बागलुङको निसीखोला गाउँपालिका अन्र्तगत विभिन्न ४५ सामुदायिक विद्यालयमा अध्ययनरत ६ वर्षदेखि १२ बर्ष उमेर समुहका २९१३ जना बालबालिका विभिन्न सामाग्रि हस्तान्तरण गरीएको छ ।
स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्ड क्यानडियन संस्थाको सहयोगमा तथा रोटरी क्लब अफ हिमालयन ग्लो फोर्स काठमान्डौको व्यवस्थापन एवम् निसीखोला निवासी समाजसेवी कृष्ण पुनको सक्रियतामा कुल २ करोड ३४ लाख बराबरको सामाग्री गाउँका विद्यालयमा पुगेर हस्तान्तरण गरीएको समाजसेवी कृष्ण पुनले बताउनु भयो ।
विद्यार्थीलाई म्याट सेट,झुल, ब्याग, सिरक, ट्रयाकसुट लगायतका सामाग्री उपलब्ध गराइएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स का अध्यक्ष भाइराजा पाण्डेले बताउनु भयो । विद्यार्थीलाई यसरी ठुलो परिणाममा आएको सहयोगले अध्ययनमा थप हौसला बढ्नुका साथै अभिभावकको आर्थिक अभावका कारण राम्रो सँग लत्ता कपडा खरिदमा समेत समस्या भएको अवस्थामा धेरै राहत पुगेको समाजसेवी टेकराज पौडेलले बताउनु भयो ।
विद्यालयमै पुगेर अभिभावकको रोबरमा उक्त सामाग्री उपलब्ध गराइएसँगै अभिभावक समेत खुसी भएका छन । अभियानमा विदेशी सहयोगी टिम सहित क्लबका अध्यक्ष भाइराजा पाण्डे, रविन्द्र तिवारी, टेकराज पौडेल, कृष्ण पुन, हेमराज सापकोटा लगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।








