जेठ २६ गते बागलुङको तमानखोला गाउँपालिकालाई सोमबार एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
गाउँपालिकामा रहेका खोप लगाउने उमेर समुहका सबै बालबालिका खोपको शतप्रतिशत पहुँचमा पुगेपछि पालिकाले एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएपछि पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।
१६ देखि २३ महिना उमेर समुहका ११४ जना बालबालिकालाई पूर्ण खोपको मात्रा लगाइएको हो । ६ वटै वडामा रहेका सबै बालबालिकाले खोपको मात्रा पुरा गरेका कारण पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनाईएको छ । त्यस्तै पालिका भर बच्चा जन्मेदेखि १५ महिना सम्म १६३ जना बालबालिकाले खोप लगाइरहेका हुन । पालिकाले लिएको पूर्ण खोप सुनिश्चितता दिगोपनालाई सबै बर्ष दिगो बनाउन पालिकाको लक्ष्य संगै सबैको साथ आवश्यक पर्ने गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।
पालिकाले स्वास्थ्य क्षेत्रमा व्यापक लगानी गरिरहेको बताउँदै लगानी अनुसार परिणाम समेत आइरहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, सामाजिक विकास समिती संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृतकुशुमशिला भट्ट , कार्यपालिका सदस्य हिक्मत जक्तपूरी को प्रतिवद्धता सँगै शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले सञ्चालन गर्नुभएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा आइतबार देखि एक हप्ते ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ ।
ट्राफिक सचेतना फैलाउने उद्देश्य स्वरुप सुरु भएको कार्यक्रमको पहिलो दिन बुर्तिबाङ बजारमा ट्राफिक सचेतना गर्दे ¥याली सहित परिक्रमा गरेर औपचारिक कार्यक्रम सहित सम्पन्न गरिएको हो । ७ दिन सम्म विभिन्न कार्यक्रमका साथ मनाउने उद्देश्य सहित अगाडि बढिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।
बस्नेतको अध्यक्षतामा आयोजीतऔपचारीक कार्यक्रममा उद्योग वाणिज्यसंघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै छन्त्यालले ट्राफिक सचेतना कार्यक्रममा उद्योग वाणिज्यसंघको समेत साथ रहेको बताउँदै विभिन्न नागरिक लक्षित सचेतना कार्यक्रमका सरिक भएर हगाडी बढिने बताउनु भयो । बजारमा ट्राफिक व्यवस्थापन अझै आवश्यक देखिएको बताउँदै स्थानीय सरकार, उद्योग वाणिज्यसङ्घ, यातायात व्यवसायी र प्रहरी विचसमन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी समितिकामहासचिव नर बहादुर क्षेत्रीले बोल्दै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको बताउँदै यातायात व्यवसायीको सक्रियतामा काउन्टर व्यवस्थापन, सचेतना मुलक कार्यक्रम समेत भइरहेको बताउनु भयो ।
कार्यक्रममा गुण्ज बहादुर भण्डारीको समेत मन्तव्य रहेको थियो । उद्योग वाणिन्यसंघका पदाधिकारी, यातायात व्यवसायी समितीका पदाधिकारी, पत्रकार, रिभरहेड बोर्डिङका शिक्षक, विद्यार्थी लगाएतको सहभागितामा कार्यक्रम गरिएको हो ।
प्रहरीले विद्यार्थी संग सचेतना, पैदल यात्रु, सवारी चालक, यात्रु संग सचेतना मुलक कार्यक्रम गर्ने, प्रचा पम्प्लेट वितरण लगाएतका कार्यक्रम आयोजना गरिएको बुर्तिबाङ अस्थाई ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज न्यौपानेले बताउनु भयो । कार्यक्रम जेठ ३१ गते सम्म सञ्चालन हुने जनाइएको छ ।
गण्डकी प्रदेश बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका केन्द्रको रूपमा रहेको छ।
बुर्तिबाङ निसि,भुजी र तमान खोलाको संगम स्थल सङ्गैवडिगाड खोलाको उद्गम स्थल पनि बुर्तिबाङ हो । वडिगाड खोलाको किनार, धौलागिरी हिमालको छाया र ढोरपाटनको काखमा अरबस्थितग्रामीण शहर बुर्तिबाङ सुन्दर र रमणीय छ ।
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङ शाखाको आयोजनामा आयोजित कार्यक्रमका अवसरमा नयाँ व्यापार ,व्यवसाय, शिक्षा, स्वास्थय,खानेपानि , कृषि लगायत आर्थिक विकास र समृद्धिमा नेपाल राष्ट्र बैंकले नागरिकका आर्थिक समस्यामा सुधार गर्न प्रतिवद्ध भएको नेपाल राष्ट्र बैंककागर्भनर डाक्टर विश्वनाथ पौडेले बताउनुभयो ।
त्यस्तै उद्यो वाणिज्य संघ, विभिन्न बैंकका कर्मचारी ,सहकारीलगायतले ढोरपाटनको आर्थिक समवृद्धिमा आएका समस्या , बिलभुक्तानी गर्ने प्रक्रिया, निर्माण व्यवसायिसमसामयिक समस्या ,बजेट सुनिश्चिता, सहकारीमामनपरी असुली लगायतका समस्याहरू राखेका थिए ।
नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र अति नै महत्त्व बोकेको धार्मिक स्थल उत्तारगंगाको प्रवेशद्वार बुर्तिबाङ, मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तरगत नेपाल सरकारले अगाडि सारेको नयाँ शहर विकास आयोजनाको १० शहरहरू मध्य बुर्तिबाङ पनि एक हो ।
मध्य पहाडी लोकमार्ग र ढोरपाटन –सालझन्डी –लुम्बिनी जस्ता राजमार्ग तथा राष्ट्रिय सडक सञ्जालले छोएको बुर्तिबाङ उदाउँदो ग्रामीण शहर र व्यापारिकहबका रूपमा विकास भैरहेको छ। बुर्तिबाङ भगवती मन्दिर यहाँको प्रमुख धार्मिक स्थल हो भने अन्य पर्यटकीय र धार्मिक स्थानहरूमा बुर्तिबाङ नजिकै पर्ने अर्नाकोट बराह मन्दिर तथा अर्नाकोट, नरसिंहकोट नगरपालिका भित्रै पर्ने ढोरबराह मन्दिर, उत्तरगंगा, नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र ढोरपाटनमा रहेका स–सानाहिमशिखरहरू यो क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल लगयतको विषयवस्तुमा अन्रकृया भएको हो ।
कार्यक्रम ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङ शाखाका अध्यक्ष दालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंककागर्भनर डाक्टर विश्वनाथ पौडेलको प्रमुख आतिथ्यता, ग्लोबल बैँक कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, दीर्घ बहादुर रावल ,सरण अधिकारी, कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्णतिमल्सिना, डा सुनिल आचार्य ,कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक , विभिन्न बैकका कर्मचारी, सहकारी सञ्चालक लगायतको उपस्थितिमा सविन अर्गेजाको स्वागत मन्तव्यमा ज्ञान प्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङको तमानखोला गाउँपालिकाले एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ । गाउँपालिकाले एकल महिलालाई आयआर्जनसँग जोड्न पालिका भरका २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको हो । मौरीसहितको घार पाएपछि महिलाहरूले पालिका प्रति आभार व्यक्त गरेका छन् ।
गाउँपालिकाले निसीखोलाबाट रु तीन लाख रकम वरावरको मौरीसहित घार खरिद गरि महिलाहरूलाई वितरण गरेको हो ।
एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनका लागि सिप सिकाएर व्यावहारमा उर्तान मौरी र घार वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो । तमानखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको भन्दै व्यवसायिक रुपमा गर्दै गए थप मौरी र घार सहयोग गर्ने उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।
“एकल महिलालाई यस वर्ष सिप सिकाएर व्यवसायसँग जडौँ भन्ने हिसाबले मौरीपालन सम्बन्धी तालिम दियौँ र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, धेरैले चासो पनि दिनुभएको छ, यस वर्ष कम बजेट रहेको हुँदा थोरै घार दियौँ, आगामी वर्ष बजेट बढाएर थप सहयोग गर्ने योजना छ,” उपाध्यक्ष छन्त्यालले भन्नुभयो – “हामीहरुले सिप सिकाउने हो, दक्ष बनाउने हो, उहाँहरूले व्यवसायिक रुपमा मह उत्पादन गर्न थाले अरु सहयोग गर्दै जाने छौँ ।”
तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाई खर्च जुटाउने योजना भएको बताउनुभयो । गाउँमा कुनै पनि किसिमको रोजगार नहुँदा घर खर्च चलाउन समस्या हुने गरेको भन्दै मौरीपालन तालिम लिएपछि व्यवसायिक रुपमा मह उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ छ । मौरीपालनका लागि धेरै खर्च नलाग्ने र झन्झटिलो पनि नहुने हुँदा आम्दानीसमेत राम्रो गर्न सकिने छन्त्याल बताउनुहुन्छ ।
एकल महिलालाई आत्मनिर्भर बनाउन ,सामाजिक तथा आर्थिक सशक्तीकरणमा प्रेरित गर्ने उद्देश्यले पालिका भित्रका एकल महिलाहरूलाई मौरीसहित घार वितरण गरिएको हो । महिलाले मौरीपालनबाट मह उत्पादन गरी आम्दानी गर्न ,घरमै बसेर सञ्चालन गर्न सकिने व्यवसाय भएकाले महिलाहरू आर्थिक रूपमा निर्भर रहन नपर्ने , मौरीपालनले कृषि उत्पादनमा पनि सकारात्मक असर पर्ने, मह, मोम, र अन्य मौरीजन्य उत्पादनको निरन्तर माग हुन्छ ।महिलाहरूको जीविकोपार्जनमा सुधार,गाउँ (घरमा स्वरोजगारको अवसर, वातावरणीय रूपमा लाभदायक अभ्यासको प्रवर्द्धन हुने भएकाले पालिका भित्रका एकल महिलाहरूलाई मौरीसहित घार वितरण गरिएको हो ।
निसीखोला गाउँपालिका वडा नम्बर २ को आयोजनमा आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
वडाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान, अभिभावक विहीन , गरिब, जेहेन्ददार विद्यार्थीलाई स्टेसनरी हस्तान्तरण र आधारभुत तह स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । कार्यक्रमका अवसरमा अन्तरजातीय विवाह गर्ने ३ जोडीलाई सम्मानपत्र , नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
बक्तित्वकला प्रतियोगितामा ७ जनाको सहभागिता रहेकामा जनहित आधारभुत विद्यालयका विद्यार्थी देवी घर्ति प्रथम, सोही विद्यालयका मुना खत्री दिर्तिय र चिरण परियार दिर्तिय भएका हुन । उत्कृष्ट हुने विद्यार्थीलाई विवाइसीअन्र्तगत दिगो परियोजनाको तर्फदेखि पुरस्कृत गरिएको थियो ।
वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष सुूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विवाइसी का प्रतिनिधि ओम बहादुर सिर्पाली ले सञ्चालन गर्नुभएको हो ।
२० वर्षमा ४५ अर्बको काम हुनुपर्नेमा १ अर्बको पनि भएन काम
छविलाल पाण्डे बागलुङ
नेपाल सरकारले २०६९ सालदेखि मध्ये पहाडी लोकमार्ग अन्तरगत पर्ने विभिन्न शहरलाई व्यवस्थित बनाउँदै उक्त सहरभित्र एक लाख मानिस बस्न सक्ने गरी विकास निर्माण र आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लक्ष्य अनुरूप सुरु भएको बुर्तिबाङ शहरमा नयाँ शहर आयोजना सञ्चालन भएको १२ वर्ष लाग्दै गर्दा जम्मा पाँच प्रतिशत हाराहारीमा मात्र भौतिक प्रगति भएको पाइएको छ ।
विक्रम सम्वत् २०६९ सालदेखि २०९० सम्म सम्म सञ्चालन हुने गरी सञ्चालनमा आएको नयाँ शहर आयोजना बुर्तिबाङमा अपेक्षाकृत बजेट प्राप्त हुन नसकेपछि अपेक्षाकृत प्रगति समेत हुन नसकेको हो । साविक बुर्तिबाङ गाविस वडा नम्बर १ देखि ५ सम्म विकास गर्ने लक्ष्य लिएको आयोजनाले स्थानीय तह पुनसंरचरना पश्चात ढोरपाटन नगरपालिका १ देखि ३ नम्बर वडा सम्म कार्यक्षेत्र बनाएर भौतिक विकासको काम गरिरहेको छ ।
१२ वर्षसम्म कुल ७८ करोड बजेट प्राप्त भएकोमा हालसम्म जम्मा ५० करोडको मात्रै कार्यसम्पादन भएको नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकृत कोमल शाहले बताए ।
आर्थिक वर्ष२०६९÷०७० देखि सुरु भएको आयोजनाले हालसम्म सडक निर्माण, सडक ढलान, नालि निर्माण, जग्गा खरिद, पार्क निर्माण, पदमार्ग निर्माण, बसपार्क निर्माण, सभाहल निर्माण सौर्यबत्ती जडान, र नयाँ शहर आयोजनाको एकीकृत भवन निर्माणको काम गरेको हो । कर्मचारी व्यवस्थापन र आन्तरिक समस्याको कारण कुनै बर्ष सबै बजेट फिर्ता भएको आयोजनामा हालसम्म ३६ प्रतिशत बजेट काम नभइकन फिर्ता भएको पाइएको छ ।
ल्यान्ड पुलिन, चौतारो, अस्पताल निर्माण, सार्वजनिक विद्यालय, कलेज निर्माण, सडक, खानेपानी, पार्क, खेलमैदान सभाहल लगाएत व्यवस्थित पूर्वाधार तयार पारी २०९० सालसम्म यहाँ एक लाखजनसङ्ख्या बस्न मिल्ने बस्तीको विकास गर्ने र यहाँबाट हुने बसाइसराइ लाई रोक्ने उद्देश्यका साथ आयोजना सञ्चालन भएको हो । मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने विभिन्न १० स्थानमा शहर बसाउने उद्देश्य स्वरुप अगाडि बढाइएको सरकारको लक्ष्यले पूर्णता पाउने अपेक्षा कम देखिएको छ । १२ वर्षसम्मपनि अपेक्षाकृत विकास हुन नसक्नु र अन्य क्षेत्रमा समेत सहर
विस्तार गरी बजेट कतौटी हुँदै गर्दा अपेक्षाकृत विकासले गति लिन नसकेको स्थानीय नागरिकको भनाई रहेको छ ।
आयोजनाले हालसम्म गरेको उपलब्धि
आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, ५ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, भब्रेटा मा सभाहल निर्माण, कुतथ्याप्ला माएकीकृत भवन निर्माण, मनोरञ्जन पार्क निर्माण, २७२ स्थानमा सौर्य बत्ती जडान, ५६ रोपनी जग्गा खरिद, बसपार्क निर्माण र टर्मिनल भवन निर्माण संगैटारीखेतमा ल्यान्ड पुलिको काम समेत भइरहेको सूचना अधिकारी शाहको भनाई छ ।
त्यस्तै चालु आर्थिक वर्ष २०८१÷०८२ मा ९ करोड ९५ लाख बजेट विनीयोजन भएकोमा बसबार्क निर्माण र टर्मिनल भवन निर्माणको काम तिन करोड, तारिखेत देखि कुत्थ्याप्ला पहुँचमार्ग निर्माण र पार्क निर्माण तर्फ तिन करोड, कर्वडहल देखि दुले नजिक सम्म सडक निर्माण र भब्रेटा खेलकुद मैदान निर्माण, ३ करोड ३५ लाख र सभाहल निर्माण ५० लाख बराबरको काम भइरहेको जनाइएको हो ।
अन्य क्षेत्रमा काम भइरहे पनि सभाहल ढोरपाटन निर्माण सेवाले जिम्मा पाएको भएपनी उक्त बाँकी रहेको संरचना निर्माणमा निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेको पाइएको छ ।
कहिलेबाट भयो त सुरुवात र कस्ले गर्यो नेतृत्व
२०६९ ÷०७० मा सुरुवात भएको नयाँ शहर आयोजना कार्यालयमा नगरविकास समितीको रुपमा तुल्सीराम अर्यालले दुई बर्ष २०७०÷ ०७१ देखि २०७१ ÷ ०७२ सम्म अध्यक्षको रुपमा काम गर्नुभयो ।
त्यस्तै २०७२÷०७३ देखि ७३ ÷७४ सम्म अर्जुन शेरचनले काम गर्नुभयो । त्यपछि ०७४÷०७५ मा मेशलाल शर्माले अध्यक्षको रुपमा काम गर्दे गर्दा स्थानीय तहको पुनर संरचना पछि स्थानीय तहको प्रमुख नै नगरविकास समितीको अध्यक्ष हुने प्रावधान पछि ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको मातहतमा करिब ६ बर्ष आयोजना चल्यो र. पछिल्लो समय मेयर नेपाली सहकारी प्रकरणमा कारागार पश्चात कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा नयाँ समिती गठन गरेर नयाँ शहर आयोजना बुर्तिबाको रेखदेख र योजना बनाएर अगाडि बढ्न थालिएको हो ।
गत फागुन महिनामा गठित समितीले आर्थिक वर्ष २०८२÷०८३ को योजनाको माग शहरी विकास मन्त्रलयमा पठाइसकेको हो । आयोजना कार्यालयले उपलब्ध गराएको डाटा अनुसार कुन वर्षमा कति बजेट नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङमा १२ वर्ष सञ्चालन भएपनी कुनै वर्ष बजेटनै प्राप्त नभएको र कुनै वर्ष न्यून मात्रामा बजेट प्राप्त भएको पाइएको छ ।
आर्थिक बर्ष२०६९÷०७० मा आयोजना कार्यालय सुरुवात गर्दे कुत्थाप्लामा जग्गा खरिद र बुर्तिबाङ बजारमा ढल निर्माण गरिएको थियो आयोजना कार्यालयमा उक्त आर्थिक श्रेष्टा फेला नपरेको जनाइएको छ । त्यस्तै २०७०÷०७१ र २०७१÷०७२ मा दुबै बर्ष कुनै काम नभइकन बजेट फ्रिज गएको आयोजना कार्यालयले जनाएको हो ।
२०७२÷०७३ मा चालु र पूजीगत तर्फ ४ करोड ४७ लाख प्राप्त भएकोमा २ करोड ८३ लाख लाख खर्च भएको छ । २०७३÷०७४ मा ८ करोड २२ लाख लाख मध्य ५ करोड १५ लाख खर्च भएको छ । २०७४÷०७५ मा सबैभन्दा बढि १६ करोड ४० लाख बजेट प्राप्त भएको छ जसमा १६ करोड ११ लाख खर्च भएको छ । २०७५÷०७६ मा बजेट ह्वात्तै घटेको पाइन्छ जसमा १ करोड ३० लाख प्राप्त हुँदा जम्मा ६२ लाख खर्च भएको छ । २०७६÷०७७ मा आउँदा ७ करोड ५७ लाख प्राप्त भएको छ सोही वर्ष ७ करोड २१ लाख खर्च भएको हो ।
२०७७÷०७८ मा ६ करोड ७३ लाख प्राप्त भएको छ जसमा ६ करोड ३१ लाख खर्च भएको हो । आर्थिक वर्ष २०७८÷०७९ देखि केहि बजेट बढेर आएको पाइन्छ जसमा १२ करोड ६ लाख प्राप्त भएकोमा ९ करोड १४ लाख खर्च भएको छ । २०७९÷०८० मा १५ करोड ३३ लाख मध्ये १० करोड ९३ लाख खर्च भएको छ । २०८०÷०८१ मा ७ करोड ८१ लाख मध्ये ५ करोड १२ लाख खर्च भएको छ । चालु आर्थिक वर्षमा १० करोड ९५ लाख बजेट प्राप्त भइ काम भइरहेको हो ।
नयाँ शहर आायेजना कार्यालयले उपलब्ध गराएको डाटा निम्न बमोजिम रहेको छ ।
कति बजेट प्राप्त भयो र कति भयो खर्च
कार्यालयले उपलब्ध गराएको डाटा अनुसार आर्थिक बर्ष२०६९÷०७० को बजेट नदेखिएपनी अन्य बजेट प्राप्त हुँदाको बजेट हालसम्म ९० करोड ८३ लाख प्राप्त भएको छ । जसमध्ये आलु आर्थिक बर्षको काम भइरहेका कारण अन्य वर्षमा ६३ करोड ४२ लाख बजेट खर्च भएको पाइएको हो ।
कहाँ गयो बाँकी प्राप्त बजेट नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीका अनुसार पुँजीगत बजेटको रकम ठेक्का प्रकृयामा प्रतिशप्रर्धामा केहि प्रतिशत छोडेर निर्माण कम्पनीले ठेक्का सम्झौता गर्ने र सोही बजेट कार्यालयमा नराखि सिधै मन्त्रालयमा पठाउनु पर्ने भएका कारण फिर्ता भएको बताउनु भयो । कहिँकतै काम पुरा नभएका र ठेक्का प्रकृया टेण्डर मार्फत गराइने भएका कारण टेण्डरबाट प्राप्त भएको रकम फिर्ता गएको जनाइएको हो ।
बजेट घट्नुका कारण ः सरकारले मध्येपहाडी लोकमार्ग आसपासमा पर्ने विभिन्न १० स्थानलाई नयाँ शहरका रुपमा घोषणा गर्दे आधुनिक शहर र विकासका पूर्वाधार भित्राउने लक्ष्य लिएपनी पछिल्लो समय देशका विभिन्न स्थानमा गरी ५८ वटा नयाँ शहर निर्माण गर्ने गरी सरकारले घोषणा गरेर काम अगाडि बढाएको छ ।
मध्येपहाडी लोकमार्गमा १२, हुलाकी लोकमार्ग क्षेत्रमा १०, तराई मधेशमा ५ गरी कुल २७ शरहमा काम अगाडि बढेको छ । अन्य क्षेत्रमा समेत सरकारले शहर तोकेर काम अगाडि बढाइरहेको हो ।
यसरी धेरै क्षेत्रमा शहर बनाउँदै जाँदा निश्चित क्षेत्रमा पुग्नुपर्ने बजेट धेरै शरहमा पठाउँदा बजेट घट्दै गएको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनु भयो ।
१२ वर्षमा मात्र करिब ५ प्रतिशत भौतिक प्रगति हुनु सामाजिक र सांस्कृतिक रूपमा पनि चिन्ताजनक छ । यो अवस्था हुनुमा स्थानीय सामुदाय र कार्यालयको मात्र कमजोरी नभई लक्ष्य अनुसार विकाश गर्नका निम्ती राज्यले आवस्यकताको अधारमा बजेट व्यवस्थापन गर्न नसक्नु पनी हो ।
नयाँ शहर आयोजना कार्यालयले केहि मात्रामा काम गर्दापनी बुर्तिबाङ शहरमा विकासले गति लिएको देखिन्छ राज्यले लिएको अपेक्षालाई गम्भिरता पूर्वक लिएर आवस्कयताको आधारमा बजेट विनीयोजन गर्ने र स्थानीय सहयोग समोन्य भएमा नयाँ शहरले राम्रो गति लिने देखिन्छ ।
यदि परियोजनाले स्थानीय समुदायको सामाजिक संरचना, शिक्षा, स्वास्थ्य, आवास, र सांस्कृतिक जीवनशैलीमा रूपान्तरण गर्ने लक्ष्य लिएको हो भने, त्यसलाई सफल पार्न सरकार र स्थानीय तहबीच स्पष्ट नीति, निरन्तरता, जवाफदेहिता र जनसहभागिता अत्यावश्यक छ।
प्रकाश माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका ४ हुन्द्राफेदी कोमङ्गलबार एक कार्यक्रमका बिच ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिज्येष्ठ सदस्य हिरा बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य माननीयजित बहादुर शेरचनले उद्घाटन गर्नुभएको हो । आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दे सांसद शेरचनले आफले आधारभुत तहमा अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव समारोहमा सहभागिता जनाउन पाउँदा खुसि लागेको बताउँदै विद्यालयको भौतिक संरचना सुधार गर्न आफूले प्रयास गर्ने बताउनु भयो ।
शिक्षा क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउँदै शिक्षाको विकासमा सबैको अहम्भूमिका रहने बताउनु भयो । सांसद शेरचनले फरक प्रसङ्गमा बोल्दै आफू क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित भएपनि यस क्षेत्रको पनी विकासमा नागरिक सँग हातेमालो गरिरहेको बताउनु भयो । खानेपानी, पुल, सडक लगायत दर्जनौँ योजनाहरु यहाँका नागरिकको माग र आवश्यकताको आधारमा
ग िरएको बताउँदै आफूले कम बोल्ने तर बोलेका कुरा व्यवहारमा उतार्दै आएको बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतकोविशिष्ट आतिथ्यता रहेको थियो । कायत ले सम्बोधन गर्दे सामुदायिक विद्यालयको गुणस्तर उकास्न ढोरपाटन नगरपालिकाले दिगो लक्ष्य र योजनाका साथ अगाडि बढिहरेको बताउनु भयो । समाजमा अझैपनि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण नकारात्मक देखिन्छ शिक्षक, अभिवक, विद्यार्थी सँगै सरकारको भूमिकाले मात्र सामुदायिक विद्यालयको विकास सम्भव हुने उहाँको भनाई थियो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावल, समाजसेवी सहविनअर्गजालगायतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रममा चन्दादाता, जनप्रतिनिधि, अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयले आयोजना गरेको खुल्ला माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगितामा ९ समुहको सहभागिता रहेकोमा छोरेगाउँ माध्यमिक विद्यालय प्रथम र घोसाखानी माध्यमिक विद्यालय द्धिर्तिय भएका छन । मावि स्तरीय छात्रा भलिबलमा आयोजक विद्यालय प्रथम र घोसाखानीमाध्यकि विद्यालय दिर्तिय भएको छ । विद्यालयले आन्तरिक विविध कार्यक्रम आयोजना गरेको थियो । औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर राना द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
बागलुङको निसीखोला गाउँपालिका सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । सबै वडालाई घोषणा गरिएसंगै सोमबार औपचारिक कार्यक्रम सहित पालिका घोषणा गरिएको हो ।
गाउँपालिका भरशून्य देखि १५ महिना सम्मका ४५२ जना र १६ देखि २३ महिना सम्मका ३७६ जना बालबालिकालाई खोप लगाइएको हो ।
खोपको पहुँच भन्दा बाहिर रहेका ५ जना बालबालिकालाई समेत अभियानमा समावेश गरेसंगै पूर्ण खोप पालिका घोषणा गरिएको हो । १६ देखि २३ महिना सम्मका ३७६ बालबालिकालाई खोपको पूर्ण मात्रा पुरा गरेका बालबालिकाको सँख्या सबै वडामा पुगेपछि पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक जुनी घर्तिले बताउनु भयो ।
बालबालिकाको शरीरमा रोग सँग प्रतिरक्षा गर्ने क्षमतावृद्धि गराउनका निम्ती खोप लगाउने गरिन्छ । पालिका भरका ११ स्वास्थ्य सँगै १७ खोप केन्द्रबाट विभिन्न १३ प्रकारका खोप लगाउने गरिएको हो । स्वास्थ्य कर्मी , महिला स्वास्थ्य स्वयमसेवीकाद्धाराघरधुरीसर्वेक्षण गरेर हेरक बालबालिकाले निःशुल्क रुपमा पाउनु पर्ने खोपको मात्रामा पुरा गरेको पाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको जनाइएको हो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यमान घर्तिले बोल्दै गाउँपालिकाले स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकता दिएर काम गरिरहेको जनाउँदै गाउँपालिकाले विभिन्न सूचकको आधारमा पूर्ण खोप पालिका घोषणा गर्दे गर्दा यसलाई दिगो बनाउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । पालिकाले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यको पहुँचमा राख्न स्वास्थ्य इकाई स्थापना गरेर गाउँगाउँबाटै स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति अध्यक्ष एवम वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीले स्वास्थ्य क्षेत्रको विकास भएमा मात्र गाउँपालिका समृद्ध बन्न सक्ने बताउनु भयो । अझैपनि गाउँघरमा चेतना अभावका कारण खोप लगाउन नजाने, बीरामी हुँदा स्वास्थ्य संस्थामा नपुग्ने अवस्था रहेका कारण त्यसलाई चिर्नका निम्ती सबै निकायले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख टोप बहादुर चन्द, महिला स्वास्थ्य स्वयम सेवीका तारा शर्माको मन्तव्य रहेको थियो । स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयमसेवीका द्धारागित र नृत्य संगै प्रतिबद्धता पत्रमा हस्ताक्षर सहित पालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।कार्यक्रममा स्वास्थ्य संयोजक जुनी घर्तिले वडागत खोप लगाउने बालबालिकाको तथ्याङ्क र पूर्ण खोपको उद्देश्यका विषयमा प्रस्ट पार्नुभएको हो ।कार्यक्रम सिनियर अहेब कसिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाल छन्त्याल सङ्घको काठमाण्डौमा भएको ८ औँ अधिवेशनबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घैयाखानी का हरिचन डाँडामारे छन्त्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
जेठ १५,१६ र १७ गते काठमाण्डौमा आयोजित कार्यक्रमका अवसरमा निवर्तमान अध्यक्ष मोहन छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमुख अतिथिको रुपमा उद्धघाटन गर्नुभएको थियो ।
निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष तमानखोला २ बोङगाखानी का यमुना छन्त्याल , उपाध्यक्ष महिला थममाया घरब्जा छन्त्याल, उपाध्यक्ष खुल्ला चक्र बहादुर घरब्जाछन्त्याल,उपाध्यक्ष गण्डकी प्रदेश खिम बहादुर झिराजा छन्त्याल, बागमती प्रदेश धन बहादुर तथब्जा छन्त्याल, लुम्बिनी प्रदेशबाट योगेन्द्र घरब्जा छन्त्याल चयन हुनुभएको छ ।
त्यस्तै महासचिवमा समप्रसादभलञ्जा छन्त्याल, उप महासचिब नविनघरब्जा छन्त्याल सचिवमा चुडामणिभलञ्जा छन्त्याल र महिला आरक्षण कोटाबाट सचिव हिराकुमारी भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको हो । २ पद रिक्त सहित ३३ सदस्य केन्द्रिय समितिको गठन गरिएको जनाइएको छ ।
बागलुङको तमानखोला गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा विभिन्न चार स्थानमा कल्भर्ट पुल बनिरहेका छन ।
बर्षातको समयमा करिब ५ महिना खोलामा पानीको बहाब बद्दा गाउँसम्म सहज रुपमा यातायातका साधन पुग्न नसक्ने अवस्थाबाट बञ्चित रहेका स्थानीय नागरिकको समस्यालाई सम्बोधन गर्दे गाउँपालिकाले कल्भर्ट पुल मार्फत विकास अगाडि बढाएको हो ।
गतबर्ष दुई वटा पुल बनाएपछि सहज यात्रा गर्न पाएर दँग भएका स्थानीय नागरिक यसबर्ष चार ठाउँमा पुल बन्ने देखेपछि अब भने सहज रुपमा गाउँगाउँमा बर्षातको समयमा पनी सवारी चल्नेमा आशाबादी देखिएका छन ।बर्षातको समयमा उर्लने स्थानीय खोलाहरुमा मोटरेवल पुल बनाउन धेरै लगानी लाग्ने र मोटरेवल पुल बन्न धेरै समय लाग्ने अवस्था देखिएपछि साना खोलाहरुमा पनी बर्षातको समयमा नागरिकले पाएको सास्तिलाई म्ध्यनजर राख्दै पालिकाले बजेट विनीयोजन गरेर कल्भर्ट पुल वनाएर सिधा सवारीका साधन चल्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
खोलाको दुरी धेरै भएको ठाउँमा मोटरेवल पुल बनाउन पहल गरेका छौँ सानो दुरी रहेको क्षेत्रमा कल्भर्ट पुल प्रभावकारी देखिएपछि विभिन्न स्थानमा क्लभर्ट निर्माण गरिएको अध्यक्ष बुढाको भनाई छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले बोङगाखानी–बोङगादोभान घाट वडा नम्बर २ मा ७९ लाख ८८ हजार लागतमा पुल बनाइरहेको छ ।
हालसम्म ८५ प्रतिशत काम सकिएको हो । त्यस्तै वडा नम्बर ६ को नर्जा नुन्थला घाटमा ५७ लाख ३५ हजार लागतमा काम भइरहेको छ । वडा नम्बर ३ तमानको धोङखोलाघाटमा कल्भर्ट निर्माण सम्पन्न भएको छ । उपभोक्ता समिती मार्फत १० लाख लागतमा उक्त कल्भर्ट बनेको हो । त्यस्तै गण्डकी प्रदेश सरकार मार्फत सेर्माघाटमा कल्भर्ट निर्माण भइरहेको तमानखोला गाउँपालिका प्राविधिक प्रमुख राजन जिसीले बताउनु भयो ।
आगामी आर्थिक वर्षमा खुँखानी –थास्पुरी सहित दुई स्थानमा कल्भर्ट र बोङगादोभान –तमान जाने तमानखोला र वडा नम्बर ५ खुँखानी नर्जाखानी जाने खोलामा मोटरेवल पुल निर्माण भएमा तमानखोला गाउँपालिका सबै नागरिक सहज रुपमा बर्षातको समयमा समेत यात्रा गर्न सक्ने भएका हुन ।
आफुहरुको समस्या बर्षातको समयमा सिधा सडक सञ्जाल नहुँदा सास्ति भएको बताउँदै मोटरेवल पुल र कल्र्भट बनेमा निकै सहजता हुने तमानखोला ६ भित्रिवनका तम बहादुर छन्त्यालले बताउनु भयो । गाउँपालिकाले नागरिकको समस्यालाई मध्यनजर राख्दै यसबर्ष करिब डेढ करोड रुपैयाँ कल्भर्ट पुल निर्माणमा लगानी गरेको हो ।