ढोरपाटन नगरपालिका ६ स्थित छेन्टुङ खाल्डेखुल्डे मा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सांसद माननीय दोर्ण कुमार कुवँरको पहलमा सङ्घीय सरकारबाट उत्तरगङ्गा नदिमा निर्माण सम्पन्न भएको २८८ मिटर लामो झोलुङ्गे पुलको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

पुल निर्माण भएसँगै स्थानीय नागरिक खुसी भएका छन । अब बर्सातको समयमा जोखिम मोलेर उत्तरगङ्गा नदि वारपार गर्नुपर्ने र पशुचौपाया नदिले बगाउने बाध्यताको अन्त्य भएको स्थानीयले बताए ।
ढोरपाटन नगरपालिका ६ का नागरिकलाई छेन्तटङ, खाल्डेखुल्डे आवतजावत र पशुचौपाया आवतजावतलाई लक्षित गर्दे पुल निर्माण गरिएको थियो । पुलको उद्घाटन गर्दे सांसद कुवँरले आफु प्रदेश माननीय नहुँदै डिपिआर सम्पन्न गरिएको पुल निर्माण सम्पन्न भएको र यसले ढोरपाटन ६ का नागरिक सँगै ढोरपाटन आउने पर्यटकलाई समेत पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो । आफ्नो पहलमा ढोरपाटनमा मात्रै ३ वटा झोलुङ्गे पुल सम्पन्न भइसकेको बताउँदै ढोरपाटनको तिव्र विकास र पर्यटन प्रर्वद्धन हुने गरी सडक, खानेपानी, विधुत, पुल लगायतका आफूले काम गरेको बताउनु भयो ।


ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै जनताको समस्या सम्बोधनका निम्ती स्थानीय सरकार र प्रदेश सरकारका माननीय विच समन्वय गरेर अगाडि बढिएको बताउँदै ढोरपाटनमा धेरै विकासका आयाम अगाडि बढेको बताउनु भयो ।
सिकार आरक्ष क्षेत्र भित्र पर्ने खाल्डेखुल्डे देखि वडा नम्बर ६ जोड्ने करिब ३ किलोमिटर सडक निर्माण बाँकी रहेका कारण आफूहरूले निरन्तर पहल गरिएका कारण यसवर्ष उक्त सडक निर्माणले पूर्णता पाउने बताउनु भयो । सडक निर्माणमा नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । ३ किलोमिटर सडक नाका खुल्न नसक्दा ढोरपाटन ६ का नागरिक वडा नम्बर ५,७,८ र ९ वडा घुमेर ढोरपाटन पुग्नुपर्ने बाध्यता रहेको हो ।
खाल्डेखुल्डे र छेन्तुङमा ६ नम्बर वडाका अधिकांश बासिन्दा घुम्ती बसाइ बस्ने गर्दे आएका छन । कार्यक्रमका अवसरमा गण्डकी प्रदेश उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव देवराज निरौला, खानेपानी डिभिजन कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिकको उपस्थिति रहेको थियो । कार्यक्रम केशव थापाले सञ्चालन गर्नुभएको हो ।










