Home Blog Page 32

बुर्तिबाङमा बजाजको ग्रान्ड एक्सचेन्ज मेला ।

0

बागलुङको बुर्तिबाङ बजारमा बजाज कम्पनीको ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ ।

एक हप्ता सम्म सञ्चालन हुने मेलाका अवसरमा नयाँ मोटरसाइकल बिक्री पुराना एक्सचेन्ज तथा मर्मत गरिने कम्पनीका प्रतिनिधि शिव संकर शाहले बताउनु भयो ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ सिनेमा रोडमा सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा यहाँका मोटरसाइकल खरिद बिक्री कर्ताले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने जनाइएको हो ।

बजारमा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफुहरु लाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरिदमा सहजता भएको सेवा ग्राहीको भनाई छ ।

भाद्र ८ गतेदेखि शुरु भएको यो अफर १३ गतेसम्म लागू हुनेछ र ग्राहकहरूले बुर्तिबाङ मागएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एक हप्ता सम्म मेला सम्पन्न गरेपछि चाँडै बुर्तिबाङ क्षेत्रमै स्वरुप स्थापना हुने व्यवसायी जित बहादुर कुवँरको भनाई छ । बुर्तिबाङ क्षेत्रमा हालसम्म कुनैपनि मोटरसाइकलको स्वरुम छैन ।

टारीखेतमा ठाडो खोलाको उत्पात : एक दर्जन घर उच्च जोखिममा । 

0

ढोरपाटन नगरपालिका २ टारीखेतमा ठाडो खोल्साको भलका कारण १ दर्जन घर उच्च जोखिममा रहेका छन ।

गाउँदेखि माथिल्लो क्षेत्रबाट आउने भल पहिरोका कारण ठाडो खोल्साले आसपासको जमिन कटान गर्न थालेपछी स्थानीय बासिन्दा बाढी पहिरोको जोखिममा परेको स्थानीय थम बहादुर विकले बताउनु भयो ।

नयाँ शहर आयोजना अन्र्तगत रहेको उक्त बस्तीमा नयाँ शहर आयोजनाले निर्माण गरेको तथा अन्य कच्ची सडकबाट बगेर आएको भल बाढीले पैदल मार्ग सँगै स्थानीय नागरिकको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय जित बहादुर कुवँरले बताउनु भयो । 

समयमै उक्त भेल बाढी आउने क्षेत्रको उचित व्यवस्थापन नगरे ठुलो क्षेत्री हुन सक्ने कुवँरको भनाई छ । विगत ४ बर्ष पहिले आएको भेल बाढीले स्थानीयको घरमा ठुलो क्षेती पुर्याएको थियो । 

युवा उद्यमीका लागी होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी १ महिने तालिम बुर्तिबाङमा सुरु

0

युवा उद्यमीहरूका लागी होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी १ महिने तालिम बुर्तिबाङमा बिहीबार देखि सुरु भएको छ । Tree Des Hommes BMZ जर्मनीको आर्थिक सहयोगमा विवाईसी बागलुङ द्धारा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत १६ वटा वडाका ३० जना युवा उद्यमीहरूलाई होटल तथा होमस्टे व्यवसाय संग जोड्नका निम्ती सिव विकास संगै क्षेमतामुलक तालिम दिन सुरु गरेको हो ।

दिगो पर्यटन प्रर्वद्धन कार्यक्रम अन्र्तगत ढोरपाटन आसपासमा रोजगारीको सृजना गर्ने, यूवालाई उद्यम संग जोड्ने, वातावरण, पर्यटन र सरसफाइका कार्यक्रमसँगै अगाडी बढाउने र महिलालाई नेतृत्वमा ल्याउनुका साथै सामूहिक रुपमा उत्पादन र बजारीकरण संग जोड्नका निम्ती विभिन्न कार्यक्रम अगाडी बढाएको परियोजनाले आजदेखि समुहबाट छनौट भएका र वडा कार्यालयले सिफारिस गरेका ३० जना नागरिकलाई होटल तथा होम स्टे सञ्चालन व्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरेको हो ।

तालिमको माध्यमबाट स्वदेशमा रोजगारीको सृजना गर्ने, होटल तथा होम स्टे सञ्चालन र व्यवस्थापन गर्न टेवा पुर्याउने र ग्राहकको मन जित्ने गरी स्थानीय खाद्य उपजको प्रयोग मार्फत रोजगारी र आम्दानीमा जोड्ने उद्देश्य सहित सीप विकास मूलक तालिमको आयोजना गरिएको कार्यक्रम टिम लिडर अमर थापाले बताउनु भयो । तालिममा सीप आर्जन गरी व्यवसायीक रुपमा होटल तथा होम स्टे सञ्चालन गर्ने उद्यमीलाई संस्थाले विभिन्न सामाग्री सहयोग गर्ने र कुकमा रोजगारी गर्नेहरूका निम्ती रोजगारीको प्रबन्ध गराउने बताइएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले ग्रामीण क्षेत्रमा होटल तथा होम स्टेको प्रचुर सम्भावना रहेको बताउँदै सहभागितले १ महिना सम्म सिकेको सीपलाई व्यवहारमा उतारेर अगाडी बढ्न सुझाव दिनुभयो ।

विवाईसी ले ढोरपाटन क्षेत्रमा महत्वपूर्ण कार्यक्रम अगाडि बढाइरहेको बताउँदै यस्ता व्यवसायीक र स्वरोजगार मुखी कार्यक्रममा पालिकाले समेत आवश्यक समन्वय र सहयोग गर्ने बताउनु भयो । तालिममा पात्लेखेत होम स्टेका अध्यक्ष तथा प्रशिक्षक नारायण लामाले बोल्दै आफूले यहाँको उत्पादनलाई व्यवसायीक बनाउने र आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सक्ने गरी उद्यमीलाई सिप सिकाउने बताउनु भयो ।

यस्तो कार्यक्रम गत वर्षपनि सञ्चालन गरिएकोयसवर्ष सञ्चालन गर्दे गर्दा ढोरपाटन तथा निसी क्षेत्रमा होमस्टे तथा होटल सञ्चालन गर्ने उद्यमीको सङ्ख्यामा वृद्धि हुने र व्यवस्थित बन्ने अपेक्षा लिइएको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो ।

कार्यक्रममा विवाईसी बागलुङका सदस्य प्रेम केसिको स्वागत रहेको थियो । कार्यक्रम ओम श्रीपालीले सञ्चालन गर्नुभएको हो ।

लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

0

५ भदौ, काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्र्दै आएको उनले स्मरण गराएका छन् । साथै उनले यो सहमतिलाई सच्याउन भार र चीनलाई आग्रह गरेका छन् । संवेदशील विषयको सरोकारलाई उपेक्षा गरी नेपाल र नेपाली जनताको सार्वभौमिकता ,स्वाभिमान र मित्र भावना माथि गम्भीर चोट पुर्‍याएको श्रेष्ठको ठहर छ ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले विवादास्पद भूमिका रुपमा स्वीकारेको समेत उल्लेख गरेका छन् । श्रेष्ठले भनेका छन्, ‘भारतले यसलाई अझसम्म सहज रुपमा स्वीकार नगरे पनि यो क्षेत्रलाई बिबादास्पद भूमिका रुपमा नेपाल संगको वार्तामा स्विकार गरेको छ र परराष्ट्र सचिव स्तरीय द्विपक्षीय संयन्त्रमा छलफल गरेर यसको समाधान निकाल्ने विषयमा सहमति जनाएको छ ।’

सन्  २०१५ मा चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङमा लिपुलेक नाकालाई भारत र चीन दुई देश बीचको व्यापारिक मार्गका रुपमा सञ्चालन गर्ने सहमति गरेका थिए । उक्त सहमतिपछि आपत्ति जनाएर त्यसलाई सच्याउन माग गर्दै नेपालले दुवै देशलाई कूटनीतिक नोठ पठाएको थियो । तर, पनि अहिले फेरि भारत र चीनले नेपालको संवेदशीलतालाई वेवास्ता गर्दै उपेक्षा गरेको श्रेष्ठले बताए ।

विवादित क्षेत्र भनेर स्वीकारेको अवस्थामा पुन: पटकपटक लिपुलेकबाट सीमा व्यापार गर्ने सहमति गर्नु आश्चर्यजनक बताउँदै यसले नेपालीलाई स्तब्ध बनाएको श्रेष्ठको भनाइ छ ।

‘हामी दुवै छिमेकी मित्र राष्ट्रहरूसँग विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यान दिँदै यसलाई सच्याउन अनुरोध गर्दछौं’, उनले भने । विवाद टुंगो नलाग्दासम्म नेपालको सहमति बिना कुनै पनि निर्णय हुन नसक्ने कुरालाई ध्यानमा राख्न भारत र चीनलाई श्रेष्ठको आग्रह छ । नेपाल सरकारले पनि भारतसँग समाधान निक्लिनेगरी कूटनीतिक वार्ता गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा यसलाई उठाउनुपर्ने उनले बताए । नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा भारत–चीनबीच सम्बन्ध सुधारिनु उचित नहुने श्रेष्ठले उल्लेख गरेका छन् । ‘भारत र चीन बीचको सम्बन्ध सुधार र घनिष्टताको हामी स्वागत गर्दछौं र त्यस निम्ति शुभकामना पनि दिन चाहान्छौ । तर हाम्रो देशको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा त्यसो हुनेछैन  भन्नेमा हामी आश्वस्त हुन चाहान्छौ ।’

ढोरपाटनको दिगो विकास र पर्यटन प्रर्वद्धनका निम्ती सरोकारवाला बिच बहस तथा अन्तरक्रिया ।

0

विवाईसी बागलुङको आयोजनामा बुधबार बुर्तिबाङमा ढोरपाटन क्षेत्रको दिगो विकास पर्यटन प्रर्वद्धनका सन्दर्भमा सरोकारवाला नागरिकका बिचमा राजनैतिक बहस सँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटनको दिगो विकास, ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती घोषणाको प्रयास तथा ढोरपाटनमा पर्यटन सम्भावना र त्यसको व्यवस्थापनका विषयमा यहाँस्थित जनप्रतिनिधि, ढोरपाटन सिकार आरक्षका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका बिचमा छलफल र बहस गरिएको हो ।

विवाईसी बागलुङका कार्यक्रम टिम लिडर अमर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन सिकार आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले ढोरपाटनलाई मध्यवर्ती घोषणाको तयारी, स्थानीय नागरिकले प्राप्त गर्ने अधिकार तथा सुविधा, मध्यवर्ती घोषणा पछि हुने सम्भावना र अवसर लगायतका विषयमा प्रस्ट पार्दै स्थानीय समुदायको अपनत्व र सहभागितामा मध्यवर्ती घोषणा गर्न सकेमा ढोरपाटनको विकास, स्थानीय समुदायको जीवन स्तर सुधार र अवसरको सम्भावनाको ढोका खुल्ने बताउनु भयो ।

सरकारले ढोरपाटन सिकार आरक्षको निश्चित क्षेत्रलाई मध्यवर्ती घोषणा गर्ने तयारी गरिरहेका कारण घोषणा गर्नु अगावै स्थानीय समुदाय र सिकार आरक्ष बिच आवश्यक समन्वय, कार्यक्रम र त्यसको सान्दर्भिकताका सन्दर्भमा आफूहरूले समुदायका अगुवा र नागरिकलाई जानकारी र समन्वय गरेर अगाडि बढ्न खोजिएको बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले ढोरपाटन सिकार आरक्षले मध्यवर्ती क्षेत्रको विषयमा आम नागरिकलाई सतही रुपमा बुझाउनु पर्ने र घोषणा भएका अन्य स्थानको भ्रमण गराउन सकेमा मध्यवर्ती घोषणा कार्यक्रम प्रभावकारी हुने बताएका हुन । नागरिकको बिचमा मध्यवर्ती घोषणाको विषय र त्यसबाट पर्ने प्रभावका विषयमा बुझाउन नसकेकै कारण लामो समयदेखि नागरिक र सिकार आरक्ष बिच द्धन्द भइरहेको बताइएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै ढोरपाटनको विकास, पर्यटन पर्वधनका निम्ती ढोरपाटन नगरपालिकाले दिगो योजना बनाएर अगाडि बढिरहेको बताउँदै त्यहाँको प्रचुर सम्भावनालाई महत्वपूर्ण लक्ष्यका आथ अगाडि बढ्ने बताउनु भयो । मध्यवर्ती क्षेत्र घोषणाको विषयमा स्थानीय समुदाय र सरकार बिच समन्वय गरेर अगाडि बढेमा सबैलाई उचित लाभ हुने तर्क गर्नुभयो ।

त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तिले बोल्दै दिगो विकास र पर्यटन पर्वधनका निम्ती आफू अध्यक्ष रहेको नगर स्तरीय समिति गठन गरेर अगाडि बढिएको बताउँदै परिणाम देखिने गरी काम गर्ने बताउनु भयो ।

मध्यवर्ती क्षेत्र घोषणाको सवालमा नागरिक तहमा बुझाईलाई वृद्धि गरेर यहाँको सम्भावना र अपनत्व लिने गरी अगाडि बढ्न सकेमा सबैको हित हुने बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका ८ का अध्यक्ष भद्रमणी सुनार, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै ,वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष हरि बहादुर घर्तिले बोल्नु भएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन, नेकपा एमाले प्रदेश सदस्य टँक पौडेल , उद्योग वाणिज्य संघ ढोरपाटनका महासचिव ज्ञान प्रसाद कँडेल, नेपाल मगर संघ क्षेत्रीय अध्यक्ष गंग बहादुर घती लगायतले ढोरपाटनको विकास र मध्यवर्ती घोषणाको सन्दर्भमा धारणा राख्नु भएको हो ।

विवाईसी बागलुङका सदस्य प्रेम केसीको स्वागत , उत्तम अर्यालको सहजिकरणमा सम्पन्न भएको हो । 

 

बागलुङ जिल्लालाई चालु वर्षमा पूर्ण केन्द्रिय विद्युतीकरण भएको घोषणा गर्ने लक्ष्य

0

बागलुङ जिल्लाको ७० प्रतिशत जनसङ्ख्या सम्म केन्द्रिय विधुतको पहुँच पुगेको अवस्थामा चालु आर्थिक बर्षमा सबै क्षेत्रमा केन्द्रिय विद्युतको पहुँच पुर्‍याएर जिल्लालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने लक्ष्य लिइएको छ ।

जिल्लाको अधिकांश स्थानमा विद्युतीकरण भइसक्दा पश्चिम क्षेत्रका केही स्थानमा विधुत पुग्न नसकेको र यसवर्ष नपुगेको स्थानमा विद्युत पुर्याउने गरी पहल भइरहेको नेपाल विधुत वितरण केन्द्र बागलुङका प्रमुख पवन पौडेलले बताउनु भयो ।

बुर्तिबाङ बजार सम्म २०७७ मा ११ केभि क्षमताको विधुत पुगेपनि निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाको सबै वडा सम्म विद्युत विस्तार हुन सकेको थिएन । यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर लगायत संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर पहलमा पछिल्ला वर्षमा बागलुङ पश्चिम क्षेत्रका अधिकांश स्थानमा विद्युत पुर्याउने काम भइरहेको हो ।

चालु आर्थिक वर्षका निम्ती बडिगाड गाउँपालिका सहित पश्चिम क्षेत्रमा विद्युतीकरण गर्ने उद्देश्य सहित १५ करोड र निसीखोला गाउँपालिकाको वडा नम्बर ५ निशेल ढोर सम्म पुर्याउन थप १ करोड ८१ लाख बजेट माग भएका कारण आवश्यक मात्रामा बजेट उपलब्धता भएमा यसवर्ष सबैभन्दा टाढाको क्षेत्र निशेल ढोरमा पनि बत्ती बाल्ने लक्ष्य रहेको प्रमुख पौडेलको भनाई छ ।

१३२ केभि क्षमताको खल्टुबोट सव स्टेसनमा विधुत जडानको काम भइरहेको छ । पहिले जग्गा विवादका कारण टावर निर्माण र तार टाँग्न समस्या थियो । उक्त समस्या सल्टिए संगै अहिले काम नियमित रुपमा भइरहेको पाइएको छ । त्यस्तै जिल्लाको गल्कोट नगरपालिका अन्र्तगत पाण्डवखानी र रिघाको केही भूभागमा समेत विधुतीकरण गर्न बाँकी रहेको हुनाले चालु बर्ष त्यस क्षेत्रमा पनी विद्युत पुर्याउने लक्ष्य लिइएको हो ।

स्थानीय जलविद्युत मर्ज हुँदै

गाउँगाँउमा केन्द्रिय विधुत पुग्न थालेपछी स्थानीय विधुत आयोजना केन्द्रिय विद्युत संग मर्ज हुन थालेका छन ।निसीखोला ४ मा रहेको निसीखोला दोश्रो आयोजना, चाचल घाट रनसिंह किटेनी जलविद्युत आयोजना र ग्रिङदी खोला हाइड्रो यहि भाद्र १५ सम्म केन्द्रिय विद्युतमा जडान गर्ने गरी काम भइहेको बताइएको छ ।

बागलुङको पश्चिम ४ पालिका बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको हालसम्म ७० प्रतिशत घरधुरी सम्म केन्द्रिय विद्युत पहुँच पुगेको हो ।

पालिकाको अधिकांस स्थानमा मुख्य लाईन पुगेपनी शाखा लाईन जडान हुन बाँकी रहेको बताईएको हो ।

बागलुङको बडिगाड आधारभूत अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता ।

0

स्वास्थ्य बीमा बोर्डले बागलुङको बडिगाड आधारभूत अस्पताल सहित देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ । स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । बागलुङ जिल्लामा यस अघि धौलागिरी अस्पताल, जैमिनी आधारभूत अस्पताल, गलकोट नगर अस्पताल र बुर्तिवाङ अस्पतालमा मात्रै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहेको थियो । बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।

बोर्डका अनुसार नयाँ सम्झौता सँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्र सहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ । यसले बीमीतलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
बडिगाड आधारभूत अस्पतालमा यो सेवा सुचारु हुनेभएपछि अब स्थानीय नागरिकलाई सहजता हुने भन्दै स्थानीयबासी खुशी भएका छन् । यस ऐतिहासिक सम्झौता पछि गाउॅपालिकावासीले आफ्नै गाउॅमै सहज, सस्तो, गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा पाउने छन ।

अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङको अध्यक्षमा सहविन अर्गेजा

0

अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङको अध्यक्षमा सविन अर्गेजा सर्वसम्मत चुनिएका छन् । शनिबार बागलुङमा सम्पन्न तेस्रो भेलाले अर्गेजाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गुमानसिंह खत्री, सचिवमा विष्णु कँडेल, कोषाध्यक्षमा टिकाराम आचार्य, सहसचिवमा बिमल पौडेल, सदस्यहरुमा विष्णु अधिकारी, बेलु गिरी, सवराज छन्त्याल, केशव सुवेदी रहेका छन् ।

समितिको सल्लाहकारमा थानेश्वर सुवेदी, पदम श्रेष्ठ र सविन श्रीष चुनिएका छन् ।

कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय व्यापार संघका केन्द्रिय अध्यक्ष ढाकाराम शर्माले मुलुकले खुला अर्थनीति अवलम्बन गरेका कारण स्वदेशी लगानीमा खोलिने उद्योगहरु धरासायी बन्दै गएको बताए ।

उनले स्वदेशी उद्योगहरु धरासायी बन्दा बहुराष्ट्रिय कम्पनीले भने दिन दुईगुणा र रात चौगुणा धनी हुँदै गएको बताए । उनले नेपालको आर्थिक विकासकोलागि घरेलु उत्पादनलाई जोड दिनु पर्ने बताए । 

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, जिल्ला सचिव भिमलाल पोख्रेल, जनमोर्चाका बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, युवक संघका जिल्ला अध्यक्ष विरेन्द थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्कीका महासचिव भागिरथ शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य टिकाराम आचार्य र सञ्चालन सहविन श्रीषले गरेका थिए ।

बुर्तिबाङमा तिजगित तथा नृत्य प्रतियोगिता:सरकारले महिलालाई न्याय दिन नसकेको गुनासो ।

0

बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा श्रीकृष्ण जन्मास्टमीको अवसर पारेर तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
तिज ंसंस्कृर्तिको जर्गेना गर्ने र महिला दिदिबहिनी विच भेट भएर बेदनाका कुरा गित र नृत्य मार्फत सुनाउँदै गर्दा सहभागि महिलाहरुले सरकारले महिलालाई अझैपनी अवसर र पूर्ण अधिकार दिन नसकेको बताएका छन ।
अझैपनी समाजमा महिलालाई गरिने विभेद, अन्याय, अत्याचार संगै बलात्कारका घटनामा कमि नआएको बताउँदै गित मार्फत सरकारको खबदारी गरेका हुन ।
ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग, विवाईसी नेपालको समोन्य र बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित कार्यक्रममा विभिन्न १५ वटा महिला समुहको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि मध्ये परिर्वतनशिल आमा समुह झिंगलबारी प्रथम, लायन्स क्लव अफ बुर्तिबाङ आमा समुह दिर्तिय, टारीखेट हरियाली आमा समुह तिर्तिय र नमुना आमा समुह रिनाम चौठो भएका छन ।
आयोजकले सहभागि सबैलाई सान्तवना पुरस्कारले सम्मान गरेको हो । संस्थाका अध्यक्ष रत्नाकुमारी शेरचनकोे अध्यक्षतमा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कायतले महिला विना संसार नचल्ने बताउँदै महिलाको हक अधिकार सुनिश्चत गर्न सबैले साथ दिनुपर्ने बताउँदै महिलाको सहभागिता, अपनत्व र संस्कृर्तिको जगर्नो गर्ने उदेश्य सहित तिजगित तथा नित्य प्रतियोगितामा ढोरपाटन नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार , महिला अगुवा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सदस्य केशमाया घर्तिको स्वागत, सचिव लिलमाया पून र सदस्य गिता कुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटनमा दिगो विकास र सुशासनका लागी अन्तरक्रिया ।

0

पर्यटकीय एवम् धार्मिक क्षेत्र ढोरपाटनमा दिगो पर्यटन , शुसासन र विकासका सन्दर्भमा शुक्रबार ढोरपाटन उपत्यकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समितिको आयोजनामा ढोरपाटन उपत्यकामा सरोकारवाला निकायका विचमा अन्तरक्रिया एवम् छलफल गरिएको हो ।

ढोरपाटन नगरपालिका ९ का अध्यक्ष एव्म दिगो विकास, शुसासन का लागि अध्ययन परामर्श तथा सुझाब समिती संयोजक खिम बहादुर घर्तिको अध्यक्षतामा आयोजीत कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर तथा समिति सल्लाहकार धन बहादुर कायत(कल्याण) समिती सदस्य ढोरपाटन सिकार आरक्ष कार्यालय प्रमुख, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ४ का अध्यक्ष तिलक पुन, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै, कार्यपालिका सदस्य तुलसी वि.क., लगायत स्थानीय होटल तथा होमस्टे व्यवसायी, विवाईसी बागलुङ र दिगो पर्यटन पर्वधन परियोजनाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्दर्भमा ढोरपाटन क्षेत्रको दिगो विकास , पर्यटन क्षेत्रको विकास र पर्यटकीय स्थलको प्रचार प्रसार व्यवस्थापन स्थानीय होटल ,होमस्टे, गोठ स्टे को व्यवस्थापन , विकास तर्फ भौतिक पूर्वाधारको विकास र सरसफाइ , सचेतना लगायतका विषयमा समितिले लिएका योजनाका सन्दर्भमा छलफल एव्म अन्तरक्रिया गरिएको समिति संयोजक खिम बहादुर घर्तिले बताउनु भयो ।

ढोरपाटनको समग्र विकासका निम्ती विशेषज्ञ व्यक्ति संगको छलफल, योजना निर्माण लगायतका विषयमा अगाडि बढिएको जनाउँदै ढोरपाटनको पर्यावरण सँगै विकासलाई दिगो रुप दिने गरी काम गरिने बताइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै समिति मार्फत ढोरपाटनको सम्भावना, श्रोत र साधनको खोजी त्यसको व्यवस्थापन, दिगो विकास संगै भौतिक पूर्वाधार निर्माणमा समेत योजना बनाएर अगाडि बढ्नका निम्ती समिति नै बनाएर अगाडि बढिएको बताउनु भयो ।

मेयर कायतले थप बोल्दै ढोरपाटन सिकार आरक्षले आन्तरिक पर्यटकबाट उठाउँदै आएको प्रवेश शुल्क लिन नहुने सुझाव समेत व्यक्त गर्नुभएको थियो ।

शुक्रबार आयोजित कार्यक्रमका अवसरमा सहभागि बाट उठेका विषय वस्तु सँगै विषय विज्ञको सुझावलाई समेटेर दिगो योजना बनाउने र त्यसलाई आधार मानेरै ढोरपाटन नगरपालिका मार्फत निती , मापदण्ड र कार्यक्रम बनाएर यहाँको विकासमा अगाडि बढिने समिति संयोजक खिम बहादुर घर्तिको भनाई छ ।