि भएको हो । गत २०७५ सालदेखि पशु विज्ञान विषय तर्फ पढाइ हुन थालेपछि स्थानिय समुदाय तथा विद्यार्थी समेत आर्कषित वन्दै गएका हुन ।
कक्षा ९ देखि १२ सम्म ९० जना विद्यार्थीले पशु विज्ञान तर्फको अध्ययन गरिरहेको र यस क्षेत्रमा पहिलो अभ्यास भएका कारण यस क्षेत्रका विद्यार्थीमा समेत पशु प्राविधिक वन्ने अवसर सृजना भएको विद्यालयका प्रध्यानाध्यापक अमृता बढा मगरले बताउनु भयो । पहिले सामान्य विषय मात्र पढाई हुँदै आएको र शैक्षिक गुणस्तर सम्म सामान्य रहेको अवस्थामा प्राविधिक धार संगै विभिन्न दाताहरुको सहयोगमा कम्प्युटर ल्याव सञ्चालन गरेर कम्प्युटर विषयको समेत पढाई हुँदै आएको हो ।


बागलुङ जिल्लाकै दुर्गम गाउँ वस्तिका विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययन गर्दे आइरहेका हुन । शिक्षा मन्त्रालयबाट पद्दै कमाउँदै कार्यक्रम अन्र्तगत रु १० लाख रुपैयाँ विनीयोजन भई हाल भैँसी पालन कार्यक्रम समेत विद्यालयले सञ्चालन गर्दे आइरहेको हो । विद्यार्थीले सोही फार्ममा रहेका भैँसीको स्याहार सुसार गर्ने दुध विक्रीबाट आर्थिक कोष स्थापना गरि अध्ययनलाई सहजता बनाउनुका साथै विभिन्न पशु फार्ममा पुगेर प्रयोगात्मक कृयाकलाप समेत गर्दे आइरहेका हुन । प्राविधिक धार तर्फको पशु विज्ञान विषयलाई थप प्रभावकारी वनाउन होस्टेलको समस्या रहेका कारण टाढाका विद्यार्थीलाई ल्यान नसकिएको बताउँदै त्यसको व्यवस्थापन गरेर अगाडी बढ्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भरत बुढा मगरले बताउनु भयो ।


दुर्गम वस्ति चेतनाको अभावका बावजुत समेत चार जना डा. शिक्षकको उपश्थितीमा पठन पाठन हुँदै आएको र क्रमश पशु चिकित्सक तर्फ अभिभावक र विद्यार्थीको चाहाना समेत बद्दै गइरहेको प्राविधिक शाखा प्रमुख डा.अच्युत आचार्यले बताउनु भयो ।
दुर्गम ग्रामिण क्ष्ोत्रमा समेत प्राविधिक धार तर्फको पढाई हुन थालेसंगै आफुहरुलाई घरमै वसेर पढ्न पाइएको र आर्थिक रुपमा न्युन परिवारका विद्यार्थीले समेत निशुल्क पढ्न पाउँदा आफुहरु निकै खुसि रहेको विद्यार्थी सम्झना वि.क.ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित