Home Blog Page 40

बुर्तिबाङमा तिजगित तथा नृत्य प्रतियोगिता:सरकारले महिलालाई न्याय दिन नसकेको गुनासो ।

0

बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा श्रीकृष्ण जन्मास्टमीको अवसर पारेर तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
तिज ंसंस्कृर्तिको जर्गेना गर्ने र महिला दिदिबहिनी विच भेट भएर बेदनाका कुरा गित र नृत्य मार्फत सुनाउँदै गर्दा सहभागि महिलाहरुले सरकारले महिलालाई अझैपनी अवसर र पूर्ण अधिकार दिन नसकेको बताएका छन ।
अझैपनी समाजमा महिलालाई गरिने विभेद, अन्याय, अत्याचार संगै बलात्कारका घटनामा कमि नआएको बताउँदै गित मार्फत सरकारको खबदारी गरेका हुन ।
ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग, विवाईसी नेपालको समोन्य र बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित कार्यक्रममा विभिन्न १५ वटा महिला समुहको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि मध्ये परिर्वतनशिल आमा समुह झिंगलबारी प्रथम, लायन्स क्लव अफ बुर्तिबाङ आमा समुह दिर्तिय, टारीखेट हरियाली आमा समुह तिर्तिय र नमुना आमा समुह रिनाम चौठो भएका छन ।
आयोजकले सहभागि सबैलाई सान्तवना पुरस्कारले सम्मान गरेको हो । संस्थाका अध्यक्ष रत्नाकुमारी शेरचनकोे अध्यक्षतमा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कायतले महिला विना संसार नचल्ने बताउँदै महिलाको हक अधिकार सुनिश्चत गर्न सबैले साथ दिनुपर्ने बताउँदै महिलाको सहभागिता, अपनत्व र संस्कृर्तिको जगर्नो गर्ने उदेश्य सहित तिजगित तथा नित्य प्रतियोगितामा ढोरपाटन नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार , महिला अगुवा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सदस्य केशमाया घर्तिको स्वागत, सचिव लिलमाया पून र सदस्य गिता कुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटनमा दिगो विकास र सुशासनका लागी अन्तरक्रिया ।

0

पर्यटकीय एवम् धार्मिक क्षेत्र ढोरपाटनमा दिगो पर्यटन , शुसासन र विकासका सन्दर्भमा शुक्रबार ढोरपाटन उपत्यकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समितिको आयोजनामा ढोरपाटन उपत्यकामा सरोकारवाला निकायका विचमा अन्तरक्रिया एवम् छलफल गरिएको हो ।

ढोरपाटन नगरपालिका ९ का अध्यक्ष एव्म दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समिती संयोजक खिम बहादुर घर्तिको अध्यक्षतामा आयोजीत कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर तथा समिति सल्लाहकार धन बहादुर कायत(कल्याण) समिती सदस्य ढोरपाटन सिकार आरक्ष कार्यालय प्रमुख, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ४ का अध्यक्ष तिलक पुन, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै, कार्यपालिका सदस्य तुलसी वि.क., लगायत स्थानीय होटल तथा होमस्टे व्यवसायी, विवाईसी बागलुङ र दिगो पर्यटन पर्वधन परियोजनाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्दर्भमा ढोरपाटन क्षेत्रको दिगो विकास , पर्यटन क्षेत्रको विकास र पर्यटकीय स्थलको प्रचार प्रसार व्यवस्थापन स्थानीय होटल ,होमस्टे, गोठ स्टे को व्यवस्थापन , विकास तर्फ भौतिक पूर्वाधारको विकास र सरसफाइ , सचेतना लगायतका विषयमा समितिले लिएका योजनाका सन्दर्भमा छलफल एव्म अन्तरक्रिया गरिएको समिति संयोजक खिम बहादुर घर्तिले बताउनु भयो ।

ढोरपाटनको समग्र विकासका निम्ती विशेषज्ञ व्यक्ति संगको छलफल, योजना निर्माण लगायतका विषयमा अगाडि बढिएको जनाउँदै ढोरपाटनको पर्यावरण सँगै विकासलाई दिगो रुप दिने गरी काम गरिने बताइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै समिति मार्फत ढोरपाटनको सम्भावना, श्रोत र साधनको खोजी त्यसको व्यवस्थापन, दिगो विकास संगै भौतिक पूर्वाधार निर्माणमा समेत योजना बनाएर अगाडि बढ्नका निम्ती समिति नै बनाएर अगाडि बढिएको बताउनु भयो ।

मेयर कायतले थप बोल्दै ढोरपाटन सिकार आरक्षले आन्तरिक पर्यटकबाट उठाउँदै आएको प्रवेश शुल्क लिन नहुने सुझाव समेत व्यक्त गर्नुभएको थियो ।

शुक्रबार आयोजित कार्यक्रमका अवसरमा सहभागि बाट उठेका विषय वस्तु सँगै विषय विज्ञको सुझावलाई समेटेर दिगो योजना बनाउने र त्यसलाई आधार मानेरै ढोरपाटन नगरपालिका मार्फत निती , मापदण्ड र कार्यक्रम बनाएर यहाँको विकासमा अगाडि बढिने समिति संयोजक खिम बहादुर घर्तिको भनाई छ ।

दिगो पर्यटन प्रवर्धन परियोजना द्धारा बुर्तिबाङमा ३ दिने तालिम सुरु ।

0

 साउन ३० गते ढोरपाटन

दिगो पर्यटन प्रवर्धन परियोजना द्धारा बुर्तिबाङमा ३ दिने क्षमता मूलक कार्यक्रम सुरु भएको छ ।

विवाईसी बागलुङको आयोजना, टि.डि.एच जर्मनीको सहयोगमा ढोरपाटन क्षेत्रको विकास, पर्यटन पर्वधनरोजागरी सृजना संगै नेतृत्व विकासमा टेवा पुर्याउने उदेश्य सहित तालिमको आयोजना गरिएको कार्यक्रम अनुगमन तथा मूल्याँक अधिकृत विष्णु पौडेलले बताउनु भयो ।

तालिममा आमा समुह, उद्यमी समुह, यूवा क्लब लगायत ३० जना पदाधिकारीका निम्ती प्रशिक्षण मूलक कार्यक्रम सुरु भएको जनाइएको हो । परियोजनाले ढोरपाटनको विकासका निम्ती यूवा समुह, आमा समुह, क्लब, व्यवसायीलाई विभिन्न सिप विकास तालिम तथा सहयोग गर्दे आइरहेको छ ।

तिन दिन सम्म सञ्चालन हुने तालिममा दिगो पर्यटन, उद्यमशीलता, समूह सङ्गठन व्यवस्थापन, समस्या समाधानको सन्दर्भमा क्षमता मूलक कार्यक्रम समावेश गरी प्रशिक्षण दिइएको जनाइएको छ ।

तमानखोला गाउँपालिकाले गर्यो आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक समिक्षा ।

0

 बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को विषगत रुपमा वार्षिक समीक्षा गरेको छ । गाउँपालिकालाई गुणस्तरीय सेवा प्रवाह, शुसासन, जवाफदेही र जनतामैत्री बनाउने उद्देश्य स्वरुप गत आर्थिक वर्षको समीक्षा सहित चालु आर्थिक बर्षमा थप सुधार गरेर अगाडि बढ्ने विषयमा समिक्षा गरिएको हो ।

गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा विषयगत शाखा प्रमुख र वडा सचिव द्धारा वार्षिक रुपमा सम्पन्न गरिएका कार्यक्रम, बजेट, योजना र भावी सुधारका पक्ष समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरिएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकास र लघु उद्यम संगै सीप विकास कार्यक्रमलाई प्राथमिकता दिएको पालिकाले गत वर्षको लक्ष्यमा ७५.८८ प्रतिशत आर्थिक लक्ष्य पुरा गर्न सफल भएको छ । गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बोल्दै सुखी र समान समृद्ध तमान बनाउने अभियानमा तमानखोला गाउँपालिका अगाडि बढिरहेको बताउँदै सबै विषयगत शाखाबाट नागरिकलाई सहज र न्याय हुने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

पालिकाको श्रोत र साधनले भ्याएसम्म यहाँको शिक्षाको गुणस्तर उकास्न, स्वास्थ्य क्षेत्रको विकास गर्न र लघु उद्यम, सिप विकास, कृषिको व्यवसायिक उत्पादन, प्रविधिमैत्री सेवा प्रवाहलाई जोड दिएर अगाडि बढ्न पालिकाले लक्ष्य लिएर अगाडि बढिरहेका कारण सबैले आ आफ्नो जिम्मेवारीलाई गहन रुपमा  बढाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बोल्दै महिलाका सवालमा धेरै उपलब्धि भइरहेको, लघु उद्यम, न्यायिक सम्पादन प्रकृया, सचेतना मूलक कार्यक्रम र एकल महिला स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको बताउँदै अझैपनी सचेतना, उद्यमशीलता, कृषि क्षेत्रको विकास र प्रविधिगुणस्तरीय विकासमा पालिकाले सक्रियताका साथ काम गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अमित परियार ले कानुनले निर्धारण गरेको मापदण्डमा रहेर जनताको सेवा संगै पालिकालाई समृद्ध, विकासशील र जनता मैत्री प्रशासन बनाउन आफु र कर्मचारी टिमले व्यवस्थित रुपमा कार्य सम्पादन गर्ने बताउनु भयो ।

पालिकाले समग्रमा आर्थिक विकास तर्फ ६३.८८ प्रतिशत, सामाजिक विकास तर्फ ७९.६२ प्रतिशत, शुसासन तर्फ ७१.१५ प्रतिशत प्रगति गर्त सफल भएको हो । त्यस्तै प्रशासनिक ७३.०७ र पूर्वाधार तर्फ ७३.२८ प्रतिशत खर्च गर्न सफल भएको पाइएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कुल १११ योजना मध्ये ९ वटा ठेक्का मार्फत र अन्य समिती मार्फत योजना सम्पन्न गरिएको आर्थिक प्रशासन शाखा प्रमुख सुर्दशन कुसारीले बताउनु भयो । स्वास्थ्य तर्फ पोषणमैत्री पालिका निर्माण, ४ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, विभिन्न समयमा शिविर सम्पन्न भएको, पोषणमैत्री पालिका मार्फत पोषण सम्वन्धी विभिन्न कार्यक्रम सम्पन्न भइरहेको, विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम संगै ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकी स्वास्थ्य इकाई, गाउँघर खोप क्लिनीकको विस्तार भइरहेको बताउँदै गाउँपालिकामा नसर्ने रोगको सँख्या अत्याधिक बृद्धि भइरहेका कारण सचेतना मूलक कार्यक्रम र चेकजाँच शिविर आवश्यक रहेको, किसोरी गर्भवती र सुत्केरी हुने दर नघटेका कारण वाल विवाह अझै कायम रहेको हुनाले त्यसलाई न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रम आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै प्रशासन तथा योजना शाखा प्रमुख विरेन्द्र बहादुर कठायत , शिक्षा शाखा यूवा तथा खेलकुद शाखा प्रमुख दुर्गादत्त घिमिरे, प्राविधिक शाखा प्रमुख राजन जिसी, रोजगार शाखा प्रमुख जीवलाल पाध्या, कृषि शाखा प्रमुख नविन मल्ल, पशु सेवा शाखा प्रमुख तुलाराम आर्चाय, सामाजिक शाखा प्रमुख यूकेश नेपाल, उद्योग पर्यटन तथा सहकारी शाखाको तर्फदेखि लालमाया घर्ती, सूचना प्रविधि तथा राजश्व शाखा प्रमुख अनिल छन्त्याल थापा, जनजाती विकास समितीको तर्फदेखि सदस्य सचिव थम कुमारी घर्ती, दलित विकास समितीको तर्फदेखि लिला बुढाथोकी र वडाको विषयमा वडा सचिबद्धारा वार्षिक कार्यक्रम सम्पादनको सन्दर्भका प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा विषयगत शाखाबाट आएका जिज्ञासा, सुझाब र गुनासोको सन्दर्भमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रम विरेन्द्र बहादुर कठायतको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढोरपाटनमा राष्ट्रिय जनमोर्चाको भ्रष्टाचारविरुद्ध विरोध सभा सम्पन्न ।। 

0

२०८२ साउन २७ , बुर्तिबाङ,

राष्ट्रिय जनमोर्चा पार्टी कमिटी ढोरपाटन बागलुङको भ्रष्टाचार विरुद्ध विरोध सभा मङ्गलबार बुर्तिबाङको लक्ष्मीमार्गमा सम्पन्न भएको छ । 

कार्यक्रम राष्ट्रिय जनमोर्चा पार्टी कमिटी ढोरपाटन बागलुङका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको अध्यक्षतामा स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूमा बढ्दो भ्रष्टाचारको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेका थिए । 

उनीहरूले जनताको करबाट सङ्कलित रकम दुरुपयोग भएको, योजना तथा विकास निर्माणमा पारदर्शिता नअपनाइएको, र जनताले पाउनु पर्ने सेवासुविधा असर परेको जस्ता आरोपहरू सार्वजनिक रूपमा राखे । सहभागीहरूले ‘बद्दो भ्रष्टाचार नियन्त्रण गर’, ‘ भ्रष्टाचारीलाई कारवाही गर ’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । राष्ट्रिय जनमोर्चाले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र जनतालाई सचेत गराउने प्रतिबद्धता जनाएको छ। 

कार्यक्रममा केन्द्रिय सदस्य गौरीश्वर पाण्डले बोल्दै स्थानीय निकायदेखि सङ्घीय संरचनासमेतको शासन, प्रशासनमा व्यापक रूपमा फैलिएको भ्रष्टाचारलाई राष्ट्र र समाजको प्रगतिको मुख्य अवरोध भएको बताएका थिए । उनीहरूले बजेट वितरणदेखि निर्माण कार्यसम्म पारदर्शिता नअपनाइएका कारण विकास योजनाहरू जनतामैत्री नभएको र भ्रष्टाचारले सेवासुविधाको गुणस्तरमा सीधा असर पारेको आरोप लगाए ।

वक्ताहरुले जनताको कर तथा सार्वजनिक स्रोतलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने चेतावनी दिए । उनीहरूले भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आह्वान गरे । 

साथै, विकास कार्यको हरेक चरणमा जनतामार्फत निगरानी र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारको जड उखेल्न दीर्घकालीन सङ्घर्ष आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले आगामी दिनमा यस्ता विरोध सभा, जनचेतना र्याली तथा हस्ताक्षर अभियानजस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

 

तमानखोला गाउँपालिकाले शहरमा पुगेर नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिने ।

0

 

तमानखोला गाउँपालिकाले नागरिकको समस्यालाई मध्यनजर राख्दै मुख्य शहरमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिने भएको छ ।

गाउँपालिकाले एक सूचना मार्फत गाउँपालिकाबाट विभिन्न सेवा सुविधाको निम्ती विभिन्न शहरमा बस्दै आएका नागरिकको समस्यालाई मध्यनजर राख्दै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

अध्यक्ष बुढाले भन्नुभयो “ बर्सातको समय छ सडक सहज छैन सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नेमा धेरैजसो ज्येष्ठ नागरिक हुनुहुन्छ ।उहाँलाई सम्बन्धित वडा कार्यालय सम्म आउजाउ गर्न असहज हुने देखिएपछि मुख्य तिन शहरमा पुगेर नवीकरण गर्न तालिका तय गरिएको बताउनु भयो ।”

पालिकाले बर्षात को समयमा नागरिकलाई वडामा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न समस्या भएको र नागरिकको समेत गुनासो रहेको भन्दै त्यसलाई सहज बनाउन मुख्य शहरहरू काठमाण्डौ, पोखरा र भैरहवामा पालिकाबाट कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिने तयारी रहेको जनाइएको हो ।

पोखरामा यहीँ भाद्र २ गते, काठमाण्डौ भाद्र ४ र ५ गते र भैरहवा भाद्र ७ गते सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने तय गरिएको हो ।


चारदिन देखि पश्चिम बागलुङमा केन्द्रिय विद्युत समस्या ।

0

पश्चिम बागलुङमा केन्द्रिय विद्युत दिउसोको समयमा आपुर्ति नहुँदा समस्या सृजना भएको छ । १३२ के.भि. क्षमताको विद्युत विस्तारीकरण भइरहेका कारण अझै चार दिन सम्म विद्युत नियमित नहुने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख पवन पौडेलले बताउनु भयो ।

बडिगाड गाउँपालिका ५ ग्वालिचौरमा स्थानीय नागरिक विच जग्गा विवादले विद्युत विस्तारमा लामो समयदेखि समस्या रहेको थियो । सर्वोच्चमा रिट परेको र सुनवाई नभएको अवस्थामा विद्युत को तार तान्ने काम अवरुद्ध थियो ।

सर्वाेच्को फैसला आएसँगै विवादित क्षेत्रमा गत चार दिन देखि टावर निर्माण र विद्युत तार तान्ने काम भइरहेका कारण अझै केहिदिन विद्युत सेवा दिवा समयमा अवरुद्ध हुने प्रमुख पौडेलले बताउनु भयो । हाल प्रसारण भइरहेको लाइनमा माथिदेखि तार तान्दै गर्दा सर्ट हुने समस्या भएपछि दिउँसोको समयमा विद्युत अवरुद्ध हुन पुगेको बताइएको छ ।

पौडेलले भन्नुभयो“ हामीले सेवा ग्राहीको समस्यालाई मध्यनजर राख्दै दैनिक १०० बढि कामदार खटाएर काम गरेका छौँ करिब ४ दिन सम्म काम सकिएपछि विद्युत नियमित हुन्छ । ” बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रुपमा विद्युत बन्द हुँदै आएको हो । विद्युत बन्द हुँदा उद्योग, कार्यालय, व्यापार , सञ्चार लगायतका क्षेत्रमा प्रत्यक प्रभाव पारेको छ ।

ढोरपाटन पुग्ने पर्यटकको गुनासो ,सडकको अवस्था नाजुक, होटल– होमस्टेले मनपरी रकम असुल्दै ।। 

0
२०८२ साउन २५ , बुर्तिबाङ शिशिर विश्वोकर्मा

२०८२ साउन २५ , बुर्तिबाङ
शिशिर विश्वोकर्मा, नेपालको एक मात्र शिकार आरक्षका रूपमा परिचित ढोरपाटन हाल पनि आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

हिमाली भेगको सौन्दर्य, जैविक विविधता, तथा स्थानीय संस्कृतिको अनुभव लिन यहाँ हरेक वर्ष हजारौङ्को सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । तर हालका दिनमा यहाँ पुग्ने यात्रुहरूको अनुभव उत्साहजनक मात्र नभई गुनासोले भरिएको देखिन्छ । पर्यटकहरूको भनाइमा, ढोरपाटन पुग्ने मुख्य सडक खण्डहरू अत्यन्तै जीर्ण अवस्थामा छन् ।

सवारीसाधन चलाउँदा खाल्डाखुल्डी, असमान सतह र पहिरोको जोखिमको सामना गर्नुपर्ने बाध्यता छ । वर्षायाममा सडक हिलाम्य र हिउँदमा धुलाम्य हुने हुँदा यात्राको कठिनाइ झन् बढ्ने गरेको छ । “यात्रा गर्दा आधा बाटोमै थाकिन्छ, सडक यति बिग्रिएको छ कि निजी सवारी लिएर आउनु पनि साह्रै चुनौतीपूर्ण हुन्छ,“ बागलुङबाट पुगेका एक आन्तरिक पर्यटकले भने , यात्राको कठिनाइ पार गर्दै गन्तव्यमा पुगेका पर्यटकहरूले स्थानीय होटल र होमस्टे व्यवसायमा समेत असन्तोष व्यक्त गरेका छन् ।

उनीहरूका अनुसार, होटल तथा होमस्टेमा मूल्यसूची स्पष्ट छैन, मेनुमा तोकिएको भन्दा बढी रकम असुल्ने प्रवृत्ति व्यापक छ, र सेवाको स्तर पनि भुक्तानीअनुसार छैन । केही पर्यटकले समान सेवाका लागि फरकफरक पर्यटकसँग फरक मूल्य लिने गरिएको आरोप समेत लगाएका छन् । “पर्यटन क्षेत्रलाई दिगो बनाउन हो भने सेवा र मूल्य दुवैमा पारदर्शिता आवश्यक छ ।

अहिलेको मनपरी शुल्क र कमजोर पूर्वाधारले आगन्तुकको अनुभवलाई नकारात्मक बनाइरहेको छ,“ एक पर्यटन व्यवसायीले चेतावनी दिए । पर्यटनहरूको धारणा छ कि यस्तो अवस्था जारी रहँदा ढोरपाटनको छवि कमजोर हुने मात्र नभई, दीर्घकालीन रूपमा पर्यटक आगमनमा कमी आउने सम्भावना छ । उनीहरूले तत्काल सडक पूर्वाधार सुधार, मूल्य नियमन, र सेवा गुणस्तरमा सुधारका लागि सम्बन्धित निकायहरूलाई पहल गर्न आग्रह गरेका छन् ।

स्थानीय प्रशासनले भने सडक मर्मत र होटल–होमस्टे व्यवस्थापन सुधारका लागि योजना बनाइरहेको जनाएको छ ।

आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

0
*

२४  साउन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ .

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै    

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।

जनै पूर्णिमाको अवसरमा पूजा अर्चना तथा दर्शन गर्न ढोरपाटनमा हजारौँ भक्तजन ।

0

बागलुङको ढोरपाटन स्थित ढोरबराह मन्दिरमा आज जनैपूर्णिमा अर्थात ऋषितर्पणीको अवसरमा पूजा अर्चना तथा दर्शन गर्न हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन ढोरपाटन पुगेका छन ।

विहिबार देखि नै ढोरपाटन पुग्नेको सँख्या बढेको हो । ढोर बराह मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णिमा बराह देवताको पूजाआजा तथा पितृको सम्झनामा अर्चना गर्ने गरिन्छ ।

जुन यस क्षेत्रको ठुलो र महत्वपूर्ण पर्व तथा मेलाको स्वरुप समेत हो । पुजा अर्चना तथा दर्शनका निम्ती बागलुङ लगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याँङजा, म्याग्दी, मुस्ताङ सहित  पर्वत, कास्की , काठमाडौँ, भरतपुर लगायत देशका अधिकांश जिल्लाहरुबाट हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू मेला भर्न र ढोरबराह देवताको पूजा अर्चनाका निम्ती पुगेका पाइएको छ ।

प्रत्येक वर्ष ढोरबराह मन्दिरमा चण्डी पूर्णिमा अर्थात बैशाख पूर्णिमाको दिन र जनै पूर्णिमा का दिन दुईपटक ढोर बराहको पूजा गरिन्छ । ढोर वराहको दर्शन तथा पूजा अर्चना गरेमा मनोकाङ्क्षा पुरा हुने स्थानीयको विश्वास रहेको छ । कतिपयले मनोकामना पुरा होस भनी भाकल समेत गर्ने गर्दछन् ।

ढोर बराह मन्दिरमा देवतालाई आफूले मागेको पुरा भए पनि भेडाको बली चढाउने गर्दछन् भने कसैले आफ्ना पितृको मृत्यु भएको छ भने उनीहरूको नाममा उत्तरगंगा नदीमा पिण्ड फुलपाती र चिना अर्पण गर्ने गर्दछन् । यसवर्ष माइन्थोकी पुन मगर समाज ढोरपाटन ९ को आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

आज कार्यक्रमको संघिय सांसद देवि प्रकाश भट्टचनले उद्‌घाटन गर्नुहुने कार्यक्रम रहेको छ । ढोरवाराह मन्दिरमा बिहान सबेरै देखि भेडाको बलि दिने र पुजा, अर्चना तथा भालक गर्नेहरूको भिड लागिरहेको छ । ढोरपाटन पुग्नका निम्ती निरन्तर बर्षात र विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण यात्रुले सास्ति खेप्नु परेको हो ।