Home Blog Page 35

दशैँ –तिहारको आगमन सँगै बजारमा चहलपहल : बुर्तिबाङमा मुस्ताङका च्याङग्रा देखियो ।

0

२०८२ असोज ७, बुर्तिबाङ ,

बुर्तिबाङ,शिशिरि विश्वकर्मा  ,

दशैँ–तिहार नजिकिँदै गर्दा देशभरको बजारमा चहलपहल बढ्दै गएको छ । 

त्यस्तै बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना देखि चहलपहन ह्वाट्टै बदेको छ । पर्वको मुखमा उपभोग्य सामग्रीदेखि लत्ताकपडा, मिठाई र मासुजन्य लगायत अन्य वस्तुको खरिदमा ग्राहकहरूको भीडभाड बढिरहेको छ । 

यसैबीच, बुर्तिबाङ बजारमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरू पहाडी च्याङ्ग्रा बाख्रा) पनि देखिन थालेका छन् । व्यापारीहरूका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैँको अवसरमा विशेष रूपमा च्याङ्ग्राको माग उच्च हुने भएकाले मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा ल्याइएको हो ।

मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा (पहाडी च्याङ्ग्रा बाख्रा) बुर्तिबाङ बजारमा देखिन थालेका छन् । स्थानीय व्यापारीहरूका अनुसार दशैँमा विशेष गरी च्याङ्ग्राको मासु अत्यधिक माग हुने भएकाले यसवर्ष पनि व्यापारीहरूले मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा ल्याएर बिक्रीका लागि राखेका ।

 बजारमा पुगेका उपभोक्ताले च्याङ्ग्राको मूल्य सामान्यतया महँगो भए पनि पर्वमा स्वादिलो मासुका कारण खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । हाल बजारमा प्रति केजी च्याङ्ग्राको मासु पाँचसयदेखि सातसय रुपैयाँसम्म पर्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन् ।

दशैँ नजिकिँदै गर्दा बुर्तिबाङ बजारमा चहलपहल झन् बढ्ने र च्याङ्ग्राको व्यापार अझै चर्कने अपेक्षा गरिएको छ । पर्वसँगै स्थानीय अर्थतन्त्रमा समेत यसले सकारात्मक प्रभाव पार्ने व्यवसायीहरूको विश्वास छ । त्यस्तै, बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना पछि सर्वसाधारणको भीडभाड र उपभोग्य सामग्रीको खरिदबिक्रीमा उल्लेख्य वृद्धि भएको छ । बजारका पसल र व्यापारिक प्रतिष्ठानहरूमा उपभोक्ताको भीड बाक्लिँदै गएको देखिन्छ ।

ग्राहकहरूले च्याङ्ग्राको मूल्य सामान्यतया बढी भए पनि दशैँ–तिहारमा यसलाई स्वादिलो र पोषिलो मासुका कारण अनिवार्य रूपमा खरिद गर्ने बताउँछन् । व्यापारीहरूले यस वर्ष प्रति केजी पाँच सयदेखि सात सय रुपैयाँसम्म पर्न सक्ने अनुमान गरेका छन् । बजारमा देखिएको यो चहलपहल आगामी दिनमा अझ बढ्ने र च्याङ्ग्राको खरिदबिक्री समेत तीव्र हुने अपेक्षा गरिएको छ ।

व्यवसायीहरूको भनाइअनुसार पर्वसँगै च्याङ्ग्राको व्यापार मात्र नभई अन्य क्षेत्रका वस्तु तथा सेवाको कारोबार पनि बढ्ने भएकाले यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्ष गरिएको छ ।

बुर्तिबाङमा राइजिङ युवा क्लबको पहलमा बजार सरसफाइ अभियान सुरु ।। 

0

२०८२ असोज ६, बुर्तिबाङ,

बुर्तिबाङ राइजिङ युवा क्लबको नयाँ कार्यसमितिले सोमबारदेखि बजार क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको छ । 

राइजिङ युवा क्लबको नयाँ कार्यसमितिको विशेष पहलमा सुरु गरिएको अभियानलाई निरन्तर अगाडि बढाइने क्लबका अध्यक्ष सुरज विश्वकर्मा बताए । दशैँतिहारको आगमन सँगै बजारलाई सफा, आकर्षक र व्यवस्थित बनाउने उद्देश्यका साथ थालिएको अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी तथा युवा लगायत नेपाल प्रहरीहरूको सक्रिय सहभागिता रहेको छ । 

बजार क्षेत्रमा फोहर व्यवस्थापन, नाली सफा गर्ने, प्लास्टिक तथा बोतल सङ्कलन गर्ने कामलाई प्राथमिकतामा राखिएको क्लबका अध्यक्षले जानकारी दिए । अभियानले सरसफाइप्रति स्थानीयलाई सचेत बनाउन पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । व्यापारीहरूले समेत आफ्ना पसल अगाडि सफा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राइजिङ युवा क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

यसपटक नयाँ कार्यसमिति गठन भएलगत्तै सुरु गरिएको सरसफाइ अभियानले क्लबको सामाजिक उत्तरदायित्वलाई अझ प्रष्ट पारेको सहभागीहरूले बताएका छन् ।

स्थानीय तहसँग समेत सहकार्य गर्दै यो अभियानलाई दीर्घकालीन रुपमा अघि बढाइने क्लबले जनाएको छ । 

आगामी दिनमा बजार मात्र नभई विद्यालय, सार्वजनिक स्थल र आसपासका टोलहरूमा पनि यस्ता सरसफाइ अभियान चलाइने तयारी भइरहेको क्लबले जनाएको छ ।

बुर्तिबाङ –बोङ्गादोभान सडक खण्डको काम सन्तोष जनक नभएको भन्दै: तमानखोला गाउँपालिकाको ध्यानाकर्षण ।

0

 बुर्तिबाङ असोज ५ गते

बुर्तिबाङ –बोङ्गादोभान सडक खण्डको काम सन्तोष जनक नभएको भन्दै स्थानीय नागरिक र जनप्रतिनिधिले आयोजना कार्यालय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन ।

दुई वर्षमा ११ किलोमिटर सडक कालोपत्रे भइसक्नुपर्ने गरी २०८१ साउन महिनामा निर्माणको जिम्मा पाएको एसी कन्ट्रक्सन निर्माण कम्पनीले जिम्मा पाएको हो ।

तर निर्माण कम्पनीले एक बर्ष जितिसक्दा समेत सन्तोषजनक काम नगरी बहानाबाजी गरेका कारण आफूहरूले चौँठो पटक ध्यानाकर्षण गराइएको तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश अन्र्तगत कुल २३ करोडको टेन्डरमा १२ करोड ७३ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको एसि कन्ट्रक्सनले गत आर्थिक वर्षमा १६.६७ प्रतिशत वित्तिय प्रगति र भौतिक प्रगति २१.५ प्रतिशत भएको  पूर्वाधार विकास कार्यालयका प्रतिनिधि ज्ञानेन्द्र कँडेलले बताउनु भयो । 

निर्माण कम्पनीले हालसम्म पेश्की र रनिङ विल अनुसार ४ करोड ३१ लाख रकम बुझिसकेको कार्यालयले जनाएको छ । बजेट अभाव र स्थानीय अवरोधको कारण देखाउँदै स्थानीय निर्माण व्यवसायी दीपक कुमार अदै ले गत बैशाख महिनादेखि निर्माणको काम रोकेको बताउनु भएको थियो ।

योजना निर्माणको सम्झौता भइ काम अगाडी बढाइएपनी सरकारले समयमा भुक्तानी र बजेटको सुनिश्चितता नगरीदिँदा आफुले समयमा निरन्तर काम गर्न नसकेको बताउँदै  पेश्की वापतको रकम कम्पनीले काम गरेअनुसार विलबाट घट्ने गरी व्यवस्थापन हुने र गतबर्षको कार्यसम्पादन वापतको रकम गत भाद्र महिनामा मात्र पूर्ण भुक्तानी भएको अदैको भनाई छ ।

यसवर्ष बजेट व्यवस्थापन र कार्यालयको तर्फदेखि निर्माणको काम गर्न अनुमति प्राप्त भएसंगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र सडक व्यवस्थापनको काम सुरु भइसकेको निर्माण कम्पनीका प्रतिनिधि खुम बहादुर अदै ले बताउनु भयो । हाल सडक पिच गर्न तापक्रमको समस्या हुने भएका कारण खाल्डाखुल्डी पुर्ने र ढलान गर्नुपर्ने स्थानमा ढलानको काम सुरु हुने बताउँदै सडक निर्माणको काममा अब आफुहरु बाट कुनै बहानाबाजी नहुने खुम बहादुर अदै ले प्रतिबद्धता जनाउनु भयो ।

सडकको नाली सफा गर्ने काम आयोजना कार्यालयले गर्ने जनाइएको हो ।  आगामी २०८३ साउन १९ गतेसम्म सडक कालोपत्रे सक्ने सम्झौता रहेको छ । त्यस्तै तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा अध्यक्ष नारायण सुनार, झक बहादुर बुढा, हिरा बहादुर सिर्पाली, कार्यपालिका सदस्य हिक्मत जक्तपुरी , स्थानीय धर्म घर्ती लगायतले बोल्दै निर्माण कम्पनीले समयमा काम पनी नगर्ने विना प्रकृया क्रसर मेसिन सञ्चालन गरेर कम्पनीले व्यक्तिगत मुनाफा आर्जन गरिरहेको बताउनु भयो ।

उक्त समय सम्म निर्माणको काम जुनसुकै हालतमा सम्पन्न गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयल लाई गाउँपालिका अध्यक्ष जोक लाल बुढाले ध्यानाकर्षण गराउनु भयो ।

जन आक्रोस बढिरहेको छ  अझैपनि निर्धारित समयमा काम सम्पन्न नभएमा हुन सक्ने क्षेती मा आफूहरूले जिम्मेवारी लिन नसक्ने उहाँको भनाई थियो ।

तमानखोला ४ मा नेकपा एमाले र माओवादी केन्द्रबाट १४ नेता कार्यक्रता नेपाली काङ्ग्रेस प्रवेश ।

1

बुर्तिबाङ असोज ४ गते

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेलामा शनिबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट १४ जना नेता कार्यक्रता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन ।

जेनजी आन्दोलनबाट पुराना दलहरूलाई हटाउने अभियान चलिरहेको अवस्थामा तमानखोला ४ का स्थानीय भने काङ्ग्रेस पर्टाीमा प्रवेश गर्दे नेपालमा हुने हरेक समस्यामा नेपाली काङ्ग्रेसबाट मात्रै निकाश भएको र विकास र समृद्धि समेत नेपाली काङ्ग्रेसबाट देखेपछि आफूहरूले पार्टी परित्याग गरेर नेपाली काङ्ग्रेस प्रवेश गरेको उनीहरूले बताएका छन ।

नेपालमा पञ्चायतको अन्त्य, राजतन्त्रको अन्त्य संगै संविधान निर्माण र विभिन्न समयमा निर्वाचन गराउने देखि देशमा भइरहेको समस्याको सम्बोधनमा नेपाली कङ्ग्रेसले नेतृत्व गरिरहेका कारण लोकतान्त्रीक पार्टीमा आफूहरू प्रवेश गरेको उनीहरूको भनाई छ ।

पार्टी प्रवेश कार्यक्रममा यम बहादुर सिर्पाली सहितका १४ जना व्यक्तित्व रहेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति जोक लाल बुढाले बताउनु भयो ।

नेपाली काङ्ग्रेस लोकतन्त्र, विधिको शासन र जनताको सुख दुखको पार्टी भएका कारण पार्टीमा देखिएका समस्या र चुनौतीलाई थप सुधार गर्दे नेपाली काङ्ग्रेस देशको नेतृत्वमा अगाडि बढ्ने बताउँदै लोकतान्त्रीक पार्टीमा प्रवेश गर्ने नेता कार्यक्रतालाई क्षेत्रीय सभापति जोक लाल बुढा, नेपाली काङ्ग्रेसका स्थानीय नेता झक बहादुर बुढा, गिर बहादुर घर्तिले स्वागत गर्नुभएको हो ।

संविधान दिवसको अवसरमा माओवादी केन्द्र ढोरपाटन द्वारा अन्तरक्रिया कार्यक्रम ।

0

संविधान दिवसको अवसरमा माओवादी केन्द्र ढोरपाटन नगरसमितिले शुक्रबार बुर्तिबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रियामा सर्वदलीय सर्वपक्षीय सहभागिता सहित वर्तमान राष्ट्रिय तथा स्थानीय राजनीतिक परिस्थिति, संविधानले प्रदान गरेका अधिकारहरूको उपयोग, जनताको जीवनस्तर सुधारमा राजनीतिक नेतृत्वको जिम्मेवारी लगायत विषयमा व्यापक अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न सबै दल, समुदाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।


माओवादी केन्द्र ढोरपाटन नगरसमितिका अध्यक्ष हेमेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य निल पुन विशेष आतिथ्यता रहेको थियो ।
पुनले बोल्दै संविधान दिवसलाई केवल औपचारिक रुपमा मात्र नभई जनताका हक अधिकारको कार्यान्वयन र न्यायपूर्ण समाज निर्माणतर्फ केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले माओवादी केन्द्र निरन्तर जनताको पक्षमा आवाज उठाइरहेको उल्लेख गर्दै जनताको हितका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो । कार्यक्रममा राजनैतिक दलको तर्फदेखि नेकपा एमाले , नेकपा माओवादी, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी , स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा हालको राजनीतिक अवस्था, संविधानले दिएको अधिकारको उपयोग र जनताको जीवनस्तर सुधारका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रम चन्द्रलाल अर्यालको सहजिकरणमा सम्पन्न भएको हो ।

नेपालमा यस्तो अवस्था सृजना हुनु अमरेकी साम्राज्य वादको डिजाइन: मोहन विक्रम सिंह

0

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सृजना हुनुमा अमरेकी साम्राज्य वादको डिजाइन रहेको बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित प्रशिक्षण मूलक कार्यक्रमको उद्‌घाटन गर्दे महामन्त्री सिंहले नेपालमा यो अवस्था सृजना हुन सक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहे पनि अचानक देशको अवस्था परिवर्तन हुने गरी आन्दोलन र क्षति भएको बताउनु भएको छ । वर्तमान जेनजी पुस्ताले उठाएका मागमा दललाई वर्तमान सरकारमा समावेश नगर्ने विषय गम्भिर रहेको बताउनु भयो ।

दललाई बाहिर राख्नका निम्ती कित संविधान खारेज गर्नुपर्यो होइन भने दलविनाको सरकारको औचित्य नहुने उहाँको ठम्याई थियो ।
भोलि सम्म चल्ने प्रशिक्षण मूलक कार्यक्रममा १० वटै पालिकाबाट करिब तिन सय नेता कार्यकर्ताको सहभागिता रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा महामन्त्री मोहन विक्रम सिंहको प्रमुख आतिथ्यता केन्द्रिय सदस्यहरू आनन्द शर्मा, वासु पोख्रेल, नर बहादुर पुन  लगायत नेताहरूको प्रशिक्षण मन्तव्य रहेको हो ।

कार्यक्रम जिल्ला सचिव भिमलाल पोख्रेलको सञ्चालनमा उद्‌घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

दशैँका लागि हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो ।।

0

                                            तस्वीर : रासस

२०८२ असोज ३, बुर्तिबाङ

दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ ।

किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् ।

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाण्डौलगायत ठूला शहरमा ढुवानी गर्न थालिएको छ ।

नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार हिजोसम्म एक हजार तीन सय भेडाच्याङ्ग्रा काठमाण्डौ पठाइएको छ भने थप एक हजार सात सय पठाउने क्रममा रहेको छ ।

डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट दशैँका लागि भेडाच्याङ्ग्रा बेच्ने गरिन्छ ।

बाहिरिने समयमा मनसुन फेरि सक्रिय

0

औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।

प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । जस अनुसार असोज १६ गते मनसुन बाहिरिनुपर्ने भए पनि यस वर्ष केही दिन लम्बिने अनुमान रहेको उहाँले बताउनुभयो ।

लामिछानेका अनुसार आज राति पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही ठाउँ तथा बाँकी भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका १/२ ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो ।

बुर्तिबाङ राइजिङ युवा क्लबको अध्यक्षमा सुरज विश्वकर्मा ।

0

बुर्तिबाङ असोज १ गते 

बुर्तिबाङ राइजिङ यूवा क्लबको अध्यक्षमा सुरज विश्वकर्मा चयन हुनुभएको छ । विश्वकर्माको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमितिको चयन गरिएको जनाइएको छ ।

 कोजाग्रत पूर्णिमा नजिक आउँदै गर्दा नयाँ कार्यसमिति चयनको विषयमा बहस भइरहेको अवस्थामा बुधबार बिहान बसेको बैठक तथा छलफलले सुरज विश्वकर्मा अध्यक्ष रहेको समिति चयन गरेको हो ।

 समितिको उपाध्यक्ष सरोज घर्ति मगर, सचिव फारम महत, कोषाध्यक्ष विमल बिक लगायत पदाधिकारी चयन हुनुभएको सुरज विश्वकर्माले बताउनु भयो । समितिले नजिक आइरहेको कोजाग्रत पूर्णिमा मेलालाई कसरी व्यवस्थित गरेर अगाडि बढ्ने र क्लबले गर्ने कार्ययोजना लगायतका विषयमा तयारी गरेर अगाडि बढिने बताउनु भयो ।

क्लबले कोजाग्रत पूर्णिमाको अवसरमा बुर्तिबाङ बजारमा यस क्षेत्रकै ठुलो मेलाका रुपमा भलिबल सहित विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गर्दे आइरहेको छ ।

दुई वर्षे कार्यकाल सकिएपछि निवर्तमान अध्यक्ष मिथुन विश्वकर्माले नेतृत्व हस्तान्तरण गर्नुभएको हो । 

 विवाईसी द्धारा सञ्चालीत एक महिने होटल तथा होमस्टे व्यवस्थापन सञ्चालन तालिम सम्पन्न ।

0

ढोरपाटन असोज १ गते

छविलाल पाण्डे

दिगो पर्यटन प्रर्वद्धन परियोजना विवाईसी को आयोजनामा युवा तथा महिलाहरूका लागी एक महिने होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी एक महिने तालिम बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

टेरिडेज होम्स जर्मन सरकारको आर्थिक सहयोगमा दिगो पर्यटन प्रर्वद्धन परियोजना विवाईसी को आयोजनामा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका अन्र्तगत रहेका होटल तथा होमस्टे गरिरहेका र अवका दिनमा सञ्चालन गर्न चाहने युवा तथा महिलालाई लक्षित गर्दे निःशुल्क रुपमा तालिम उपलब्ध गराइएको हो ।

दिगो विकास, रोजगार, पर्यटन प्रर्वद्धन र रोजगारीलाई प्राथमिकता दिइरहेको परियोजनाले ३० जना होटल सञ्चालक र ६ जना होमस्टे सञ्चालकलाई तालिम दिइएको र उनिहरु लाई व्यवस्थित रुपमा होटल होमस्टे सञ्चालन गर्न योग्य बनाइएको परियोजनाका टिम लिडर अमर थापाले बताउनु भयो ।

आफूहरूले सिप संगै होटल तथा होम स्टे सञ्चालनका निम्ती विभिन्न सामाग्री समेत उपलब्ध गराइएको बताउँदै त्यसको सही सदुपयोग गर्न सुझाब समेत दिनुभयो । युवा तथा महिलालाई रोजगारी र उद्यम संग जोड्नका निम्ती विभिन्न सिप विकास कार्यक्रम गरिएको बताउँदै एक महिना सम्म सिकेको सीपलाई व्यवहारमा परिणत गर्न विवाईसी बागलुङका सदस्य प्रेम केसीले आग्रह गर्नुभयो ।

सहभागीको तर्फदेखि सानुमाया विक, दिनेश बुढा मगर लगायतले बोल्दै आफूहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने र व्यवसायिक क्षेत्रबाट अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

तालिममा मुख्य प्रशिक्षकको रुपमा रहनुभएका होम स्टे व्यवसायी सङ्घ केन्द्रिय सदस्य नारायण लामाले बोल्दै आफूले सिकाएको सीप अन्र्तगत यहाँ धेरै सम्भावना र अवसर रहेका कारण यो अवसरलाई भरपुर प्रयोग गरी सफल व्यवसायी बन्न सुझाब दिनुभयो । सहभागि प्रशिक्षार्थीलाई संस्थाको तर्फदेखि प्रमाणपत्र र विभिन्न होटल तथा होमस्टे सञ्चालनका निम्ती आवश्यक सामाग्री समेत उपलब्ध गराइएको छ ।

कार्यक्रम परियोजनाका टिम लिडर अमर थापाको अध्यक्षता, विवाईसी बागलुङका सदस्य प्रेम केसीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक उत्तम अर्यालको स्वागत, प्रशिक्षार्थी कुशन घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको हो ।