Home Blog Page 36

असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत

0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ।

यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ ।

दशैको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा शुभ साइत रहेको उल्लेख छ । टीका लगाइमाग्ने ब्यक्ति पूर्व फर्केर टीका लगाउनु उत्तम हुने अध्यक्ष प्रा ढकालले जनाएका छन् ।

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

0

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । इञ्जिन जडान भएका यन्त्र उपकरण, गाडी समेतको पूजा गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन् । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

’जेन–जी’ प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो ।।

0

२०८२ भाद्र २७ , बुर्तिबाङ,
जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको प्रहरीको तथ्याङ्क छ ।

ज्यान गुमाउनेमा युवासहित, ३ जना प्रहरी र एक भारतीय महिला रहेका नेपाल प्रहरीले जनाएको छ । तीमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरूको पोस्टमार्टम थालिएको छ ।

आजै चार जना युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अभिभावकले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

कर्फ्यू खुकुलो भएसँगै चहलपहल बढ्यो, बैङ्क र कार्यालयहरु पनि क्रमशः खुल्दै

0

२०८२ भाद्र , २६ बुर्तिबाङ,
नेपाली सेनाले कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाएपछि सडकमा चहलपहल बढेको छ । पसलहरुमा सरसामान किन्नेको घुईंचो लागेको छ । नागरिकलाई अत्यावश्यक कामको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

६ बजेपछि कर्फ्यू खुकुलो भएसँगै सडकमा चहलपहल बढेको हो । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि निषेधाज्ञा लाग्नेछ । बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म फेरि कर्फ्यू लागू हुने नेपाली सेनाले जनाएको छ । सोमवार र मङ्कलवारको बन्दका कारण बन्द भएका बैङ्क तथा कार्यालयहरु पनि आजदेखि क्रमशः खुल्ने भएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा र कर्फ्यू खुकुलो भएसँगै कार्यालयहरु खुल्न लागेका हुन् । कर्फ्यू र निषेधाज्ञाको बेलामा पनि विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

हिजो अरू कार्यालयसँगै देशभरका सबै बैङ्क पूर्ण रूपमा बन्द भए । सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै विस्तारै वातावरण शान्त हुँदै गएपछि आजदेखि बैंकहरु क्रमशः खुल्ने नेपाल बैङ्कर्स सङ्घले जनाएको छ । सङ्घका अनुसार अस्ति मङ्गलवार देशभर भएको प्रदर्शन तोडफोड र आगजनीमा केही बैङ्कका कार्यालयहरुमा पनि क्षति भएको र धेरै एटीएमहरु तोडफोड भए पनि बैङ्कको नगद सुरक्षित रहेको छ ।

उजालोबाट ःसाभार

चट्याङका कारण तमानखोलामा एक जनाको ज्यान गयो: विधुत आयोजना पूर्ण अवरुद्ध ।

0

भाद्र २६ गते बिहीबार

बागलुङको तमानखोला गाउँपालिका ६ नर्जामा गयराती परेको चट्याङका कारण एक जनाको ज्यान जानुका साथै दुई लघुजलविधुत आयोजना पूर्ण रुपमा अबरुद्ध हुँदा स्थानीय वडाभरका नागरीक विधुत सेवाबाट बञ्चित हुन पुगेका छन ।

गाउँ नजिकै विधुत आयोजनामा परेको चट्याङका कारण घरमै सुतिरहेको अवस्थामा नर्जा स्थित ७१ बर्षिय मनकली बि.क.को घटना स्थलमै ज्यान गएको छ ।

त्यस्तै स्थानीय पात्ले लघुजलविधुत आयोजना र बराहकोष लघुजलविधुत आयोजनाको पावरहाउसमा रहेका सबै मेशिन चट्याङले क्षेत्री पुर्याउनुका साथै ६० बढि घरपरिवारको विधुत वक्स , बल्ब लगाएत विधुतीय सामाग्रि जलेर नष्ट भएको तमानखोला गाउँपालिका ६ का अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो ।  चट्याङका कारण स्थानीय नागरिक घाइते समेत भएका हुन ।

प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

0

२५ भदौ, काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’

सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।

बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो ।

त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो । यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो ।

खुंखानीमा घटस्थापना विशेष मेला आगमी असोज ६ देखि सुरु हुने ।।

0

२०८२ भाद्र २४ , बुर्तिबाङ,
शिशिर विश्वोकर्मा , बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीमा घटस्थापना विशेष मेला आगामी असोज ६ गतेबाट सुरु हुने भएको छ ।
बडा दशैंको आगमनसँगै आयोजना हुने यस मेलामा विविध सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ मेलाको विशेष आकर्षणको रुपमा वडा स्तरिय भलिबल प्रतियोगिता राखिएको छ, जसमा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ ।

खेलाडी मात्र होइन, खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ । यससँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूले प्रस्तुत गर्ने सांगीतिक कार्यक्रम पनि मेलाको मुख्य आकर्षण बन्नेछ ।
आयोजक समितिका अनुसार मेलाले गाउँमा मात्र नभई आसपासका क्षेत्रमा समेत चहलपहल ल्याउने विश्वास गरिएको छ । साथै मेलाले स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्नेछ ।
सम्पूर्ण खेलाडी, कलाकार, स्थानीयबासी तथा देशविदेशका महानुभावहरूलाई सुन्दर खुंखानी गाउँमा हार्दिक स्वागत गर्न आयोजक समितिले आह्वान गरेको छ ।

बुर्तिबाङमा‘जेन जी’ को शान्तीपूर्ण आन्दोलन ।

0

‘जेन जी’ ले पुस्ताले देशभर गरेको आन्दोलन अन्तरगत बागलुङको बुर्तिबाङमा समेत शान्तीपूर्ण रुपमा आन्दोलन गरिएको छ ।

इन्जिनीयर थम प्रकाश खनालको नेतृत्वमा सुरु भएको आन्दोलन बुर्तिबाङ देवचोकबाट सुरु भई ढोरपाटन नगरपालिकाको कार्यालय हुँदै बुर्तिबाङ बजार परिक्रमा गर्दे सम्पन्न गरिएको हो ।

सरकारलाई जवाफदेही बनाउन र देशमा भइरहेको अराजकता, भ्रष्ट्राचारको अन्त्य र सामाजिक सञ्जाल बन्दको विरोधमा आफुहरुले आन्दोलन गर्नुपरेको खनालले बताउनु भयो ।

सरकारको गैर जिम्मेवारीपनको खवरदाी गर्नका निम्ती नयाँ पिँडी सडकमा उत्रन बाध्य भएको बताउँदै सरकार नसच्चिएसम्म खवरदारी भइरहने र नयाँ पिँडी पछाडी नहट्ने खनालको भनाई थियो ।

स्वतस्फूर्त रुपमा सहभागि भएका करिब दुई सय जना यूवाहरुको समुहले बर्तमान सरकारको राजीनामा माग्दै पुराना नेताहरुका कारण देश बर्बादी तर्फ गइरहेको आरोप लगाएका छन ।

कार्यक्रमलाई शान्तीपूर्ण रुपमा सफल पार्न सहयोग गरेको भन्दै प्रहरी प्रशासन, पत्रकार बजार बासी नागरिकलाई आयोजकले धन्यबाद ज्ञापन गरेको छ ।

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

0

२३ भदौ, काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

बागलुङका किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’को क्षेत्र विस्तार ।।

0

२०८२ भाद्र, २३ , बुर्तिबाङ ,
बागलुङमा कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादनको क्षेत्र विस्तार गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै आएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि उत्पादन बढाउन सकिने हुँदा जिल्लाको १० वटै पालिकामा क्षेत्र विस्तार गर्दै आइएको छ ।

जिल्लाको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०र०८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ ।

उहाँका अनुसार २०८०र०८१ मा रु दुई करोड ६० लाख, २०८१र०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रबिधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिंचाइ व्यवस्थापन गरि उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताउनुभयो । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगानी लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रमुख सिलवालले भन्नुभयो – “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु पनि उत्साहित भएर लाग्नु भएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु पनि लागि रहेका छौँ, खायन आलु क्षेत्र विस्तार कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा लागु हुन्छ, आलु उत्पादन गरेर जीविकोपार्जन गर्नका लागि यस कार्यक्रमले टेवा पु¥याउँछ ।”

अहिले बागलुङमा जिल्लाभर ३ हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइ सकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवन लगायतका शहरमा पुग्ने गरेका छन् ।

खायन आलु राम्रोमा सिंचाइ, मलको राम्रो व्यवस्थान हुने हुँदा उत्पादन बढ्ने गरेको ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताउनुभयो । पहिले आफूहरुले खेतबारीमा परम्परागत रुपमा आलु खेती गर्ने गरेको सुनाउँदै अहिले कृषि ज्ञान केन्द्रले खायन आलु खेती सम्बन्धी जानकारी गराएपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । पछिल्लो समय बजारमा खायन आलुको समेत माग बढेको कँडेलको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यन्न बाली प्रवद्र्धनका कार्यक्रमसमेत संचालन गर्न भएको छ । कृषि सहकारी तथा समूहहरुमार्फत खाद्यन्न बाली प्रवद्र्धन गर्न थालेको हो । कम्तिमा एक समूहले एउटा बाली १०० रोपनीमा एउटा खेती गर्नु पर्ने ज्ञान केन्द्रले जनाएको छ ।