Home Blog Page 35

न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगद्वारा चेतनामूलक बोर्ड सहयोग ।।

0


२०८२ साउन ४ , बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङको ढोरपाटन नगरपालिका –१ स्थित न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सडक सुरक्षालाई ध्यानमा राख्दै बागलुङको बुर्तिबाङ क्षेत्रको बतासे डाँडामा चेतनामूलक बोर्ड राखेको छ।
ढोरपाटन नगरपालिका –१ मा सञ्चालित न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सामुदायिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले बुर्तिबाङ क्षेत्रको बतासे डाँडामा चेतनामूलक बोर्ड स्थापना गरेको छ ।
अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने बतासे डाँडामा यात्रु तथा सवारी चालकहरूलाई सचेत गराउने उद्देश्यले उक्त बोर्ड स्थापना गरिएको हो। बोर्डमा ‘दुर्घटना ग्रस्त क्षेत्र – सचेत बनौं, सुरक्षित बनौं’ भन्ने सन्देश उल्लेख गरिएको छ ।
अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने बतासे डाँडामा यात्रु तथा सवारी चालकहरूलाई सचेत गराउने उद्देश्यले उक्त बोर्ड स्थापना गरिएको न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगका सञ्चालक सितराम बस्नेतले बताउनुभयो  ।
स्थानीय बासिन्दाहरूले पनि यो कदमको स्वागत गरेका छन्। उनीहरू भन्छन्, “यो सडक खण्ड निकै जोखिमपूर्ण छ। यस्तो चेतनामूलक बोर्डले चालकहरूलाई सचेत गराउनेछ र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ।”
उक्त कार्यमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट बुर्तिबाङको सहकार्य रहेको छ। सुरक्षाको लागि नागरिक र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको जनाउँदै स्थानीयले उद्योगको सामाजिक उत्तरदायित्वलाई सकारात्मक रूपमा लिएका छन् ।
स्थानीयवासीले निजी उद्योगद्वारा गरिएको यो सामाजिक उत्तरदायित्वलाई सकारात्मक पहलका रूपमा लिएका छन्। उनीहरूले भने — “यस्ता कार्यले सवारी सुरक्षा जनचेतनामा योगदान पुग्नेछ ।
यो क्षेत्रमा सवारी दुर्घटनाको सङ्ख्या विगत केही वर्षदेखि बढ्दै आएको छ । झर्रा मोड, तीव्र ओरालो र सडकको कमजोर अवस्थाका कारण बतासे डाँडा जोखिमयुक्त क्षेत्रको रूपमा चिनिँदै आएको छ । स्थानीयको माग र सुरक्षाको आवश्यकता मध्यनजर गर्दै न्यू टेक्निकल ग्रिल तथा आल्मुनियम उद्योगले सडक सुरक्षालाई प्राथमिकता दिँदै बोर्डको स्थापना गरिएको हो ।

 


 

 

 

 

 

  पर्यटकको गन्तव्य बन्दै ढोरपाटनको जलजला : प्रचारप्रचारको अभावले ओझेलमा ।।

0

०८२ साउन ३, बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा अवस्थित जलजला क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
अग्ला डाँडा, फाँट, हरियाली र हिमश्रृङ्खलाको मनोरम दृश्यले सजिएको जलजला पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तर, प्रचार–प्रसारको अभावले यो रमणीय स्थल अझै पनि ओझेलमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार गर्मी याममा हिमाली फाँटमा फुल्ने विभिन्न जातका जडीबुटी, वनस्पति र रङ्गीचङ्गी फूलहरूले जलजलालाई थप आकर्षक बनाउँछन्। त्यहाँबाट देखिने धौलागिरी, गुर्जा, पुथा, छुरेन हिमालको दृश्यले जो–कोहीलाई मोहित बनाउँछ। तर पहुँच मार्गको अपुग, पूर्वाधारको कमी र प्रसारको कमजोरीले जलजला अझैसम्म पनि गन्तव्यको रूपमा स्थापित हुन सकेको छैन ।
“यहाँको दृश्य एक पटक हेर्नेबित्तिकै फर्केर जान मन लाग्दैन,“ स्थानीय युवा गंगा बुढाले भन्नुभयो, “तर सरकार वा पर्यटन निकायले खास चासो नदिएकाले यसको प्रचार कम भएको छ ।
हालैका वर्षहरूमा केही ट्राभल ब्लगर र युवा घुमन्ते समूहहरूले जलजलाको तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्न थालेपछि यसको चर्चा विस्तार भएको छ । यद्यपि, जलजलासम्म पुग्ने बाटो अझै पनि जोखिमपूर्ण र अव्यवस्थित छ ।
विशेष गरी प्राकृतिक दृश्यावलोकन, हिमाली जैविक विविधता, गोठ संस्कृति र ट्रेकिङ अनुभवका लागि जलजला उपयुक्त मानिन्छ। पर्यटकीय सम्भावना भए पनि जलजला अझै प्राथमिकतामा पर्न सकेको छैन। स्थानीय सरकार र सरोकारवाला निकायहरूबाट आवश्यक लगानी र योजनाबद्ध प्रचार अभियान भए जलजला बागलुङको एक प्रमुख पर्यटन केन्द्र बन्न सक्ने सम्भावना प्रवल छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ र म्याग्दीको सिमानामा अवस्थित जलजला क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३२९० मिटरको उचाइमा रहेको यस क्षेत्रले हिउँदको समयमा हजारौं पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
हालै सडक विस्तारपछि जलजला पुग्न झन सहज भएको छ । ढोरपाटनको गुर्जाघाटदेखि करिब १२ किलोमिटरको दूरीमा पर्ने जलजलासम्म सवारी साधनले पुग्न सक्ने भएपछि हिउँदका दिनहरूमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीयले बताएका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रबाट हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भने हरियाली फाँट, वनस्पति र मौसमी हिउँले सजिएको डाँडाकाँडा पर्यटकलाई लोभ्याउने प्रमुख कारण हुन्।
तर, पर्याप्त प्रचारप्रसार नहुँदा जलजला क्षेत्र अझै पनि धेरैको जानकारीभन्दा बाहिरै रहेको छ । स्थानियको भनाइ अनुसार, वर्षायाममा ठाउँ–ठाउँमा खोलाहरू टार्नुपर्ने, सवारी साधन नपुग्ने अवस्था हुने भएकाले यो मौसममा जलजला पुग्न कठिनाइ हुने गरेको छ ।
पर्यटन विकासको सम्भावना उच्च रहेको जलजलालाई समुचित प्रचार, पूर्वाधार सुधार र नियमित यातायात सुविधा मिलाउन सके यसले ढोरपाटन क्षेत्रको पर्यटन र स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने स्थानीय सरोकारवालाहरूको भनाइ छ ।

 

उत्तरगंगा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हरिचन पाण्डे ।

0


ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा हरिचन पाण्डे चयन हुनुभएको छ ।
निवर्तमान प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले स्वेच्छिक रुपमा राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले बरिष्ठताको आधारमा प्रधानाध्यापकको रुपमा शुक्रबार हरिचन पाण्डेलाई चयन गरिएको जनाईएको हो ।

आफूले प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक व्यवस्थापनमा सबैलाई मिलाएर अगाडि बढ्ने प्रधानाध्यापक हरिचन पाण्डेले बताउनु भयो । 

विज्ञापन मार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको चयन गरिनुपर्ने प्रावधान रहेपनि शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयको प्रशासनिक र आर्थिक अधिकार सहित चयन गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतले बताउनु भयो । 

इलाका प्रशासन बुर्तिबाङबाट नयाँ नागरिकता लिने र राहदानी लिनेको सङ्ख्या करिब उस्तै ।

0

इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट आर्थिक बर्ष २०८१÷०८२ मा दुई हजार ९ सय ७६ जना व्यक्तिले नयाँ नागरिकता लिँदा दुई हजार ६ सय ९४ जनाले नयाँ राहदानी लिएका छन ।

कार्यालयबाट वार्षिक रुपमा दिइएको सेवा अन्तरगत राहदानी लिने र नागरिकता लिनेको सङ्ख्या नजिक नजिक रहेको पाइएको हो । कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने ७ हजार १७५ जना व्यक्तिलाई सेवा दिएको छ ।

नाबालक परिचय पत्र लिने १७३ जना, नागरिकता प्रतिलिपि लिने २ हजार ९५ जना रहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख सरोज सिग्देलले बताउनु भयो । त्यस्तै कार्यालयबाट दलित, जनजाति, खस, आर्य तथा अन्य सिफारिस लिनेको सङ्ख्या ६७६ जना रहेको पाइएको हो ।

कार्यालयले गत आर्थिक वर्षमा १ करोड ४४ लाख ६७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू तर्फ ८१।१८ प्रतिशत र पुँजीगत तर्फ ९५।५७ प्रतिशत खर्च गर्न सफल भएको जनाइएको हो ।

इलाका प्रशासन कार्यालय हालसम्म पनी भाडाको घरमा रहँदै आएको हो । भाडाको घरमा रहँदा कार्यालय अत्यन्तै साँघुरो हुँदा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको बताउँदै बैकल्पिक व्यवस्था गर्न आवस्यक रहेको कार्यालय प्रमुख सिग्देलको भनाई छ । कार्यालयका कोठा र बाहिर बस्ने ठाउँ साँघुरो हुनु र सेवा ग्राहीको अत्याधिक चाप हुने हुँदा पालो कुरेर बस्न समेत समस्या हुने गरेको सेवाग्राही नागरिकको गुनासो रहेको छ ।

निसीखोला स्थित सेलावगरमा भ्यान र ट्याक्सी ठोक्किँदा दुर्घटना ।। 

0

२०८२ साउन १ गते बुर्तिबाङ ,
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका , ३ स्थित सेलावगरमा आज भ्यान र ट्याक्सी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घनामा सवारी चालक  मान बहादुर कुवँर ,रस्मी रोका ,सारिका रोका , हिमला रेग्मी, रेसुमा घर्ती,भावना अधिकारी , एमुना घर्ति घाईते भएका छन् भने अन्य समान्य घाईते भएका छन् । घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेका अनुसार बुर्तिबाङबाट निसीखोला जाँदै गरेको ध १ ज ९०२० नम्बरको भ्यानलाई  ध १ ज ९०२  नम्बरको ट्याक्सीले मोडमा अचानक बुर्तिबाङबाट आइरहेको भ्यानसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दुवै सवारी साधनमा क्षति पुगेको छ भने केही यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार गरिएको छ  ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घाईतेहरुले मोडमा स्पीड नियन्त्रण नगर्नु र सडकको अवस्थालाई दुर्घटनाको कारण भनेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

मालपोत कार्यालय बुर्तिबाङले संकलन गर्यो दुई करोड ३४ लाख बढि राजश्व ।

1

ढोरपाटन साउन १ गते
मालपोत कार्यालय बुर्तिबाङले आर्थिक बर्ष २०८१÷०८२ मा घरजग्गा पूँजिगत र अन्य करबाट कुल दुई करोड ३४ लाख २० हजार चारसय छयासी रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले गत आर्थिक बर्ष २०८०÷०८१ को तुलनामा ४३.७३ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको हो ।

पालिकागत रुपमा ढोरपाटन नगरपालिका ९१ लाख ३६ हजार १ सय ९१, निसीखोला गाउँपालिका १४ लाख ६६ हजार २ सय ६२, बडिगाड गाउँपालिका १२ लाख ९५ हजार ५५८ र तमानखोला गाउँपालिकाको ३ लाख १४ हजार ५०९ रुपैयाँ राजश्व सँकलन भएको मालपोत कार्यालय बुर्तिबाङका प्रमुख काशीराम खड्काले बताउनु भयो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक बर्ष २०८१÷०८२ मा पूँजिगत कर ६३ लाख ५३ हजार ७५९ रुपैयाँ र अन्य मोठ, मुद्धा, धितो बापत ४८ लाख ५४ हजार २०७ रुपैयाँ गरी कुल १ करोड १२ लाख सात हजार ९ सय ६६ रुपैयाँ संकलन भएको छ ।

संकलित रकममध्ये पालिकागत राजश्वको ६० प्रतिशत सम्बन्धित पालिकालाई र ४० प्रतिशत गण्डकी प्रदेश सरकारमा जाने भएको हो । त्यस्तै पुँजिगत कर संघिय सरकार र मोठ, मुद्धा, धितो वापत संकलित रकम प्रदेश सरकारलाई जाने गरेको हो ।

आज साउने संक्रान्ति मनाइँदै

0

१ साउन

आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।

ढोरपाटन उपत्यकामा फोहोर बढेपछि सरसफाइमा सक्रियता ।

0

 

यतिबेला ढोरपाटन पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । लहलह ढोरपाटनका फाँट र बुकिमा फुलिरहेका फूल र नजिकै देखिने हिमशृङखला हेर्न तथा बर्सातका सिजनमा जताततै देखिने हरियाली फाँट हेर्नका निम्ती समेत पर्यटकहरू ढोरपाटन पुग्ने गरेका छन ।

ढोरपाटनको प्रचार प्रसार र ब्याख्या जति गरेपनी कम हुने प्राकृतिक मोहले मानिसलाई रनभुल्ल बनाउने गर्दछ । यौ सँगै पछिल्लो समय ढोरपाटनमा प्लास्टिक जन्य फोहोरले उपत्यका, नदि, मन्दिर लगाएत विभिन्न प्राकृतिकसंस्कृतिक सम्पदालाई गिज्याउन थालिरहेको हो ।

ढोरपाटन पुग्ने पर्यटक संगै स्थानीय नागरिकले समेत सरसफाइमा ध्यान दिन नसक्दा फोहोरको थुप्रो बढ्न थालेको स्थानीय रमिता पुन मगरले बताउनु भयो । आज बिहान स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा लगायतको सक्रियतामा ढोरपाटन उपत्यका, ढोरबराह  मन्दिर आसपासमा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

केही महिना अगाडि यस्तै सरसफाइ कार्यक्रम गरिएपनि पुनः उस्तै प्लास्टिक जन्य फोहोरले दुर्गन्धित बन्दै जाँदा पर्यटक र स्थानीय नागरिकले सरसफाइमा ध्यानदिनुपर्ने अवस्था सृजना भएको हो ।

 गिफ्ट ढोरपाटन नामक संस्थाको स्थापना गर्दे ढोरपाटनको सौन्दर्यता लाई कम हुन नदिने गरी सरसफाइ अभियानमा लागिएको रमिता पुन मगरको भनाई छ । संस्थाले “प्लास्टिक हटाऔँ, ढोरपाटन बचाऔँ ”भन्ने नाराका साथ ढोरपाटन उपत्यका क्षेत्रमा सरसफाई तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको हो । 

ढोरपाटन नगरपालिका ९ का वडा सदस्य मोहन पुन, निवर्तमान वडा सदस्य यम बहादुर वि.क. लगायत स्थानीय सामाजिक व्यक्तिहरूको सक्रियतामा सरसफाइ कार्यक्रम गरिएको जनाइएको हो । 

बुर्तिबाङमा बौद्धिक अपांगता भएका बालबालिकाले अध्ययन गर्दे आएको विद्यालय बन्द ।

0

बागलुङको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा बौद्धिक अपांगता भएका विद्यार्थीले पठन पाठन गर्दे आएको विद्यालय गत आइतबार देखि बन्द गरिएको छ ।

२०७१ सालमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा विद्यालय भवन, फर्निचर सहित निर्माण गरी सञ्चालन गरिएको विद्यालय विद्यार्थी अभावमा बन्द भएको जनाइएको छ ।   पश्चिम बागलुङका बौद्धिक अपांगता भएका विद्यार्थीले अध्ययन गर्दे आएपनी पछिल्लो समय बालबालिका नभएको हुनाले बन्द गर्नुपरेको  उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी पौडेलले बताउनु भयो ।

विगतका बर्षमा २०÷२२ जना सम्म बालबालिका हुने गरेपनि पछिल्लो समय  संख्या घट्दै गएपछि १ जना मात्र रहेको र  १ जनालाई मात्र पठन पाठन गराउन सम्भव नदेखिएपछि मौखिक रुपमा शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध् गराएर बन्द गरिएको प्रध्यानाध्यापक पौडेलको भनाई छ ।  यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालले यस विषयमा आफुलाई कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।

त्यस्तै ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावलले समेत आफुलाई जानकारी नगराइएको बताउनु भएको छ । संघिय सरकार मार्फत ढोरपाटन नगरपालिकाले प्रति विद्यार्थी मासिक पाँच हजारका दरले बार्षिक रुपमा एकमुष्ठ पचास हजार रुपैयाँ र शिक्षक तलव समेत व्यवस्था गर्दे आएको शिक्षा शाखा अधिकृत रावलले बताउनु भयो ।

केहि महिना अगाडि सम्म ७ जना विद्यार्थी भएपनी हाल १ जना मात्रै रहेको र १६ बर्ष उमेर माथिका विद्यार्थीलाई राख्न नमिल्ने भएका कारण बन्द गर्नुपरेको प्रध्यानाध्यपक पौडलको भनाई छ ।

 स्थानीय स्रोतको उपयोग गर्दै खुँखानीका चन्द्र  ।।

0

२०८२ असार २९, बुर्तिबाङ ,
शिशिर विश्वकर्मा ,बागलुङको तमानखोला गाउँपालिका खुंखानीका चन्द्र बहादुर सिर्पाली सीपमा पोख्त हुनुहुन्छ ।
उहाँले स्थानीय चोयाबाट  डोको ,लाम्लो, लगायत चोयाबाट बन्ने धेरै स्थानीय स्तरमा उपभोग गरिने सामाग्री बनाउनु हुन्छ । स्थानिय स्रोतको सिर्जनात्मक उपयोग गर्दै तमानखोला गाउँपालिका खुंखानीका चन्द्र सिपालीले चोयाबाट तयार हुने विभिन्न परम्परागत तथा आधुनिक सामग्री निर्माण गर्दै आउनुभएको छ ।
तमानखोला गाँउपालिकाले आयोजना गरेको दलित उद्यमशीलता प्रवर्द्धन तालिममा सहभागी भएपछि सिर्पालीले आफ्नो सीपलाई आधुनिक स्वरूपमा ढाल्दै चोयाबाट र्‍याक 
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्ड्याउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
“घरभित्र सीमित सिपलाई तालिमले नयाँ बाटो देखायो,” सिपालीले भन्नुभयो, “तर बजार र प्रवर्द्धनको सहारा पाए भने यो सीपबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
परम्परागत रूपमा डोको, लाम्लो जस्ता वस्तुहरू निर्माण गर्दै आउनुभएका सिर्पाली पछिल्लो समय गाउँपालिकाले सञ्चालन गरेको दलित उद्यमशीलता प्रवद्र्धन तालिममा सहभागी भएपछि अझ विविध र कलात्मक सामग्री बनाउन थालेका छन् । हाल उहाँले चोयाबाट र्याक,  फोटो फ्रेम, भाँडाकुँडा राख्ने होल्डरजस्ता सजावटी तथा उपयोगी सामाग्रीहरू तयार पार्न थालेका छन् ।
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्डयाउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
उहाँले अहिले सम्म घरायसी प्रयोजनका लागि मात्र बनाएको बताए त्यसलाई अब स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिए यसलाई व्यवसायिक रुपमा रुपान्तरण गर्ने बताए ।
पालिकाले दलित उद्यमशिल तालिम दिए पछि उहाँले अहिले चोयाबाट र्‍याक , फोटो फ्रेम, लगायत अन्य सामाग्रीहरू पनि बनाउनुहुन्छ । उनले स्थानीय वन स्रोत ,चोयाको प्रयोग गर्दै डोको, लाम्लो, पाखा, जस्ता दैनिक उपभोग्य वस्तुहरू निर्माण गर्दै आइरहेका छन्। तर अहिले त्यो सीप केवल परम्परामा सीमित छैन। अब त्यो सृजनामा रूपान्तरण हुँदैछ ।
त्यस्तै तमानखोला गाउपालिका वडा नम्बर एकका धनीराम सुनुवारले पनि स्थानीय चोयाबाट बन्ने धेरै सामाग्रीहरू उत्पादन गरेको बताउनु भयो ।
यसैगरी वडा नम्बर १ का धनीराम सुनुवारले पनि चोयाको सिर्जनात्मक प्रयोग गर्दै घरायसी प्रयोजनका लागि विभिन्न सामाग्रीहरू उत्पादन गर्दै आउनुभएको छ। तर बजार अभाव र स्वास्थ्यका कारणले गर्दा उत्पादनलाई बजारसम्म पुर्‍याउन नसकिएको उहाँको गुनासो छ।
“बजार छैन, र आफ्नो शरीरले पनि साथ दिंदैन” सुनुवारले भन्नुभयो, “यसैले अहिले पनि आफूले बनाएको सामान आफ्नै घरमा प्रयोग हुन्छ, कहिलेकाहीं छरछिमेकीलाई दिएर खुसी मान्छु।”
तर बजारीकरण नहुँदा र अशक्त भएका कारण  टाढा लगेर बिक्री गर्न नसकेका कारण घरायसी प्रयोजनमा मात्र सीमित भएको बताए ।
“पहिले घरको कामका लागि मात्रै बनाउँथे, अहिले त तालिमपछि झन् धेरै किसिमका सामान बनाउन थालेको छु,“ उहाँले भन्नुभयो, “यदि गाउँपालिकाले बजार व्यवस्थापन गरिदिने हो भने यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्छु।“
“कसैले खरिद गर्न घरमै आए भने दिन्छु, नत्र त यत्तिकै घरभित्रै सडेर जान्छ,“ सुनुवारले दुखेसो पोख्नुभयो ।
स्थानीय स्रोतको यस्ता सिर्जनात्मक प्रयोगलाई व्यवसायीक स्वरूप दिन सकेमा गाउँमै रोजगारी सृजना हुनुका साथै परम्परागत सीप संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ ।
चन्द्र सिपाली र धनीराम सुनुवारजस्ता व्यक्तिहरूको प्रयास तमानखोला जस्ता ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा र स्रोतहरूको उदाहरण हुन्। यदि स्थानीय सरकारले सही नीति र सहयोग प्रदान गर्न सकेमा, चोया जस्ता साधारण स्रोतले पनि आत्मनिर्भरता, रोजगारी र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुदाले भन्नुभयो – “हामीले दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन तालिमहरू सञ्चालन गरेका छौँ। आगामी आवमा बजार व्यवस्थापन र प्रदर्शनी मेलाजस्ता कार्यक्रम पनि आयोजना गर्ने योजना छ।”
तमानखोला क्षेत्रमै प्रशस्त मात्रामा पाइने चोया सजिलै संकलन गर्न सकिने स्रोत हो । यसबाट निर्माण गरिएका सामाग्रीहरू टिकाउ, सौन्दर्ययुक्त र पर्यावरणमैत्री हुन्छन्। तर चुनौती भनेको यसलाई बजारसम्म कसरी  पुर्‍याउने  
भन्नेमा छ ।
स्थानीय उत्पादनलाई बजार व्यवस्थापन, उत्पादनको मूल्यांकन, ब्राण्डिङ र डिजिटल प्रवर्द्धन जस्ता पक्षहरूमा तालिम र सरकारी सहजीकरण नहुँदा सृजनशीलता सीमित दायरामा सीमित भएको देखिन्छ ।