Home Blog Page 30

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री ।।

0

गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१÷८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकुल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताउनुभयो । आव २०८०÷८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिकटन आलु र २४ करोड बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।

सवारी साधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

गत आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आबद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बिउ, यान्त्रीकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि छ लाख र सुदृढीकरणका लागि १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।

जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिनुभयो । रासस

निसीखोला व्यवसायी संघकोे आयोजनामा शुभकामना आधान प्रधान ,सपथ ग्रहण तथा सदस्यता वितरण कार्यक्रम ।

0

ढोरपाटन भाद्र २१ गते

निसीखोला व्यवसायी संघकोे आयोजनामा शनिबार नजिकिँदै गरेका चाडपर्वको अवसरमा शुभकामना आधान प्रधान, समिती पदाधिकारीका निम्ती सपथ ग्रहण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गतबर्ष स्थापना भएको व्यवसायी संघले विभिन्न कार्यक्रम गर्दे गर्दा शनिबार संस्थाका पदाधिकारीको पदभार ग्रहण, दशै तिहार पर्वको पावन अवसरमा शुभकामना आधान प्रदान संगै नयाँ सदस्य थप कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष चेतराम पौडेलले बताउनु भयो ।

अध्यक्ष चेतराम पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा सल्लाहकार शान्त छन्त्यालको प्रमुख आतिथ्यता, संस्थाका सहसचिव थम्मन घर्ति, सल्लाहकार सदस्य राजमन बुढा,सल्लाहकार राजेन्द्र श्रेष्ठ लगाएतको शुभकामना मन्तव्य रहेको हो

कार्यक्रम संस्थाका उपाध्यक्ष खिम विक्रम गिरीको स्वागत महासचिव शिव कार्कीले सञ्चालन गर्नुभएको हो । संस्थाले कात्तिक महिनामा बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

नेपाल मगर संघ क्षेत्रीय समिती बुर्तिबाङको आयोजनामा शनिबार पत्रकार सम्मेलन

1

ढोरपाटन भाद्र २१ गते

नेपाल मगर संघ क्षेत्रीय समिती बुर्तिबाङको आयोजनामा शनिबार पत्रकार सम्मेलन गरिएको छ ।
मगर समुदायमाथी आँच आउने गरी सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणीको सन्दर्भमा आफुहरुले पत्रकार सम्मेलन गर्नुपरेको नेपाल मगर संघ क्षेत्रीय समिती अध्यक्ष गंगा बहादुर घर्तिले बताउनु भयो ।

गत केहि दिन पहिले ढोरपाटन सिकार आरक्षले राखेको सूचना पार्टीलाई आधार बनाएर स्थानीय गगन विकले समग्र ढोरपाटन क्षेत्रका मगर समुदायलाई लक्षित गर्दे सामाजिक संजाल फेसबुक मार्फत अर्नगत टिप्पणी र अनावस्यक पोष्ट गरेको भन्दै त्यसको विरोधमा आफुहरुले पत्रकार सम्मेलन मार्फत त्यस विषयको विरोध गर्दे मगर समुदायले अन्य कुनै जाती समुदाय संग साम्प्रादायिक द्धन्द सृजना गर्न नखोको जनाउँदै आफुहरुको हक अधिकार माथी धावा कसैले नबोल्न क्षेत्रीय अध्यक्ष गंगा बहादुर घर्तिको भनाई छ ।

CamScanner 07-09-2025 20.02

यस्तो छ नेपाल मगर संघ क्षेत्रीय समितीले निकालेको विज्ञप्ती

क्षेत्रीय सल्लाहकार निल बहादुर पुनले बोल्दै समग्र समुदायले नभई व्याक्तिले मगर समुदायलाई खुलेयाम चुनौती दिएका कारण त्यसको प्रतिवाद गर्न आफुहरुले पत्रकार सम्मेलन मार्फत सचेत गराइएको बताउँदै ढोरपाटन क्षेत्रमा मगर समुदाय धेरै पहिले देखि बसोबास गर्ने गरेको र मगर दलित लगाएत सबै समुदाय विच समोन्य गरेर अगडाी बढ्दै आएको बताउँदै द्धन्द सृर्जना गर्ने खालका गतिविधी नगर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पमगर संघ क्षेत्रीय समिती बुर्तिबाङका पदाधिकारी पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।

 

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले ।।

0

२०८२ भाद्र २० बुर्तिबाङ,
रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।

नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ ।

यस्तै इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल ९आइस्पान० ले सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी शुरु गरेको छ ।

आइस्पानको हिजो बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै आज दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने जनाएको छ । दूर सञ्चार प्राधिकरणले हिजो पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, यूट्यूब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् । सरकारले सूचीकृत हुनका लागि सम्पर्क गर्न पछिल्लोपटक दिएको सात दिनको म्याद अस्ति राति सकिएको थियो ।

त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा नआएपछि सरकारले निष्क्रिय बनाउने निर्णय गराएको हो । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुन थालेपछि धेरैजना भाइबर, टिकटक लगायतमा जोडिन थालेका छन् । फेसबुक, यूट्यूव, एक्ससहितका सामाजिक सञ्जालहरु निष्क्रिय गर्ने निर्णय गरेपछि सरकारको आलोचना पनि भइरहेको छ ।

सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द हुने ।।

0

२०८२ भाद्र १९ , बुर्तिबाङ

सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले सूचीकरण नभउका सबै सामाजिक सञ्जाल बन्द निर्णय गरेको हो ।

दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् ।
टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताएका छन् । ती सामाजिक सञ्जालका कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो ।

झुम्का कारागारमा ज्वरोको प्रकोप स् ३ जनाको मृत्यु, ४०० बढी बिरामी ।।

0

२०८२ भाद्र १९ , बुर्तिबाङ

सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिएको कारागार रहेका एक जना बन्दीको बुधबार साँझ मृत्यु भएको थियो । आइतबार र सोमबार पनि एकरएक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा एउटै समस्या थियो, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या ।
निमित्त जेलर राम निरौलाका अनुसार बुधबार बेलुका सप्तरीको राजविराज(८ घर भई झुम्का कारागारमा रहेका बन्दी ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो ।

यादवलाई उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि बुधबार साँझ जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनको उपचरका क्रममा मृत्यु भएको हो ।जेलर निरौलाका अनुसार भदौ १५ गते रामदेव उराउको मृत्यु भएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको हो । उराउ कर्तव्य ज्यान र राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । राई भने शरीर नचलेका कारण केहीदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।
ज्वरोको प्रकोप

झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

कारागार प्रशासनले ६ जनालाई उपचारका लागि पठाएको थियो । ज्वरोको प्रकोप फैलिएपछि पुगेको स्वास्थ्यकर्मीको टोलीले बुधबार राति थप १३ जनालाई उपचारका लागि पठाएको थियो । ‘अलिक बढीलाई नै ज्वरो देखिएपछि जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपासँग सहकार्य गरेर भित्र शिविर जस्तै चलाइयो’, जेलर निरौलाले भने, ‘चिकित्सकको टोली भाइरल ज्वरो हो भन्ने निष्कर्षमा पुग्नु भएको छ,अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

उनले थप जाँच पनि भइरहेको बताए । बुधबारको तुलनामा बिहीबार ज्वरोका बिरामीको संख्या केही कम भएको बताए ।

ढोरपाटन नगरपालिका द्धारा आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक समीक्षा ।

0

२०८२ भाद्र १८ बुर्तिबाङ

ढोरपाटन नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक समीक्षा बुधबार सम्पन्न गरेको छ ।

पालिकाले गतवर्ष भएका कार्यक्रम, बजेट योजनाका सन्दर्भमा समीक्षा गर्दे चालु आर्थिक बर्षमा थप व्यवस्थापन र नागरिक मैत्री तवरले अगाडि बढ्ने उद्देश्य सहित विषयगत शाखा सहित समिक्षा गरिएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षता, नगर कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण) को विशेष आतिथ्यता ,वडा अध्यक्ष, कार्यपालिका सदस्य , तथा विषयगत शाखा प्रमुख, र कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गत आर्थिक बर्ष २०८१÷०८२ को विषयगत रुपमा भएका कार्यसम्पादन, कार्य उपलब्धि, समस्या र चुनौतीबारे विस्तृत विवरण प्रस्तुत सँगै समीक्षा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर कार्यवाहक प्रमुख धन बहादुर कायत ले विगत वर्षमा नगरपालिकाले गरेका काम र प्राप्त उपलब्धिलाई प्रशंसनीय भन्दै अझै धेरै जनअपेक्षा र आवश्यकता बमोजिम शुसासन, जवाफदेहिता र विकास गर्न बाँकी रहेको स्वीकार गर्नुभयो ।

उहाँले दिगो विकासलाई प्राथमिकता दिने, स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने, नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने र योजनाहरूमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । विषयगत शाखा प्रमुखहरूको तर्फदेखि शिक्षा यूवा विकास तथा खेलकुद शाखा , स्वास्थ्य शाखा, कृषि शाखा, कृषि, पशुपक्षी, रोजगार, लघुउद्यम लगायतका शाखाको तर्फदेखि विषयगत रुपमा प्रशासनिक सुधार र सुशासन लगायतका क्षेत्रमा देखिएका उपलब्धि र कमजोरीबारे तथ्याङ्कसहित जानकारी दिइएको थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नगरपालिकाका शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारीलाई जिम्मेवारी र अनुशासनसहित काम गर्न आह्वान गर्नुभयो । उहाँले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन, सुशासन कायम गर्न र सार्वजनिक स्रोतको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

समीक्षा कार्यक्रममा कार्यपालिका सदस्यहरूले विभिन्न विषयमा आफ्ना सुझाव, जिज्ञासा, गुनासा तथा प्रतिक्रिया राखेका थिए । सेवाप्रवाहलाई अझ सहज बनाउनुपर्ने, योजना छनोटमा पारदर्शिता कायम गर्नुपर्ने, वडा स्तरमा जनसहभागिता अभिवृद्धि गर्नुपर्ने, बजेटको उचित वितरणमा ध्यान दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो । साथै, योजना निर्माणदेखि कार्यान्वयनसम्म निरन्तर अनुगमन हुनुपर्नेमा समेत जोड दिइएको थियो ।

समिक्षा मा प्रस्तुत प्रतिवेदनअनुसार शिक्षा क्षेत्रमा विद्यालय स्तरमा भौतिक संरचना सुधार, शिक्षक क्षमता विकास र सिकाइ गुणस्तर वृद्धिमा प्रगति भएको देखिएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित खोप कार्यक्रम र स्वास्थ्य सचेतनामूलक गतिविधिहरु सकारात्मक रहेको उल्लेख गरिएको थियो । तर कतिपय क्षेत्रमा बजेटको अभाव, प्राविधिक जनशक्तिको कमी, सडक तथा यातायात अवरोध, वातावरणीय चुनौती, नागरिक अपेक्षामा बढ्दो दवाव जस्ता समस्याहरु रहेका कारण केही योजनाहरु अधुरै रहेको विवरण प्रतिवेदनमा समावेश गरिएको थियो ।

ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाद्धारा स्वास्थ्य क्षेत्रमा भएका काम र प्रगतीको बार्षिक समिक्षा ।।

0

बुर्तिबाङ भाद्र १७ गते

ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाले आर्थिक बर्ष २०८१÷०८२ मा सम्पादन गरेका काम, कामको मूल्यांकन र चालु आर्थिक बर्षको लक्ष्य सहितको बार्षिक समिक्षा कार्यक्रम सरोकारवाला निकायका विचमा प्रस्तुत गरेको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा बढि लगानी गरिरहेको ढोरपाटन नगरपालिकाले पछिल्लो समय परिणाम समेत प्राप्त गर्दे गएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर राख्दै प्रत्यक वडामा सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्य सहित स्वास्थ्य सेवा विस्तार भइरहेको र कर्मचारीको सक्रियता नगरपालिकाको व्यवस्थापनमा स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत सुधार भइरहेको कायतले बताउनु भयो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्विजी घिमिरेको अध्यक्षामा आयोजीत कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बार्षिक स्पमा स्वास्थ शाखाबाट सम्पादन भएका कार्यक्रम र परिणामको सन्दर्भमा प्रतिवेदन प्रस्ततु गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा पूर्ण खोप पालिका घोषणा भएको, होम डेलिभरीको अवस्था न्यून हुँदै गएको, बालमृत्यु दर र मातृ मूत्यदर घट्दो क्रममा रहेको, स्वास्थ संस्थामा निःशुल्क औषधिको उपलब्धता पर्याप्त रहेको जनाइएको छ । त्यस्तै सर्ने नसर्ने रोगको परिक्षण, स्वास्थ्य सचेतना बृद्धि, पोषण मैत्री कार्यक्रमलाई प्राथमिकता लगाएतका विषयलाई प्राथमिकताका साथ अगाडी बढाइएको जनाइएको छ ।

प्रतिवेदन अनुसार अघिल्लो बर्ष ८८ जना घरमै डेलिघरी हुने परिपाटी रहेकोमा गतबर्ष त्यसलाई झारेर २१ जनामा पुर्याएको जनाईएको छ । नियमित ८ पटक सम्म स्वास्थ्य संस्थामा पुगेर गर्चजाँच गराउनेको सँख्या ५० प्रतिशतमा पुर्याइएको, २३ वटा खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको, विभिन्न ८ वटा स्वास्थ्य सम्बन्धी ऐन कार्यविधी निर्माण गरिएको र ८७ प्रतिशत वित्तिय प्रगती गर्न सफल भएको पाइएको छ ।

त्यस्तै नगरपालिकामा समस्याको रुपमा नसर्ने रोगका विरामी बृद्धि हुँदै गएको, वडा नम्बर ८ र ९ मा बढि मात्रामा होम डेलिभरी समस्या रहेको भौगोलीक समस्याका कारण नियमित रुपमा गर्भ परिक्षण गराउन आउनेको सँख्यामा कमी रहेको जनाइएको छ । त्यस्तै यसबर्ष गतबर्षका कार्यक्रमलाई सुधार गर्दे जाने र होम डेलिभरी शुन्य बनाउने, बाल स्वास्थ्य कार्यक्रम, सर्ने र नसर्ने रोग चेकजाँच तथा सचेतना कार्यक्रम, पोषणमैत्री कार्यक्रमलाई व्यवस्थित गरिने लक्ष्य रहेको प्रमुख शर्माले बताउनु भयो ।

आयोजीत कार्यक्रममा बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, जनस्वास्थ्य निरीक्षक चुडामणी कँडेल, स्वास्थ्य चौकीका प्रमुख लगाएतको बार्षिक समिक्षा र प्रतिवेदन प्रस्तुत गरीएको थियो । कार्यक्रममा जनप्रतिनिधी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, पत्रकार लगाएतका उपश्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बेली भुजेलले सञ्चालन गर्नुभएको हो ।

सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना ।।

0
२०८२ भाद्र १७ , बुर्तिबाङ,
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

पोखराको इमेज सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालियो ।।

0

 

 २०८२ भाद्र १६ , बुर्तिबाङ ,

पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

लामो समयदेखि रकम अडकिएका बचतकर्तालाई राहत पुगोस् भन्ने उद्देश्यसहित इमेज सहकारी सङ्घर्ष समितिको पहलमा सोमबारदेखि एक लाख रुपैयाँसम्मको बचत गर्ने सदस्यलाई रकम फिर्ता गर्न थालिएको हो ।

सङ्घर्ष समितिका संयोजक दीलबहादुर कार्की र पोखरा संयोजक बेलबहादुर साहानीले सोमबार बचतकर्ता सुशीलाकुमारी शाहलाई ६६ हजार ६३० रुपैयाँको चेक हस्तान्तरण गर्दै फिर्ता प्रक्रिया औपचारिक रूपमा आरम्भ गर्नुभयो । समितिका अनुसार पोखरामा एक लाखसम्म बचत गर्ने बचतकर्ताको संख्या १५८ छ ।

संयोजक कार्कीले साना बचतकर्तालाई करिब एक करोड रुपैयाँ फिर्ता गर्ने तयारी भएको र ठूला बचतकर्ताको रकम सुरक्षित गर्न संस्थापक अध्यक्ष देवकुमार नेपालीको सम्पत्तिबाट व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले सोमबार ४० जनालाई रकम फिर्ता गरिएको र बाँकी बचतकर्तालाई मंगलबार भुक्तानी दिने तयारी भइरहेको बताउनुभयो ।

यसअघि, बागलुङमा दर्ता गरिएको इमेज सहकारीका तीन शाखामार्फत एक लाखभन्दा कम बचत गर्ने ६१३ जनालाई करिब पाँच करोड रुपैयाँ फिर्ता भइसकेको समितिले जनाएको छ । पोखरा र बागलुङ दुवैतिर मिलाएर सहकारीमार्फत करिब एक अर्ब ९५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।

यस प्रकरणमा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । संस्थापक अध्यक्ष नेपालीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसमेत कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

२०७८ सालमा व्यापक हिनामिना आरोप लागेपछि फरार रहेका नेपालीलाई २०८० असोज १२ गते भारतको नयाँदिल्लीमा पक्राउ गरी नेपाल ल्याइएको थियो । जिल्ला अदालत बागलुङले उनलाई असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सहकारीमा भएको ठगीले हजारौं बचतकर्ताको विश्वासमा ठेस पुगेको छ भने अहिले सुरु भएको फिर्ता प्रक्रिया पीडित सदस्यका लागि आंशिक राहत बनेको छ ।