Home Blog Page 31

 ढोरपाटनमा डेङ्गी नियन्त्रणका लागि सरसफाइ अभियान कार्यक्रम ।।

0

२०८२ भाद्र १६ , बुर्तिबाङ ,

ढोरपाटन नगरपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि डेङ्गी रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम र सरसफाइ अभियान सुरु गरेको छ । 

हालको मौसमी अवस्था डेङ्गी फैलनका लागि अनुकूल मानिने भएकाले स्थानीय तहमा सतर्कता आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।

रोकथामका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता छ । “घर वरिपरि रहेका खाल्डाखुल्डी पुरेर सफा राखौँ, पुराना टायर, गमला वा फूलदानीमा पानी जम्न नदिऊँ, र प्रयोगविहीन भाँडाकुँडा खाली गरेर सफा राखौँ,” संयोजक विश्वकर्माले भने ।

बजार क्षेत्रभित्रका विभिन्न ठाँउहरुमा गएर सरसफाइ समेत गरेको स्वास्थ्य शाखाले जनाएको छ ।नगरपालिकाले विभिन्न वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ ।

साथै, विद्यालय, महिला समूह, युवा क्लब र अन्य सामाजिक सङ्घसंस्थालाई अभियानमा जोडिन आग्रह गरिएको छ ।स्वास्थ्य शाखाका अनुसार डेङ्गीको लक्षण, जटिलता र नियन्त्रणबारे जनचेतना फैलाउन घरदैलो र समूहगत सचेतनामूलक गतिविधि निरन्तर सञ्चालन गरिनेछ ।

नगरपालिकाले सरसफाइ र सर्तकता मार्फत मात्र डेङ्गी नियन्त्रण सम्भव हुने भएकाले सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

गण्डकीमा राइड सेयरिङ : नियम ल्याउँदा वाहवाही, कार्यान्वयनमा अलमल ।।

0

२०८२ भदौ १६ , बुर्तिबाङ,
गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी कानुन ल्याउँदा देशैभरि वाहवाही भयो ।

गत ३० वैशाखको मन्त्रिपरिषद् बैठकले राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई वैधानिकता दिने गरी नियमावली पारित गरेपछि जनस्तरबाटसमेत सरकारको प्रशंसा भएको थियो ।

तर, सरकारको यो निर्णयविरुद्ध यातायात व्यवसायी भने सन्तुष्ट भएनन् । उनीहरूले १७(१९ जेठमा सार्वजनिक यातायात ठप्प पारे । यातायात व्यवसायीको आन्दोलनपछि पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे टसका मस भएनन् । तर, संघीयताको मर्मविपरीत संघीय सरकारले व्यवसायीसँग वार्ता गर्दै गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावली स्थगन गर्ने सहमति गर्‍यो ।

संघीय सरकारको पत्र प्राप्त भएपछि मुख्यमन्त्री पाण्डेले २० जेठमा एक महिनाका लागि राइड सेयरिङ नियमन तथा व्यवस्थापन गर्न बनेको नियमावली स्थगन गर्ने निर्णय गरे । प्रदेशभित्रको यातायात व्यवस्थापन एकल अधिकार क्षेत्र भए पनि संघको पत्र देखाउँदै प्रदेश सरकार नियमावली तत्काल कार्यान्वयन गर्नबाट पछि हट्यो ।

संघीय र प्रदेश सरकारलाई समेत व्यवसायीले झुकाएको र सरकारले संघीयतालाई कमजोर बनाएको जनस्तरबाटै आवाज उठ्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको दाबी थियो, ‘एक महिनापछि राइड सेयरिङ नियमावली कार्यान्वयन गर्न कसैले रोक्न सक्दैन ।’

मुख्यमन्त्रीको अडानप्रति जनस्तरबाट मात्रै होइन, संसद्मा प्रतिपक्षले समेत एक स्वरमा समर्थन जनाएका थिए । मुख्यमन्त्री पाण्डेले १ महिना स्थगन गर्ने निर्णय गरेको पनि ३ महिना पुग्न आँटिसक्यो । तर अहिलेसम्म राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई वैधानिकता दिने निर्णय कार्यान्वयन हुन सकेको छैन ।
राइड सेयरिङ र सेल्फ ड्राइभलाई वैधानिकता दिँदा वाहवाही पाएका मुख्यमन्त्री पाण्डेको अहिले जनस्तरबाटै आलोचना हुन थालेको छ । प्रदेश सरकार पनि व्यवसायीसँग झुकेको, सिन्डिकेट तोड्न नसकेको आवाज उठेको छ ।

‘राइड सेयरिङलाई वैधानिकता दिएर कार्यान्वयनमा लैजाने निर्णयपछि नागरिक उत्साही थिए । सरकारलाई खुलेर साथ दिएका थिए । तर स्थगन भएको नियमावली यत्तिकै थन्किने त होइन भनेर फेरि आवाज उठ्न थालेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भने, ‘झनै बिग्रँदै गएको पोखराको सार्वजनिक यातायात, सरकारको कमजोर नियमन र राइड सेयरिङसमेत कार्यान्वयन नहुँदा शंका उब्जनु स्वाभाविकै हो ।’

नियमावली जारी भएको एक महिनाभित्र अनुमति लिएर राइड सेयरिङ सेवा दिनुपर्ने प्रावधान भए पनि सरकारले अझै यसलाई नियमन गर्न सकेको छैन । अहिले पनि पोखरामा अवैधानिक रूपमा निर्वाध राइड सेयरिङ एपमार्फत दुईपांग्रे गाडी चलिरहेका छन् भने ट्याक्सी व्यवसायीको मनपरी भाडा र सिन्डिकेटसमेत यथावतै छ ।

गण्डकी प्रदेश सरकारसँग भने कहिलेबाट राइड सेयरिङ नियमावली कार्यान्वयन हुन्छ भन्ने ठ्याक्कै योजना छैन । राइड सेयरिङ कार्यान्वयन नहुनुका पछाडि आइतबार संसद्‌मा समेत खोजी भएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले राइड सेयरिङ कार्यान्वयन नहुनुको कारण र ट्याक्सीको मनोमानीलाई संसद्‌को शून्य समयमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सरकारले नियमावली जारी गरेपछि देशैभरिबाट नागरिकले साथ दिए । संसद्‌मा प्रतिपक्षले पनि मुख्यमन्त्रीको अडानप्रति खुलेर प्रशंसा गर्‍यौं । व्यवसायीको आन्दोलनमा संघीय सरकारले घुँडा टेक्यो । संघकै निर्देशनमा गत २० जेठमा एक महिना राइड सेयरिङ नियमावली स्थगित भयो,’ सांसद भण्डारीले भने ।

हिजो वाहवाही कमाएको सरकारलाई गाली गर्न थालेको भण्डारीले बताए । उनले भने, ‘राइड सेयरिङ नियमावली कार्यान्वयन कहाँ अड्क्यो, कसले रोक्यो रु’

संविधान र संघीयताको मर्मविपरीत, मानव अधिकारको खिलाफमा भएको व्यवसायीको आन्दोलनलाई देखाउँदै संघले नियमावली स्थगन गर्न पत्राचार गर्नु र प्रदेशले नियमावली कार्यान्वयन स्थगन गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले गत २९ जेठमा सर्वोच्च अदालतमा रिट हालेको थियो ।

अनलाइन द्धारा साभार

गुल्मीको मुसिकोटमा मकैको आटोको ब्राण्डिङ र बजारीकरण शुरू ।।

0

भदौ १५, २०८२ आइतबार १३:२६:४८ | जनार्दन घिमिरे

गुल्मी – गुल्मीकाे मुसिकोट नगरपालिकामा जिल्लामै पहिलो पटक मकैको आटो ब्राण्डिङ र बजारीकरण गर्न थालिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत फेँदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको आटोको ब्राण्डिङसँगै बजारीकरण शुरू गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मी, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रको गरी ७३ लाख र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार लागतमा भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म आइपुग्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयाे ।

साना किसान सहकारीले स्थानीय किसानसँग मकै प्रतिपाथी दुई सय रुपैयाँमा खरिद गरी त्यसलाई प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाएको छ । मकैको आटोलाई प्रतिकिलो एक सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाण्डौसम्म आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेलले उत्पादित मकैको आटो र पिठोलाई बजारीकरण गर्न नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी ।।

0

१५ भदौ, जनकपुरधाम ।

मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका(४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।
त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे।

‘रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकलको चैन, मुक्काले कुटपिट गरी मोबाइल चोरी गरेको स्वीकार्न लगाए । कुटपिटमा सञ्जय, विजय र उनका बुबा शिवनाथ यादवसमेतले निर्घात कुटपिट गरेका थिए,’ भाइ दर्शनको दाबी छ ।

त्यसरी कुटपिट गरिरहेको देखेपछि स्थानीय दीपलाल भन्नेले कटहरिया प्रहरी चौकीमा फोन गरे । प्रहरी आएर नसिवलाई उद्धार गरी लग्यो । प्रहरी चौकीमा छलफल भयो । तर नसिवले मोबाइल चोरी गरेको पुष्टि भएन ।

त्यही दिन साँझ नसिवलाई प्रहरीले छोडिदियो । ‘कुटपिट भइरहेको भनेर प्रहरीमा खबर आएको थियो । प्रहरी पुग्दा त्यहाँ नसिवलाई बाँधिएको अवस्था भने थिएन,’ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले भने, ‘मोबाइल चोरीको निवेदन परेको थियो । छलफल हुँदा चोरेको पुष्टि भएन । नसिवलाई पठाइदियौं ।’

मृतकका भाइ दर्शन बैठाका अनुसार सञ्जयको मोबाइल घरमै फेला परेको थियो । त्यसको भोलिपल्टबाट कुटपिटको कारणले नसिवलाई पेट र छाती दुख्न थालेको दर्शनको दाबी छ ।

चार दिनपछि नसिवका बुबा बाबुलाल बैठाको मृत्यु भयो । कुटपिटको असरले शरीरमा दुखाइ बढ्दै थियो । बुबाको काजकिरिया सकेपछि नसिवलाई उपचारको लागि भदौ पहिलो साता कटहरियाको जीवन ज्योति अस्पताल लगियो । त्यहाँबाट कटहरिया हस्पिटल लगियो । त्यहाँबाट गौर अस्पताल पठाइयो ।

गौर अस्पतालमा छातीमा इन्फेक्सन भएर पिप जमेको भन्दै थप उपचारका लागि वीरगञ्ज रेफर गरियो । नारायणी अस्पतालमा आईसीयू बेड खाली नभएपछि वीरगञ्जकै स्पोर्ट हस्पिटलमा उपचारको लागि भर्ना गरियो ।

उपचारको क्रममा ११ भदौ बुधबार बिहान ३ बजे नसिवको मृत्यु भएको भाइ दर्शनले बताए । त्यही दिन नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टमपश्चात् घर ल्याएर नसिवको अन्त्येष्टि गरिएको थियो । नसिवका ७ वर्षीय जेठा छोरा विशाल किरिया बसेका छन् ।

‘त्यतिबेला त नसिवको अवस्था समान्य जस्तो थियो । केही दिनपछि बिरामी परे । पछि हस्पिटल लगेपछि उपचारको क्रममा मृत्यु भएको खबर आयो,’ डीएसपी कार्कीले भने ।

नसिवको मृत्युपश्चात् उनको परिवारले चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको छ । जाहेरीको आधारमा चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको डीएसपी राजन कार्कीले बताए । जसमध्ये ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको र अन्य तीनजनाको खोजी भइरहेको उनले बताए ।

भाइ दर्शनका अनुसार नसिवको घरको आर्थिक अवस्था नाजुक छ । उनका चारजना स–साना छोरा छन् । बुबाआमाको वृद्धभत्ता र जनमजदुरी गरी घरपरिवार चलेको थियो ।

श्रीमती गीताले श्रीमान्‌को हत्या कुटपिटबाट भएको दाबी गर्दै हत्यारामाथि कडा कारबाही हुनुपर्ने र आफूले क्षतिपूर्ति पाउनुपर्ने माग गरिन् ।

‘दलित र गरिब भएकै कारण मेरो श्रीमानमाथि झुटो आरोप लगाएर कुटपिट गरी हत्या भयो । दोषीमाथि कडा कारबाही हुनुपर्यो,’ गीताले भनिन् ।

सकियो अर्नाकोट तिज मेला: भलिबलको उपाधी धाराटोल लाई ।

0

पर्यटकीय एवम् धार्मिक स्थल निसीखोला गाउँपालिका २ अर्नाकोट देउरालीमा सञ्चालन भएको तिज विशेष मेला सम्पन्न भएको छ । कोभिड १९ प्रभावका कारण केहि बर्ष सम्म रोकिएको ऐतिहासिक तिज मेला यसबर्ष विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथमा सम्पन्न भएको हो ।

गत भाद्र १० गतेदेखि सुरु भएको साविक वडा स्तरीय पुरुष भलिबल, छेलो, रेकर्ड डान्स, लगायत सांस्कृतिक प्रस्तुती सहित आयोजित कार्यक्रम अन्र्तगत साविक वडा स्तरीय पुरुष भलिबलमा विभिन्न २४ समुहलाई पछि पार्दे साविक देविस्थान गाविसको वडा नम्बर ७ धारा टोल समुह प्रथम भएको छ । त्यस्तै साविक बोहोरागाउँ गाविस वडा नम्बर ३ धाराखर्क समुह दिर्तिय भएको आयोजकले जनाएको हो ।

प्रथम दिर्तिय हुने समुहले क्रमश पैतिस हजार र दिर्तिय हुने समुहले बाइस हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन । पुरुष छेलो प्रतियोगिता तर्फ ढोरपाटन ९ का रेशम विश्वकर्मा प्रथम, ढोरपाटन ५ का गोपाल विश्वकर्मा दिर्तिय हुनुभएको हो । त्यस्तै महिला छेलो तर्फ निसीखोला २ का राधिका घर्ती प्रथम, ढोरपाटन २ का विना कुवँर दिर्तिय हुनुभएको छ ।

रेकर्ड डान्स तर्फ अर्नाकोट मध्यमिक विद्यालय अर्नाकोट प्रथम, आयोजक समुह दिर्तिय भएको छ । कार्यक्रमलाई गत भाद्र १० गते निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको थियो ।

कार्यक्रम अर्नाकोट तिज विशेष कार्यक्रम उपभोक्ता समिति अध्यक्ष टेक बहादुर वि.क. को अध्यक्षता, मिना कुमारी वि.क. र वेग बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हुम बहादुर वि.क. ( दिपक) ले जानकारी दिनुभयो ।

यसपटकको मेला अर्नाकोट तिज विशेष कार्यक्रम उपभोक्ता समिती अर्नाकोट र बराह यूवा क्लबको साझेदारीमा सञ्चालन गरिएको हो ।

निसीखोला व्यापार व्यवसाय सङ्घको आयोजनामा व्यवसायिक सचेतना मूलक कार्यक्रम ।। 

0

 

२०८२  भाद्र १४ ,बुर्तिबाङ , निसीखोला व्यापार व्यवसाय सङ्घको आयोजनामा निसीखोला गाउँपालिका वडा नम्बर ५ निसी र वडा नम्बर ६ भल्कोटमा शनिबार व्यवसायिक सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

 संस्थाका अध्यक्ष चेतराम पौडेल सहित पदाधिकारीले दुई वटा वडामा व्यवसायको फार्म तथा पसलमा पुगेर सचेतना मूलक अभियानमा गरिएको जनाइएको छ ।

निसीखोला गाउँपालिकाको ग्रामीण क्षेत्रमा सचेतनाको अभावमा पसलमा म्याद गुज्रिएका सामान खरिद बिक्री गर्ने, दर्ता अनुसार सामान नराखी अन्य सामान समेत राख्ने, सरसफाइ एवम् व्यवसाय दर्ता लगायतका विषयमा गाउँपालिकाले अनुगमन गर्दा समस्या देखिएपछि निसीखोला व्यापार व्यवसाय सङ्घको आयोजनामा व्यवसायीलाई उनीहरूको हक अधिकार सँगै सचेतना जगाउने अभियान सुरुवात गरिएको अध्यक्ष चेतराम पौडेलको भनाई छ । 

अभियानमा संस्थाका उपाध्यक्ष खिम विक्रम गिरी, सदस्य मन प्रसाद आर्चाय, प्रेम बहादुर क्षेत्री , ओम बहादुर विक.सल्लाहकार सदस्य शेर बहादुर घर्ती , खिम बहादुर बोहोरा , बालसिंह कार्की लगायतको टोली दुई वडा वडाका अधिकांश पसलमा पुगेर व्यवसायी संघ भेटघाट उनीहरूको समस्या र सचेतना जगाउने कार्यक्रम गरिएको सदस्य मन प्रसाद आर्चायको भनाई छ । यस्तो अभियान अन्य वडामा समेत सञ्चालन गरिने जनाइको हो ।

गतवर्ष स्थापना भएको निसीखोला व्यापार व्यवसाय सङ्घले निसीखोला गाउँपालिका अन्तर्गतका व्यवसायीको हक अधिकार सुनिश्चता गराउने, सचेतना मूलक कार्यक्रम गर्ने लगायतका गतिविधि गर्दे आएको छ ।

विदेश जाने आशामा बागलुङका ७८ जना ठगिए ।।

0

२०८२ भदौ १२ ,बुर्तिबाङ.

युरोप जाने सपना देखेर २६ वर्षका एक युवाले दलाललाई १५ लाख रुपैयाँ बुझाएको वर्ष दिन भन्दा बढी भयो । युरोप पुर्याइदिने त परको कुरा पैसा पाए लगत्तै के गर्न सक्छस् गर भनेर धम्काउँदै आएका म्याग्दीका दलाल एक सातादेखि प्रहरी नियन्त्रणमा छन् । युएईमा रहेका दलाल आप्रवासी स्रोत केन्द्र बागलुङको लामो समयको प्रयासपछि घर आएका बेला पक्राउ परेका हुन् ।

दलालबाट ठगिएको र विदेश जान ऋण लिएका साहुलाई पैसा फिर्ता नगरेसम्म घर फर्किने वातावरण नभएको भन्दै ५ महिना पहिले आप्रवासी स्रोत केन्द्र बागलुङमा आएका युवा आफ्नो पहिचान खुलाउन चाहान्न् । उनि विछिप्त छन् ।

आर्थिक वर्ष ०८१, ०८२ मा मात्र बागलुङका ७८ जना दलालबाट विभिन्न बाहनामा ठगिएका छन् । रोमनिया, क्रोएसिया, माल्टा जस्ता युरोपका देश पु¥याइ दिनेदेखि अमेरिका र खाडीका साउदी, दुबई, कतार जस्ता देशमा पुर्याइदिने बहानामा दलालबाट बागलुङका युवा युवती ठगिएका छन् ।

आप्रसावसी स्रोत केन्द्र बागलुङमा विदेश लैजाने भन्दै दलालबाट ठगिएको, विदेश पुगेपनि सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएको, स्वास्थ्यमा समस्या आएको, विदेशमै मृत्यु भएको, साहुले राहदानी जफत गरेर नेपाल फर्कन नपाएको जस्ता उजुरी पर्छन् ।

गत आर्थिक वर्षमा १ सय ३८ जनाले स्रोत केन्द्रमा उजुरी दिएका छन् । जसमध्ये सबैभन्दा धेरै उजुरी ठगीमा परेको छ । ७८ जनाले ठगिएको भन्दै उजुरी दिएका छन् ।

जिल्लाको सबैभन्दा धेरै बागलुङ नगरपालिकाका ३२ जना ठगिएका छन् । त्यसपछि धेरै ठगीनेमा जैमिनी नगरपालिकाका १३ जना छन् । गलकोट नगरपालिकाका ९, काठेखोला गाउँपालिकाका ७, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका ३/३ जना, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाका समान १/१ जना ठगिएका छन् । तमानखोला गाउँपालिकामा अहिलेसम्म ठगीमा परेको तथ्याङ्क छैन् ।

यसरी ठगीनेले दलाललाई २० हजारदेखि ५७ लाख रुपैयाँसम्म बुझाएको पाइएको आप्रवासी स्रोत केन्द्र बागलुङका प्रमुख मिन उपाध्यायले बताउनु भयो । स्रोत केन्द्रले ठगीमा परेकाको रकम फिर्ता ल्याउन समेत सहजिकरण गर्ने गरेको छ । गत आर्थिक वर्षमा ५८ लाख ८० हजार ५ सय रुपैयाँ फिर्ता गर्न सफल भएको उपाध्यायको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङ परिसरमै आप्रवासी स्रोत केन्द्र छ । राहदानी बनाउन आउने प्रत्येकलाई स्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गर्छ । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय बागलुङ र इलाका प्रशासन कार्यालय बुर्तिवाङबाट गरि ११ हजार ७ सय ३८ थान राहदानी वितरण गरिएको छ ।

आप्रवासी स्रोत केन्द्र बागलुङ र बुर्तिवाङ सेवा केन्द्रबाट गत आर्थिक वर्षमा ११ हजार १ सय ५५ जनालाई परामर्श प्रदान गरिएको सेवा केन्द्रका सूचना परामर्श गंगा शर्मा रिजालले बताउनु हुन्छ । उहाँका अनुसार बागलुङ सेवा केन्द्रबाट ९ हजार १ सय ८१ जनालाई परामर्श दिएको छ । जसमा ५ हजार ५ सय ७८ पुरुष र ३ हजार ६ सय ३ महिला रहेका छन् । बुर्तिवाङ सेवा केन्द्रबाट १ हजार २ सय ७४ पुरुष र ७ सय १० महिला गरि १ हजार ९ सय ७४ जनालाई परामर्श प्रदान गरिएको छ ।

राहदानी लिएकै दिन वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गर्दा त्यसपछि हुन सक्ने जोखिम र दुर्घटना कम गर्न सकिने उद्देश्य भएपनि ठगीनेको संख्या कम भएको छैन् । एकाध व्यक्तिहरु नजानेर, नबुझेर ठगिए पनि अधिकाशं शिक्षित र पैसावाला नै भएको शर्माले बताउनु भयो ।

आदर्श सञ्चार साभार

 

निसिखोला–४ कानावगरमा तिज विशेष कार्यक्रम : विकासमा स्वस्थ्य प्रतिस्पर्धा गरौँ सांसद दोर्ण कुवँर

0

बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–४ कानावगर स्थित बृहस्पति युवा क्लबले आयोजना गरेको तिज विशेष मेला तथा क्लबको १२ औँ वार्षिकोत्सव कार्यक्रम सुरु भएको छ ।

हिन्दु महिलाको महान् पर्व हरितालिका तिजलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमको मङ्गलबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले नवनिर्मित क्लब भवनको शिल्यान्स संगै औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो ।

स्थानीय कला संस्कृति, खेलकुदको जर्गेना संगै तिज पर्वको जर्गेना गर्ने उद्देश्य सहित सञ्चालित मेलाका अवसरमा स्थानीय जनप्रतिनिधि, महिला अगुवा, समाजसेवी राजनैतिक दलका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कुवँरले कला संस्कृर्ति र खेलकुदको संरक्षणमा बृहस्पति यूवा क्लबले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

क्लबको माग र आवश्यक अनुसार यसवर्ष भवन निर्माणका निम्ति शिल्यान्स गरिएको बताउँदै आगामी बर्ष सुविधा सम्पन्न भवन र खेलकुद मैदान निर्माण गरिने बताउनु भयो । यस वर्षको बजेटमा पहिलो नियन्त्रण, जग्गा सम्याउने कार्यका निम्ती बजेट व्यवस्था गरिएको बताउँदै आफुले बोलेका बाचा र प्रतिबद्धता पुरा गर्दे आएको बताउँदै बाँकी रहेका अधुरा कामलाई पुरा गरेरै छाड्ने बताउनु भयो ।

तिन तहको सरकार विच समन्वय नहुँदा जनताको समस्या सम्बोधन गर्न कठिन भइरहेको बताउँदै विकास र समृद्धिका निम्ती सङ्घका माननीयले आफूसँग प्रतिस्पर्धा गर्न चुनौती समेत दिनुभयो ।

जनतालाई झुठो आश्वासन दिएर र चुनावको माहोलमा गाउँ फर्किएर मात्रै जनताको सपना पुरा नहुने भन्दै सपना पुरा गर्न कर्म गर्नुपर्ने बताउनु भयो ।

सांसद कुवँरले थप बोल्दै “आफूले प्रतिबद्धता गरेको ढोरपाटन सालझण्डी सडक निर्माण, तमानखोला सडक कालोपत्रे, निशेलढोर सम्म केन्द्रिय विधुतको पहुँच विस्तार लगायत थुप्रै योजनाहरूमा नियमित रुपमा ध्यानाकर्षण र बजेट व्यवस्थापन गर्ने कार्य गरिएका कारण जसरी पनी अधुरा योजना पुरा गरेर छोड्ने बाचा गर्नुभएको हो । ” कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीले बोल्दै निसीखोलाको विकासमा पालिकाले सक्रिय रुपमा काम गरिरहेको र विभिन्न सुचकमा समेत अगाडी आएको बताउँदै प्रदेश र संघ सरकारबाट साथ नभएसम्म पालिकाको विकास सम्भव नभएको बताउँदै माननीय दोर्ण कुवँरबाट धैरै अपेक्षा गरिएको बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल, कार्यपालिका सदस्य लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार जीवन शर्मा, स्थानीय कलाकारको कलाकारको प्रस्तुति संगै दिदिबहिनी विच एक आपसमा मिलेर तिजका गित संगै नृत्य गरेका हुन । उद्‌घाटन सत्रको कार्यक्रम क्लब अध्यक्ष लोकिश्वर भुषालको अध्यक्षता, ढालेन्द्र हमालको स्वागत, भुमिराज आर्चायको सञ्चालनमा उद्‌घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

क्लवले वडाका ८४ बर्ष देखि माथि उमेर समुहको जेष्ठ नागरीक, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मान, जेहेन्दार विद्यार्थी पुरस्कृत लगाएतका कार्यक्रम गरीएको हो । भालीदेखि भलीवल प्रतियोगीता, तिजगित नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आज हरितालिका तीज मनाइँदै

0

आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । स्वास्थ्य मानिस र शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान उनीहरूको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।

कार्यसम्पादन मुल्याङ्कनमा बागलुङ प्रथम, निसीखोला दोस्रो  ।

0

जिल्लाको जेठो स्थानीय तहको रुपमा रहेको बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा जिल्लामै प्रथम बनेको छ ।
१० स्थानीय तह रहेको बागलुङमा ८७.२५ अंक प्राप्त गरेर जिल्लामै प्रथम भएको छ । कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को मूल्यांकनमा नगरपालिका अब्बल तथा उत्कृष्ट बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थाीय आर्थिक विकासको प्रर्वद्दनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्यांकनमा नगरपालिका अब्बल बनेको हो ।
नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले गरेको कार्यसम्पदानका आधारमा जिल्लाकै उत्कृष्ट पालिका घोषणा भएको बताउनुभयो । नगरपालिकाले वार्षिक रुपमा सम्पादन मुल्याङ्कन बढाउदै लगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ७७.५ अंक, आर्थिक वर्ष २०७९÷८० मा ८३.७५ अंक र आर्थिक वर्ष २०८०÷८१ मा ८७.२५ अंक प्राप्त गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको देशभरको नतिजा अनुसार बागलुङ नगरपालिका जिल्लाका १० स्थानीय तहमा प्रथम भएको छ भने ८६ अंक प्राप्त गरेर निसीखोला गाउँपालिका दोस्रो भएको छ । यस्तै गलकोट नगरपालिकाले ८१ अंक प्राप्त गरेर तेस्रो भएको छ ।
यस्तै जैमिनी नगरपालिकाले ८०.७५ अंक प्राप्त गरेको छ भने ढोरपाटन नगरपालिकाले ८० अंक प्राप्त गरेको छ । यस्तै तमानखोला गाउँपालिकाले ७९.७५ अंक, बरेङ गाउँपालिकाले ७७.५०, बडिगाड गाउँपालिकाले ७७.२५, ताराखोला गाउँपालिकाले ७६. ६० र काठेखोला गाउँपालिका ७५.५० प्राप्त गरेको छ ।
तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी÷पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शिर्षकमा २ दर्जनबढी उपशिर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा बिपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशिर्षकमा मूल्यांकन गर्न शुरु भएको छ ।
तोकेको समयमा तोकेका काम पुरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामाग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्दछ ।
गण्डकी प्रदेशमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८.७५ अंक पाएको छ ।
स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८.२५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ भने पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् । यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् । गण्डकीको एकमात्रै महानगर पोखराले ८३.५ अकं ल्याएको छ । नगरपालिकातर्फ गोरखाको पालुङटार ८७.७५ अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७.७५ अंक सहित तेस्रो भएको छ । समग्र पालिकाहरुमा पालुङटार प्रदेशमा चौथो र भीमसेनथापा पाँचौ भएको छ ।

साभार ःआदर्श संचार