Home Blog Page 6

निसीखोलामा बाल संवाद, सामूहिक प्रतिबद्धता तथा ज्ञापनपत्र हस्तान्तरण

0

बुर्तिबाङ जेठ २२ गते — विश्व वातावरण दिवसको अवसरमा निसीखोला गाउँपालिकामा जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी बाल संवाद, सामूहिक प्रतिबद्धता तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

टिडिएच होम्स जर्मनीको आर्थिक सहयोगमा विवाईसि बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत निसीखोला गाउँपालिका–४ झिवाखोलामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूका बाल क्लबका पदाधिकारी तथा संरक्षक शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षणका उपाय तथा बालबालिकाको भूमिकाबारे छलफल गरिएको थियो। पालिकाभरका ८ वटा सामुदायिक विद्यालयका बाल क्लब पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

बाल क्लबका प्रतिनिधिहरूले निसीखोला गाउँपालिकालाई जलवायु परिवर्तन रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिसम्बन्धी १० बुँदे मागपत्र र १० बुँदे सुझावसहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ती लाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष रमेश विक्रम शाही तथा वडा नं. ४ का वडा अध्यक्ष टिकानिधि पौडेल को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण परियोजनाका सामाजिक परिचालन अधिकृत रमिता पुन मगर ले गर्नुभएको थियो। सहभागीहरूले वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि स्थानीय तह, विद्यालय र समुदायबीच समन्वयात्मक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

बुर्तिबाङमा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवश बृहत अन्तरक्रिया कार्यक्रम सहित मनाइयो ।

0

 

बुर्तिबाङमा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवश बृहत अन्तरक्रिया कार्यक्रम सहित मनाइएको छ ।  प्रश्न जनताको, जवाफ राज्यको भन्ने मूल उदेश्य सहित पश्चिम बागलुङका विभिन्न पालिका संगको समोन्य र पश्चिम बागलुङ संयूक्त दलित समन्य समितीको आयोजनामा बृहत कार्यक्रम सम्पन्न भएको हो ।

समोन्य समितीका ढोरपाटन नगर संयोजक दिलिप थापा –विश्वकर्मा) को अध्यक्षतामा आयाजीत कार्यक्रममा क्षेत्र नम्बर २ का संघिय सांसद सोम शर्माको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा प्रदेश सांसद दिलमाया पौवी, स्थानीय तहका प्रमुख ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बि।क।, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख नवराज बराल तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भिम भुर्तेल, सहित विभिन्न पालिकाका जनप्रतिनिधी, दलित अभियान्ता, सामाजिक अभियान्ता, लगाएतको सक्रिय सहभागिता रहेको छ ।

 कार्यक्रममा सहभागिले राज्य पक्षलाई विभिन्न विषयमा प्रश्न, जिज्ञासा राखेका छन ।  २१ औँ शताब्दीमा पनी जातीय छुवाछुत अझै अन्त्य नभएको र सबैको अपनत्व र राज्यलाई थप जिम्मेवार बनाउने शन्देस सहित बुर्तिबाङमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागि नागरिकले राखेका प्रश्न जिज्ञासाका विषयमा जनप्रतिनिधी  विभिन्न कार्यालयका प्रमुखले जातिय विभेद गाउँ समाजमा अझैपनी हुनु दुखद रहेको र त्यसलाई न्युनिकरणमा सरकारले जिम्मेवार पूर्वक अभियान अगाडी बढाइरहेको बताउनु भयो । विभेद जन्य गतिविधी जो कोहीले गरेपनी त्यसलाई रोक्नका निम्ती सबैको भुमिका महत्वपूर्ण रहेको र जातिय विभेद गर्ने जो कोहीपनी कानुनको दायरामा जाने सहभागिले प्रतिबद्धता जनाउँदै स्थानीय सरकार, राज्यका संयन्त्र जवाफदेही संगै जातिय विभेद अन्त्य गर्ने अभियानमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा सांसद सोम शर्मा, दिलमाया पौवी, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि== जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख नवराज बराल तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भिम भुर्तेल लगाएतले नागरिक तहबाट आएका प्रश्न, जिाज्ञासा र गुनासोको सन्दर्भमा जवाफ दिनुभएको थियो ।

बुर्तिबाङमा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवश बृहत अन्तरक्रिया कार्यक्रम सहित मनाइदै

0

बुर्तिबाङमा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवश बृहत अन्तरक्रिया कार्यक्रम सहित मनाइदै छ ।
प्रश्न जनताको , जवाफ राज्यको भन्ने मूल उदेश्य सहित पश्चिम बागलुङका विभिन्न पालिका संगको समोन्य र पश्चिम बागलुङ संयूक्त दलित समन्य समितीको आयोजनामा बृहत कार्यक्रम भइरहेको छ ।
क्षेत्र नम्बर २ का संघिय सांसद सोम शर्माको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा प्रदेश सांसद दिलमाया पौवी, स्थानीय तहका प्रमुख ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बि.क., तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल सहित विभिन्न पाकिकाका जनप्रतिनिधी, दलित अभियान्ता, सामाजिक अभियान्ता, लगाएतको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागिले राज्य पक्षलाई विभिन्न विषयमा प्रश्न, जिज्ञासा राखेका छन ।
२१ औँ शताब्दीमा पनी जातीय छुवाछुत अझै अन्त्य नभएको र सबैको अपनत्व र राज्यलाई थप जिम्मेवार बनाउने शन्देस सहित बुर्तिबाङमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागि नागरिकले राखेका प्रश्न जिज्ञासाका विषयमा जनप्रतिनिधीले जातिय विभेद गाउँ समाजमा अझैपनी हुनु दुखद रहेको र त्यसलाई न्युनिकरणमा स्थानीय सरकारले जिम्मेवार पूर्वक अभियान अगाडी बढाइरहेको बताउनु भयो ।

कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क. लगाएतले जवाफ दिइरहनु भएको छ ।

प्रकाश माध्यमिक विद्यालयको ५५ औँ बार्षिकोत्सव: आइसिटी ल्याव निर्माणमा पहल गर्ने सांसद कुवँरको प्रतिबद्धता ।

0

ढोरपाटन नगरपालिका ४ हुन्द्राफेदी स्थित प्रकाश माध्यमिक विद्यालयको ५५ औँ बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । विधालयका आन्तरीक सहित विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम संगै बुधबार गण्डकी प्रदेश सांसद माननीय दोर्ण कुमार कुवँरले कार्यक्रमको उद्धघाटन गर्नूभएको हो ।

विद्यालय व्यवस्थापन समितीका जेष्ठ सदस्य हिरा बहादुर खत्रीको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रमुख अतिथी सांसद कुवँरले बोल्दै आफु र माननीय दिमाया पौवीले आफनो निर्वाचन क्षेत्रमा क्षमताले भ्याएसम्म धेरै विकास निर्माणका काम गरिरहेको बताउँदै आगामी बजेट तथा कार्यक्रममा कार्यान्यन हुने गरी मोटरेवल पुल, सडक, खानेपानी आयोजनाका निम्ती बजेट सुनिश्चत भइसकेको बताउनु भयो ।

संघिय सरकारका मार्फत ५ वटा मोटरेवल पुल निर्माणका निम्ती बजेट सुनिश्चत भइसकेको बताउँदै ढोरपाटन ३ मा लामो समय देखि बन्ने भनिएपनी बन्न नसकेको चाँचलघाट मोटरेवल पुल आगामी बर्ष निर्माण सुरु हुने प्रतिबद्धता समेत जनाउनु भयो ।

प्रकाश माध्यमिक विद्यालयमा समेत थुप्रै समस्या रहेको विद्यालयबाट जानकारी प्राप्त भएको बताउँदै सांसद कुवँरले भन्नुभयो आफुले सकेजती विकासमा समोन्य गर्ने बताउनु भयो । विद्यालयको आइसिटी ल्याव, सौचाल, भवन लगाएतका माग रहेकामा प्राविधिक विकासलाई अगाडी बढाउन आइसिटी ल्यावका निम्ती पहिलो प्राथमिकता दिने बताउनु भयो ।

कार्यक्रमका अवसरमा विशिष्ट अतिथी गण्डकी प्रदेश सांसद दिलमाया पौवीले बोल्दै शिक्षा क्षेत्रको विकासले मात्र मानिसको विकास र समाजको समृद्धि हासिल हुने बताउँदै आफुहरुले प्रदेश सरकार मार्फत शिक्षा क्षेत्रमा धेरै काम गरिएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका निम्ती अझै प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत शितल पाण्डे, कार्यपालिका सदस्य कुल बहादुर छन्त्याल, जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयका प्रध्यानाध्यापक राम बहादुर रानाले विद्यालयको शैक्षीक, भौतिक र आर्थिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।शिक्षक मिरा सुनारको स्वागत रहेको कार्यक्रम शिक्षक भिम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

निसीखोला गाउँपालिका–१, हर्पेमा एक पुरुषको शव फेला ।

0

१७ जेठ २०८३, बुर्तिबाङ ।
निसीखोला गाउँपालिका वडा नं. १, हर्पे, लसीकोटमा सोही स्थानका ४३ वर्षीय टेक बहादुर गुरुङको शव हिजो साँझ करिव ८ बजे तिर फेला परेको हो । पाँचौ निसीखोला गाउँपालिका अध्यक्ष कपको मेला हेरेर फर्कने क्रममा स्थानीयले शव देखेपश्चात प्रहरीलाई खबर गरेका थिए । मृतकको दायाँ आँखाको माथि पट्टी गम्भीर चोट लागेको देखिएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा मृतकको शवलाई पोष्टमाटमका लागि बुर्तिबाङ अस्पताल ल्याइएको छ । घटनाको प्रकृति हेर्दा कुनै धारिलो हतियार वा ढुङ्गाको प्रयोग गरी हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय  बुर्तिबाङले जनाएको छ ।

रास्वपा ढोरपाटनको सभापतिमा पुनः अमर लोप्चन ।

0

 राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) को पहिलो अधिवेशनबाट अमर लोप्चन पुनः सभापतिमा चयन हुनु भएको छ ।

तर्दथ समितिको सभापती समेत रहेका लोप्चन बिहिबार बुर्तिबाङमा आयोजित अधिवेशनबाट अमर लोप्चन सभापति रहेको १३ सदस्य नगर समितीको गठन गरिएको हो ।

समितिको उपसभापतिमा विमल विश्वकर्मा, सचिव सिता कुमारी अर्याल कुवँर, सहसचिव छम प्रकाश रसाइली, कोषाध्यक्ष विक्रम वि.क. सर्वसम्मत चयन हुनुभएको हो । समितिको सदस्यमा कुम बहादुर वि.क., ज्ञानि खत्री, कृष्ण कुमारी वि.क., शक्ति वि.क., सविन वि.क., गोविन्द वि.क., झरना रेग्मी, टँक बहादुर श्रीपाली चयन हुनुभएको हो ।

त्यस्तै भेलाले जिल्ला र प्रदेश अधिवेशनका निम्ती प्रतिनिधि छनौट लगायतका निर्णय समेत गरिएको छ । आयोजित कार्यक्रमको खुल्ला सत्रमा अमर लोप्चन को सभापतित्व, गण्डकी प्रदेश समिति सदस्य चित्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे थापाले पार्टीलाई थप उचाइमा पुर्याउन जिम्मेवार नेतृत्वले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नयाँ कार्य समितीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, जिल्ला सचिव ववीन खत्री, जिल्ला सदस्य डोर लाल सुवेदी, जिल्ला सदस्य हुम कुमारी भण्डारी, सुनिता वि.सी, प्रदेश महाधिवेशन प्रतिनिधि धुव्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्षेत्रीय सभापति दीपक घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

0

२५ सयभन्दा बढी बालबालिकाले पूरा गरे १३ प्रकारका खोपको मात्रा

बागलुङ, जेठ १३ — ढोरपाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।

ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले लगाउनुपर्ने १३ प्रकारका खोपको सम्पूर्ण मात्रा पूरा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

नगरपालिकाभित्र १५ महिनामुनिका ६२२ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेका छन् भने १६ महिनादेखि ५ वर्षमुनिका १ हजार ९९६ जना लक्षित उमेर समूहका बालबालिकासहित कुल २ हजार ६ सयभन्दा बढी बालबालिकाले पूर्ण खोपको मात्रा पूरा गरेका छन्। स्वास्थ्य शाखाका अनुसार पालिकामा एक जना बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको र १९ जनाले सबै प्रकारका नियमित खोप पूरा नगरेको तथ्यांक रहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका बालबालिकाले आवश्यक सम्पूर्ण खोपको मात्रा पूरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया सम्पन्न गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो।

स्वास्थ्य कार्यालयका अनुसार १५ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध प्रदान गरिने १३ प्रकारका खोपको सम्पूर्ण मात्रा प्राप्त गरेका छन्।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्मा ले पूर्ण खोप सुनिश्चितताको दिगोपनालाई निरन्तरता दिन सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले दादुरा–रुबेला महामारी नियन्त्रणमा समेत नगरपालिकाले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा अभियानमा सहयोग पुर्‍याउने स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ, बुर्तिबाङ अस्पताल, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। खोप लगाउन आनाकानी गर्ने अभिभावक तथा परिवारलाई घरदैलोमै पुगेर सचेतनामूलक अभियान सञ्चालन गरी खोप कार्यक्रममा सहभागी गराइएको जानकारी समेत दिइएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण केशव थापाले गर्नुभएको थियो।

बुर्तिबाङ बजारका तिन दर्जन बढि पलसको अनुगमन : अखाध्य बस्तु विक्री गर्नेलाई सचेत गराइयो ।

0

ढोरपाटन नगरपालिका द्धारा बुर्तिबाङ बजारका तिन दर्जन बढि पलसको अनुगमन गरिएको छ ।

नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत कृषि विकास शाखाको आयोजना तथा खाध्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको प्राविधिक सहयोगमा बजार अनुगमन सुरु गरिएको हो ।

तिन दिन सम्म नियमित गरिने अनुगमनका क्रममा म्याद गुज्रिएका सामान, अखाध्य सामान, सरसफाई तथा मूल्य सुचि र व्यवसाय दर्ता नविकरण भए नभएको विषयमा अनुगमन गरिएको कृषि विकास शाखा प्रमुख सुरेन्द्र यादवले बताउनु भयो ।
अनुगमनका क्रममा ९ वडा खाध्यान्ह पसलमा मसला जन्य बस्तु म्याद गुज्रिएको अवस्थामा पनी विक्रीका लागि राखिएको, सरसफाई कम देखिएको पाइएको छ ।

३ वटा रेष्टुरेन्ट, चटपट पसलमा अखाध्य कलर प्रयोग गरेर विक्री गर्ने गरेको र ३ वटा पसल व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका सामान विक्रीका लागि राख्ने, सरसफाई कम देखिएका र व्यवसाय दर्ता नगरेका व्यवसायीलाई सचेत गराउँदै १० दिन भित्र सुधार गर्ने सुझाब दिइएको हो ।

अनुगमनमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे, उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष दिपक कुमार अदै इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख, इलाका प्रहरी बुर्तिबाङ, नगरपालिका कृषि शाखा , भेटेनरी शाखा, व्यवसाय दर्ता शाखा ,पत्रकार, नगर प्रहरी, बजार व्यवस्थापक लगाएतको सहभागितामा रहेको थियो ।

बुर्तिबाङ बजारमा जुवातास नियन्त्रण लिन नगरपालिकाले गरायो ध्यानाकर्षण ।

0

बुर्तिबाङ बजारमा खुलेयाम रुपमा जुवातास खेल्ने र खेलाउनेको सँख्या बढेसँगै ढोरपाटन नगरपालिका र ढोरपाटन उद्योग वाणिज्य सङ्घको सक्रियतामा जुवातास जन्य गतिविधि नियन्त्रण गर्न आग्रह गरिएको छ ।

विभिन्न टोल विकास संस्था मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएसँगै नगरपालिकाले आगामी दिनमा यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

बजारमा घर भाडा नै लिएर खुलम खुल्ला जुवा खेलाउने र खेल्नेमा बढि मात्रामा राजनैतिक दलका नेताहरू, जनप्रतिनिधि, व्यवसायनै सक्रिय देखिएपछि  ढोरपाटन नगरपालिकाले सञ्चालन गर्ने सार्वजनिक सुनवाई कार्यक्रममा समेत पटक पटक ध्यानाकर्षण गराइएको थियो ।

बजारका चोक चोकमा घर भाडा नै लिएर जुवातास खेलाउने र खेल्ने दुवैलाई सम्बन्धित निकायले कारवाहीको दायरामा ल्याउनुपर्ने नागरिकले बताउने गरेका छन । 

ढोरपाटनका महिलालाई उद्यमशील बनाउन अचार बनाउने र चुरापोते बनाउने तालिम ।

0

 

ढोरपाटन नगरपालिकाको आयोजनामा महिलाहरूका लागि अचार बनाउने तालिम र चुरापोते बनाउने तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको महिला उद्यमशीलता कार्यक्रम अन्तरगत २६ जना नगरपालिका भित्रका महिलाका निम्ती एक हप्ते अचार बनाउने तालिम र १ हप्ते चुरापोते बनाउने तालिम सम्पन्न गरिएको ढोरपाटन नगरपालिका २ का कार्यवाहक अध्यक्ष विमला महतले बताउनु भयो ।

महिलाहरूलाई साना उद्यम मार्फत आर्थिक उर्पाजन मा जोड्नका निम्ती यस्तो प्रकारको तालिम आयोजना गरिएको र सीप विकासले गर्दा महिला दिदीबहिनी खुसी भएको महतले बताउनु भयो ।

एक हप्ता सम्म निःशुल्क तालिम लिएसँगै विभिन्न प्रकारका अचार बनाएर आफै आत्मनिर्भर बन्न सकिने भएको प्रशिक्षार्थी मिना खत्रीले बताउनु भयो ।

चुरापोते बनाउने तालिम उषा कुमारी खत्री भुसाल र अचार बनाउने चन्द्रकला राना मगरले दिनुभएको हो । महिला लक्षित कार्यक्रमले उहाँहरूको नेतृत्व विकास र सीप विकासमा महत्वपूर्ण सहयोग पुर्याउने लक्ष्य लिइएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।