बैशाख पूर्णिमामा उत्तरगंगा ढोरबराहमा पुजाआजा

ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमाको दिन शुक्रबार भक्तजनको भीड लागेको छ ।

नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको उपत्यका सडक सञ्जालले जोडिएपछि उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको छ ।

उत्तरगंगा ढोरबराहको पूजा गर्न बैशाख पूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरु ढोरपाटन उपत्यका पुग्ने गर्छन् । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन समेत छ ।

ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।

उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमा, जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजाका साथै बलि दिने चलन रहेको छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्ला म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको  पाइएको छ । सडक सञ्जाल सहज हुँदै गर्दा पर्यटक तथा दर्शनार्थीको सँख्या प्रत्यक बर्ष बृद्धि हुँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img