Home Blog Page 9

खुँखानीमा नवनिर्मित ५ शैयाको आधारभुत अस्पताल भवनको उद्‌घाटन ।

0


तमानखोला गाउँपालिका ५ खुँखानीमा नवनिर्मित ५ शैयाको आधारभुत अस्पताल भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्‌घाटन गरिएको छ । २०७७÷०७८ मा पूनर निर्माण कार्यालयबाट योजना छनौट भई सघन शहरी विकास कार्यालय बागलुङ मार्फत निर्माण सम्पन्न उक्त भवनको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले एक कार्यक्रमका बिच उद्‌घाटन गनूभएको छ ।
नागरीकलाई स्वास्थ्य क्षेत्रमा सुविधा विस्तार गर्दे आएको पालिकाले नवनिर्मित भवनबाट थप सुविधा सहित सेवा प्रवाह हुने र भौतिक संरचना निर्माणले गर्दापनी अबका दिनमा पालिकाले थप स्वास्थ्य क्षेत्रको गुणस्तर बृद्धिमा टेवा पुग्ने अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
जेवी कुवँर कन्ट्रक्सन निर्माण कम्पनी मार्फत निर्माण सम्पन्न भएको उक्त भवन सम्पन्न गर्न खुँखानी समाज काठमान्डौ र खुँखानी स्वास्थ्य चौकी व्यवस्थापन समितीको महत्वपूर्ण भुमिका रहेको पाइएको छ ।
सरकारले भवन निर्माणका निम्ती बजेट व्यवस्थापन गरेपनी खुँखानी समाज काठमान्डौ र खुँखानी स्वास्थ्य चौकी व्यवस्थापन समितीको सक्रियतामा २८ लाख ९६ हजार ८०० रुपैँया आर्थिक संकलन गरिएको थियो । संकलित रकमबाट १८ लाख लागतमा जग्गा खरिद गरिएको र बाँकी रहेको रकमलाई स्वास्थ्य संस्थाको थप व्यवस्थापनमा लगानी गरिने जनाइएको छ । 


तमानखोला गाउँपालिका ५ का अध्यक्ष एवम् खुँखानी नवनिर्मित अस्पताल व्यवस्थापन समितीका अध्यक्ष हिरा बहादुर श्रीपालीको अध्यक्षता, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, खुँखानी समाज काठमान्डौका अध्यक्ष लेखनाथ शर्मा, वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा, वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल लगायत जनप्रतिनिधी, कर्मचारी, स्थानीय संघसंस्थाका पदाधिकारी, शिक्षक, आमा समुह लगायतको सक्रिय सहभागिता रहेको थियो । 


कार्यक्रमका अवसरमा चन्दादाता सम्मान, संस्थाको आर्थिक प्रगति प्रस्तुत गरिनुका साथै गाउँमा सडक, पुल, खानेपानी लगायत थुप्रै विकास ल्याउन पहल गर्ने स्वर्गिय सांसद ज्ञानकुमारी छन्त्याल, पूर्व गाविस अध्यक्ष स्वर्गिय हर्क बहादुर छन्त्याल र गाउँमा धेरै काममा योगदान गर्ने स्वर्गिय सरोज छन्त्यालको सम्झनामा फोटोमा माल्याणपर्ण गरिएको थियो । कार्यक्रम खुँखानी स्वास्थ्य चौकी प्रमुख गरिमा हर्मेलको स्वागत शान्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक भुमिराज सुन्चौरीको सञ्चालनमा सम्पन्न भएको हो । 

अर्नाकोट माध्यमिक विद्यालय खल्बाङको ५१ औँ वार्षिकोत्सव ।

0


ढोरपाटन नगरपालिका २ मा रहेको अर्नाकोट माध्यमिक विद्यालय खल्बाङ ले शुक्रबार एक कार्यक्रमका बिच ५१ औँ वार्षिकोत्सव तथा २३ औँ अभिभावक दिवस मनाएको छ ।

आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो ।
सांसद कुवँरले कार्यक्रम उद्‌घाटन पछि बोल्दै आफूले जनताको जीवनस्तर उकास्न र पश्चिम बागलुङको विकासमा अहोरात्र मिहिनेत गर्दे आएको बताउनु भयो ।
आफूलाई पदको कुनै लोभ नभएको बताउँदै पदको लोभमा सांसदले राजीनामा दिएको भनी गलत हल्ला फिँजाइएको बताउँदै आफुले राजीनामा दिनुको कारण विस्तारै खुल्ने बताउनु भयो ।  आफू कुनै पनी पदमा रहँदा वा नरहँदा जनताको सेवामा लाग्ने बताउँदै राजनीतिक रटानले  मात्र विकास नहुने बताउनु भयो । आफूले प्राथमिक तहसम्म अध्ययन रहेको उक्त विद्यालयको नवनिर्मित भवनको समेत उहाँले उद्‌घाटन गर्दे यहाँको विकासमा सँधै हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्री, ढोरपाटन नगरपालिका शिक्षा शाखाबाट ज्ञानेन्द्र सापकोटा, स्थानीय संकर कुवँर, विद्यालयका संस्थापक शिक्षक यमलाल पाण्डे लगायतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा प्रधानाध्यापक इन्द्र बहादुर कुवँर द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थी पुरस्कृत, विद्यार्थीको नृत्य प्रस्तुत लगायतका प्रस्तुती रहेको कार्यक्रम शिक्षक धन बहादुर महत र दीपक कुवँरले सञ्चालन गर्नुभएको हो । 

सामुदायिक रेडियो ढोरपाटन १६ औँ बर्षमा प्रवेश: बिरामीलाई फलफूल र जुस वितरण ।

0

 बैशाख ११ गते ढोरपाटन बुर्तिबाङ बजारबाट सञ्चालित सामुदायिक रेडियो ढोरपाटन आजदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ ।

गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा द्धारा सञ्चालित रेडियो ढोरपाटन २०६७ साल बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर औपचारिक शुभारम्भ भएको थियो ।

रेडियोले वार्षिकोत्सवको अवसरमा बुर्तिबाङ अस्पतालमा उपचाररत बिरामीका निम्ती फलफूल र जुस उपलब्ध गराउँदै स्वास्थ्य लाभको कामना गरेको छ । संस्थाका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, स्टेसन प्रमुख छविलाल पाण्डे, बुर्तिबाङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल भुसाल, कार्यालय प्रमुख डा. अविनाश पोख्रेल, समाजसेवी दाल बहादुर कुवँर लगायतको उपस्थिति मा बिरामीलाई फलफूल र ज्ुस उपलब्ध गराइएको स्टेसन प्रमुख छविलाल पाण्डेले बताउनु भयो ।

दूर दराजका नागरिकलाई सूचनाको हक र समाज रुपान्त्रण गर्ने र नागरिकका आवाज बोल्ने अधिकार सुनिश्चित गर्नका निम्ती आफ्नो पहलमा यहाँका समाजसेवी, बुद्धिजीवी, राजनितिकर्मी, शिक्षक, वकिल लगायतको सक्रियतामा रेडियोको सुरुवात गरिएको अध्यक्ष दोर्ण कुमार कुवँरले बताउनु भयो ।

रेडियोको माध्यमबाट पश्चिम बागलुङ सहित आसपासका १४ जिल्लाका नागरिकले प्रत्यक्ष समाचार, सूचना सन्देश, मनोरञ्जन सँगै विभिन्न कार्यक्रम सुन्न पाएको बताउनु भयो । रेडियोले श्रोता महानुभाव, विज्ञापन दाता, सेयरधनी, लगायत शुभचिन्तक सबैमा हार्दिक आभार एवम् धन्यबाद ज्ञापन गरेको हो ।  

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

0

६ वैशाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो ।

रास्वपाको भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।

आफ्नो जिम्मेवारी इमानदारी पूर्वक पुरा गर्छु :मन्त्री शेरचन ।

0

 गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित शेरचनले आफ्नो यो कार्यकाल सुजबुझ र जिम्मेवार पूर्वक पुरा गर्ने बताउनु भएको छ ।

आइतबार आफ्नो जन्म क्षेत्र बुर्तिबाङ आउनु भएका मन्त्री शेरचनले नेपाली काँग्रेस ढोरपाटन नगर समिति र वडा समिति द्धारा आयोजित शुभकामना आधान प्रदान कार्यक्रममा बोल्दै विगतमा पहुँचका आधारमा विगतमा बजेट विनियोजन हुँदै गर्दा अव आवश्यकताको आधारमा विकास गरिने र पारदर्शितालाई पहिलो प्राथमिकता दिएका काम गर्ने बताउनु भयो ।

पोखरालाई अन्तराष्ट्रिय एयरपोर्टलाई चिन र भारतबाट सिधै उडान हुने गरी व्यवस्था  गरेर गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अगाडि बढाउन थप पहल गरिने बताउनु भयो । 

गण्डकी प्रदेशका सबै क्षेत्रलाई आवश्यकताको आधारमा विकास गरिने र बागलुङको विकासमा थप परिणाम देखिने गरी काम गरिने बताउँदै आफू आर्थिक मामिला मन्त्री बन्दैमा ठुलो विकासको अपेक्षा नराख्न जनप्रतिनिधि र कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

केन्द्र सरकार समक्ष पनि उत्तरगङ्गा जलाशय युक्त बनाउन ध्यानाकर्षण गराइसकेको र सडक, विधुत, सुरुङमार्ग, कृषि र पर्यटनको विकासमा गण्डकी प्रदेश सरकार अगाडि बढ्ने बताउनु भयो। 

 विधुत आयोजना निर्माणका निम्ती संघ सरकार अर्थमन्त्रालयबाट सकारात्मक राय आएका कारण यो आयोजना अगाडि बढाउन आफू र यस क्षेत्रबाट निर्वाचित प्रदेश र संघका सबै जनप्रतिनिधि एकै ठाउँमा भएर पहल गरिने बताउनु भयो । साथै उहाँले थप बोल्दै नेपाली कांग्रेस एक ढिक्का हुनुको विकल्प नभएको बताउँदै पार्टीमा विभिन्न समयमा उतार चढाब आएपनि त्यसलाई सामना गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । 

कार्यक्रममा जनप्रतिनिधि, नेता कार्यक्रमका लगायतका उपस्थिति र शुभकामना मन्तव्य रहेको थियो ।

भारतको सहयोगमा भिमगिठे स्वास्थ्य चौकी निर्माण थालियो

0

भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका स्थित भिमगिठे स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकी भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौं स्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

रु।२ करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत बडिगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ ।

नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवद्र्धनमा टेवा पुग्ने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच भवन बनाउनेगरी कात्तिक २४ गते सम्झौता भएको थियो ।

गण्डकी प्रदेश मन्त्रीपरिषदमा हेरफेर :बागलुङका शेरचन अर्थ र नेपाली भौतिक पूर्वाधार मन्त्री

0

गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठनसँगै नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री बनेका छन् शेरचन बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् ।

नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा रेखा गुरुङ वन तथा वातावरण मन्त्री बनेकी छिन् ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए ।

 

निसीभुजी जनता क्याम्पस प्रमुखमा कमल भुसाल नियुक्त ।

0

 चैत्र ३० गते बुर्तिबाङ

निसीभुजी जनता क्याम्पस बुर्तिबाङको क्याम्पस प्रमुखको रुपमा कमल भुसाल चयन हुनुभएको छ ।

३ जना प्रतिस्पर्धी मध्ये शनिबार भएको अन्तरवार्तामा बुर्तिबाङ निवासी भुसाल क्याम्पस प्रमुख छनौट समिती मार्फत क्याम्पस प्रमुखको रुपमा छनौट हुनुभएको हो ।

डबल डिग्री सँगै एमफिल गरेका भुसालले टीयू मार्फत अङ्ग्रेजी विषयमा र व्यवस्थापन विषय जर्मनीबाट मास्टर्स उर्तिण गर्नुका साथै पोखरा युनिभर्सिटीबाट एमफिल उर्तिण गर्नुभएको छ ।

लामो समय शिक्षण सँगै सामाजिक क्षेत्रमा सक्रिय भुसालले क्याम्पसलाई थप व्यवस्थित गर्दे अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नतिजालाई प्राथमिकता दिने, स्थानीय पालिका ,विभिन्न निकाय संग समन्वय गर्ने, र विद्यार्थी सङ्ख्या वृद्धि सँगै गुणस्तरलाई समेत प्राथमिकता दिएर अगाडि बढिने उहाँले बताउनु भयो ।

रंगिन यूवा क्लब र दिगो पर्यटन पर्वद्धन परियोजनाको सहयोगमा झिवाखोला बजार सरसफाई ।

0


चैत्र २८ गते निसीखोला 

निसीखोला गाउँपालिका ३ र ४ स्थित झिवाखोला बजार तथा आसपासका क्षेत्रमा  रंगिन यूवा क्लबको सहकार्य तथा विवाइसी द्धारा सञ्चालित दिगो पर्यटन पर्वद्धन परियोजनाको सहयोगमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । 


बजार क्षेत्रको विकास र विस्तार संगै बजार क्षेत्रमा फोहोर बढ्न थालेपछि क्लबले सरसफाई अभियान अगाडी बढाएको हो । बजार स्थित मध्यपहाडी लोकमार्ग मार्ग आसपासका नाली, बजार क्षेत्रमा फालिएका प्लास्टिक जन्य फोहोर व्यवस्थापन गरिनुका साथै सचेतना अभिबृद्धि गरिएको छ ।
आगामी दिनमा समेत नियमित रुपमा सरसफाई कार्यक्रम गर्ने लक्ष्य लिइएको क्लब अध्यक्ष स्याम शाहीले बताउनु भयो ।

क्बलले मेला लगाउने मात्र नभई सामाजिक क्षेत्रमा पनी योगदान आवस्यक रहेको र रंगिन यूवा क्लबले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आवस्यक रहेको निसीखोला ३ का अध्यक्ष रमेश विक्रम शाहीले बताउनु भयो ।

 कार्यक्रममा क्लबका पदादिकारी, जनप्रतिनिधि  टोल विकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, विवाइसी द्धारा सञ्चालित दिगो पर्यटन पर्वद्धन परियोजनाका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

परियोजनाले दिगो विकास, समाज रुपान्तरण, उद्यम, तथा सिप विकासमा महत्वपूर्ण काम गर्दे आइरहेको झरना शाही मल्लले बताउनु भयो । वातावरण संरक्षणमा जनचेतना बृद्धि गर्ने उदेश्य स्वरुप स्थानीय नागरिकको सहभागितामा सरसफाई कार्यक्रम अगाडी बढाइएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको बागलुङ २ मा सङ्गठन विस्तारलाई तिव्रता ।

0

छविलाल पाण्डे चैत्र २८ गते

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले बागलुङमा सङ्गठन विस्तारलाई तिव्रता दिएको छ । आगामी बैशाख मसान्त सम्म बागलुङ २ को ४८ वटै वडामा नयाँ समिति गठन गर्ने गरी अगाडि बढिएको जिल्ला उपसभापति ढालेन्द्र रायमाझीले बताउनु भयो ।

हालसम्म २६ वडामा समिति गठनले पूर्णता पाएको हो । क्षेत्रीय सभापति दीपक घर्ती मगर संयोजक रहेको ५ सदस्य समिति मार्फत वडा तहमा सङ्गठन विस्तारको काम भइरहेको हो । हालसम्म ढोरपाटन नगरपालिकाको वडा नम्बर १,२,४,५ र ९ नम्बर वडामा समिति गठन भइसकेको छ ।

शनिबार वडा नम्बर ६ मा नेतृत्व चयन गरिने र ३,७ र ८ मा चाँडै टुङ्ग्याइने क्षेत्रीय सभापति दीपक घर्तिले बताउनु भयो । त्यस्तै ताराखोला गाउँपालिका वडा नम्बर ३ , गल्कोट नगरपालिका १,२,३,४,६,७,१० नम्बर वडामा समिति गठन भइसकेको छ ।

बडिगाड गाउँपालिका १,२,५,६ र ७ नम्बर निसीखोला गाउँपालिकाको १,२,३,४ र ७ नम्बर र तमानखोला गाउँपालिका १,२ र ५ नम्बर वडामा वडा समिति गठन पुरा भएको पाइएको हो ।

कम्तिमा ११ सदस्य देखि २१ सदस्य सम्म वडा समिति गठन गरिएको र वडाको सम्पन्न पश्चात जेठ मसान्त भित्र सक्ने गरी पालिका स्तरीय समिति गठन हुने उपसभापति रायमाझीले बताउनु भयो ।