Home Blog Page 34

 तमानखोला गाउँपालिकामा जातीय विभेद अन्त्य गर्न दलित गैर दलित प्रतिबद्ध ।

0


असोज १९ गते तमानखोला
बागलुङको तमानखोला गाउँपालिकामा जातीय छुवाछुत र लैङ्गिक हिंसा अन्त्य गर्नका निम्ती स्थानीय सरोकारवाला संगै दलित समुदाय र गैर दलित समुदायका व्याक्तिविच आवस्यक समोन्य भएको छ ।
तमानखोला गाउँपालिका अन्र्तगत वडा नम्बर १ र २ को सिमानामा पर्ने वडारथान मन्दिरमा गत असोज १५ गते दशै पर्वको नवमीको अवसरमा मन्दिरमा पूजाआजा पछि प्रसाद खाने समयमा स्थानीय छन्त्याल समुदायका केही व्यक्तिले प्रसाद ग्रहण नगरी घर फर्किएपछि जातीय रुपमा भेदभाव भएको भन्दै चर्काे विरोध सृजना भएको थियो ।
आइतबार तमानखोला गाउँपालिका न्यायिक समितिको सक्रियतामा भएको बैठकले आगामी दिनमा गाउँपालिकामा कुनैपनि जातियलैङ्गिक हिंसा जन्य घटना अन्त्य गर्नका निम्ती सबै निकाय गम्भिर रुपमा लाग्ने भन्दै डोरीको गाँठो भित्र जातीय विदेभ अन्त्य गरौँ । हामी सबै प्रतिबद्ध छौँ भन्ने प्रतिबद्धता पत्रमा दलित र गैर दलित दुबै पक्षले डोरी तानेर  प्रतिबद्धता जनाएका छन ।
गाउँपालिका न्यायिक समितिका संयोजक हिरा कुमारी छन्त्यालको संयोजगत्वमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, न्यायिक समिती पदाधिकारी, वडा अध्यक्ष जनप्रतिनिधि, दलित अगुवा, पीडक समुदायका पदाधिकारी, पत्रकार र प्रहरी लगायतको सहभागितामा विभिन्न ८ बुधे सहमति गर्दे आगामी दिनमा तमानखोला गाउँपालिकामा जातीय विभेद र लैङ्गिक हिंसालाई अन्त्य गर्नका निम्ती सबैले प्रतिबद्धता जनाएका हुन  ।
सहमति अनुसार पीडक पक्षले आवस्यक माफी मागेसँगै आगामी दिनमा यस्ता गल्ति दोहोराउने र सजाय स्वरुप ३० हजार पूजामा लागेको खर्च जरिवाना स्वरुप तिराउने निर्णय भएको छ । दलित र जनजाति समुदायले जनजाति समुदायको घरमा सामूहिक भोज गर्ने, जातीय भेदभाव विरुद्धका गतिविधी रोक्न गाउँपालिका सहित सबै सरोकारवाला निकायले सक्रिय भूमिका खेल्ने निर्णय गरीएको हो ।
सार्वजनिक पदभार ग्रहण गरेका व्यक्ति कर्मचारी, शिक्षकले विभेद जन्य गतिविधि गरेमा कानुनी रुपमा कारवाही अगाडी बढाउने, स्थानीय वडा नम्बर २ का माया प्रसाद छन्त्यालले अन्तरजातीय विवाह गरेका कारण आफ्नो कुलबाट निस्कासन गरिएका कारण निजलाई कुलमा समाहित गर्दे यस्ता घटना विभेदका घटना खोज गरी पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका विषयमा छलफल र निर्णय गरिएको हो । 

स्थानीय अगुवा तथा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका जाल बहादुर छन्त्यालले आफुहरुले विगतका केही बर्षदेखि दलित र छन्त्याल समुदाय विच सामुहिक रुपमा लिखित प्रतिबद्धता अनुसार मन्दिरमा पुजा गर्ने र प्रसाद गर्ने गरीएको भएपनी यसबर्ष अधिकाँस परिवारले यसबर्षको दशै नमनाउने भएका कारण मन्दिरमा पुजा गर्न उपश्थित नभएको र केही छन्त्याल समुदायका व्यक्ति मात्र उपश्थित हुँदै गर्दा पुजामा समावेश नभई फर्किएका कारण यस घटनाले सबैलाई दुखि बनाएको र आगामी दिनमा मिलेर आफुहरु र दलित समुदाय अगाडी बढ्ने प्रतिबद्धता जनाएसंर्गै छलफल निश्कर्षमा पुगेको थियो ।

तमानखोलामा दलित समुदायमाथि जातीय विभेद तथा छुवाछुत :आइतबार छलफल हुँदै

0

 शिशिर विश्वकर्मा

तमानखोला असोज १८

बागलुङको तमानखोला गाउँपालिका–१ र २ मा पर्ने ओडानथान मन्दिरमा पूजा गर्ने क्रममा दलित समुदायमाथि जातीय विभेद गरिएका छ ।

स्थानीय स्रोतका अनुसार, वडा दशैँको नवमीका दिन ओडानथान मन्दिरमा सामूहिक पूजाका क्रममा दलित समुदायका व्यक्तिहरूले पकाएको मासु जनजाति (छन्त्याल) समुदायका केही व्यक्तिहरूले नखाने भन्दै बहिष्कार गरेको पाइएको छ । सो घटनापछि दलित समुदायका सदस्यहरूले आफूहरूलाई गरिएको विभेदप्रति आपत्ति जनाउँदै पकाएको मासु र प्रयोग भएका भाँडाकुँडा तमानखोला गाउँपालिकाको कार्यालयमै पु¥याएका छन् ।

घटनापछि स्थानीयस्तरमा तनाव सिर्जना भएको छ । गाउँपालिकाले घटनाको जानकारी लिएर छानबिन अघि बढाउने तयारी गरेको जनाएको छ । स्थानिय टोल विकास समितिका अध्यक्ष जाल बहादुर छन्त्यालका अनुसार, सो समुदायले विभिन्न सामूहिक भोज आयोजना गर्ने क्रममा मासु बहिष्कार गर्ने जस्ता परम्परागत अभ्यास देखिएको भए पनि अब त्यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताउनुभयो । अध्यक्ष छन्त्यालले आफ्नो समुदायले गरेको विभेदप्रति खेद र आत्मसमिक्षा व्यक्त गर्दै भविष्यमा समानता र सद्भाव कायम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“हामीले विगतमा यस्तो व्यवहार भएको स्वीकार गर्छौं । तर अहिलेको समयमा त्यस्ता विभेदकारी परम्परालाई हटाउनका लागि मैले आफ्नै समुदायलाई पनि सचेत गराएको छु,” उहाँले भन्नुभयो । यसैबीच, छन्त्याल समुदायका केही व्यक्तिहरूले आफूहरूले विभेद गरेको स्वीकार गरेका छन् । स्थानीय सामाजिक अगुवाहरूले जातीय विभेद जस्तो अमानवीय कार्यको अन्त्य गर्न सबै समुदायबीच आपसी समझदारी र सहअस्तित्व आवश्यक रहेको बताएका छन् । यस घटनाले गाउँमा पुनः जातीय विभेदका समस्या सतहमा आएको भन्दै सर्वसाधारणले दुख व्यक्त गरेका छन् ।

त्यस्तै, स्थानीय दलित समुदायका भुवन विश्वकर्माले परम्परागत चलनकै कारण आफूहरू विभेदको चपेटामा परेको गुनासो गर्नुभयो । “हामीले त वर्षौँदेखि मन्दिरमा पूजा गर्न पाइँदैन भन्ने सुन्दै आएको हो । यो परम्परा नै यस्तो बनाइयो कि हामी अलग्याइएका छौं,” उहाँले भन्नुभयो ।

उहाँले राज्यका कानुन र संविधानले सबै नागरिकलाई समान अधिकार दिएको स्मरण गराउँदै, व्यवहारमा पनि त्यसको कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो । दलित समुदायमाथि गरिएको जातीय विभेदका विषयमा स्थानीय दलित समुदायहरु ले खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । स्थानीय सरोकारवालाहरूले यस घटनाबाट समाजमा चेतना फैलिएको र आगामी दिनमा आपसी सद्भाव, सहिष्णुता र समतामूलक समाज निर्माणमा सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

अहिले दशै पर्वका कारण गाउँपालिका कार्यालय बन्द भएका कारण घटना निष्कर्षमा पुग्न सकेको छैन । दशै पर्व सकिएका कारण आइतबार दुबै पक्षलाई राखेर घटनाको विषयमा थप अगाडी बढिने गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक हिराकुमारी छन्त्यालले बताउनु भयो ।

गाउँपालिकाले दुई बर्ष पहिलेनै जातीय विभेद झल्काउने गरी दुई स्थानमा फरक भोज भतेर गर्न नपाईने, सामुहहिक भोजको व्यवस्था लगाएत जातीय घटनालाई निर्मूल पार्न निती कानुन बनाएर अगाडी बढिसकेको छ । तर गाउँमा अझैपनी जातीय छुवाछुत जन्य घटना हुँदा दलीत समुदायले जातीय विभेद अझै पनी खेप्दै आउनु परिरहेको पाइएको छ ।

आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

0

१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

९ बजेर २३ मिनेटमा देवी विसर्जन

बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री)ले जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ,’ डा. कोइराला भन्छन्, ‘तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।’

समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

दशै विशेष नर्सिङकोत मेला सुरु: सांसद कुवँरद्धारा उद्धघाटन ।

0

बुर्तिबाङ असोज १३ गते
निसीखोला गाउँपालिका ७ स्थित नरसिंहकोत खेलकुद तथा सांस्कृर्तिक समिती द्धारा आयोजीत दशै विशेष नर्सिङकोत मेला सुरु भएको छ । विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम सहित सुरु भएको कार्यक्रमको सोमबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले उद्धघाटन गर्नुभएको हो ।

क्लब अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजीत कार्यक्रममा उद्धघाटन पश्चात बोल्दै सांसद कुवँरले धार्मिक एव्म पर्यटकिय स्थल नर्सिङकोतको विकास र समृद्धिमा आफुले विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नर्सिङकोत धेरै सम्भावना वोकेको क्षेत्र रहेको बताउँदै यहाँको विकासमा आफुले सकेसम्म साथ दिने बताउनु भएको हो ।

आफूले यहाँको विकासका निम्ती पदमार्ग निर्माण लगाएतका विकास गरिरहेको र अवका दिनमा खेदमैदान, मन्दिर निर्माण, घेराबार लगाएतका क्षेत्रमा पहल गर्ने बताउँदै निसीखोला ७ मा खानेपानीको पहुँच विस्तार, सडक, पूल लगाएतका विकासमा काम भइरहेको बताउँदै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत रहेको निसीखोला ७ देखि ढोरपाटन सम्मको सडकलाई समयमा सम्पन्न गर्नका निम्ती बुहवर्षिय योजनामा समावेश गर्न पहल भइरहेको बताउँदै जेन्जी आन्दोलनका कारण माग अनुसारका सबै योजना पुरा गर्न चुनौती देखिएपनी आफनो कर्म गरीरहने बताउनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै निसीखोला गाउँपालिकाले विकास निर्माण संगै स्थानीय कला संस्कृर्ति, खेलकुद र पर्यटकिय स्थलको विकास र विस्तारमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै नर्सिङकोटको विकासमा पालिकाले लगानी गरिरहेको बताउनु भयो । निसीखोला ७ का अध्यक्ष दिपक ुकवँर, पूर्व जिल्ला उपसभापती दिपक कुवँरको शुभकामना मन्तव्य रहेको हो ।

स्थानीय जनप्रतिनिधी, समाजसेवी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम निसीखोला ७ का वडा सदस्य टेक प्रसाद श्रेष्ठको स्वागत भोव बहादुर कुवँरको सञ्चालनमा औपचारीक कार्यक्रम सम्पन्न भएको हो । खेलकुद तथा सांस्कृर्तीक कार्यक्रम जारी रहने आयोजकले जनाएको छ ।

 

चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला ।।

0

२०८२ असोज १ ३ ,बुर्तिबाङ,
चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको छ ।

जिलिन प्रान्तमा रहेको चाङ्चुन जन अदालतले विज्ञप्ति निकालेर ताङलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म झण्डै दुई अर्ब ६८ करोड युआन बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ ।

यस्तै ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरेको पनि अदालतले जनाएको छ । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो ।

अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् ।

उजालोबाट : साभार

ढोरपाटन नगरपालिकाको आयोजनामा शुभकामना आदान प्रदान तथा विकासका सन्दर्भका समीक्षा ।

0


बुर्तिबाङ असोज १२ गते
ढोरपाटन नगरपालिकाको आयोजनामा वडा दशैँ विजया दशमी तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान एवम् नगरपालिकाले गरिरहेको विकास निर्माणका सन्दर्भमा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।


ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो । 


कार्यक्रममा बोल्ने सहभागीहरूले स्थानीय सरकार थप नागरिक मैत्री बन्नुपर्ने, बजार व्यवस्थापन, बजार अनुगमन हुनुपर्ने, बजारमा व्याप्त रुपमा जुवातास जन्य गतिविधि भइरहेका कारण कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने, यातायात व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउँदै स्थानीय सरकारले गरेका राम्रा कामको आफूहरूले समर्थन गर्ने बताउँदै स्थानीय सरकारले गरेका गलत प्रवित्तिको विरोध हुने बताएका हुन । 


कार्यक्रममा कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै आफूहरूको क्षमता, कानुन र विवेकले भ्याएसम्म नागरिकको नजिकमा रहेर काम गरिरहेको बताउनु भयो ।
राजनैतिक दल, समाजका अगुवा व्यक्तिबाट आएका रचनात्मक सुझाबलाई ग्रहण गर्दे थप शुसासन, दिगो विकास र जनअपेक्षा बमोजिम काम गर्न आफूहरू अग्रसर भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो । 


कार्यक्रममा नेपाली काङ्ग्रेसका भूमिराज महत, नेकपा एमालेका राम प्रसाद आर्चाय, माओवादी केन्द्रका हेमेन्द्र घर्ति मगर, नेकपाका हरि बहादुर घर्ति, उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्याल, पत्रकार छविलाल पाण्डे, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतको मन्तव्य रहेको थियो । 


त्यस्तै अस्थाई ट्राफिक कार्यालय बुर्तिबाङका प्रमुख सुरेश कुवँर, जेएन्जी समुहको प्रतिनिधित्व गर्दे रेशम क्षेत्री,यातायात व्यवसायीको तर्फदेखि नर बहादुर क्षेत्री ,स्थानीय योगेन्द्र परियारले शुभकामना मन्तव्य सँगै ढोरपाटन नगरपालिकालाई समृद्ध, सुशासन र नागरिक मैत्री बन्नुपर्ने अवस्थाका विषयमा मन्तव्य राख्नु भएको हो । कार्यक्रम रोजगार शाखा संयोजक हिरालाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

लायन्स क्लब ढोरपाटनले प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दे ।

0

बुर्तिबाङ असोज १२ गते

लायन्स क्लब अफ ढोरपाटनले बुर्तिबाङमा आगामी असोज २३ गतेदेखि प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले खेलकुद क्षेत्रको विकास र खेलाीको प्रतिभा प्रस्फुटनका निम्ती व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष तेजिन्द्र खत्रीले बताउनु भयो ।

असोज २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वि लेवल र सि लेवलका खेलाडीले खेलमा भाग लिन पाउने भएका छन । प्रतियोगिताको वि लेवल तर्फ ५० हजार, ३० हजार र २० हजार क्रमश प्रथम दिर्तिय र तिर्तिय पुरस्कार राशी तोकिएको छ ।

त्यस्तै सि लेवल तर्फ ३० हजार, २० हजार र १५ हजार पुरस्कार तोकिएको क्लबका दिर्तिय उपाध्क्ष एवम् कार्यक्रम संयोजक हेमेन्द्र घर्तिले बताउनु भयो । नेशलन भेट्रान्स खेलका खेलाडी र एक्सपेट २० खेलाडी खेल्न नपाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लायन्स क्लबको आयोजनामा शुभकामना आदान प्रदान ।

0

असोज ११ गते बुर्तिबाङ
लायन्स क्लब अफ बुर्तिबाङको आयोजनामा वडा दशै, दिपावली र छठ पर्वको पावन अवसरमा शनिबार बुर्तिबाङमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले जनप्रतिनधिी, राजनैतिक दलका प्रतिनिधी, क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागितामा शुभकामना आधान प्रदान संगै क्लबले गरीरहेका कार्यक्रम र भावि लक्ष्यका सन्दर्भमा जानकारी गराएको हो ।
संस्थाका अध्यक्ष शान्ती पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी सांसद कुवँरले बोल्दै लायन्स क्लबले समाज रुपान्त्रणका निम्ती विभिन्न महत्वपूर्ण कार्यक्रम गर्दे आएको बताउनु भयो ।

क्लबले लिएको रचनात्मक लक्ष्यलाई आफुहरुले समेत साथ दिने बताउँदे महिलाको नेतृत्वमा भइरहेका समाज रुपान्त्रण मूखी कार्यक्रम आफैमा प्रभावकारी रहेको बताउनु भएको हो ।
फरक प्रसंगमा बोल्दै सांसद कुवँरले देशमा जेनजी आन्दोलन पछि भइरहेको घटना र देशको अवस्थाको विषयमा बोल्दै सबैको सहभागिता र नेतृत्वमा देशलाई निकाश दिन र देशको समस्या समाधानमा आगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द वस्नेत, नेकपा एमालेको तर्फदेखि गुञ्ज बहादुर भण्डारी, नेकपाको तर्फदेखि हरी बहादुर कुवँर, उत्तरगँगा माध्यमिक विद्यालयका तर्फदेखि हिरालाल पौडेल, लायन्स क्लब डिस्ट्रीक चियर पर्सन छविलाल पाण्डे, लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजेन्द्र खत्री, महिला नेतृ दुर्गादेवी घर्ति, पत्रकार छविलाल पाण्डे लगाएतको शुभकामना मन्तव्य रहेको थियो । लायन्स क्लब अफ ढोरपाटन र लायन्स क्लब अफ निसीखोलाको सह आयोजना रहेको कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष मन कुमारी कुवँरको स्वागत, सचिव भिम कुमारी क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

राजनैतिक दलहरु सच्चिनुको विकल्प छैन : राजन सी ।

0

बुर्तिबाङ असोज १० गते

नेपाल कम्युनिष्ट पार्टी बागलुङको आयोजनामा शुक्रबार जेन्जी विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।

बुर्तिबाङ स्थित राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकार लगायतको बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेकपा पोलिट व्यूरो सदस्य राजन सी ले बोल्दै नेपालमा जेनजी आन्दोलन हुनुका कारण राजनैतिक दलमा देखिएको वितृष्णा, चरम भ्रष्टाचार, बेतिथी, अपारदर्शिता र पार्टीमा पुन संरचना नभएकै कारण यस्तो अवस्था सृजना भएको बताउनु भयो ।

वर्तमान आन्दोलनले देशमा भइरहेको गतिविधिलाई सही तवरले अगाडी बढाउनका निम्ती सबै राजनैतिक नेतृत्व सच्चिएर अगाडी बढ्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो ।

नेपालमा मुख्य समस्याको जड भ्रष्टाचार रहेका कारण त्यसलाई रोक्नका निम्ती खबरदारी संगै देशको विकासमा कृषिको विकास र रोजगारीको सृजना अपरिहार्य रहेको उहाँको भनाई थियो ।

सी ले थप बोल्दै भन्नुभयो “अहिलेको अवस्थामा यथास्थितमा वस्नेहरु कि त प्रतिगमन तिर जान्छन कित पश्चगमनको बाटोमा जाने बताउँदै वैचारिक र सामाजिक जेन्जी समुहका जायज मागलाई समेटेर अगडाी बढ्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।”

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता र धारणा मूलक मन्त्य रहेको थियो । सहभागी वक्ताहरूले स्थानीय तहदेखि संघ सम्मको भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, संधै पदको लागी मरिहत्ते गर्ने नेताहरु पार्टीको पुनर संरचनामा अगाडि बढ्नुपर्ने र समयमा निर्वाचन गराएर देशलाई विकास निर्माण र समृद्धिमा अगाडी बढाउनुको विकल्प नरहेको बताएका हुन

। कार्यक्रम नेकपा जिल्ला कमिटी सचिवालय सदस्य हरि बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हो ।

 

दशैँ –तिहारको आगमन सँगै बजारमा चहलपहल : बुर्तिबाङमा मुस्ताङका च्याङग्रा देखियो ।

0

२०८२ असोज ७, बुर्तिबाङ ,

बुर्तिबाङ,शिशिरि विश्वकर्मा  ,

दशैँ–तिहार नजिकिँदै गर्दा देशभरको बजारमा चहलपहल बढ्दै गएको छ । 

त्यस्तै बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना देखि चहलपहन ह्वाट्टै बदेको छ । पर्वको मुखमा उपभोग्य सामग्रीदेखि लत्ताकपडा, मिठाई र मासुजन्य लगायत अन्य वस्तुको खरिदमा ग्राहकहरूको भीडभाड बढिरहेको छ । 

यसैबीच, बुर्तिबाङ बजारमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरू पहाडी च्याङ्ग्रा बाख्रा) पनि देखिन थालेका छन् । व्यापारीहरूका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैँको अवसरमा विशेष रूपमा च्याङ्ग्राको माग उच्च हुने भएकाले मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा ल्याइएको हो ।

मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा (पहाडी च्याङ्ग्रा बाख्रा) बुर्तिबाङ बजारमा देखिन थालेका छन् । स्थानीय व्यापारीहरूका अनुसार दशैँमा विशेष गरी च्याङ्ग्राको मासु अत्यधिक माग हुने भएकाले यसवर्ष पनि व्यापारीहरूले मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा ल्याएर बिक्रीका लागि राखेका ।

 बजारमा पुगेका उपभोक्ताले च्याङ्ग्राको मूल्य सामान्यतया महँगो भए पनि पर्वमा स्वादिलो मासुका कारण खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । हाल बजारमा प्रति केजी च्याङ्ग्राको मासु पाँचसयदेखि सातसय रुपैयाँसम्म पर्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन् ।

दशैँ नजिकिँदै गर्दा बुर्तिबाङ बजारमा चहलपहल झन् बढ्ने र च्याङ्ग्राको व्यापार अझै चर्कने अपेक्षा गरिएको छ । पर्वसँगै स्थानीय अर्थतन्त्रमा समेत यसले सकारात्मक प्रभाव पार्ने व्यवसायीहरूको विश्वास छ । त्यस्तै, बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना पछि सर्वसाधारणको भीडभाड र उपभोग्य सामग्रीको खरिदबिक्रीमा उल्लेख्य वृद्धि भएको छ । बजारका पसल र व्यापारिक प्रतिष्ठानहरूमा उपभोक्ताको भीड बाक्लिँदै गएको देखिन्छ ।

ग्राहकहरूले च्याङ्ग्राको मूल्य सामान्यतया बढी भए पनि दशैँ–तिहारमा यसलाई स्वादिलो र पोषिलो मासुका कारण अनिवार्य रूपमा खरिद गर्ने बताउँछन् । व्यापारीहरूले यस वर्ष प्रति केजी पाँच सयदेखि सात सय रुपैयाँसम्म पर्न सक्ने अनुमान गरेका छन् । बजारमा देखिएको यो चहलपहल आगामी दिनमा अझ बढ्ने र च्याङ्ग्राको खरिदबिक्री समेत तीव्र हुने अपेक्षा गरिएको छ ।

व्यवसायीहरूको भनाइअनुसार पर्वसँगै च्याङ्ग्राको व्यापार मात्र नभई अन्य क्षेत्रका वस्तु तथा सेवाको कारोबार पनि बढ्ने भएकाले यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्ष गरिएको छ ।