बुर्तिबाङमा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवश बृहत अन्तरक्रिया कार्यक्रम सहित मनाइएको छ । प्रश्न जनताको, जवाफ राज्यको भन्ने मूल उदेश्य सहित पश्चिम बागलुङका विभिन्न पालिका संगको समोन्य र पश्चिम बागलुङ संयूक्त दलित समन्य समितीको आयोजनामा बृहत कार्यक्रम सम्पन्न भएको हो ।
समोन्य समितीका ढोरपाटन नगर संयोजक दिलिप थापा –विश्वकर्मा) को अध्यक्षतामा आयाजीत कार्यक्रममा क्षेत्र नम्बर २ का संघिय सांसद सोम शर्माको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा प्रदेश सांसद दिलमाया पौवी, स्थानीय तहका प्रमुख ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बि।क।, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख नवराज बराल तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भिम भुर्तेल, सहित विभिन्न पालिकाका जनप्रतिनिधी, दलित अभियान्ता, सामाजिक अभियान्ता, लगाएतको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागिले राज्य पक्षलाई विभिन्न विषयमा प्रश्न, जिज्ञासा राखेका छन । २१ औँ शताब्दीमा पनी जातीय छुवाछुत अझै अन्त्य नभएको र सबैको अपनत्व र राज्यलाई थप जिम्मेवार बनाउने शन्देस सहित बुर्तिबाङमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागि नागरिकले राखेका प्रश्न जिज्ञासाका विषयमा जनप्रतिनिधी विभिन्न कार्यालयका प्रमुखले जातिय विभेद गाउँ समाजमा अझैपनी हुनु दुखद रहेको र त्यसलाई न्युनिकरणमा सरकारले जिम्मेवार पूर्वक अभियान अगाडी बढाइरहेको बताउनु भयो । विभेद जन्य गतिविधी जो कोहीले गरेपनी त्यसलाई रोक्नका निम्ती सबैको भुमिका महत्वपूर्ण रहेको र जातिय विभेद गर्ने जो कोहीपनी कानुनको दायरामा जाने सहभागिले प्रतिबद्धता जनाउँदै स्थानीय सरकार, राज्यका संयन्त्र जवाफदेही संगै जातिय विभेद अन्त्य गर्ने अभियानमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा सांसद सोम शर्मा, दिलमाया पौवी, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि=क= जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख नवराज बराल तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भिम भुर्तेल लगाएतले नागरिक तहबाट आएका प्रश्न, जिाज्ञासा र गुनासोको सन्दर्भमा जवाफ दिनुभएको थियो ।








