‘जेन जी’ ले पुस्ताले देशभर गरेको आन्दोलन अन्तरगत बागलुङको बुर्तिबाङमा समेत शान्तीपूर्ण रुपमा आन्दोलन गरिएको छ ।
इन्जिनीयर थम प्रकाश खनालको नेतृत्वमा सुरु भएको आन्दोलन बुर्तिबाङ देवचोकबाट सुरु भई ढोरपाटन नगरपालिकाको कार्यालय हुँदै बुर्तिबाङ बजार परिक्रमा गर्दे सम्पन्न गरिएको हो ।

सरकारलाई जवाफदेही बनाउन र देशमा भइरहेको अराजकता, भ्रष्ट्राचारको अन्त्य र सामाजिक सञ्जाल बन्दको विरोधमा आफुहरुले आन्दोलन गर्नुपरेको खनालले बताउनु भयो ।
सरकारको गैर जिम्मेवारीपनको खवरदाी गर्नका निम्ती नयाँ पिँडी सडकमा उत्रन बाध्य भएको बताउँदै सरकार नसच्चिएसम्म खवरदारी भइरहने र नयाँ पिँडी पछाडी नहट्ने खनालको भनाई थियो ।

स्वतस्फूर्त रुपमा सहभागि भएका करिब दुई सय जना यूवाहरुको समुहले बर्तमान सरकारको राजीनामा माग्दै पुराना नेताहरुका कारण देश बर्बादी तर्फ गइरहेको आरोप लगाएका छन ।
कार्यक्रमलाई शान्तीपूर्ण रुपमा सफल पार्न सहयोग गरेको भन्दै प्रहरी प्रशासन, पत्रकार बजार बासी नागरिकलाई आयोजकले धन्यबाद ज्ञापन गरेको छ ।










