Home Blog Page 7

सोले यूवा क्लब द्धारा आयोजीत जेठ १ मेला तथा विविध कार्यक्रम जारी ।

0

बागलुङको तमान खोला गाउँपालिका ४ लाम्मेलामा स्थापित सोले युवा क्लबले आयोजना गरेको जेठ १ मेला जारी रहेको छ ।
गत जेठ १ देखि सुरु भएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्र्तगत वडा स्तरीय पुरुष भलिवल, ताराखेल, महिला भलिवल, पौद्ध भलिवल,ताराखेल, स्लो बाइक रेस, अण्डर १८ बर्ष भलिवल, महिला पुरुष रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिता जारी रहेको आयोजकले जनाएको छ ।


पर्यटकीय स्थल सोले डाँडाबाट नामकरण भएको क्लबले ऐतिहासिक जेठ १ मेलाको आयोजना गसिर विगत लामो समयदेखि विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम सञ्चालन हुँदै आएको वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।
शुक्रबार आयोजीत कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले क्लबलाई सिल्ड हस्तान्त्रात्रण गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत अमित परियार लगाएत जनप्रतिनिधीको उपश्थिती रहेको थियो ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम दिर्तिय, तिर्तिय हुनेले क्रमश एक लाख एघार हजार, द्वीतियले ६६ हजार ६ सय ६६ र ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने क्लब अध्यक्ष तिलक श्रीपालीले बताउनु भयो ।

प्रतियोगितामा १५ समुहका खेलाडीको सहभागिता रहेको छ । मेलाका अवसरमा विभिन्न स्टल समेत राखी स्थानीय व्यापार व्यवसायलाई पर्वद्धन गरिएको छ ।

बागलुङको निसीखोला–३ द्वारा उत्कृष्ट शिक्षक सम्मान

0

बागलुङ, निसीखोला । निसीखोला गाउँपालिका–३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई सम्मान गरेको छ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै उत्कृष्ट कार्य गर्ने शिक्षकहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनही दुई हजार रुपैयाँ नगदसहित सम्मान गरिएको वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो।

सम्मानित हुने शिक्षकहरूमा प्रभा माध्यमिक विद्यालयमा कार्यरत गोकर्णराज गौतम, बिमल भट्टराई, रामप्रसाद घिमिरे, भूमिराज आचार्य, खिमा गौतम पौडेल, राजेश गिरी तथा ईश्वरी अर्याल रहेका छन्।

कार्यक्रममा बोल्दै सम्मानित शिक्षकहरूले स्थानीय सरकारले गरेको सम्मानले आफूहरूलाई थप हौसला मिलेको बताउँदै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वडा कार्यालयले शिक्षाको विकास र उत्कृष्ट शैक्षिक नतिजालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।
Compose
Write to Chhabi Pandey

बुर्तिबाङमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

0

बुर्तिबाङ, बागलुङ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार बुर्तिबाङमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय पोखराको आयोजनामा ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडा तहका कर्मचारी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबीच कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोगको कार्यालय पोखराका प्रमुख डा. नारायण प्रसाद रेग्मी ले बढ्दो भ्रष्टाचार तथा आयोगमा आउने विभिन्न उजुरीलाई आधार मानेर स्थानीय तहमा सुशासन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा उजुरीको संख्या बढ्दो रहेको र सम्बन्धित निकायबाट समयमै जवाफ तथा आवश्यक कागजात उपलब्ध नगराउँदा अनुसन्धान तथा फर्छ्योट प्रक्रियामा समस्या देखिने गरेको छ ।

उहाँले गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ हजार ४७२ सहित चालु आर्थिक वर्षमा २८ हजार ५५४ गरी कुल ३७ हजार २६ उजुरी दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये २९ हजार ३ वटा उजुरी फर्छ्योट भएको र ९४७ वटा उजुरी विस्तृत अनुसन्धानमा रहेको बताइएको छ । साथै आयोगको कार्यालय पोखराले आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म १० हजार १९४ उजुरी फर्छ्योट गरिसकेको जनाएको छ ।

कार्यक्रममा बागलुङ जिल्लामा गत वर्षका १३ सहित हालसम्म कुल १०४ उजुरी दर्ता भएको उल्लेख गर्दै ४८ वटा उजुरी फर्छ्योट भएको तथा ५६ वटा बाँकी रहेको जानकारी दिइयो । जिल्लामा सबैभन्दा बढी उजुरी बागलुङ नगरपालिका मा, दोस्रोमा गल्कोट नगरपालिका र तेस्रोमा ढोरपाटन नगरपालिका मा रहेको जनाइएको छ । ढोरपाटन नगरपालिकामा गत आर्थिक वर्षका ६ र चालु आर्थिक वर्षका ५ गरी ११ उजुरी दर्ता भएकामध्ये ६ वटा उजुरी फर्छ्योट हुन बाँकी रहेको जानकारी दिइयो ।

कार्यक्रममा धन बहादुर कायत ले स्थानीय सरकारलाई पारदर्शी र सुशासनयुक्त बनाउन कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिसहित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । गैरजिम्मेवार कार्य गर्ने जोसुकै कानुनी दायरामा आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरे को स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण आयोगका नापी अधिकृत उदय पराजुली ले गर्नुभएको थियो ।

उत्तरगंगा माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव ।

0

ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले विविध कार्यक्रमका साथ लामो समयपछि वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत –कल्याण) ले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो । विगत केही वर्षदेखि वार्षिकोत्सव नमनाएको विद्यालयले विधालय का विविध कार्यक्रम सहित मनाइएको छ ।

शैक्षिक र भौतिक रुपमा थप अब्बल बन्दै गइरहेको विद्यालयको गुणस्तर वृद्धिमा सबैले हातेमालो गर्नुपर्ने र यो विद्यालय पुरानो र पश्चिम बागलुङकै इतिहास बोकेको विद्यालय भएका कारण थप नमुना बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । नगरपालिकाको सक्रियतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको र जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैको सक्रियताले गर्दा विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधार हुँदै आएको बताउनु भयो ।

कार्यक्रमका अवसरमा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी भूपू शिक्षक, अभिभावक, व्यवस्थापन समिती, शिक्षक अभिभावक सङ्घका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । विविध आन्तरिक कार्यक्रम सहित बुर्तिबाङ बजारमा र्‍याली सहित परिक्रमा गर्दे वार्षिकोत्सव मनाइएको हो । विद्यालयका प्रधानाध्यापक हरिचन पाण्डे द्धारा आम्दानी खर्च विवरण सहित प्रगति प्रतिवेदन, भावी रणनिति लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रम शिक्षक सह प्रधानध्यापक हिरालाल पौडेलको स्वागत शिक्षक लोकेन्द्र सुनार र चेतनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष दिपक कुमार अदै, शिक्षक अभिभावक संघका अध्यक्ष कुल बहाद्ुर छन्त्याल, ढोरपाटन २ का कार्यवाहक अध्यक्ष विमला महत, पूर्व प्रधानाध्यापक धन बहादुर कुवँर, समाजसेवी तुल्सीराम अर्याल,व्यवस्थापन समिती सदस्य गोपाल महत, निवर्तमान शिक्षक अभिभावक सङ्घका अध्यक्ष रेशम सापकोटा लगायतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो । 

जनता बोर्डिङबाट दुई जनाले लिए ४ जिपिए : सामुदायिकमा विद्याविकास अब्बल

0

बागलुङको बुर्तिबाङ स्थित जनता बोर्डिङ बोर्डिङ स्कुलबाट एसइइ परीक्षामा २ जना छात्रले उत्कृष्ट ४ जिपिए लिएका छन । बोर्डिङमा उदय पौडेल र सम्सेर घतानले उत्कृष्ट अँक ल्याउन सफल भएका छन ।

त्यस्तै ४ जिपिए ल्याउनेमा बुर्तिबाङकै संस्थागत विद्यालय न्यू मोर्डन एकेडेमी बाट रितिजा भुसालले ४ जिपिए लिनुभएको हो । सामुदायिक विद्यालयमा ढोरपाटन नगरपालिका ६ को विद्याविकास माध्यमिक विद्यालयले सबैभन्दा बढि प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो । विद्यालयमा अध्ययनरत २९ विद्यार्थी मध्ये २८ जना अर्थात ९६.५५ प्रतिशत उर्तिण हुन सफल भएका छन ।

संस्थागत विद्यालयमा सबैभन्दा कम विद्यार्थी उर्तिण गराउनेमा ज्यवती विकास माध्यमिक विद्यालय रहेको छ । जहाँ ११ विद्यार्थी मध्ये १ जनामा उर्तिण हुन सफल भएको पाइएको छ । नगरपालिकाको १४ विद्यालयमा कुल ७७.९५ प्रतिशत विद्यार्थी नियमित रुपमा उर्तिण हुन सफल भएका छन ।

ढोरपाटन उवासङ्घले आफ्नै भवन निर्माण गर्दे :बिहीबार शिलान्यास गरियो ।

0

बैशाख ३१ गते
ढोरपाटन उद्योग वाणिज्य सङ्घको आफ्नै भवन निर्माणका निम्ती बिहीबार शिलान्यास गरिएको छ ।
गतबर्ष ढोरपाटन नगरपालिका २ बगरमा करिब ११ आना जग्गा खरिद गरेको सङ्घले यस बर्ष देखि भवन निर्माणमा जुट्ने लक्ष्यका साथ एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
चालु आर्थिक बर्षमा ४० लाख लागतमा भवनको संरचना सुरु गर्ने गरी अगाडि बढाएको र ३ तले पक्की भवन निर्माण गरिने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कुमार अदै ले बताउनु भयो । विशेष पूजाआजा सहित शिलान्यास गरिएको भवनको ढोरपाटन नगरपालिका नगर प्रमुख धन बहादुर कायत र संस्थाका अध्यक्ष दीपक कुमार अदै ले पूजाआजा गर्नुभएको थियो ।

संस्थालाई केन्द्रसम्म जोड्न र आफ्नै भवनबाट सेवा प्रवाह गराउने उद्देश्य सहित उद्योग वाणिज्य संघ ढोरपाटनमा आवद्ध सदस्यबाट आर्थिक सङ्कलन गरेर जग्गा खरिद गरिएको निवर्तमान अध्यक्ष एवम् प्रदेश सदस्य ढालेन्द्र छन्त्यालको भनाई छ ।

आयोजित शिलान्यास कार्यक्रममा उद्योग वाणिज्य सङ्घका पदाधिकारी, सदस्य लगायतको सहभागिता रहेको थियो ।

ढोरपाटन ५ लामडाँडामा ट्याक्टर दुर्घटना १६ बर्षिय किसोरको ज्यान गयो ।

0

 

बागलुङको ढोरपाटन नगरपालिका ५ लामडाँडामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा १६ बर्षिय एक किसोरको ज्यान गएको छ ।
लामडाँडा देखि बुर्तिबाङ तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका ५ का १६बर्षिय शुसिल कुमार विकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

ध १ त ५७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ११ फिट तल चुणामणी बिकको ढुङ्गा–माटोले बनेको एकतले कच्ची गोठमाथि खसेर थियो ।

दुर्घटनामा घाइते भएका बिकलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पुगेपछि प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो । चाललक घटना लगत्तै फरार रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहर्रीले जनाएको छ ।

ढोरपाटन ३ घोसामा गोरु काट्दै गरेको अवस्थामा १० जना पक्राउ ।

0

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । वैशाख २८ गते साँझ विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय चैते विकसँग बस्ने भत्तबहादुर सुनारले पाल्न लगाएको गोरु काटिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरुमा लालबिर विक, १८ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर बि क, ५३ वर्षीय तिलप्रसाद सुनार, ६० वर्षीय थमबहादुर सुनार, ४६ वर्षीय बिमल बि क, २२ वर्षीय बिनोद सुनार, ३० वर्षीय जालबहादुर कामी, ३७ वर्षीय भक्तबहादुर सुनार र ४० वर्षीय रिखप्रसाद सुनार रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले साँझ पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ ।

ढोरपाटन नगरले भन्यो सडक पेटिमा सामान राखेमा जफत गरिने ।

0

ढोरपाटन नगरपालिकाले बुर्तिबाङ बजारलाई व्यवस्थित बनाउन ६ बुँदै बजार व्यवस्थापन सम्बन्धी जानकारी गराउँदै ध्यानाकर्षण गराएको छ । नगरपालिकाले बजारका सडक पेटिमा सामान राखेर पैदल यात्रुलाई समस्या हुने गरी सामान नराख्न आग्रह गर्दे सडक पेटिमा सामान राखेको भेटिएमा जफत गरिने जानकारी गराएको छ ।

नगरपालिकाले सडक मिचेर पेटी विस्तार गरिएको पाइएका कारण पालिकाले उक्त संरचना हटाउने जनाएको छ । व्यवसायीले व्यवसाय गर्दा म्याद गुज्रिएका सामान बिक्री गर्न नपाइने, व्यवसाय अनिवार्य दर्ता र नवीकरण गर्नुपर्ने , सडक छेउमा सवारीका साधन राख्दै गर्दा एक साइमा राख्नुपर्ने र चालकले सवारी छोडेर जान नहुने जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे द्धारा हस्ताक्षरित पत्रअनुसार विद्यालय समय बिहान ९ः२० देखि १० बजेसम्म र बेलुकी ३ः४० देखि ४ः३० सम्म यातायातका साधन तथा मालवाहक ट्रकहरू बजार क्षेत्रमा प्रवेश निषेधका साथै उक्त समयमा सामान लोड अनलोड गर्न नपाइने जनाइएको छ ।

सफा बजार व्यवस्थापन गर्नका निम्ती फोहोर व्यवस्थापनमा सहयोग गर्न र फोहोर मैला व्यवस्थापन शुल्क समयमा बुझाउन समेत अपिल गरिएको हो । बजार क्षेत्रमा लामो समयदेखि अव्यवस्थित सवारी पार्किङ, ध्वनि प्रदुषण, सडक मिचेर संरचना निर्माण र व्यवसाय विस्तार जस्ता समस्या नागरिकले भोग्दै आएका छन । बजारमा जेब्रा क्रसिङ अभाव रहेको छ ।

सवारी गति सीमितता नहुँदा ठुलो दुर्घटना हुन सक्ने जोखिम समेत उत्तिकै रहेको हो ।

निसीखोला गाउँपालिकामा २९ सय बढि विद्यार्थीलाई सवा दुई करोड बढिको सामाग्री हस्तान्तरण ।

0

 बागलुङको निसीखोला गाउँपालिका अन्र्तगत विभिन्न ४५ सामुदायिक विद्यालयमा अध्ययनरत ६ वर्षदेखि १२ बर्ष उमेर समुहका २९१३ जना बालबालिका विभिन्न सामाग्रि हस्तान्तरण गरीएको छ ।

स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्ड क्यानडियन संस्थाको सहयोगमा तथा रोटरी क्लब अफ हिमालयन ग्लो फोर्स काठमान्डौको व्यवस्थापन एवम् निसीखोला निवासी समाजसेवी कृष्ण पुनको सक्रियतामा कुल २ करोड ३४ लाख बराबरको सामाग्री गाउँका विद्यालयमा पुगेर हस्तान्तरण गरीएको समाजसेवी कृष्ण पुनले बताउनु भयो ।

विद्यार्थीलाई म्याट सेट,झुल, ब्याग, सिरक, ट्रयाकसुट लगायतका सामाग्री उपलब्ध गराइएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स का अध्यक्ष भाइराजा पाण्डेले बताउनु भयो । विद्यार्थीलाई यसरी ठुलो परिणाममा आएको सहयोगले अध्ययनमा थप हौसला बढ्नुका साथै अभिभावकको आर्थिक अभावका कारण राम्रो सँग लत्ता कपडा खरिदमा समेत समस्या भएको अवस्थामा धेरै राहत पुगेको समाजसेवी टेकराज पौडेलले बताउनु भयो ।

विद्यालयमै पुगेर अभिभावकको रोबरमा उक्त सामाग्री उपलब्ध गराइएसँगै अभिभावक समेत खुसी भएका छन । अभियानमा विदेशी सहयोगी टिम सहित क्लबका अध्यक्ष भाइराजा पाण्डे, रविन्द्र तिवारी, टेकराज पौडेल, कृष्ण पुन, हेमराज सापकोटा लगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।