Home Blog Page 8

ढोरपाटन नगरपालिकाको चालू आ.व.मा ४९.४९ प्रतिशत बजेट खर्च ।

0

ढोरपाटन नगरपालिकाको आयोजनामा मङ्गलबार वडा नम्बर ३ को कार्यालयमा चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्म भएका विकास निर्माण, सेवा प्रवाह र कार्यक्रम योजनाका सन्दर्भका सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

 ढोरपाटन नगरपालिकाको चालु आर्थिक बर्षको हालसम्म ४९.४९ प्रतिशत बजेट खर्च भएको छ । मङ्गलबार नगरपालिकाको आयोजनामा वडा नम्बर ३ मा आयोजीत दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका कार्यक्रम , बजेट, योजना र भावि लक्ष्यका विषयमा जानकारी गराइएको थियो । 


ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाले चालु तर्फ ५८.७३ प्रतिशत र पूँजीगत तर्फ २३.८३ प्रतिशत बजेट खर्च भएको पाइएको हो । प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेद्वारा प्रस्तुत प्रतिवेदन अनुसार २२९ विकाश योजना मध्ये १८१ योजनाको सम्झौता भई १८ योजना सम्पन्न भइसकेको, ९० योजनाको भुक्तानी भएको २८ योजनाको लागत तयार र ४८ योजना सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा १०२ व्यवसाय दर्ता भएको, ८५५ नवीकरण र ११ सङ्घसंस्था नवीकरण भएको पाइएको छ ।

नगरपालिकाले गरेका काम , योजना, सेवा प्रवाह र विकास निर्माणका सन्दर्भमा सहभागि नागरिकले खुलेर प्रश्न जिज्ञासा र गुनासो व्यक्त गरेका छन । सहभागि नर बहादुर गुरुङ, विमल विश्वकर्मा, हिरा बहादुर खत्री, गंगा बहादुर घर्ति, लोक बहादुर विश्वकर्माले आफ्नो तर्फदेखि खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात, सडकका विषयमा धारणा राख्नु भएको हो ।


त्यस्तै केशर बहादुर छन्त्याल, प्रकाश परियार, भीमकला खत्री गोविन्द वि.क. लगायतले स्थानीय स्तरमा योजनाको छनौट, दीर्घकालिक योजना, विकास निर्माणमा हुनुपर्ने प्राथमिकता लगायतका विषयमा जिज्ञासा, प्रश्न र गुनासो राख्नु भएको हो । सुझाब केन्द्रित धारणा बढि रहेको थियो ।
कार्यक्रममा सहभागिबाट उठेका धारणाको विषयमा कार्यवाहक मेयर धन बहादुर कायत, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा अध्यक्ष खिम बहादुर सुनार, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा, शिक्षा शाखा पुष्पक दाहाल, बुर्तिबाङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल भुसाल, रोजगार शाखा संयोजक हिरालाल खनाल, लगायतले प्रस्ट पार्नुभएको हो । कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न भएको हो । 

हिमालय लाइफ इन्स्योरेन्स द्धारा देविस्थान माविमा ब्याग हस्तान्तरण ।

0

 हिमालय लाइफ इन्स्योरेन्स कम्पनी प्रादेशिक कार्यालय बागलुङ द्धारा देविस्थान माध्यमिक विद्यालयका ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेको छ ।

निसीखोला गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयका कक्षा नर्सरी देखि ११ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीले बताउनु भयो ।

हिमालय लाइफ इन्स्योरेन्स कम्पनी असिस्टेन्ट हरि प्रसाद ढुँगाना, प्रादेशिक प्रमुख गणेश धमला, उप प्रादेशिक प्रमुख बलराम गौतम, बुर्तिबाङ शाखा प्रमुख प्रेमराज पौडेल लगायतको उपश्थितीमा हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन मगरको अध्यक्षता ,निसीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिभावक र स्थानीय जनप्रतिनिधिको रोबरमा वितरण गरिएको जनाइएको छ ।

कम्पनीले सामाजिक दायित्व अन्र्तगत विद्यालयलाई ब्याग उपलब्ध गराएको हो । कार्यक्रममा जनप्रतिनिधि सँग बिमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

सोले युवा क्लबले जेठ १ विशेष विविध कार्यक्रम गर्दे ।

0

बगलुङको तमान खोला गाउँपालिका ४ लाम्मेलामा स्थापित सोले युवा क्लबले जेठ १ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्यटकीय स्थल सोले डाँडाबाट नामकरण भएको क्लबले ऐतिहासिक जेठ १ मेलाको आयोजना गरिएको क्लब अध्यक्ष श्रीपालीले बताउनु भयो 

विगतका वर्षमा जस्तै यसवर्ष पनी पुरुष महिला भलिवल, पौद्ध भलिवल,ताराखेल, स्लो बाइक रेस, अण्डर १८ बर्ष भलिवल, महिला पुरुष रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम दिर्तिय, तिर्तिय हुनेले क्रमश एक लाख एघार हजार, द्वीतियले ६६ हजार ६ सय ६६ र ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । जेठ १ गतेदेखि सञ्चालन हुने मेलाको आवश्यक तयारी भइरहेको क्लबले जनाएको छ ।

बैशाख पूर्णिमामा उत्तरगंगा ढोरबराहमा पुजाआजा

0

ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमाको दिन शुक्रबार भक्तजनको भीड लागेको छ ।

नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको उपत्यका सडक सञ्जालले जोडिएपछि उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको छ ।

उत्तरगंगा ढोरबराहको पूजा गर्न बैशाख पूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरु ढोरपाटन उपत्यका पुग्ने गर्छन् । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन समेत छ ।

ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।

उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमा, जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजाका साथै बलि दिने चलन रहेको छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्ला म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको  पाइएको छ । सडक सञ्जाल सहज हुँदै गर्दा पर्यटक तथा दर्शनार्थीको सँख्या प्रत्यक बर्ष बृद्धि हुँदै गएको हो ।

“बोबाङमा सरसफाइको नेतृत्व गर्दै स्वास्थ्यकर्मी”।

0

छविलाल पाण्डे

बागलुङको ढोरपाटन नगरपालिका–स्थित बोबाङ गाउँलाई फोहोरमुक्त बनाउने अभियानमा स्वास्थ्यकर्मीहरू नै अग्रपंक्तिमा खटिएका छन्।

उनीहरूले स्थानीय नागरिकलाई सचेत बनाउँदै सरसफाइ अभियानलाई तीव्रता दिएका छन्।

पर्यटकीय हबका रूपमा विकास हुँदै गएको ढोरपाटनको प्रवेशद्वारमै रहेको बोबाङ गाउँमा फोहोरले स्वागत गर्ने अवस्था देखिएपछि यसको अन्त्यका लागि स्वास्थ्यकर्मीहरूले नेतृत्व लिएका हुन्। ढोरपाटन नगरपालिका स्वास्थ्य शाखासहित स्थानीय स्वास्थ्यकर्मी सरसफाइ अभियानमा सक्रिय रूपमा जुटेका छन्।

ढोरपाटन नगरपालिका–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत मानसिंह पुनले सुरु गरेको ‘गाउँटोल सरसफाइ महाअभियान’ दुई वर्ष पुग्न लागेको छ। गाउँका टोलबस्ती, सार्वजनिक स्थल, नदी–खोल्सा लगायतका स्थानमा जथाभावी फोहोर थुप्रिन थालेपछि स्वास्थ्यकर्मीहरूले स्थानीयलाई परिचालन गर्दै नियमित सरसफाइ र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

स्वास्थ्य संस्थामा बसेर बिरामीको उपचार गर्नु स्वास्थ्यकर्मीको मुख्य काम भए पनि समाजलाई सचेत बनाउन नेतृत्व लिनुपरेको मानसिंह पुन बताउँछन्।

विशेषगरी ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडामा सरसफाइ अभियानलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य शाखा, जनप्रतिनिधि, सामुदायिक स्वास्थ्य महिला समूह, शिक्षक, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशन , फेयरमेड, दिगो पर्यटन प्रवर्द्धन परियोजना लगायतका संस्थाको सक्रियताले बोबाङमा सरसफाइप्रति चेतना बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख भूमिश्वर शर्माले जानकारी दिए।

नगरपालिकाले सरसफाइ सचेतना, डस्टबिन वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विवाईसीमार्फत विगतमा डस्टबिन वितरण, फोहोर व्यवस्थापन स्थल निर्माण र सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

पहिले गाउँमा जताततै फोहोर देखिन्थ्यो। सिसाजन्य सामग्री, पुराना कपडा र प्लास्टिकका वस्तु छरिएर गाउँ कुरूप बनेको थियो। तर पछिल्लो समय सबैको सक्रियताले स्थानीय नागरिकमा जागरूकता बढ्दै गएको स्थानीय अगुवा चुना बहादुर घर्ती बताउँछन्।

वडा नम्बर ९ मा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी विश्वास कायत, वडा नम्बर ७ मा महिला समूह, युवा फोर्स र विभिन्न संस्थाको सक्रियताले सरसफाइ अभियानलाई थप तीव्रता दिएको छ।

युथ भोलिन्टियर हरु समुह समुह बनायर गाउँमा सरसफाई मार्फत मुहार फेर्न थालिरहेको स्थानीय दिपक थापाले बताउनु भयो ।

बोबाङ गाउँमा विगतको तुलनामा सरसफाई र सचेतना मूलक कार्यक्रमले धेरै परिवर्तन आइसकेको र गाउँमा होटल होम स्टे, पसल थप व्यवस्थित बन्दै गएको र अझै जनचेतना , कार्यक्रमलाई दिगोपना दिन र रोजगारी मूलक कार्यक्रम अगाडी बढाउन आवस्यक रहेको फेयरमेडका टिम लिडर गणेश बरुवालको भनाई छ ।

ढोरपाटन नगरपालिकाले विभिन्न समयमा गाउँमै ट्याक्टरमार्फत फोहोर संकलन गर्दै आएको छ। सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन सकेमा पर्यटकीय क्षेत्र ढोरपाटनको गरिमा अझै बढ्ने ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक विष्णु पराजुलीको भनाइ छ।

ढोरपाटन नगरपालिकाले दियो कृषकलाई पचास प्रतिशत अनुदानमा यान्त्रिक हलो  ।

0

 ढोरपाटन नगरपालिकाले कृषकलाई यान्त्रिक हलो   उपलब्ध गराएको छ । कृषिको विकास र आधुनिक कृषि प्रविधिको विकासलाई पच्छ्याइँदै नगरपालिकाले ४८ जना कृषकलाई लक्षित गर्दे पचास प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

ग्रामीण क्षेत्रमा हलगोरु लोप हुँदै जानु र कृषकलाई छिटो छरितो तवरबाट कृषि उत्पादनमा समय व्यवस्थापन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दे नगरपालिकाले विगतका वर्षदेखि नै कृषकलाई यान्त्रिक हलो उपलब्ध गराउँदै आएको र यसलाई सही ठाउँमा सही तवरले प्रयोग गर्न ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले किसानलाई आग्रह गर्नुभयो ।

नगरपालिकाको १२ लाख कृषकको १२ लाग गरि कुल २४ लाख लागतमा ४८ जना कृषकलाई पुग्ने गरी विवरण गरिएको कृषि शाखा प्रमुख रोशन बलायरले बताउनु भयो । नगरपालिकाले कृषि क्षेत्रको विकास र विस्तारका निम्ती यस्ता कार्यक्रम अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको भनाई छ ।

गाउँ गाउँमा यान्त्रिक हलो मार्फत खेत बारी जोत्न पाउने भएपछि कृषक समेत खुसी भएका छन । नगरपालिकाले कृषकका आवश्यकता र समस्यालाई सम्बोधन गरिदिएकोमा आफूहरू खुसी रहेको स्थानीय कृषकको भनाई छ ।

काकीलाई मरनासन्न हुने गरि धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने भण्डारी पक्राउ ।

0

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ हाल ढोरपाटन भण्डारी गाउँ बस्दै आउनु भएकी ७८ बर्षिया हिरा भण्डारीलाई धारिलो हतियार प्रहार गरी शक्त घाइते बताउने आफ्नै भतिजा पर्ने अन्दाजी ६२ बर्षिय टेक प्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख १० गते आफ्नै घर ढोरपाटन उपत्यका भण्डारी गाउँ बस्दै आएकी हिरा भण्डारीलाई टेक प्रसादले गाउँदेखि ढोरपाटन पुगेर धारिलो हतियार ओदानहँसिया प्रहार गर्दा वृद्धाका टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।

उहाँलाई बुर्तिबाङ अस्पतालमा उपचार पछि थप उपचारका लागी पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको परिवार श्रोतले बतायो । पीडक टेक प्रसादलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ पुर्जी जारी गरि बैशाख ११ गते पक्राउ गरी जिल्ला कारागार बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

दोषीलाई ज्यान मार्ने उद्योगमा ७ दिन म्याद थप गरी दर्ता प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको हो । ढोरपाटनमा आलु खेती हेर्ने आफ्नो घरमा एक्लै बस्दै आउनु भएकी हिरा भण्डारी सँग बैशाख १० गते साँझ बास बस्न पुगेका टेक प्रसादले घरायसी रिसिबी लाई लिएर मरनासन्न हुने गरी कुटपिट गरी भागेको र बैशाख ११ गते बिहान स्थानीयले अचेत रगताम्य अवस्थामा बृद्धा लाई देखेपछि परिवारका सदस्य र प्रहरीलाई खबर गरेका थिए ।

घटनाको विषयमा जानकारी पाएपछि प्रहरीले कुटपिट गर्ने टेक प्रसादलाई तत्काल पक्राउ गर्न सफल भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आन्तरिक रिसिबी का कारण आमाको ज्यानै लिने उद्देश्य सहित यस्तो घटना घटाउन खोजिएको घाइतेका छोरा अनिल कुमार भण्डारीले बताउनु भयो ।

नेपाली कांग्रेसको जरा अभियान बागलुङको बुर्तिबाङबाट सुरु ।

0

 

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ ।

मंगलबार बुर्तिबाङमा क्षेत्रीय समितीको आयोजनमा नेता कार्यक्रताको विचमा अन्र्तक्रिया कार्यक्रम संगै कार्यक्रमको विषयवस्तुतका विषयमा बृहत छलफल सहित आगामी लक्ष्य निर्धारण गरिएको छ ।

क्षेत्रीय सभापती जोकलाल बुढाको सभापतीत्वमा आयोजीत कार्यक्रममा केन्द्रिय सदस्य टेकराज पौडेल , कृष्ण के.सी., मनोहर पराजुली भिम श्रीस, रेनुका काउचा, गण्कडी प्रदेश सभा सदस्य दिलमाया पौवी, जिल्ला उपसभापती तारानाथ पौडेल, सागर छन्त्याल,सचिव हरिहर शर्मा लगाएत पालिका तनहका नेताहरुको सहभागिता एवम प्रशिक्षण मुलक मन्त्व्य रहेको थियो ।

‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गर्ने तयारी गरेको छ ।

सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।

कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागु गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो । कार्यक्रममा सहभागि नेता कार्यक्रताले धारणा राख्दै कांग्रेसले अव थप सुद्धिद र जनमुखि अवधारणका साथ अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

त्यस्तै कार्यक्रमका अवसरमा सबै पालिका र वडा तहमा अभियान तिव्र रुपमा अगाडी बढाउने निर्णय गरिएको छ । वडा र पालिका तहमा कार्यक्रम सञ्चालन गर्नका निम्ती जिम्मेवारी चयन समेत गरिएको हो ।

 

सांसद सोम शर्मा र गंगा छन्त्याल निर्वाचन क्षेत्रमा जन भेटघाटमा ।

0

 

बागलुङ २ बाट निर्वाचित संघिय सांसद सोम शर्मा र गंगा छन्त्यालले आफु निर्वाचित क्षेत्रका स्थानीय पालिका र स्थानीय मतदाता संग भेटघाट कार्यक्रम अगाडी बढाउनु भएको छ । विभिन्न पालिकामा पुगेर स्थानीय तहका प्रमुख तथा प्रतिनिधी संगै मतदाता संग भेटघाट गर्दे धन्यबाद ज्ञापन अगाडी बढाउनु भएको हो ।

मंगलबार तमानखोला गाउँपालिकामा सांसद दोयलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजीत कार्यक्रममा यसै क्रममा पालिकाका जनप्रतिनिधि र स्थानीयले तमानखोला बाग्लुङ जिल्लाभरीमा सबैभन्दा बिकट र पिछडिएको क्षेत्र रहेको हुनाले यसलाई केन्द्रमा रहनुभएका सांसद सोम शर्मा र गंगा छन्त्यालले यहाँको विकास र सृमिद्धका निम्ती बुलन्द आवाज उठाउनु पर्ने त्यहाँका जनप्रतिनिधिले र स्थानीयले अनुरोध गरेको छन ।

ांसद शर्माले जनप्रतिनिधि र स्थानीयलेको समस्यालाई सम्बोधन गर्दै सरकारले नै बाग्लुंग क्षेत्र न २ लाइ उपेक्ष्या गर्यो भने दलभन्दा पर रहेर नागरिकको हितको लागि लड्ने त्यहाका जनतामाझ प्रतिबद्धता जनाएका छन । यदि यो काम आफुले र आफ्नै पहलमा नहुने हो भने अर्को निर्वाचनमा जनतामाझ आउन नसकिने अवस्था हुने बताउनुभयो

समानुपातिक तर्फकी सांसद गंगा छन्त्यालले आफुले बाग्लुङ क्षेत्र नं २ का जनता मात्र नभई देशै भरि पिछडिएको क्षेत्रका जनजाति, अपाङ्गता भयका व्यक्ति र अपहेलित भयका दलितको पनि उद्धार गर्ने बताउनुभयो कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकला बुढा, उपाध्यक्ष हिरा कुमारी छन्तयाल, प्रमुख प्रशासकिय अधिकृत अमित परियार, गाउँपालिका पुर्व उपाध्यक्ष मानसरी शेरचन लगाएतले शुभकामना व्यक्त गर्नुभएको हो ।

 

ढोरपाटन ६ स्थित छेन्टुङ खाल्डेखुल्डे मा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी ।

0

ढोरपाटन नगरपालिका ६ स्थित छेन्टुङ खाल्डेखुल्डे मा नवनिर्मित झोलुङ्गे पुलको उद्‌घाटन गरिएको छ ।

गण्डकी प्रदेश सांसद माननीय दोर्ण कुमार कुवँरको पहलमा सङ्घीय सरकारबाट उत्तरगङ्गा नदिमा निर्माण सम्पन्न भएको २८८ मिटर लामो झोलुङ्गे पुलको शनिबार एक कार्यक्रमका बिच उद्‌घाटन गरिएको हो ।

पुल निर्माण भएसँगै स्थानीय नागरिक खुसी भएका छन । अब बर्सातको समयमा जोखिम मोलेर उत्तरगङ्गा नदि वारपार गर्नुपर्ने र पशुचौपाया नदिले बगाउने बाध्यताको अन्त्य भएको स्थानीयले बताए ।

ढोरपाटन नगरपालिका ६ का नागरिकलाई छेन्तटङ, खाल्डेखुल्डे आवतजावत र पशुचौपाया आवतजावतलाई लक्षित गर्दे पुल निर्माण गरिएको थियो । पुलको उद्‌घाटन गर्दे सांसद कुवँरले आफु प्रदेश माननीय नहुँदै डिपिआर सम्पन्न गरिएको पुल निर्माण सम्पन्न भएको र यसले ढोरपाटन ६ का नागरिक सँगै ढोरपाटन आउने पर्यटकलाई समेत पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो । आफ्नो पहलमा ढोरपाटनमा मात्रै ३ वटा झोलुङ्गे पुल सम्पन्न भइसकेको बताउँदै ढोरपाटनको तिव्र विकास र पर्यटन प्रर्वद्धन हुने गरी सडक, खानेपानी, विधुत, पुल लगायतका आफूले काम गरेको बताउनु भयो ।

ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै जनताको समस्या सम्बोधनका निम्ती स्थानीय सरकार र प्रदेश सरकारका माननीय विच समन्वय गरेर अगाडि बढिएको बताउँदै ढोरपाटनमा धेरै विकासका आयाम अगाडि बढेको बताउनु भयो ।

सिकार आरक्ष क्षेत्र भित्र पर्ने खाल्डेखुल्डे देखि वडा नम्बर ६ जोड्ने करिब ३ किलोमिटर सडक निर्माण बाँकी रहेका कारण आफूहरूले निरन्तर पहल गरिएका कारण यसवर्ष उक्त सडक निर्माणले पूर्णता पाउने बताउनु भयो । सडक निर्माणमा नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । ३ किलोमिटर सडक नाका खुल्न नसक्दा ढोरपाटन ६ का नागरिक वडा नम्बर ५,७,८ र ९ वडा घुमेर ढोरपाटन पुग्नुपर्ने बाध्यता रहेको हो ।

खाल्डेखुल्डेछेन्तुङमा ६ नम्बर वडाका अधिकांश बासिन्दा घुम्ती बसाइ बस्ने गर्दे आएका छन । कार्यक्रमका अवसरमा गण्डकी प्रदेश उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव देवराज निरौला, खानेपानी डिभिजन कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिकको उपस्थिति रहेको थियो । कार्यक्रम केशव थापाले सञ्चालन गर्नुभएको हो ।