Home Blog Page 33

खुंखानीमा सव व्यवस्थापन स्थल तथा चौतारा ट्रस पूर्वाधार निर्माण समिति गठन ।।

0

                                                                     शिशिर विश्वोकर्मा ,

२०८२ असोज २४ , बुर्तिबाङ,
तमानखोला गाउँपालिका–५, खुंखानीमा सरसफाइ र सव व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन भुमिराज सुन्चौरीको नेतृत्वमा १३ सदस्यीय समिति बिहिबार गठन गरिएको छ ।
यस समितिको नेतृत्व भुमिराज सुन्चौरीले गरेका छन् भने अन्य १२ जना सदस्यहरूमा स्थानीय महिला, युवा र सरोकारवालाहरूको समेत समावेश गरिएको छ ।

स्थानीय बगर खोला र शिङ्खोलाको संगम क्षेत्रमा सव व्यवस्थापन स्थल, चौतारा ट्रस, पिउनेपानी र महिला–पुरुष शौचालय निर्माणका लागि समिति औपचारिक रूपमा गठन भएको गरिएको छ ।
स्थानीय समुदायले साझा प्रयोजनका यस्ता पूर्वाधार निर्माणका लागि एकीकृत पहल सुरु गरेको जानकारी प्राप्त भएको छ । समितिका सदस्यका अनुसार यो अभियान कुनै एक व्यक्ति वा समूहको स्वार्थसँग नभई सामूहिक आवश्यकता र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा अभियान भएको बताएका छन् ।
यसले समुदायका सबै सदस्यका लागि सरसफाइ, विश्राम र अन्त्येष्टिका लागि आवश्यक सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यस अभियान अन्तर्गत ट्रस, सव व्यवस्थापन स्थल, शौचालय तथा धारा निर्माणका लागि आवश्यक तयारी पूरा गरिएको समितिले जनाएको छ । साथै निर्माणका लागि आवश्यक कोष संकलनका उद्देश्यले बैंक खाता पनि खोलिएको छ ।
आर्थिक सहयोग गर्न चाहने महानुभावहरूले सो खातामा रकम जम्मा गरी पठाउन अनुरोध गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार यो योजना सम्पन्न भएपछि खुंखानी र आसपासका बासिन्दा मात्र होइन, सम्पूर्ण तमानखोला क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
समाजको सामूहिक प्रयत्न र सहयोगका आधारमा अघि बढाइएको यस अभियानले स्थानीय एकता र विकासप्रतिको प्रतिबद्धता झल्काएको स्थानीयहरूले बताएका छन् ।
समितिको गठनसँगै अब स्थानीय तहमा सव व्यवस्थापन, चौतारा ट्रस निर्माण, पिउनेपानीको व्यवस्थापन र महिला–पुरुष शौचालय निर्माणको काम व्यवस्थित रूपमा अघि बढाइने भएको छ।
स्थानीयवासीहरूले यो समितिको गठनलाई सामूहिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् । समितिले गाउँको सरसफाइ, वातावरणीय संरक्षण तथा आधारभूत सुविधाको विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार, यो समिति नियमित बैठक, अनुगमन र प्रतिवेदनमार्फत योजनाको कार्यान्वयनमा पारदर्शिता र सहभागीता सुनिश्चित गर्नेछ ।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै ।।

0

२०८२ असोज २४ , बुर्तिबाङ ,

मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ ।

मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो ।

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक ।।

0

२०८२ असोज २४ , बुर्तिबाङ ,

अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पटक जलजला पुगेका थिए ।

यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवै तिरबाट जोडिएको छ । नजिकैबाट दर्जनौँ हिमश्रृङ्खला र सूर्योदय गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

पाँच वर्ष अगाडिसम्म जलजला आझेलमै थियो । तर पछिल्लो समय तीव्र रुपमा प्रचारप्रसार हुँदा हिउँद याममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्ष मात्रै सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरी गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा नचल्दा पर्यटकले सास्ती खेप्नु परेको छ ।

ढोरपाटन उपत्यकाबाट घना जंगल र ठूला जंघार पार गर्नु पर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नु पर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो । दुई वर्ष यता जलजला जाने पर्यटकको संख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकको उहाँले सुनाउनुभयो ।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुई वटा गुर्जाघाट काठको साँघु हाल्नु पर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाई दिएको भन्दै अब केही दिनमा सडक सफाई गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिकाले मरेनी सडकलाई सफाई गरे पर्यटक सहज रुपमा जलजला आउन सक्ने उहाँ बताउनुहुन्छ । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेको पुनले बताउनुभयो । ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उहाँको भनाइ छ ।

“अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भिड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालाहरु मात्रै पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो” अध्यक्ष पुनले भन्नुभयो – “यस वर्ष लामो वर्षा भयो, ठाउँ–ठाउँमा बाटो बिग्रिएको छ, साँघु हाल्नु पर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”

समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरी, माछापुछ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरी लगायत दुई दर्जन बढी हिमाल एकै ठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुल्सीपुर दाङबाट घुम्न आउनु भएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमश्रृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्येक्ष घुम्न आएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो – “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रैनछ, ठाउँ–ठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिदैन भन्ने सुनियो, त्यही भएर यसपाली जलजला पुग्ने इच्छा पुरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।”

रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उहाँको भनाइ छ । यतिबेला जलजला पुग्ने गरि ढोरपाटन आएकाहरु उपत्यकाबाटै फर्किने गरेका छन् ।

आर्दश सञ्चारबाट साभार

बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला : भेट्रान्स भलिवल सेमिफाइनलमा ।

0

बुर्तिबाङ असोज २३ गते

बुर्तिबाङ राइजिङ यूवा क्लबको आयोजनामा सञ्चालन भइरहेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप जारी रहेको छ ।
असोज २२ गतेदेखि सुरु भएको विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम तर्फ हालसम्म ३५ बर्ष माथिको भेट्रान्स भलिवल प्रतियोगिता भइरहेको छ ।
१८ समुहको सहभागिता रहेको प्रतियोगिता तर्फ भोली सेमिफाइनलको खेल हुने खेल संयोजक देव बहादुर विश्वकर्माले बताउनु भयो । सेमिफाइनलमा गल्कोट नगरपालिका ७ , तमानखोला गाउँपालिका २ , वडिगाड गाउँपालिका ४ र ढोरपाटन नगरपालिका ६ प्रवेश गरेको हो ।
त्यस्तै वडा स्तरीय पुरुष भलिवल तर्फ १२ समुहको सहभागिता रहेको हो । भोली बिहान ८ बजेदेखि पुरुष भलीवल प्रतियोगिता समेत सुचारु गरीने जनाइएको हो ।
महिला भलिवल प्रतियोगिता तर्फ ५ समुहको दर्ता सम्पर्क भएको र भोली टाइटेस गर्ने कार्यतालिका रहेको जनाइएको छ । त्यस्तै सांगितीक प्रस्तुती समेत भइरहेको हो । बिहीबार स्याम रानाले प्रस्तुती दिनुभएको छ ।

 

बुर्तिबाङमा प्रथम लायन्स कप सुरु

0

बुर्तिबाङ असोज २३ गते
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बिहीबार देखि बुर्तिबाङमा प्रथम लायन्स व्याडमिन्टन कप सुरु भएको छ ।
आजदेखि २५ गतेसम्म सञ्चालन रहने प्रतियोगिताका लागी बी लेवल तर्फ ३२ र सि लेवलमा ३२ गरी ६४ समुहको प्रतियोगितामा सहभागिता रहेको हो ।

आज पहिलो दिन औपचारीक कार्यक्रम सहित कार्यक्रमको सुभारम्भ गरिएको हो । लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजेन्द्र खत्रीको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको हो ।

प्रमुख अतिथी कायतले बोल्दै खेलकुदको माध्यबाट व्याक्तिको क्षमताको विकास संगै राज्यलाई चिनाउन सहयोग पुग्ने बताउँदै खेलाडीहरुलाई सफलताको सुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट समुह वि तर्फ क्रमश ५० हजार, ३० हजार र २० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पर्ने भएका छन ।
त्यस्तै समुह सि तर्फ क्रमश ३० हजार, २० हजार र १५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पर्ने भएका हुन । कार्यक्रम बुर्तिबाङ कर्वड हलमा सञ्चालन भइरहेको छ ।

आजको मौसम मुख्यतया सफा रहने मौसम पुर्वनुमान ।

0

२०८२ असोज २३ बुर्तिबाङ,
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ

देशका पहाडी भू–भागका एक, दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बाराही यूवा क्लब द्धारा आयोजीत मेलाको गाउँपालिका अध्यक्ष घर्तिद्धारा उद्धघाटन ।

0

बुर्तिबाङ असोज २३
निसीखोला गाउँपालिका २ मा रहेको बाराही यूवा क्लब द्धारा आयोजीत कोजाग्रत पूर्णिमा मेला सुरु भएको छ । विविध खेलकुद एवंम सांस्कृर्तिक कार्यक्रम सहित आयोजीत मेलाको बुधबार निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्धघाटन गर्नुभएको छ ।
क्लब अध्यक्ष सिव कार्कीको अध्यक्षतामा आयोजीत कार्यक्रममा पालिका अध्यक्ष घर्तिले प्रमुख अतिथीको रुपमा बोल्दै बाराही यूवा क्लबले खेलकुद संगै संस्कृर्तिको जर्गेना गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।
निसीखोला गाउँपालिका कला संस्कृर्ति र खेलकुदमा अब्बल हुँदै गर्दा क्लब संघसंस्थाको भुमिका महत्वपूर्ण रहेको बताउँदै अबका दिनमा क्लब संघसंस्थाले समाज रुपान्तरण मुखि अभियानमा जोडिन समेत अपिल गर्नुभयो । कार्यक्रमका अवसरमा मान बहादुर कार्की स्मृर्ति कोष मार्फत स्थानीय विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराइएको छ ।
बराह आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार १२ जना र ८ जना उत्कृष्ट विद्यार्थीका निम्ती कार्कीैका माइला छोरा भिम बहादुर कार्की, दिल बहादुर काकीद्धारा स्थापना गरिएको कोष मार्फत स्टेशनरी उपलब्ध गराइएको हो ।
कार्यक्रम क्बल सदस्य टेक बहादुर कार्कीको स्वागत, चर्चित गायक स्याम रानाको सांगितीक प्रस्तुती संगै उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ज्ञान बहादुर बलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तमानखोलाले राख्यो गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’ ।।

0

२०८२ असोज २२ ,बुर्तिबाङ ,
तमानखोलाको जुर्गाघाटका स्थानीयले अब लेकमै मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् ।

करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली बत्ती पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।

पाँच सयभन्दा बढी जनसंख्या रहेको यहाँका नागरिकले सूचना र सञ्चारका लागि मोबाइल फोन बोके पनि चार्ज गर्न दुई दिन लगाएर गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनु पर्छ । तमानखोला गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आवद्ध रहेको हुँदा बर्खाको पाँच महिना गुर्जाघाटमा जाने गर्छन् । तमानखोलाका दुई सय घर परिवार जेठ महिनादेखिनै घुर्जाघाट उक्लिन सुरु गर्छन् ।

बर्खाभरी लेक ९घुर्जघाट०मा बसेर असोज÷कार्तिक तिर मात्रै बेसी ९गाउँ० झर्ने गर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरुको परम्परा जस्तो बनेको छ । तर पाँच घर परिवार भने स्थायी रुपमा बाह्रै महिना गुर्जाघाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजार भन्दा बढी भेडा पालन हुँदै आएको छ । यहाँका स्थानीयले गाईभैसीँ पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट चार वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले करिब २ लाख लागतमा गत साता सोलार प्यानल जडान गरेको उहाँको भनाइ छ । यहाँका स्थानीय, गोठाला र पर्यटकलाई समेत सुविधा होस भनेर तत्कालका लागि सोलार प्यानलबाट चार्ज गर्ने व्यवस्था मिलाइएको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले भन्नुभयो – “घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरु बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरु यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत पु¥याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।”

अध्यक्ष बुढा मगले आवश्यकता त घर घरमै उज्याले पु¥याउनु पर्ने भएको भन्दै स्रोत साधन सीमित हुँदा विद्युत पु¥याउन नसकेको बताउनुभयो । गुर्जाघाटमा विद्युत समस्या रहेको भन्दै यहाँको बस्ती अस्थायी भएकाले तत्कालका लागि सञ्चार सम्पर्क जोड्ने उद्देश्यले फोन चार्ज गर्ने व्यवस्था मिलाएका बताउनुभयो ।

ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । यहाँका स्थानीयले सेनाको क्याम्पमा पुगेर चार्ज गर्ने गरेको भए पनि पटक पटक महिला र युवतीले जनप्रतिनिधीलाई गुनासो गर्थे । यहाँका महिला र युवतीले सेनाको क्याम्पमा एक्लै चार्ज गर्न जान नसक्ने, र बुढापाका वा अभिभावकसहित सधैँ जान सक्ने अवस्था नहुने हुँदा तत्कालका लागि समस्या समधान गर्न सोलार प्यानल जडान गरिएको तमानखोला गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताउनुभयो ।

आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चर्जा गर्न मिल्ने भएपछि सहज हुन थालेको छन्त्यालले बताउनुभयो । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेको उहाँको भनाइ छ । अब पर्यटकलाई पनि सञ्चार सुविधा हुने छन्त्यालल बताउनुहुन्छ ।

गाउँपालिकाले जुर्गाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको छ । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ । लोकबहादुरको घर म्याग्दीको भूगोलमा पर्छ । लोकबहादुर बाह्रै महिना त्यही बस्ने भएकाले सुरक्षा र संरक्षणका लागि उहाँको घरमा सोलार प्यानल जडान गरिएको कार्यपालिका सदस्य छन्त्यालले बताउनुभयो ।

भोलिदेखि कोजाग्रत पूर्णिमा मेला बुर्तिबाङमा सुरु हुँदै ।

0

असोज २० गते बुर्तिबाङ

कोजाग्रत पूर्णिमा तथा क्लबको २३ औँ बार्षिकोत्सव एव्म पालिका कपका अवसरमा बुर्तिबाङ राइजिङ यूवा क्लब द्धारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भोली देखि सुरु हुने भएको छ ।

असोज २७ गतेसम्म हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आवस्यक तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । हालसम्म पुरुष भलिवल प्रतियोगिता तर्फ १२ समुहको नाम दर्ता भइसकेको र थपिने क्रम जारी रहेको जनाइएको छ । त्यस्तै भेट्रान्स भलिवल प्रतियोगिता तर्फ १६ समुहको नाम दर्ता भएको हो ।

भोलिदेखि भेट्रान्स प्रतियोगिता सुरु गरिने क्लब अध्यक्ष सुरज विश्वकर्माले बताउनु भयो । क्लबले दुई लाख दश हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार , १ लाख ५१ हजार १ सय ११ रुपैँया दिर्तिय पुरस्कार राशीको वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, वडा स्तरीय महिला भलिवल, खुल्ला सामुहिक नृत्य, खुल्ला एकल नृत्य, पुरुष महिला रस्साकस्सी, पुरुष महिला छेलो, ३५ बर्ष माथिको भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

पश्चिम बागलुङकै ठुलो र ऐतिहासिक मेलाका रुपमा हेरिँदै आएको कोजाग्रत पूर्णिमा मेलालाई ढोरपाटन नगरपालिकाले मेयर कपको रुपमा १० लाख रुपैयाँ सहयोग गरेको पाइएको छ । भोली सम्म सबै खेलकुदका कार्यक्रमको टाइसेट गरेर कार्यक्रम अगाडि बढाइने आयोजकले जनाएको हो ।

तमानखोलामा दलित समुदाय माथिको विभेद माफि र जरिवाना सहित टुङ्ग्याइयो ।

1

तमानखोला असोज २० गते
तमानखोला गाउँपालिकामा दलित समुदाय माथि गरिएको विभेद छलफलका माध्यमबाट टुङ्ग्याइएको छ ।
आइतबार गाउँपालिका न्यायिक समितिको समन्वयमा भएको व्यापक छलफलपछि विगत ५ दिन देखिको दलित समुदायको आन्दोलन निश्कर्षमा पुगेको हो ।
गत असोज १५ गते नवमिका दिनमा वडा नम्बर १ र २ को सिमानामा पर्ने ओडानथान मन्दिरमा स्थानीय छन्त्याल समुदाय र दलित समुदायका मानिसबिच मन्दिरमा पुजापाठपछि प्रसाद ग्रहण गर्ने क्रममा छन्त्याल समुदायका सहभागि व्यक्तिहरुले प्रसाद ग्रहण नगरी हिडेपछि सहभागी दलित समुदायका नागरिक आफुहरुलाई विभेद गरी हिडेको र अन्यायमा परेको भन्दै सोही दिन साँझ गाउँपालिका कार्यालयमा न्यायका निम्ती उभिएका प्रसादका रुपमा पकाइएको मासु सहित सहभागी भएका थिए ।
चाडपर्वको समयमा गाउँपालिका कार्यालय बन्द रहेका कारण न्यायिक समितिले आइतबार दुबै पक्षलाई बोलाएर छलफलपछि विभिन्न ८ बुँदे सम्झौता सहित विवाद निश्कर्षमा पुगेको हो ।
न्यायीक समिति संयोजक गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, गाउँपालिका अध्यक्ष जोकलाल बुढा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएत दलित अगुवा, पत्रकार, प्रहरी, स्थानीय बुद्धिजिवी लगाएतको सक्रिय उपस्थितिमा पिडित र पिडक दुबै पक्षलाई राखेर विभिन्न बुँदामा सहमति र जरिवाना सहित विवाद समाधान गरिएको हो ।

सहमति अनुसार पिडक प्रसाद बहिस्कार गर्ने छन्त्याल समुदायका व्यक्तिले माफी माग्दै आफुहरुले आगामी दिनमा जातीय रुपमा हुने भेदभावजन्य गतिविधी नगर्ने प्रतिबद्धता र पूजामा भएको खर्च व्यहोर्ने सहमतिपछि विवाद निश्कर्षमा पुगेको हो ।

त्यस्तै छलफलमा स्थानीय वडा नम्बर २ का माया प्रसाद छन्त्याललाई अन्तरजातीय विवाह गरेकै कारण कुलबाट निस्काशन गरिएका कारण छन्त्याललाई कुलमा समाहित गर्दै गाउँपालिकाभर अन्तर जातीय विवाह गरेकै कारण कुलबाट निश्कासित भएका व्यक्तिलाई कुलमा समाहित गराउन पहल गर्ने, दलित र गैर दलित विच एक अर्काको घरमा सामुहिक भोज गर्ने, जातीय भेदभाव विरुद्ध सचेतना मूलक कार्यक्रम गर्ने, जातीय तथा लैँगिक हिँसा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीले गरेमा तत्काल कानुनी कार्वाही गर्ने निर्णय गरिएको हो ।


त्यस्तै छुवाछुत अन्त्य गर्नका निम्ती सन्देश दिने उद्देश्य सहित जातीय विभेद अन्त्य गरौँ लेखिएको व्यानरमा डोरी बाँधेर दुबै समुदायका नागरीकले सन्देश प्रवाह गर्ने अभियानको सुरुवात समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै कानुनलाई कसैले मिच्न नहुने र पालिकाले समेत जातीय विभेद अन्त्य गर्न विभिन्न सचेतना मूलक कार्यक्रम र योजना बनाइरहेको बताउँदै यसलाई उन्मूलन गर्न सबैको साथ सहयोग आवस्यक रहेको बताउनु भयो ।
छन्त्याल समुदायको तर्फदेखि स्थानीय अगुवा जाल बहादुर छन्त्याल सहितको टोलीले आफ्नो समुदायका केही व्यक्तिले गरेको कमजोरीका कारण यस्तो समस्या सृजना भएको बताउँदै विगतका वर्षमा आफुहरुले सामुहिक रुपमा पुजापाठ गर्ने र प्रसाद सामुहिक रुपमा लिने परम्परा रहेको बताउँदै जातीय विभेद जन्य गतिविधि रोक्न आफुहरुले समेत पहल गर्ने बताउनु भयो । सहमतीपछि गाउँपालिकामा राखिएको दुर्गन्धित मासु डिस्पोज गरिएको हो ।